हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आवरण व्यापार प्रबर्द्धन

व्यापारका वैज्ञानिक

ठूल्ठूला व्यापारिक प्रतिष्ठानका मेरुदण्ड बनेका बजार प्रवर्द्धकहरूको आकर्षक आम्दानीले सुनिश्चित भविष्यका निम्ति स्थायी जागिर नै गर्नुपर्छ भन्ने सोचाइलाई गलत सावित गरिदिएको छ।

शरद के.सी.

किरण पाण्डे
रवीन्द्रमान श्रेष्ठ

रवीन्द्रमान श्रेष्ठको घर'परिवारको जोड थियो, उनले सेना'प्रहरी वा अन्य सरकारी निकायमा जागिर गरुन् भन्ने। तर, व्यवस्थापनमा स्नातक बनेपछि उनले परिवारको आकाङ्क्षाको अवज्ञा गरे। २०४३ सालमा त्रिभुवन विश्वविद्यालयमा एमकम पढ्न थालेका मात्र के थिए, सूर्य टोबाको कम्पनीमा मार्केटिङ सुपरभाइजरको माग भयो। आवेदन दिनासाथ उनी छनौट भए। तिनै रवीन्द्र नेपालका विभिन्न व्यापारिक गृह हुँदै अहिले कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका तीन साेदारमध्येका एक बनेका छन्। किया मोटर र लिˆट बिक्री गरिरहेको उक्त व्यापारिक प्रतिष्ठानका प्रबन्ध निर्देशक पनि हुन्, उनी। नेपालकै सर्वाधिक सफल बजार प्रवर्द्धकहरूमध्येमा गनिने श्रेष्ठले अघिल्ला कम्पनीहरूमा मासिक लाखको आसपासमा तलब लिएर काम गरेका उनका निकटहरू बताउँछन्। अहिले भने रवीन्द्र यति मात्र भन्छन्, “मेहनतको प्रतिफल राम्रै छ। इज्जतपूर्ण जीवन चलाउन सकिरहेको छु। खुशी र सन्तुष्ट छु।”

व्यापार प्रवर्द्धनका क्षेत्रमा सफल अर्को नाम हो, एलडी शर्मा। उनले २७ वर्षअघि भारतको ब्याङ्गलोरमा निजी कम्पनीको सेल्स प्रतिनिधिका रूपमा यस क्षेत्रमा हात हालेका थिए। उच्चशिक्षा अध्ययन गर्न ब्याङ्गलोर पुगेका बेला शर्मालाई त्यो अवसर मिलेको थियो। एक दशक जति भारतका विभिन्न शहरमा व्यापार प्रवर्द्धनको अनुभव सँगालेपछि उनी डेढ दशकअघि नेपाली बजारमा छिरेका हुन्। ११ वर्षदेखि पेप्सीको बजार विस्तार अभियानमा जुटेका ४७ वर्षीय शर्मा अहिले डेपुटी जनरल म्यानेजर भएका छन्। मासिक साढे ४ सय भारुमा भारतमा काम थालेका उनको पारिश्रमिक रु. एक लाखको हाराहारीमा पुगेेको बताइन्छ।

नेपथ्यका नायक
खासगरी मार्केटिङ (बजार) र सेल्स (बिक्री) को जिम्मा लिने बजार प्रवर्द्धकहरूले उत्पादक र उपभोक्ताहरूको बीचमा रहेर काम गर्छन्। उपभोक्ताको आवश्यकता अनुसारको उत्पादन गर्न उत्पादकलाई सुाउनु अनि बजारमा उपलब्ध थुप्रै विकल्पमध्ये आˆनो कम्पनीको उत्पादनलाई उपभोक्ताको छनौटमा पार्नुउनीहरूको मूल जिम्मेवारी हो। वस्तु वा सेवा रोज्दा उपभोक्ताले विशेषतः त्यसको मूल्य, सर्वसुलभता, गुणस्तर, विश्वसनीयता, भरपर्दोपन, टिकाइ र आकर्षणलाई मापदण्ड बनाउँछन्। त्यसैले उत्पादन शुरु गर्नुअघि नै बजारको अध्ययन गर्ने ती प्रवर्द्धकहरूले विज्ञहरूको सहयोगमा उत्पादनको अनुमानित खपत, उपभोक्ताको सङ्ख्या, उनीहरूले तिर्नसक्ने मूल्य, बिक्री'वितरणको माध्यमको विषयमा अनुसन्धान गर्नुपर्छ। बजारमा प्रतिस्पर्धी उत्पादन कति र कस्ता छन्? उपभोक्ताले त्यसलाई के कति कारणले मन पराएका छन्, वा छैनन्? तीसँग प्रतिस्पर्धा गर्न आˆनो उत्पादनमा के सुधार गर्नुपर्छ? पहिले त्यो उत्पादनको बजार कति थियो, भविष्यमा कतिको माग कायम रहला? जस्ता प्रश्नहरूको जवाफ खोज्ने दायित्व पनि उनीहरूकै हो। यिनै विषयमा व्यापार प्रवर्द्धकहरूको अध्ययनपछि व्यवस्थापनले नाफा'घाटाको लेखाजोखा गरेर उत्पादन शुरु गर्ने मान्यता छ।

यावत् सम्भावनाको अध्ययनपछि बजारमा पुग्ने उत्पादनप्रति उपभोक्ताको ध्यान आकर्षित गर्न प्रचार, विज्ञापन र त्यसको उत्पादनमा राखिने भाग्यचिट्ठा वा पुरस्कारलगायतका विषयको निर्क्योल गर्ने काम पनि तिनै बजार प्रवर्द्धकहरूको हो। त्यस्तो महवपूर्ण जिम्मेवारी वहन गर्ने जनशक्तिको असल उपयोगमै व्यापार प्रवर्द्धनको सफलता टिकेको बताउँछन्, रवीन्द्रमान श्रेष्ठ। भन्छन्, “कर्मचारीलाई प्रसन्न राखी संस्थाको लक्ष्यप्रति प्रतिबद्ध र लगनशील बनाई परिचालन गर्नसक्नु अर्थात् मानवसंसाधनको व्यवस्थापन पनि अर्को चुनौती हो।” कतिपय उपभोक्ताहरू स्वयं नै विभिन्न …स्किम' र प्रचार शैलीका कारण आˆनो उत्पादन छनौटमा परिवर्तन आएको अनुभव सुनाउँछन्। त्यसो भए गुणस्तरमा समेत सम्ौता गर्ने गरी उपभोक्तालाई छल्नसक्नु पनि बजार प्रवर्द्धकको खुबी हो त? “अहिलेका उपभोक्ता धेरै जागरुक छन्। रेडियो, टिभी, इन्टरनेट जस्ता माध्यमले धेरै कुरालाई पारदर्शी बनाइदिएका छन्”, थुप्रै विकल्पहरूका मा आˆनो उत्पादनप्रति ग्राहक आकर्षित गर्नु निकै चुनौतीपूर्ण रहेको औंल्याउँदै श्रेष्ठ भन्छन्, “त्यसैले गुणस्तर पहिलो शर्त हुन्छ। त्यसपछि त्यसलाई राम्रो ढङ्गले उपभोक्तासामु पेश गर्न सक्नुपर्छ।”

रवीन्द्र चुरोटको बजारमा गैँडा र याकको साम्राज्य रहेको बेला सूर्य टोबाकोको उत्पादन सूर्य, शिखर, खुकुरी र बिजुलीको बजार विस्तार गर्ने टीममा थिए। थुप्रै बियरहरू बजारमा रहेको बेला टुबोर्ग र काल्सवर्गलाई अनि वर्षौँदेखि बजार कब्जा गरी बसेका चाउचाउसँग प्रतिस्पर्धा गराई मायोजलाई माथि उकास्ने चुनौती उनैले लिएका हुन्। शर्माको जिम्मेवारी पनि कम्ता थिएन। …सˆट ड्रिंक्स'का नेपाली सौखिनको जिब्रोमा …चिसो भनेकै कोकाकोला' ुण्डिएको बेला उनले पेप्सीका उत्पादनलाई बजार खोजिदिनुथियो।

जागिरले पछ्याउँछ
शुरुमा आवेदन दिएर जागिरमा छनौट भएका रवीन्द्रलाई सात वर्षको अवधिमा दुई तह पदोन्नति भई सूर्य टोबाको कम्पनी छोडेपछि जागिर खोज्दै हिँड्नु परेन। गोरखा ब्रुअरी प्रालिले बजार प्रबन्धकको जिम्मेवारी दियो। करिब ९ वर्ष काम गरेर मार्केटिङ डाइरेक्टर (बजार निर्देशक) भएपछि उनले मायोज चाउचाउ कम्पनीको प्रमखु कार्यकारी अधिकृत (सिइओ) का रूपमा अर्को जिम्मेवारी सम्हाले। त्यसपछि पुगेका हुन् उनी, कन्टिनेन्टल कम्पनीमा। शर्मा पनि आफूले कहिल्यै आवेदन दिएर जागिर नगरेको बताउँछन्। भन्छन्, “क्षमता भए निजी कम्पनीमा पनि स्वाभिमानी ढङ्गले काम गर्न सकिन्छ।”

अहिले बजारमा बहुराष्ट्रिय कम्पनी, सञ्चार माध्यम र ठूला उत्पादन गृहहरू नै त्यस्ता बजार प्रवर्द्धक खपत हुने क्षेत्र हुन्। खेतान समूहका बजार प्रबन्धक आशिष विष्ट, सुजल फुडका महेन्द्र श्रेष्ठ र गान्धी क्षेत्री, नेपाल लिवरका मार्केटिङ इक्ज्युकेटिभ सचिन श्रेष्ठ, बजाज मोटरसाइकलका राजु क्षेत्री र यामाहा मोटरसाइकलका सुरजविक्रम शाही पनि बजारमा विश्वसनीयता कमाइसकेका प्रतिनिधि नाम हुन्, जसलाई आकर्षक तलब जुटाउन नेपाली बजारमा कुनै गाह्रो छैन। व्यापारिक प्रतिष्ठानको उपल्लो तहमा पुगिसकेकाहरू मात्र नभई बजारमा आˆनो क्षमता देखाएपछि मार्केटिङ र सेल्सका युवा प्रतिभाहरूले पनि कम्पनीहरूसँग तलब र सुविधाको वार्गेनिङ गरेर जागिर परिवर्तन गर्ने चलन छ। कतिपय कम्पनीले प्रतिभाशालीलाई बढी तलव'सुविधाको आग्रह गर्दै आˆनो कम्पनीमा ल्याउने गर्छन्। गैरसरकारी व्यापारिक प्रतिष्ठानहरूमा तलब'सुुविधा मात्र आकर्षक हुँदैन, वृत्ति विकासका अवसरहरू उपलब्ध गराउने प्रचलन समेत शुरु हुन थालेको छ। रवीन्द्रमान श्रेष्ठले जागिर थालेपछि उनले स्नातकोत्तर गर्न भ्याएका थिएनन्। जब चार्टर्ड एकाउण्टेन्ट अनि स्वदेश र विदेशका राम्रा'राम्रा विश्वविद्यालयबाट स्नातकोत्तर गरेका पुस्ताको प्रवेश हुन थाल्यो, उनलाई अध्ययन बढाउने इच्छा जाग्यो। कामको व्यस्तताले कैयौंपल्ट फर्म भरे पनि स्नातकोत्तरको परीक्षामा सामेल हुन भ्याएका थिएनन्। यस्तैमा उनलाई गोरखा ब्रुअरी, कार्ल्सवर्ग र डेनिडाको सहयोगमा कोपनहेगनस्थित इन्टरन्याशनल इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट डेढ वर्षे इ'एमबीए गर्ने अवसर मिल्यो। अध्ययनको सिलसिलामा त्यहीँ उनले कार्ल्सवर्गमा पनि काम गरे। श्रेष्ठ भन्छन्, “आजभोलि राम्रा कर्मचारीलाई व्यावहारिक ज्ञानसँगै सैद्धान्तिक ज्ञान अभिवृद्धिका निम्ति प्रायोजन गरिदिने चलन शुरु भएको छ।”

व्यापारिक बजारभित्र सृजना हुन थालेका यस्तै सम्भावना ठम्याएरै हुनसक्छ; एमबीए, एमबीएस, सीए पढेका युवाहरू पनि गैरसरकारी व्यापारिक प्रतिष्ठान ताक्न थालेका छन्। आˆना अग्रजहरूको त्यो आकर्षण देखेर होला, परम्परागत रूपमै आकर्षणको विषय बनेको विज्ञान र त्यसपछि आएको सूचनाप्रविधि (आईटी) पछि अहिलेको नयाँ पुस्तालाई पनि …प्लस टु' देखि व्यवस्थापनले समेत आकर्षित गरेको पाइन्छ। “सरकारी जागिरमा क्षमता जतिसुकै भए पनि तलब, प्रमोशन, सुविधा सीमित हुन्छन्”, कामकै सिलसिलामा बुटबल पुगेका शर्मा उनको पेशाबारे कुरा गर्दा टेलिफोनमै निकै उत्साहित सुनिए, “यो क्षेत्रमा क्षमता भए डबल प्रमोशन र तलब जतिपनि हुनसक्छ, अवसर खुला छ।” हुन पनि उत्पादन क्षेत्रका …बजार वैज्ञानिक' भन्न सुहाउने व्यापार प्रवर्द्धकहरू बजारका अदृश्य हिरो नै हुन्। उनीहरूको मन, वचन र कर्म कुनै पनि वस्तु उत्पादन भई उपभोगको चरणमा नपुग्दासम्म त्यसैमा सक्रिय रहन्छन्।