आवरण पत्रकारिता
बढ्दो व्यावसायिक प्रतिष्ठा
हरेक चुनौतीलाई सामना गर्न सक्ने कुनै दक्ष
पत्रकारले पत्रकारिताबाट राम्रै जीविकोपार्जन गर्न र त्योभन्दा ठूलो
कुरा सामाजिक प्रतिष्ठा आर्जन गर्न सक्छ।
• पूर्ण बस्नेत
चौबीस वर्षको
उमेरमा पत्रकारितामा प्रवेश गरेका प्रतीक प्रधान आज करिअरको शिखरमा
छन्। अङ्ग्रेजी दैनिक दि काठमाण्डू पोष्ट का सम्पादक प्रतीक बिहान
सात बजे पत्रपत्रिका पढ्दै आˆनो व्यस्त दिनचर्या आरम्भ गर्छन्, ११
बजे आफैँ कार हाँकेर कार्यालय पुग्छन्, सहकर्मीहरूसँग छलफल गरेर नयाँ
अङ्कको योजना बनाउँछन् अनि सम्पादन वा सम्पादकीय काममा व्यस्त हुन्छन्।
साँ' सात बजेपछि प्रायः पार्टीहरूमा जानुपर्ने हुन्छ, जहाँ समसामयिक
राजनीतिका बारेमा कूटनीतिज्ञ, सरकारी तथा सुरक्षा अधिकारी र राजनीतिज्ञहरूसँग
छलफल गर्छन्।
“पत्रकार भनेपछि निकै महव दिन्छन्, आˆनो लेख र सम्पादकीयमाथि
टिप्पणी पनि गर्छन्,” साँ' अबेर पार्टीबाट फर्किँदै गरेका उनले भने,
“पत्रकारिता स्वच्छ र व्यावसायिक हुँदैछ, सँगसँगै पत्रकारहरूको सामाजिक
प्रतिष्ठा पनि बढ्दैछ।” पत्रकारिता नै पढेर यस क्षेत्रमा लागेका थोरै
सञ्चारकर्मीमध्ये एक प्रतीकले अमेरिकाको न्युयोर्क युनिभर्सिटीबाट
आमसञ्चारमा स्नातकोत्तर गरेका छन्।
देवान राई प्रतीकभन्दा पछिल्लो पुस्ताका पत्रकार हुन्,
जो आमसञ्चारको अध्ययन सँगसँगै पत्रकारिता पनि गर्छन्। कान्तिपुर का
रङ्गीन पृष्ठहरू पढ्दै जाने क्रममा यस क्षेत्रतिर आकर्षित भएका देवानले
केही समय खोज पत्रकारिता केन्द्रका लागि रिपोर्टिङ गरेपछि अङ्ग्रेजी
दैनिक द हिमालयन टाइम्स मा प्रवेश गरे। अहिले फिचर रिपोर्टिङसँगै कान्तिपुर
सिटी कलेजमा आमसञ्चारमा मास्टर्स तहको अध्ययन गरिरहेका छन्। देवानको
दैनिकी व्यस्त छ' बिहान कलेज, दिउँसो रिपोर्टिङ। “खोज पत्रकारिता केन्द्रमा
६ महिना रिपोर्टिङ गर्दा राम्रै पैसा पाइयो, लेखेरै जीविकोपार्जन गर्ने
र देश विदेश घुमिरहने मानिसहरूसँग पनि भेट भयो,” देवान भन्छन्, “त्यसपछि
पत्रकारिता 'न् रोमाञ्चक लाग्यो, अनि यतै लागेँ।”
आˆनो पेशामा सफल भइसकेका प्रतीक र सफलतातिर उन्मुख देवान
जस्ता पत्रकारहरूको सङ्ख्या नेपालमा दिनदिनै बढिरहेको छ, जो पत्रकारिताबाट
आˆनो सामाजिक र आर्थिक हैसियत बनाउँदैछन्। प्रतीकले भने जस्तै केही
वर्षयता नेपाली पत्रकारिताप्रति सामाजिक प्रतिष्ठा र आकर्षण बढिरहेको
छ। युवाहरूको ठूलो जमात यस पेशाप्रति आकर्षित भइरहेको छ, काठमाडौँमा
र बाहिर पनि।
स्वतन्त्रता र सन्तुष्टि
काठमाडौँ मोडेल कलेजका आश्रिती, विनया र बन्दना पत्रकारितातिर आकर्षित
नयाँ अनुहार हुन्। आमसञ्चार विषयमा स्नातक गरिरहेका १९ वर्षका यी युवतीहरू
कान्तिपुर दैनिकमा प्रशिक्षार्थीका रूपमा रिपोर्टिङ गरिरहेका छन्।
तिनका समवयी धेरै युवतीहरू पत्रकारिता नै पढेर यस पेशामा सक्रिय हुन
चाहन्छन्। ४८ जनाको उनीहरूको कक्षामा ४४ जना त केटीहरू नै छन्। “पत्रकारितामा
केटीहरू कम भएकाले अवसर बढी होला भनेर यतातिर आकर्षित भइयो,” आश्रिती
भन्छिन्, “यस पेशामा नाम छ र आम्दानी पनि राम्रो हुँदैछ।”
यसरी नेपालमा पनि आकर्षण र स्वतन्त्रता दुवै भएको एउटा रोमाञ्चक
पेशाका रूपमा पत्रकारिताको विकास भइरहेको छ। हरेक चुनौतीलाई सामना
गर्न सक्ने कुनै दक्ष पत्रकारले पत्रकारिताबाट राम्रै जीविकोपार्जन
गर्न र त्योभन्दा ठूलो कुरा सामाजिक प्रतिष्ठा आर्जन गर्न सक्छ। विभिन्न
क्षेत्रका व्यक्तित्वहरूसँग सम्पर्क र धेरै विषयमा जानकारी हुने भएकाले
पनि पत्रकारिताको क्षेत्र बृहत् छ। अङ्ग्रेजी भाषामा पत्रकारिता गर्नेहरूका
लागि त 'न् अवसरै अवसर! दि काठमाण्डू पोष्ट, हिमालयन टाइम्स, नेपाली
टाइम्स जस्ता अङ्ग्रेजी पत्रपत्रिकामा काम गर्ने पत्रकारहरूलाई अध्ययन
वा घुमघामका लागि विदेश र कूटनीतिक नियोग, विदेशी परियोजना वा अन्तर्राष्ट्रिय
गैरसरकारी संस्थाहरूमा कामको कमी छैन। नेपाली भाषामा राम्रो काम गर्न
सक्ने पत्रकारहरूका लागि पनि प्रशस्तै अवसरहरू छन््।
“पत्रकारितालाई पैसामा मात्र आँकिदैन, सामाजिक मूल्य नै यसको ठूलो
आकर्षण हो,” प्रेस काउन्सिलका अध्यक्ष राजेन्द्र दाहाल भन्छन्, “स्वतन्त्रताका
हिसाबले पनि पत्रकारितालाई अरू पेशासँग तुलना गर्न मिल्दैन।” हुन पनि
हो, बिहान परिवारसँग रहने कुनै एक पत्रकार दिउँसो मन्त्री, कूटनीतिज्ञ,
सरकारी अधिकारी वा मजदुरसँग र साँ' उद्योगी, सुरक्षा अधिकारी वा नेताहरूसँग
भेटिरहेको हुनसक्छ। आज एउटा शहरमा भएको पत्रकार भोलि दुर्गम जिल्ला
वा सुविधासम्पन्न विदेशी शहरबाट रिपोर्टिङ गरिरहेको हुनसक्छ। चुनौतीलाई
सामना गर्दै युद्ध क्षेत्रबाट प्रत्यक्ष रिपोर्टिङ गरेपछि कमाइने प्रसिद्धि
कम्ती आनन्ददायी हुँदैन। आˆनो हातमा ल्यापटप छ भने कार्यालयमा गइरहन
पनि परेन, कफी सप वा घरमै बसेर काम गर्न सकिन्छ। त्यसैले देवान प्रश्न
गर्छन्, “यस्तो स्वतन्त्रता अरू कुन पेशामा हुन्छ?”
प्रतीक रिपोर्टिङ मात्र गर्दा गुजाराका लागि बाहिर केही अनुवादको
काम गरे पनि सम्पादक भएपछि आˆनो आम्दानीबाट सन्तुष्ट भएको बताउँछन्।
कफी पिउन कलेजबाट बाहिर निस्केका देवानले भने, “मेरो आम्दानी त्यत्ति
आकर्षक त होइन, तर यो पेशामा आम्दानीभन्दा पनि स्वतन्त्रताले बढी सन्तुष्टि
दिँदोरहेछ।”
काठमाडौँ बाहिर पनि पत्रकारिताको आकर्षण र व्यावसायिकता बढ्दैछ।
काठमाडौँका ठूला मिडियासँग आबद्ध संवाददाताहरूको मर्यादा बेग्लै छ।
जिल्लाका हरेक गतिविधिमा पत्रकारहरूको महवपूर्ण भूमिका हुन्छ। जस्तो
कि सशस्त्र द्वन्द्वको समयमा पत्रकारहरूले मध्यस्थता गरेर मानिसहरूलाई
उद्धार गरेका, बन्द र नाकाबन्दी खोलेका थुप्रै उदाहरण छन्। मानवअधिकार
रक्षाका लागि पहल गरेकाले स्थानीय तहमा पत्रकारप्रति नागरिकहरूको विश्वास
'न् बढेर गएको छ। पत्रकार महासंघको शाखा सभापति समेत रहेका कैलालीका
पत्रकार कर्ण शाह भन्छन्, “जिल्ला प्रशासन, अदालत वा मानवअधिकार संस्थाहरूमा
उजुरी गरेपछि त्यसको बोधार्थ पत्रकार महासंघलाई दिने चलन बढेको छ।
नागरिक अधिकारको रक्षकका रूपमा पत्रकारले कमाएको ख्याति हो यो।”
काठमाडौँ, सिनामङ्गलमा जस्ताको छानो भएको नेपाल पत्रकार महासंघको
केन्द्रीय कार्यालयमा महासंघको सदस्यका रूपमा पाँच हजार दुई सय पत्रकारको
रेकर्ड छ। तर महवपूर्ण विषय पत्रकारहरूको सङ्ख्या जति नै भए पनि उनीहरूको
हैसियत समान छैन। खासगरी श्रमजीवी पत्रकारहरूको अवस्था अ'ै कमजोर छ।
धेरैजसो साप्ताहिक पत्रपत्रिकाका सम्पादक/ प्रकाशकहरू अप्ठ्यारो नमानिकन
…हामी त तलब दिन सक्दैनौँ' भन्छन्। कतिपय ब्रोडसिट र टेलिभिजनहरूले
पारिश्रमिक नदिएर पत्रकारलाई दुःख दिएका मुद्दाहरू छन्।
नेपालमा श्रमजीवी पत्रकारहरूको अवस्थाको बारेमा अहिलेसम्म अनुसन्धान
नभएको बताउँछन् मार्टिन चौतारीका मिडिया अनुसन्धाता शेखर पराजुली।
“तर अधिकांश श्रमजीवी पत्रकारहरूको अवस्था राम्रो छैन भन्ने प्रस्टै
छ” शेखर भन्छन्, “नियमित तलब नपाउने पत्रकारहरू कसरी काम गरिरहेका
छन् भन्ने प्रश्न निकै महवपूर्ण छ।”
त्यसैले कतिपय पत्रकारहरू पत्रकारितासँगै अरू पेशा पनि अपनाउन बाध्य
छन्। राजेन्द्र दाहालको विचार छ, “त्यो हुनसक्छ। तर श्रमजीवी पत्रकारहरूले
पनि जानी जानी आफू शोषित हुनुभएन। शोषणलाई रोक्न पहल गर्नु पर्यो,
भएन भने काम छोड्न पनि सक्नु पर्यो।”
“केही पत्रकारहरू हुनेखाने भएका छन्, तर धेरै पत्रकारहरू हुँदा खाने
अवस्थामा छन्,” पत्रकारहरूको अवस्था दर्शाउँदै नेपाल पत्रकार महासंघका
सभापति विष्णु निष्ठुरी भन्छन्, “केही पत्रकारहरूको खल्तीमा एटिएम
कार्ड हुन्छ भने अधिकांशको खल्तीमा ऋणको सूची।”
मय साप्ताहिक का सम्पादक युवराज घिमिरेको विचारमा २०४६ अघि पत्रकारहरू
कि त सरकारको समर्थन गरेर कि त प्रजातन्त्रको उद्देश्य लिएर सङ्घर्ष
गर्दै टिके। घिमिरे भन्छन्, “२०४६ पछि पनि समाज निर्माण र प्रजातन्त्रको
विकासका लागि प्रेसको महव छ भनेर सरकारले बु'ेन, निजी क्षेत्रको ठूलो
लगानीपछि मात्र व्यावसायिक भएर बाँच्न सकिन्छ भन्ने देखियो।”
गोरखापत्र ले सय वर्ष नाघे तापनि नेपालमा पत्रकारिताको व्यावसायिक
विकास भएको २०४६ पछि मात्र हो। तीनकुनेस्थित कान्तिपुर कम्प्लेक्स,
हात्तीवनस्थित हिमाल मिडिया कम्प्लेक्स र सिंहदरबार नजिकै रहेको आप्का
मिडिया हाउस' भूगोलपार्कको गोरखापत्र संस्थानभन्दा धेरै पछि ५० को
दशकमा मात्र स्थापना भएका हुन्। यस हिसाबले हेर्दा नेपालमा मिडियामा
लगानी र व्यावसायिक पत्रकारिताको विकास हुन थालेको एक दशक मात्र नाघेको
छ। पत्रकारितामा अवसर बढ्न मिडियामा सङ्गठित लगानी आवश्यक छ। विस्तारै
त्यस्तो भइरहेको पनि छ। जस्तो कि अहिले नयाँ टेलिभिजन च्यानलहरू प्रसारणको
तयारीमा छन्। यस वर्ष मात्रै ७० भन्दा बढी एफएम रेडियोहरूले इजाजत
लिएका छन्। “मिडियामा सङ्गठित लगानी हुन थालेपछि पत्रकारहरूको अवस्था
हिजोभन्दा धेरै राम्रो भएको छ,” राजेन्द्र दाहाल भन्छन्, “अहिले पत्रकारको
टोपी सेलेवल भएको छ, बजार राम्रो छ।”
हुन पनि पत्रकारिता ग्ल्यामरस छ आजभोलि। पत्रकार सेलिब्रिटी र कार्यक्षेत्र
…पावर एक्सरसाइज' को प्लेटफर्मजस्ता भएका छन्।
|