आवरण ब्याङ्किङ
सम्मान र खुसी
थोरै कर्मचारी'कडा मिहिनेत'राम्रो पारिश्रमिकको
मान्यता बोक्ने ब्याङ्कहरूमा सकारात्मक सोच र पेशागत अठोट बोकेका थुप्रै
प्रतिभाहरूले आकर्षक करिअर अनि सम्मानपूर्ण जीवनको आधार भेटेका छन्।
• किरण नेपाल
 |
| किरण पाण्डे |
| वर्षा श्रेष्ठ |
पढाइअनुसारकै 'करिअर'लाई
निरन्तरता दिएको भए वर्षा श्रेष्ठ यतिखेर रोग, पीडा, दुःखहरूसँग 'डिल'
गरिरहेकी हुन्थिन्, चिकित्सकका रूपमा। तर अहिले उनी पैसाको बीचमा बसेर
सुख, खुसी र हाँसो बाँडिरहेकी छन्, ब्याङ्करका रूपमा। त्रिभुवन विश्वविद्यालय
चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्जबाट अहेबको अध्ययन पूरा
गरेपछि एक वर्षसम्म प्रसूति गृह, थापाथलीमा काम गरेकी वर्षाको 'करिअर'
मा नबिल ब्याङ्कको स्थापनाले 'यु टर्न' नै ल्याइदियो। आफन्तहरूको सल्लाहमा
अहेबको जागिर छाडेर नबिल ब्याङ्कमा 'टेलर' बनेकी वर्षा यतिखेर यहाँको
ब्याङ्किङ क्षेत्रका प्रभावशाली व्यक्तित्वहरूमध्येकी एक बन्न पुगेकी
छन्।
वर्षाकै भनाइमा उनी गम्भीरतापूर्वक यो क्षेत्रमा आएकी
होइनन्। तर ब्याङ्कभित्रको काम गर्ने वातावरण, बढ्दो जनसम्पर्क र एकहदसम्मको
'ग्लामर'ले उनलाई ब्याङ्कर बनाइछाड्यो। समयक्रमले उनलाई आˆनो करिअर
मात्र नभई समग्र ब्याङ्ककै बारेमा गम्भीर बन्न बाध्य बनाएको छ। नबिल
ब्याङ्कले आˆनो 'प्रिभिलेज्ड ब्याङ्किङ' को नेतृत्व नै सुम्पेको छ,
वर्षालाई। उनको टीमले ब्याङ्कका प्रमुख ग्राहकहरूको सेवालाई ख्याल
राख्नुपर्ने हुन्छ। सँगै नयाँ'नयाँ प्रमुख ग्राहकहरूलाई आˆनो ब्याङ्कको
दायरामा ल्याउनुपर्ने हुन्छ। र, लाखौँ ग्राहकहरूको बीचबाट 'प्रिभिलेज्ड'
को हुन्, को होइनन् भनेर छुट्याउनु पनि उनको दायित्वभित्रै पर्छ।
एक्काइस वर्षे ब्याङ्किङ करिअरमा यो उचाइमा वर्षा सजिलै
पुगेकी होइनन्। दैनिक १०'१२ घण्टाको कडा परिश्रम, कामप्रतिको लगनशीलता
र टीममा घुलमिल हुनसक्ने उनको बानी यसका लागि सहायक बनेका छन्। वर्षा
भन्छिन्, “मेरो पति र परिवारले सहयोग नगरेको भए संभवतः म यो प्रतिस्पर्धामा
धेरै पछाडि हुन्थेँ होला।”
अधिकतम् चुक्ता पूँजी (हाल रु.२ अर्ब) बाट मात्र सञ्चालन
हुने, पब्लिक लिमिटेड कम्पनी, तुलनात्मक रूपमा पारदर्शी तथा संस्थागत
सुशासनलगायतका कारणहरूले गर्दा करिअरका हिसाबले ब्याङ्कको छवि बढी
सुरक्षित मानिन्छ। केही अपवादलाई छाड्ने हो भने ब्याङ्कहरू डुबिहाल्दैनन्
भन्ने मान्यता पनि दह्रो छ। त्यसमाथि पछिल्लो समयमा खुलेका निजी तथा
विदेशी संयुक्त लगानीका ब्याङ्कहरूले आˆनो मुनाफाको राम्रो हिस्सा
कर्मचारीहरूमा समेत बाँड्न थालेका कारण यसतर्फको आकर्षण बढेको हो।
समग्रमा सुरक्षित जागिर, आकर्षक तलब, सम्मानपूर्ण जीवनलगायतका कारणले
सिर्जनशील नयाँ पुस्तामा ब्याङ्कप्रतिको आकर्षण चुलिएको हो।
कुशल व्यवस्थापनमा चलेका ब्याङ्कहरूले आफूले कमाएको
मुनाफा लगानीकर्ताहरूमा मात्र सीमित राखेका छैनन्, तिनले सो मुनाफाको
उल्लेख्य हिस्सा आˆना कर्मचारीहरूबीच बाँडेर तिनको उत्साहलाई अ बढाएका
छन्। संभवतः यही कारणले हुनसक्छ, निजी तथा संयुक्त लगानीका अधिकांश
ब्याङ्कहरू 'थोरै कर्मचारी'कडा मिहिनेत'राम्रो पारिश्रमिक' को मान्यताबाट
चलेका छन्।
आˆना कर्मचारीको उत्साह बढाउन ब्याङ्कहरूले तिनलाई मुनाफाबाट
राम्रो बोनस मात्र दिइरहेका छैनन्, तिनको जीवनशैली सहज बनाउन न्यूनतम
ब्याजदरमा हाउजिङ, गाडी, व्यक्तिगतलगायतका कर्जा प्रवाहसमेत गर्ने
गरेका छन्। यसबाहेक स्वास्थ्य बीमा, व्यक्तिगत बीमालगायतका अन्य आकर्षणहरू
पनि कर्मचारीका निम्ति मीठो हौसला सावित भएका छन्। नबिलका वित्त विभाग
प्रमुख भुवन दाहाल भन्छन्, “कर्मचारीको सुविधाको ख्याल गर्दा मात्रै
लगानीकर्ताले आˆनो लगानीको बढी भन्दा बढी प्रतिफल पाउन सक्छन् भन्ने
कुराको प्रमाण बनेका छन्, नेपालका निजी तथा संयुक्त लगानीका ब्याङ्कहरू।”
ब्याङ्कमा काम गर्नेहरूको तलब तथा सुविधा थाहा पाउनेहरूले
ब्याङ्किङलाई करिअरको माध्यम बनाउन खोज्नु स्वाभाविक पनि हो। एउटा
राम्रो निजी तथा संयुक्त लगानीको ब्याङ्कमा काम गर्ने सामान्य कर्मचारीले
पारिश्रमिक तथा सुविधा सबै गरेर वार्षिक रु.३ लाखसम्म प्राप्त गर्छ।
सामान्यतया 'प्लस टु' को योग्यताबाटै प्रवेश गर्न सकिने 'टेलर' मा
कार्यरतहरूकै आम्दानी हो यो। पछिल्ला दिनमा बढ्दो प्रतिस्पर्धाका कारण
स्नातक तथा स्नातकोत्तर गरेकाहरूले समेत यो पदका लागि रुचि देखाउने
गरेको पाइन्छ।
एमबीएको शैक्षिक योग्यतासहित 'ट्रेनी' का रूपमा प्रवेश
गरेका अधिकृतहरूले प्रशिक्षण अवधि पार गर्नेबित्तिकै वार्षिक रु.५
लाखभन्दा बढी पारिश्रमिक जुटाउन सक्छन्। कतिपय ब्याङ्कका प्रमुख कार्यकारी
अधिकृतहरूको आय वार्षिक रु.१ करोडसम्म रहेको दृष्टान्त नेपालकै ब्याङ्कहरूमा
छ।
उच्च पारिश्रमिक र आकर्षक सुविधाका कारण दैनिक जीवनमा
अर्थ'अभावको अवस्था नआउने स्वयं ब्याङ्करहरू नै बताउँछन्। तिनको भनाइमा,
काम गर्ने मानिसको दिमागलाई 'अभाव' ले पिरोलेको भए न ब्याङ्कहरू आजको
अवस्थामा आइपुग्ने थिए न त लगानीकर्ताहरूले नै अत्यधिक प्रतिफल पाउने
थिए। त्यसैले पनि सफल ब्याङ्करहरूको अधिकांश समय घरभन्दा बढी कार्यालय,
त्यसपछि मित्रमण्डली र पार्टीमै गुज्रन्छ। समाजका थुप्रै क्षेत्रका
व्यक्तिहरूसँग उठबस हुन्छ। कस्तो सामाजिक 'सर्कल' मा आफू समाहित हुने
भन्ने कुरा भने व्यक्तिपिच्छे फरक हुन सक्छ।
जागिर पाउन हदैसम्मको प्रतिस्पर्धा गर्नुपर्ने संस्थाका
रूपमा नेपालका ब्याङ्कहरूले आˆनो पहिचान बनाइसकेका छन्। कतिपय ब्याङ्कहरूले
त सार्वजनिक विज्ञापन समेत नगरी कर्मचारी भर्ना गरेर काम चलाइरहेका
छन्। अर्थात् तिनमा नातावाद र कृपावादका आधारमा भर्ना गरिएका कर्मचारीहरूको
आधिक्य छ। अधिकांशमा लगानीकर्ता, उच्च सरकारी अधिकारी, राजनीतिज्ञ,
नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरू तथा शक्तिकेन्द्रमा रहेका ठालुहरूका
आफन्तहरूकै हालिमुहाली रहँदै आएको छ। पछिल्लो समयमा केही ब्याङ्कहरूले
चाहिँ आफैँले वा कुनै मध्यस्थ कम्पनीमार्फत् विज्ञापन गरेको देख्न
सकिन्छ।
ब्याङ्कमा काम गर्न, सफलता हासिल गर्न सक्ने/नसक्ने
कुरा व्यक्तिगत क्षमतामै भर पर्छ। तर प्रतिस्पर्धा र चुनौती भने चुलिएको
छ' प्रवेश गर्न र टिक्न दुवैमा। वर्षाकै भनाइमा सिक्ने मानसिकता, सकारात्मक
सोच, उत्साह तथा 'यो गर्नैपर्छ' भन्ने पेशागत अठोट भएका व्यक्तिका
लागि ब्याङ्किङ करिअर रमाइलो हुनसक्छ।
ग्राहकको आवश्यकता उसले दर्शाउनुअघि नै बुेर त्यस्तो
सेवा दिनसक्ने ब्याङ्क सफल हुन्छ भन्ने मान्यता पछिल्लो समयमा स्थापित
बनिसकेको छ। सेवा व्यवसाय भएकाले सबै जसो ब्याङ्कले समय, बजार र ग्राहकलाई
बुेर ब्याङ्किङ सेवा दिेने व्यक्तिलाई आफूमा समाहित गर्ने चाहना राख्नु
स्वाभाविक पनि हो। नबिलका भुवन दाहाल भन्छन्, “अहिलेको अवस्थामा ग्राहकको
आवश्यकता के हुनसक्छ भनेर बुझ्नुपर्ने चुनौती नै ठूलो छ।” “यो चुनौती
बुेर जो यसतर्फ आकर्षित हुन्छ, ऊ सफल हुन्छ, नत्र गाह्रो छ,” दाहाल
थप्छन्।
|