आवरण सङ्गीत संयोजन
नसोचेको फड्को
केही सङ्गीत संयोजकहरू राजधानीका दर्जनौं रेकर्डिङ
स्टुडियोका लागि एकसाथ काम गरिरहेका भेटिन्छन्।
• डम्बरकृष्ण श्रेष्ठ
 |
| मीन बज्राचार्य |
| अमुल कार्की ढली र फणीन्द्र राई। |
सङ्गीत
संयोजक (म्युजिक एरेञ्जर) अमुल कार्की ढली (३७) र फणीन्द्र राई (३६)
नेपाली सङ्गीतका श्रोताहरूका लागि अपरिचित होलान्, तर सङ्गीत क्षेत्रमा
लागेका धेरै व्यक्तिका लागि अपरिहार्य नाम हुन्। केही वर्षयता व्यावसायिक
बन्दै गएको यो पेशामा अमुल, फणीन्द्रजस्ता केही नाम अहिले ख्याति,
कमाइ, व्यस्तता र सिर्जनशीलता सबै हिसाबले अग्रपङ्क्तिमा आउँछन्।
राम्रो गीत तयार हुनलाई गीतकार, सङ्गीतकार, गायक'गायिका
र रेकर्डिङ स्टुडियोको जति हात हुन्छ त्योभन्दा कम हुँदैन 'म्युजिक
एरेञ्जर' को भूमिका। सङ्गीतकारले बनाएको लयमा धुनहरू संयोजन गरेर कि'बोर्ड,
कम्प्युटर प्रविधिको सहायताबाट सिंगार्ने जिम्मा एरेञ्जरहरूकै हुन्छ।
सङ्गीत संयोजन गरेबापत एउटा आधुनिक/पप गीतको दुईदेखि चार हजार र चलचित्र
गीतको चारदेखि सात हजार रुपैयाँसम्म पारिश्रमिक एरेञ्जरले पाउँछन्।
दिनको सरदर तीन गीतिअल्बम बजारमा आउँछन्। राजधानीका एक सय जति रेकर्डिङ
स्टुडियोले महिनामा एउटै अल्बम निकाले पनि मासिक सय वटा अल्बम उत्पादन
हुन्छन्। यो अनुपातमा मासिक रेकर्ड हुने ण्डै ८०० गीतमा सङ्गीत संयोजन
गर्र्न राजधानीमा मात्रै सयजति एरेञ्जरहरूले काम पाइरहेका छन्। तीमध्ये
२५ प्रतिशतले राम्रो चिनारी बनाइसकेका छन्। पोखरा, धरान, विराटनगर
आदि स्थानमा पनि गीत रेकर्डिङको क्रम बढेकाले यसको विस्तार मोफसलमा
पनि भइरहेको पाइन्छ।
अमुल, फणीन्द्र जस्ता एरेञ्जरहरूलाई अहिले भ्याई नभ्याई
नै छ। भारतीय गजल गायक जगजीत सिंहको संयोग, उदितनारायण ाको उपहार देखि
गायक रामकृष्ण ढकाल, नवीन के. भट्टराई, कर्णदास, यम बरालका चर्चित
गीतहरूसँगै अमुलले पप, आधुनिक तथा चलचित्रका गरी करिब २५ सय गीतमा
सङ्गीत संयोजन गरिसकेका छन्। २०४६ सालबाटै म्युजिक एरेञ्जरको काम थालेका
उनले अर्केष्टा भएका धेरै 'हेभी सेटअप' गीतहरूमा समेत आˆनो कुशलता
देखाइसकेका छन्। कति राम्रो....बोलको गीतबाट म्युजिक एरेञ्जमा 'इमेज
म्युजिक अवार्ड' समेत पाएका अमुल ६'७ वर्षयता यो पेशामा व्यावसायिक
उभार आएको बताउँछन्। भन्छन्, “सङ्गीतमा एरेञ्जरको महव बढ्न थालेको
छ।”
फणीन्द्रले ०५१ सालदेखि यसलाई पेशाका रूपमा अँगालेका
हुन्। यसबीचमा उनले सय जति नेपाली चलचित्रका समेत गरेर करिब तीन हजार
गीतको सङ्गीत संयोजन गरेका छन्। महिनामा २० वटासम्म गीतमा सङ्गीत संयोजन
गर्ने फणीन्द्रलाई पैसा कमाउन विदेश ताक्नु परेको छैन। उनले चार महिनाअघि
मात्र एक साथीसँग मिलेर काठमाडौँ, नक्सालमा परकल रेकर्डिङ स्टुडियो
खोलेका छन्। भन्छन्, “अहिले राम्रो कमाइसँगै आत्मसन्तुष्टि पाएको छु।”
अमुल र फणीन्द्र एरेञ्जरको रूपमा चर्चामा रहेपनि उनीहरूले केही गीतको
सङ्गीत सिर्जना समेत गरेका छन्।
पहिले र अहिले
नेपालमा सङ्गीत संयोजनको सुरुआत २०२६/०२७ सालबाट गणेश परियार र शुभबहादुर
सुनामले गरेका हुन्। २०१९ सालमा नेपाली सेनाको सङ्गीत विभागमा भर्ना
भएका शुभबहादुर २०२३ सालदेखि आफैँ सङ्गीत सिर्जना गर्न थालेको बताउँछन्।
म्युजिक एरेञ्जरको काम भने उनले रेडियो नेपालबाट शुरु गरेका थिए। त्यसबेला
धुनहरूलाई टुक्राटुक्रा बनाएर एकैठाउँमा जोडी एउटा पूरा गीतको सङ्गीत
तयार गर्न निक्कै गाह्रो हुने गरेको सम्न्छन् शुभबहादुर। भन्छन्, “अहिले
त यो क्षेत्रले सोच्दै नसोचेको फड्को मारेको छ। त्यो बेला यति सुविधा
र व्यावसायिकता नै थिएन।”
पहिले एउटा गीतको सङ्गीत तयार गर्न सबै वाद्यवादक एकैठाउँ
भेला गरेर एकै पटकमा गीत समेत गाएर रेकर्ड गर्नु पर्दथ्यो। शुभबहादुरका
अनुसार त्यो बेला १५ जनाले एकसाथ गर्ने काम अहिले एरेञ्जर एक्लैले
आˆनै घरमा गर्न सक्छन््। त्यो बेला फोटोकपी नहुँदा १५'२० प्रतिसम्म
सङ्गीतका कर्ड, नोटेशन हातैले लेखेरै बाँड्नु त छँदैथियो, ०२६'०३६
को दशकमा गीत बनाउँदा एरेञ्जरका लागि पारिश्रमिक समेत छुट्याइन्नथ्यो।
०३६ सालमा रत्न रेकर्डिङ संस्थान स्थापना भएपछि यो कामका लागि समेत
खर्च छुट्याउन थालिएको उनी बताउँछन्। भन्छन्, “त्यो बेला एउटा गीतको
म्युजिक एरेञ्ज गरेबापत मैले सय रुपैयाँ पाउँथेँ। तर अहिलेका एरेञ्जरले
एउटा गीतमा काम गर्दा सात हजारसम्म पाउँछन्।” अहिले सङ्गीतकारहरूको
भन्दा बढी काम एरेञ्जरहरूकै हुने गरेको नेपाली सेनाका पूर्व सहायक
रथीसमेत रहेका शुभबहादुर बताउँछन्। भन्छन्, “पहिले सङ्गीतकारको काम
बढी हुन्थ्यो, अहिलेका सङ्गीतकारले त लयमात्र निकालेर दिन्छन् त्यसमा
धुन छनौट गरेर सिंगार्ने काम एरेञ्जरले नै गर्छ।”
एरेञ्जरले गीत सिंगार्ने क्रम बढ्न थालेकै कारण पुराना
भन्दा नयाँ गीतहरूमा नौला र नयाँ धुनहरूको बढी प्रयोग भएको गायक/सङ्गीतकार
दीप श्रेष्ठको अनुभव छ। उनी भन्छन्, “पहिले इलेक्ट्रोनिक्स बाजाहरू
पनि नभएकाले संयोजनको काम पनि कम हुन्थ्यो र धुनहरू पनि धेरै प्रकारका
सुनिँदैनथे।”
कोभन्दा को कम?
सङ्गीत संयोजन गरेरै नाम र दाम कमाउनेहरू अहिले निक्कै छन्। अल्बम
उत्पादन र चलचित्र निर्माणको क्रम बढ्दै गएकाले यो पेशा फस्टाउँदै
गएको छ। २०५५ सालयता चलचित्रको गीत भारत, मुम्बईको साटो नेपालमै रेकर्डिङ
हुने क्रम बढेपछि एरेञ्जरहरूको काम नै थपिएको छ। एउटै एरेञ्जर राजधानीका
दर्जनौँ रेकर्डिङ स्टुडियोहरूका लागि काम गरिरहेका भेटिन्छन्।
दश वर्षअघि गोपाल योञ्जनसँग सङ्गीत प्रशिक्षण लिएका फणीन्द्र राई,
चाँद सिंह, महाराज थापा, बबीराज सबै अहिले एरेञ्जरका रूपमा सक्रिय
छन्। सङ्गीतकारको पनि पहिचान भएका शिलाबहादुर मोक्तान, सचिन सिंह,
न्ह्यू बज्राचार्य राम्रा र सफल एरेञ्जरको रूपमा समेत चिनिन्छन्। जेम्स
प्रधान, सुनिल बर्देवा, राजन इशान, दीपक थापा गायनमा मात्र सीमित छैनन्,
सङ्गीत संयोजनसमेत उनीहरूको नियमित काम बनेको छ। विष्णु अधिकारी, गोपाल
रसाइली, मनोज केसी, दिनेश सुनाम, सुदाम थापा, अनुप दास, माधव थापा,
नवीन कार्की ढली, पविधन खालिङ, मनोहर सुनाम, सन्तु सुब्बा, डम्बर लिम्बू,
भीषण मानन्धर, विशाल गुरुङ, सञ्जय हमाल, मनोज मोते जस्ता धेरै युवाहरू
म्युजिक एरेञ्जरका रूपमा बढी चिनिन्छन्।
२०४९ सालदेखि सङ्गीत क्षेत्रमा लागेर गायन/सङ्गीत सिर्जनासँगै एरेञ्जरका
रूपमा चिनिएका राजन इशान अहिले आएर राम्रो काम गर्ने सङ्गीत एरेञ्जरलाई
कामको अभाव नहुने बताउँछन्। छम छम..., मनकी रानी..., जस्ता पप गीतहरूमा
एरेञ्ज गरेका राजन वशमा छैन मेरो मन... गीतका गायक, सङ्गीतकार र एरेञ्जर
पनि हुन्। भन्छन्, “म्युजिक एरेञ्जिङ ब्युटीपार्लर जस्तै हो जहाँ गीतलाई
सिंगार्ने काम हुन्छ।” आफूले एरेञ्ज गरेका केही गीतले श्रोतामा राम्रो
छाप पारेपछि धेरै काम आउन थालेको उनी बताउँछन्।
गायक'गायिकाले आˆनै खर्चमा अल्बम निकाल्दा या म्युजिक कम्पनीहरूले
उत्पादन गर्दा तिनले बजारमा बिक्री भएपछि मात्र आम्दानी गर्छन्। गीत
नचलेर धेरै कम्पनी र गायक'गायिका डुबेका पनि छन्। तर, गीत तयार हुनासाथ
पारिश्रमिक पाउने भएकाले अल्बमको घाटा नाफासँग एरेञ्जरलाई वास्ता हुँदैन।
गायक दीप श्रेष्ठ प्रायः एरेञ्जरले राम्रो कमाइ गरिरहेकैले सम्पन्न
जीवन बिताइरहेको बताउँछन्। भन्छन्, “फणीन्द्रले आˆनै लगानीमा स्टुडियो
नै खोलेका छन्, विष्णुले घर बनाउँदैछन्। सचिन, अमुलको अवस्था पनि एकदमै
राम्रो छ।”
जति धेरै गीतमा काम गर्यो उति बढी कमाइ हुने भएकाले कतिपय एरेञ्जरहरू
राम्रो सिर्जनामा भन्दा चाँडै पैसा कमाउनतिर लागेका पनि पाइन्छ। काठमाडाँैको
बानेश्वरस्थित साउण्ड लिङ्क स्टुडियोका सञ्चालक तथा रेकर्डिष्ट भानु
थापा भन्छन्, “एउटा गीतमा सङ्गीत एरेञ्ज गर्न दुई दिनसम्म लाग्छ तर
एकै दिनमा अल्बमका आठ गीत नै सक्ने एरेञ्जर पनि देखेको छु।”
सङ्गीत संयोजनमा भित्रिएको आधुनिक प्रविधिका कारण काम गर्न सजिलो
भएपनि मौलिक सिर्जनाभन्दा नक्कल गर्ने प्रवृत्ति बढेको बताउँछन् शुभबहादुर।
भन्छन्, “कि'बोर्डबाट रिदम, प्याटर्न र नोट्स िकेर आफूलाई एरेञ्जर
भन्नेहरू पनि छन् तर तिनीहरू प्रोग्रामर मात्र हुन्।” म्युजिक एरेञ्जरको
पनि आˆनै सिर्जना र मौलिकता हुनुपर्ने र त्यस्ता एरेञ्जरको सङ्ख्या
एकदम थोरै भएको उनी बताउँछन्। भारतमा चार वर्ष सङ्गीत संयोजनबारे अध्ययन
गरेका उनी थप्छन्, “जो सङ्गीतको नोट्स र सारेगम लेख्न तथा मौलिक रूपमा
गीतको लयका बीचमा आउने धुन तयार गर्न पनि सक्छन् उनीहरू वास्तविक एरेञ्जर
हुन्।”
|