हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आवरण कृषि

उत्पादनमा कायापलट

चैतमासको खडेरीमा हरियाली छाएको छ, तरकारी लटरम्म फलेका छन्। मौर्य र उनको गाउँका अरू किसानहरूकहाँ अहिले मूला, रायो, काँक्रो, फर्सी, लौका जस्ता तरकारीको छेलोखेलो छ।

रामेश्वर बोहरा

 

न धेरै जग्गाजमिन चाहिने, न त्यस्तोविधि लगानी, परिश्रम र ज्ञान नै आवश्यक पर्ने; खेती गर्ने पुरानै शैलीलाई थोरै परिमार्जन गरे मात्र पुग्छ। थोरै खेतीयोग्य जमिन हुनेले पनि राम्रो आम्दानी गर्न सक्छ। बाँकेको एउटा गाउँका किसानहरूले पाँच वर्षयता व्यावसायिक रूपमा गरेको बेमौसमी तरकारी खेतीको उपलब्धि हो यो। कृषि पेशाबाट केही हुँदैन भनेर निराश हुनेहरूलाई यसले क्क्याएको छ।

जग्गाजमिन जति भएपनि उत्पादन थोरै हुनु नेपाली किसानहरूको साा समस्या हो। तर, विचार पुर्‍यायो भने थोरै जग्गाबाट पनि यथेष्ट उत्पादन लिन सकिँदो रहेछ। सिंचाई सुविधा नभएको बाँकेको हिरिमिनिया गाविस'१, भाङगोटनका किसानहरूको उन्नति देखेर नलोभिने को होला! तिनै किसानका एक प्रतिनिधि पात्र हुन्' ५५ वर्षीय सङ्घर्षशील कृषक वंशीलाल मौर्य। अहिले उनको घर र खेतबारीमा के छैन? चैतमासको खडेरीमा हरियाली छाएको छ, तरकारी लटरम्म फलेका छन्। मौर्य र उनको गाउँका अरू किसानहरूकहाँ अहिले मूला, रायो, काँक्रो, फर्सी, लौका जस्ता तरकारीको छेलोखेलो छ।

१० वर्ष अगाडिसम्म मौर्यलाई घरखर्च धान्न बिजोग थियो। दुई विघा जग्ग्ााको कमाइ के नै हुन्थ्यो र! दुःखसुख गुजारा चलाउनसम्म पुग्थ्यो। अहिले उनको जीवन नै बदलिएको छ। बेमौसमी तरकारी खेतीलाई व्यवसाय बनाएपछि कमाएको पैसाले उनले पाँच विघा जग्ग्ाा जोडे, ट्याक्टर किने, गाउँमा पक्की घर बनाए। चारजना छोरालाई क्याम्पस पढाएका छन्। उनी भन्छन्, “सबै खर्च कटाएर वर्षमा कम्तीमा डेढ लाख रुपैयाँ बचत हुन्छ।” गाउँमा सिंचाई सुविधा नभएकोले उनले बोरिङ र पम्प प्रयोग गरेर सिंचाई पुर्‍याउन सकेको एक विघा जग्गाबाट मात्रै गरेका हुन् यो आम्दानी।

यो गाउँमा मौर्य जस्तै १०५ घरपरिवार छन्। बेमौसमी तरकारी खेती नगर्ने कोही छैन। यसमा पनि सबै व्यावसायिक नै छन्। सिंचाईका लागि गाउँमा करिब २५० बोरिङ र ७५ वटा सिंचाई मोटर छन्। बिजुली पुगेकोले सिंचाई गर्न सजिलो भएको छ।

व्यापारीहरू तरकारी खरिद गर्न खेतमै आइपुग्छन्। तर, तत्काल नष्ट भइहाल्ने तरकारी सुरक्षित भण्डारण गर्ने ठाउँ नभएर कृषकलाई सीमावर्ती भारतीय बजार रुपैडियामा पुर्‍याएर सस्तोमा हतारहतार बेच्नुपर्ने बाध्यता छ। त्यहाँका व्यापारीहरू त्यही तरकारी सुरक्षित भण्डारण गरेर पछि महङ्गो मूल्यमा नेपाली उपभोक्ताहरूलाई नै बेच्छन्। वंशीलाल भन्छन्, “तरकारीको मण्डी (थोक बजार) र भण्डारण सुविधा नजिक भइदिए सजिलो हुन्थ्यो। यो नहुँदा जोखिम बढी छ।”

जिल्ला कृषि विकास कार्यालय बाँकेका अनुसार, पाँच वर्षयता बाँकेमा दुई हजारभन्दा बढी किसानले जिल्लाको करिब नौ सय हेक्टरमा व्यावसायिक बेमौसमी तरकारी खेती गरेका छन्। हिरिमिनियामा मात्रै दुई सय हेक्टरभन्दा बढी जमिनमा यस्तो खेती भएको छ। चार'पाँच कठ्ठामा तरकारी खेती गर्नेले पनि आˆनो आर्थिक स्तर सुधार गर्दै लगेका छन्। तरकारीसँगै उनीहरूले बेमौसमी बालीनाली पनि लगाउन थालेका छन्। त्यसमा मकै उनीहरूको पहिलो रोजाइमा परेको छ। एक किसान भन्छन्, “धान काटेपछि बाँै रहने खेतमा मकै लगाउन थालेपछि धेरै फाइदा भयो। नौ कठ्ठामा २१ क्वीन्टल फल्यो।”

कृषि विकास कार्यालयका प्राविधिक सहायक लीलाबहादुर सिंह राठोर भन्छन्, “हिरिमिनियाले स्थानीय बजारको तरकारीको आवश्यकता पूरा गरेको मात्रै होइन, सीमापारिको बजार विस्तार गर्न पनि सफल भएको छ।” त्यसैले होला देशका विभिन्न भागबाट अध्ययन भ्रमणमा आउने किसान र विद्यार्थीहरू हिरिमिनिया नपुगी फर्कदैनन्। यहाँका किसानले बाँकी नेपाललाई बाटो देखाएका छन्।