तन्नेरी
युवा आवाज
तन्नेरीहरू सिक्दैछन्- तन्नेरीहरूलाई नै लक्षित
रेडियो कार्यक्रम बनाउने सीप ।
•
सन्तोषकुमार चौधरी, र्सर्ुखेत
हरेक हप्ता
साथीसँग मनका कुरा कार्यक्रम सुन्न रेडियोमा कान थापेर बस्ने जुम्लाकी
कृष्णमाया हमाल अहिले त्यही कार्यक्रमका सञ्चालकबाट युवा रेडियो कार्यक्रम
तालिम पाउँदा दङ्ग परेकी छन् । र्सर्ुखेत आएर तालिम लिएपछि उनले भनिन्,
"म जुम्लाकी मान्छे, यसरी तालिम पाइएला भन्ने त कहिल्यै पनि सोचेकी
थिइनँ ।"
कर्ण्ााली एफएम १०५.२ मेगाहर्ज, जुम्लामा काम गर्न
छानिएकी कृष्णमाया जुम्ला फर्केपछि आफ्नो गाउँ-ठाउँको परिवेश र तन्नेरी
भावनालाई बुझेर रेडियो कार्यक्रम चलाउन सक्ने हिम्मत आएको बताउँछिन्
। उनी जस्तै मध्य तथा सुदूरपश्चिमका ११ वटा एफएम स्टेशनका युवा कार्यक्रम
उत्पादक र प्रस्तोताले युवा श्रोताप्रति लक्षित र जीवनोपयोगी सीपमा
आधारित यो रेडियो कार्यक्रम तालिममा भाग लिएका थिए । युनिसेफको सहयोगमार्
इक्वल एक्सेस र साथीसँग मनका कुरा टोलीको आयोजनामा सञ्चालित 'तन्नेरी
आवाज' नामक तालिममा महिला र पुरुषको बराबरी सहभागिता थियो ।
किशोरकिशोरीहरूकै आपसी कुराकानीको शैली प्रयोग गर्दै
युवाहरूको मनका कुरा बुझेर उनीहरूलाई दौँतरीकै भाखामा सम्झाउने र प्रवचन
नछाँट्ने हुनाले यो कार्यक्रम नेपालका युवाहरूमा लोकप्रिय छ । कार्यक्रम
६० लाखसम्म युवाले नबिर्राई सुन्ने युनिसेफ संचार शाखाकी रूपा जोशीको
अनुमान छ । उनी भन्छिन्, "साथीसँग मनका कुरा को लोकप्रियता केमा
आधारित छ भनेर केलाउँदा, यसको तरुनो आवाज नै प्रमुख हो जस्तो लाग्छ
।" यसको लोकप्रियतालाई नै आधार मानेर कार्यक्रम टोलीलाई रेडियो
प्रशिक्षणमा प्रयोग गरेको उनी बताउँछिन् ।
विदेशमा समेत जीवनोपयोगी सीपमा आधारित रेडियो कार्यक्रम
उत्पादनबारे प्रशिक्षण दिइसकेका टोलीका सदस्यहरूले यो तालिमको माध्यमबाट
पहिलोचोटि स्वदेशमै आफ्नो सीप हस्तान्तरण गरेका छन् । यसक्रममा ६०
वटा स्थानीय एफएम रेडियो प्रस्तोताहरूमा तन्नेरीहरूका लागि कार्यक्रम
बनाउने दक्षता विकास गर्नुका साथै स्थानीय भाषाकै माध्यमबाट युवाहरूको
भावनालाई समेटेर व्यवहार परिवर्तनको शिक्षा दिने काम भइरहेको छ, जसको
थालनी वीरेन्द्रनगरबाट भएको छ ।
सात वर्षेखि रेडियोमा तन्नेरीका कार्यक्रम्ा चलाउँदै
आएकी कार्यक्रमकी टोली प्रमुख र प्रस्तोता विनीता श्रेष्ठ अब आफूले
जानेको कुरा स्थानीय एफएम प्रस्तोताहरूसँग बाँड्न लागिपरेको बताउँछिन्
। अरूलाई सिकाउँदा आफूले पनि केही सिक्न सकिने बताउँदै उनी भन्छिन्,
"हाम्रो देशमा अहिले युवाहरूको मनमा गुम्सेर बसेका कुरा थुप्रै
छन् । तर ती भावनालाई सकारात्मक र रचनात्मक रूपमा बाहिर ल्याउन मद्दत
गर्ने सञ्चारमाध्यमहरू पर्याप्त छैनन् जस्तो महसूस भयो हामीलाई ।"
रुपा जोशीका अनुसार, नेपाली युवालाई एचआईभी/एड्सको जोखिमबाट
टाढा रहन के कस्ता जीवनोपयोगी सीपहरू आवश्यक पर्छ भनेर सुरुआत गरिएको
उक्त कार्यक्रमलाई तन्नेरी युवाका विभिन्न समस्या पहिचान हुँदै गएपछि
अझ स्थानीय एफएमबाट स्थानीय परिवेशमा रहेर देशव्यापी बनाउन लागिएको
छ । अहिले आएर यस्ता कार्यक्रमको महत्त्व अझै बढेको छ । द्वन्द्व र
अशान्तिको चपेटाबाट निक्लँदै गरेको हाम्रो मुलुकमा युवाहरूलाई देश
विकासको मझधारमा ल्याउनु ज्यादै जरुरी छ । उनी भन्छिन्, "जोस
र उत्साहको खानी भएका किशोरकिशोरीहरूको भूमिकालाई महत्त्व दिनु र उनीहरूका
कुरा उनीहरूकै भाषामा सजिलै राख्ने सक्ने मञ्च खडा गर्नु- उनीहरूलाई
सृजनात्मक सोच र कार्यतिर उन्मुख गराउने उपाय हुन सक्छ ।"
तालिमको अन्त्यमा रेडियो भेरी आवाज एफएममा कार्यरत
बाँके, बनकट्वाकी रामकुमारी चौधरीले आफ्नै थारू भाषामा रेडियो कार्यक्रम
बनाउने र तन्नेरीहरूलार्इर्र्जीवनोपयोगी सीपसम्बन्धी ज्ञान दिने अठोट
गरेकी छन् । बुलबुले एफएमका राजन कँडेल भन्छन्, "आफूले जानेको
सीपलाई आफ्नो परिवेश र ठाउँअनुसार लागू गरेर युवाहरूको समस्या समाधानमा
टेवा पुर्याउनुका साथै समग्र राष्ट्रलाई नै हित हुन्छ भन्ने विश्वास
लिएको छु ।"
तालिममा जीवनोपयोगी र तन्नेरी आवाज समेट्न चाहिने प्रयोगात्मक
सीपका साथै प्राविधिक ज्ञान पनि हासिल गर्ने मौका पाएका रेडियो प्युठान
एफएमका हरि पौडेल भन्छन्, "अब आफ्नो एफएमबाट युवा श्रोताका लागि
रेडियो कार्यक्रम चलाउने विचार गरेको छु ।
|