खेलकुद
सात वर्षछिको भिडन्त
पाल्पालीहरूले सात
वर्षछि पहिलो पटक राष्ट्रियस्तरको खेल प्रतियोगिता हर्ेर्ने मौका पाए
। ४-६ असोजमा सम्पन्न भएको आईटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितालाई
नेपाल इन्टरनेशनल तेक्वान्दोे महासंघ -आईटीएफ) पाल्पाले आयोजना गरेको
थियो । १२ अञ्चलका दर्ुइ सय १६ खेलाडीले भाग लिएको उक्त प्रतियोगितामा
९४ जना महिला खेलाडी सहभागी थिए ।
्रतियोगितामा बाग्मती अञ्चलको वर्चस्व रहेको थियो भने
पाल्पा उत्कृष्ट अनुशासित टिम घोषित भयो । सिनियर महिला खेलाडीतर्फसगरमाथा
अञ्चलकी कुसुम थापा र जुनियरतर्फबाग्मती अञ्चलकी पूजा गिरी उत्कृष्ट
घोषित भइन् । त्यस्तै पुरुषतर्फबाग्मती अञ्चलका जीवन पुलामी मगर र
राम श्रेष्ठ उत्कृष्ट भए ।
सङ्कटकालसँगै सुरक्षाकर्मीबाट ब्यारेकको सुरक्षा गर्न
खेलमैदान कब्जा गरेपछि मैदानको अभावमा पाल्पाको खेल गतिविधिमा शून्यता
छाएको थियो । पाँच महिना पहिले सुरक्षाकर्मीले ुँडिखेल मैदान फिर्ता
गरेपछि खेलाडी, खेलमा रुचि भएका अनि खेल क्षेत्रमा प्रवेश गर्ने सबैमा
उत्साह थपिएको अखिल नेपाल फूटबल संघ पाल्पाका अध्यक्ष भीमसेन कार्की
बताउँछन् ।
पाल्पामा अरू खेलको दाँजोमा आईटीएफ तेक्वान्दोले विशेष
स्थान ओगटिसकेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विमल काफ्ले
बताउँछन् । आईटीएफ तेक्वान्दो खेल पाल्पामा राष्ट्रियस्तरमै विकसित
मात्र भएको छैन, पछिल्ला दिनहरूमा उत्साहजनक रूपमा महिला खेलाडीहरू
समेत देखापर्न थालेका छन् । दर्ुइ वर्षअगाडिसम्म पाल्पामा उक्त खेलमा
महिला खेलाडी पाउन मुस्किल थियो भने अहिले योे खेलमा पुरुषकै हाराहारीमा
महिला खेलाडीहरूको सङ्ख्या बढेको छ । यति हुँदाहँुदै पनि खेलाडीका
लागि राष्ट्रियस्तरको कभर्ड हल र सरकारी तवरबाट उचित प्रोत्साहनको
खाँचो रहेको आईटीएफ पाल्पाका संस्थापक सदस्य टुकराज पाण्डे बताउँछन्
।
गोविन्द लुइँटेल, पाल्पा
|