सम्झाना
गाउँले सम्झियो 'ठूला' लाई
 |
| तस्बिरहरूः डम्बरकृष्ण श्रेष्ठ |
| पुस्तक विमोचन गर्दै डा. गुरुङका वयोबृद्ध
जापानी साथी तात्सु कामारा |
गएको
असोजमा ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दर्ुघटनामा परेर निधन भएका
भूगोलविद् डा. हर्क गुरुङको जन्मथलो लमजुङ, ङादीका बासिन्दाले गाउँमै
उनको प्रथम पुण्यतिथि मनाए । ६ असोजमा एउटा कार्यक्रम गरेर गुरुङलाई
यसरी सम्झिँदा उनका बालसखा, ७० वषर्ीय चुरे दमाई समाधिस्थल छेउ बसेर
रोइरहेका थिए ।
चुरेका बाबु गाउँका 'कटवाल' थिए भने हर्कका बाबु मुद्दामामिला
छिनोफानो गर्ने 'मुली' । हर्कलाई गाउँमा सबैले 'ठूला' भनेर बोलाउँथे
। चार वर्षो उमेरदेखिको मित्रता सम्झिँदै आँखाभरि आँसु लिएर चुरेले
भने, "ठूलाबाबुको घर नजिकै थियो । बिहान उठ्नासाथ बज्यैले दिएको
बासीभात र छ्याङ खाएर हामी बाख्रा चराउन जान्थ्यौँ ।" हर्क र
चुरे दिनभर खेल्ने, ठूलाबडाले शिकार खेलेको सिको गर्दै गुलेली बोकेर
चरा मार्न जाने गर्दथे । "एकदिन हामीलाई छाडेर ठूला शहरतिर गयो,
पछि त पढेर, संसार घुमेर राजा समानको मान्छे बनेर पो गाउँ फर्कियो
!" ती दिन सम्झिँदै उनले भने ।
७२ वर्षघि लमजुङको ङादी, तराँचेमा जन्मिएका डा. हर्क
गुरुङ -ठूला) नौ वर्षो उमेरमा जिल्लामा पाठशाला नभएकोले पाठशाला भएको
ठाउँमा गएर पढ्छु भनी बाबुसँग जिद्दी गर्दै १२८ किलोमिटर हिँडेर सात
दिनमा काठमाडौँ पुगेका थिए । काठमाडौँको दरबार स्कूल र भारतको देहरादून-जालन्धर,
काठमाडौँकै त्रि-चन्द्र कलेज र भारतको पटना विश्वविद्यालयमा पढ्दै
स्कटल्याण्डको एडिनबरा विश्वविद्यालयबाट पोखराको भौगोलिक र्सर्वेक्षणमा
विद्यावारिधि गरेका गुरुङ नेपालका गाउँ-ठाउँको बढी माया गर्दथे । गाउँ
आएका बेला आत्मीयता देखाउँदै घरैमा आएर बोलाउने, केही गर्न रुपैयाँ-पैसा
समेत दिने गरेको सम्झँदै चुरे भन्छन्, "म त दमाइको छोरा भनेर
अलिपर बस्न खोज्थेँ, तर उनी नै जातपात नभनी, घरैमा लिएर जान्थे र आफूसँगै
बसाउँथे ! ढ्न नपाएर हामी लाटाको लाटै रहृयौँ, उनले अरूलाई पनि बाठा
बनाए ।"
पढे लेखेर, देशविदेश गरेर ठूलो मान्छे बने पनि डा. गुरुङले
आफ्नो गाउँ बिर्सर्ेे थिएनन् । बरोबर गाउँ आइरहने र गाउँमा विकास गर्न
तथा शिक्षाको उज्यालो फैलाउन सधैँ केही न केही गरी नै रहन्थे । त्यसैले
गाउँवासीहरूले उनको थलो ङादी, गुरुङ गाउँको ताक्लीचोकमा समाधिस्थल
बनाए । गुरुङको तराँचेस्थित जन्मघर पहिरोले लगेपछि उनको परिवार नजिकैको
ताक्लीचोकमा बसाइँ सरेको थियो ।
 |
| बालसखा चुरे दमाई समाधिस्थलमा । |
वाषिर्कीका अवसरमा स्थानीय बासिन्दा र विद्यार्थीहरूले
गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको प्लेकार्ड र ब्यानर
बोकेर जुलुस पर््रदर्शन गरे । उनीहरूले उनको परिवारलाई गुरुङ परम्पराअनुसार
दुःख परेका बेला आफन्तजनले सहानुभूति र सौहार्दता जनाउन फूलमाला पहिर्याएर
सगुन खुवाउँदै गरिने 'स्याईस्याई' समेत गरेका थिए । कार्यक्रममा गुरुङका
पत्नी सरोजा, छोरीहरू हिमालचुली र मनासलु, छोराहरू सगरमाथा र विकाससहित
पूरै परिवार उपस्थित थियो । गाउँबाट १४ किलोमिटरको दूरीमा रहेका मनासलु
-८,१२५ मिटर) र हिमालचुली -७,८९३ मिटर) को काखमा हर्ुर्किएका उनले
आफ्नी दर्ुइ छोरीको नाम पनि यिनै हिमालका नामबाट राखेका थिए ।
वाषिर्कीमा डा. गुरुङका पोखरा, काठमाडौँ र विदेशदेखिका
आफन्त एवं मित्रहरूको सहभागिता थियो । ६ भदौमा समाधिस्थलमा गुरुङ परम्परा
अनुसार वाषिर्क कर्म गरिँदा उनका ८३ वषर्ीय जापानी साथी तात्सु कामारा
श्रीमतीसहित उपस्थित थिए । हिमाल किताबले प्रकाशन गरेको गुरुङको मैले
देखेको नेपाल भन्ने किताब पनि उनैले विमोचन गरे । किताबमा ४७ वर्षघि
कामारा र उनकी श्रीमती नाओकोलाई लिएर पोखराबाट हिँड्दै गाउँ आइपुगेको
कुरा पनि रोचक ढङ्गमा उल्लेख गरिएको छ ।
२७ वर्षघि अङ्ग्रेजीमा प्रकाशित भिन्येत्स अफ नेपाल
को नेपाली संस्करणको रूपमा निस्किएको यो किताबको सम्पादन बसन्त थापाले
गरेका हुन् । नेपालको भूगोल, जनसङ्ख्या, पर्वतारोहण, जनजाति, लाहुरे
इतिहास आदिका ज्ञाता गुरुङले चित्रकार, फोटोग्राफर, खेलाडी, लेखक,
योजनाविद् र प्रशासकका रूपमा समेत ख्याति कमाएका थिए । हिमाल एशोसिएशनका
अध्यक्ष बसन्त थापा भन्छन्, "डा. गुरुङ देशकै नाडी छाम्ने डाक्टर
हुनुहुन्थ्यो । नेपालको भूगोल, समाज, जातजाति र तिनका समस्या पहिल्याएर
त्यसको उपचार गर्न अग्रसर रहनुहुन्थ्यो ।
डम्बरकृष्ण श्रेष्ठ, ङादी, लमजुङमा
|