हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०४ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
ऋतुराज

ऋतुविचार

एक पुरुष पात्र र पेट्रोल

राजधानीमा बसोबास गर्ने निम्नमध्यम वर्गीय एक पुरुष पात्र। टाई लगाएर जागिर खान जान्छ दिनहुँ। किस्तामा मारुति ८०० पनि लिएको छ तीन वर्षअघि।

त्यो अधबैंसे पात्र हैरान छ आजभोलि पेट्रोलको अभाव भएबाट। पेट्रोलको सङ्कट बढेदेखि मारुति घरमै छाडेर एकहप्ता छुट्टाछुट्टै माइक्रोबसमा पतिपत्नीले काममा जान पर्‍यो। गाडी नै लिएर लाइनमा बसे मात्र पेट्रोल पाइन्छ, अलग्गै जर्किनमा पेट्रोल पाइन्न। एकजना साथीले नारायणघाटबाट बीस लिटर पेट्रोल ल्याएदिएपछि उसको गाडी फेरि चल्न थाल्यो। काठमाडौँको सडकको दुर्गति र ट्राफिकको गति त्यही हो। दिनमा दुई'तीन लिटर पेट्रोल त जलिहाल्छ। एक हप्तामै तेलको सुई …इ' मा पुगेपछि एकदिन आँट गरेर ऊ तेल हाल्न कार लिएर लाइनमा बस्यो। आठ घन्टा कुरेपछि पेट्रोल त पायो, तर एक हजार रुपैयाँको मात्र। पहिले उसलाई निकै ोँक चलेको थियो, पछि खुशी नै भयो। कम से कम एक हप्ता ऊ गाडी कुदाउन सक्थ्यो।

त्यो एक हप्ता कसरी बित्यो पत्तै भएन। फेरि लाइनमा बस्ने बेला आइहाल्यो। ऊ आफैँ गाडी हाँक्थ्यो। अफिसले गर्दा दिउँसो लाइनमा बस्न जान सक्दैनथ्यो। फेरि दिउँसो जति नै कुरे पनि साँ नपरी पेट्रोल नबाँड्ने। एकपटक राति (राति के बिहान भनौँ न) २ बजेसम्म पनि ऊ लाइनमा नबसेको होइन। ऊ फेरि हिम्मत गर्छ र पिउनेपानीको बोतल, पढ्ने पत्रिका, पसिना पुछ्ने तौलिया समेत लिएर अर्को एकदिनको क्याजुअल विदामा लामो लाइनको पुछारमा बस्न पुग्छ।

किरण पाण्डे

भदौको टन्टलापुर घाममा पसिना काढ्दै ऊ पर्खिरह्यो। थकित, गलित र आक्रोशित भएर ऊ मारुति भित्रै बसी बसी सोच्न थाल्यो। थुक्क! यस्तो पनि कुनै जिन्दगी हो? जाबो पेट्रोल दिन नसक्ने यो कस्तो सरकार? यही हो लोकतन्त्र भनेको? यसैको लागि हामीले पोहोर त्यत्रो सङ्घर्ष गरेको? (पोहोर जुलुसबाट भाग्दै गर्दा कतैबाट एउटा ढुङ्गा आएर उसका टाउकामा लागेको थियो र तीन टाँका लगाउनु परेको थियो)। वास्तवमा गरिब हुनु पनि अभिशापै हो। धनी देशलाई पेट्रोलको दुःख छैन। किन मरुभूमिमा मात्रै पेट्रोल पाइएको होला? हाम्रो देशमा साँच्चि किन पेट्रोल नभएको होला? हामीकहाँ पनि तराईमा पेट्रोलको खानी छ'रे। तर इण्डियाले पेट्रोल िक्न नदिएको'रे। यता निकाल्यो भने उता असमको उनीहरूको खानीमा असर पर्छ'रे। ुर इण्डिया!

हाम्रो पनि अपार जलस्रोत छ, पेट्रोलभन्दा के कम। तर पानीबाट शक्ति पैदा गर्नलाई पैसा चाहिन्छ, हामीसित पैसा छैन। पैसा पनि नभएको होइन नेपालीहरूसित। दोहोरी र डान्स रेष्टुँरामा पैसा मिल्काएको देख्दा र डिपार्टमेन्ट स्टोरमा खरीददारी गरेको देख्दा कोही नेपाली गरिब छैनन् जस्तो लाग्छ। तर नेपालीहरूमा यस्तो काममा लगानी गर्न जानेकै छैनन्। यताउता गर्‍यो, आˆनो पेट भर्‍यो, पुग्यो। साह्रै लुच्चा भएर आए नेपालीहरू। यही आयल निगमलाई घायल निगम बनाउने पनि त हाम्रै नेपाली हुन्। खूब मोज गरे, वर्षमा आठ'आठ महिनाको बोनससमेत खाए। भ्रष्टाचारले खायो नेपाललाई।

उधारो चुक्ता नगरेपछि भारतले पनि पेट्रोल किन दिने? तर परल मोलभन्दा कममा सरकारले पनि किन पेट्रोल बेच्नुपर्ने? कि पेट्रोलमा लिने भन्सार घटाओस् कि पेट्रोलको मूल्य बढाओस्, टन्टैसाफ। हो, तर मूल्य बढाउने पनि कसरी? पहिले पनि मोल बढाउनाले कत्रो बबाल भयो। हुन पनि पेट्रोलको मोल बढेमा सारा थोकको मोल बढ्छ। मुद्रास्फीति हुन्छ। फेरि चुनाव मुखैमा छ, सरकारले अलोकप्रिय निर्णय किन लिन्छ? सरकारमा बस्नेहरूलाई चुनाव जित्नु छैन? अनि यसरी नै लाइन बसेर चुनाव चाहिँ कसरी हुन्छ नि? तर नेपालमा लोकतन्त्र दिगो राख्न भारतले पक्कै पेट्रोल रोक्ने छैन। उधारोमा नै सही दिइरहने छ। अहा! भारतका नागरिकलाई क्या हाइसञ्चो छ। म पाटनमा नभएर पटनामा भएको भए यस्तो दुःख ेल्नु पर्दैनथ्यो।

त्यसैबेला अगाडिका गाडीहरू अघि बढ्न थाले। उसको विचारतन्द्रा चुँडियो। ऊ पनि गाडी स्टार्ट गरेर दसफिट अगाडि सर्‍यो। पेट्रोल बाँड्न शुरु गर्नाले नभई कोही दिक्क मानेर लाइन छाड्नाले अघिल्तिरको ठाउँ खालि भएको रहेछ। ऊ फेरि अघिकै चिन्तनयात्रामा फर्कियो।

दार्जीलिङ, सिक्किम, उत्तराखण्ड, हिमाञ्चल प्रदेश सबै त पहाडी इलाका हुन्। उता त पेट्रोलको कमि छैन। सिक्किम जस्तै बरु नेपाल पनि भारतमै मिसिएमा यस्तो समस्या हुँदैनथ्यो होला। ठीक हो, यही जाबो मारुति पनि दुईतिहाइ कम दाममा पाइने थियो। गजब हुनेथियो साँच्चै! थुइक्क, खोई तिम्रो राष्ट्रियता? आˆनो सत्व गुमाउने त्यही जाबो मारुति कार र पेट्रोलका लागि? यो त भारतको चाल हो नेपाललाई आˆनो मुठ्ठीमा पार्ने। उसले दिन्न भनोस्न्। हामी चीनबाट ल्याउँछौँ। ल्हासासम्म तेलको पाइपलाइन आइपुगिसक्यो'रे। अस्ति प्रधानमन्त्रीको सल्लाहकारले भनेको चीन तयार छ'रे नेपाललाई पेट्रोल दिन।

तेल त इण्डियाले हामीलाई दिनैपर्छ। नेपाल उसको एकलौटी बजार हो। उसलाई नदिएर सुख? यतिका मोटरसाइकल र कारहरू कसरी नेपालमा बढे? मोटरसाइकल र कार यहाँ पठाउने अनि पेट्रोल चाहिँ नदिने? उसले त हामीलाई बरु मोल घटाएर दिनुपर्छ। पेट्रोलमा अनुदान पनि दिनुपर्छ। भारत नेपाललाई आˆनो बजार ठान्छ र बजारको विस्तार मात्र गर्छ। विस्तारवादी भारत!
त्यतिञ्जेलमा हाम्रो पात्र पेट्रोलपम्पमा पुगिसकेको थियो। उसले एक हजार रुपैयाँको १० प्रतिशत डिजेल, १० प्रतिशत मट्टितेल र ५ प्रतिशत पानी मिसाइएको पेट्रोल हाल्यो अनि खुशी भएर घरतिर गाडी हुँइक्यायो। यसपटक उसले ६ घन्टामै पेट्रोल पाएको थियो र उसलाई अर्को पाँच दिनसम्म ढुक्क भयो। त्यो नेपाली पात्र खुसी नहोस् पनि किन?