रिपोर्ट
विदेशका नेपाली
साँच्चिकै देश सेवा
देश सेवाको भावना र मनमा लगन भए विदेशमा बसेर
पनि देशका लागि धेरै ठूला काम गर्न सकिन्छ ।
•
डम्बरकृष्ण श्रेष्ठ
धेरै छ गर्नु स्वदेशको सेवा नेपाली
बन्नलाई
शिर ठाडो पारी नेपाली भन्ने म नै हुँ भन्नलाई...
 |
| हेनलेले तीन वर्षेखि मुगुकमा बनाएर आफै सञ्चालन
गरिरहेको हेल्थपोष्ट
। |
स्वर्गीय गोपाल योञ्जनको
यो गीतले भनेजस्तै देश सेवाको भावना र मनमा लगन भए विदेशमा बसेर पनि
देशका लागि धेरै ठूला काम गर्न सकिन्छ । यसको ज्वलन्त उदाहरण बनेका
छन्, 'हेल्प नेपाल नेर्टवर्क' -हेन) ले गरेका लोक कल्याणकारी कामहरू
। सात वर्षघि स्थापित यो संस्थाको प्रयासबाट सङ्गठित रूपमा देशका दर्ुगम
गाउँ-घरमा शिक्षा, स्वास्थ्य, विकास-निर्माणका क्षेत्रमा उल्लेख्य
काम भएका छन् ।
'एक महिनामा एक पाउण्ड- नेपालका लागि', 'महिनामा एक क्यान बियर कम
खाऊ र बचेको पैसा नेपालका लागि योगदान गर' जस्ता नारा अघि सारेर 'हेन'
ले एक जनाको सानो सहयोगले पनि ठूलै काम हुनसक्छ भन्ने देखाउँदै गैरआवासीय
नेपालीहरूलाई देशप्रतिको दायित्व निर्वाह गर्न तथा नेपालमा कल्याणकारी
काम गर्न उत्प्रेरित गर्दै आएको छ । बीबीसी नेपाली सेवा, लण्डनमा कार्यरत
सञ्चारकर्मी रवीन्द्र मिश्रको पहलमा शुरु भएकोे यो अभियान अहिले अष्ट्रेलिया,
अमेरिका, न्युजिल्याण्ड, आयरल्याण्ड, अष्ट्रिया, क्यानडा, प|mान्स,
रूस, इटाली, साउदी अरब र नेपालसम्म फैलिएको छ । यी देशमा स्थापना भएका
नेर्टवर्कमा आबद्ध भएर स्वदेशको सेवामा समर्पित हुनेहरूको सङ्ख्या
बढिरहेको छ ।
यो अभियान शुरु हुनुअघि डोल्पाको दुनैमा एउटा पुस्तकालय निर्माण गर्न
रवीन्द्र मिश्रको सक्रियतामा लण्डनमा रु.७० हजार सङ्कलन भएको थियो
। सो रकम डोल्पाको गाउँमा पुर्याउँदा स्थानीय बासिन्दाको सहयोग र
श्रमदान समेतबाट रु.३ लाखको काम भएपछि थोरै गरे पनि त्यसबाट धेरै हुने
रहेछ भनेर उत्साह थपिएको उनी बताउँछन् । हेल्प नेपालले अहिलेसम्म विदेशबाट
सङ्कलन गरेको रु.२ करोडबाट निःस्वार्थ सेवाको भावनाले नेपालमा कम्तीमा
दोब्बर मूल्यको कल्याणकारी काम भएको उनको विश्वास छ ।
नेर्टवर्कको सहयोगबाट सल्यान, प्युठान, पर्वत, दाङ, लमजुङ, चितवन,
नुवाकोट, दोलखा, रौतहट, खोटाङ, सुनसरी, संखुवासभा, भक्तपुर र ललितपुरका
दर्ुगम गाउँमा विद्यालय भवन निर्माण भएका छन् । सल्यान र रौतहटका केही
विद्यालयमा भवनको अभावमा विद्यार्थीहरू खुल्ला चौर र भर्ुइमा बसेर
पढिरहेको तस्बिर पत्र-पत्रिकामा छापिएपछि हेनले सो स्थानमा भवन निर्माणमा
सहयोग गरेको थियो । नेर्टवर्कले तीन वर्षेखि मुगुको रारा, मर्ुमामा
भवन बनाएर र कर्मचारी राखेर हेल्थपोष्ट सञ्चालन गरिरहेको छ । डेढ वर्षेखि
र्सलाहीको हरिपुरमा पनि नियमित हेल्थ क्लिनिक सञ्चालन गरिरहेको नेर्टवर्कले
स्थानीय आनन्द सामुदायिक सेवा समितिले दिएको जग्गामा रु.१२ लाखको खर्चमा
हेल्थपोष्ट भवन निर्माण गर्दैछ । त्यस्तै द्वन्द्वपीडित बालबालिकाका
लागि धुलिखेलमा स्थानीय पञ्चकन्या निमाविले उपलब्ध गराएको जग्गामा
रु.६५ लाखको लागतमा साढेदर्ुइ तले छात्रावास भवन निर्माण गरी आफ्नै
खर्चमा सञ्चालन गर्न लागेको छ । डोल्पामा भवन बनाएर पुस्तकालय स्थापना
गरिएको छ ।
 |
| हेन ले धुलिखेलमा सञ्चालन गरेको निःशुल्क
स्वास्थ्य शिविर । |
हेल्प नेपालको सहयोगमा १३ जिल्लाका २० स्थानमा निःशुल्क स्वास्थ्य
शिविर र आँखा शिविर सम्पन्न भएका छन् । यसले भोजपुरका अग्नि पीडित,
खोटाङका पहिरो पीडितदेखि हालैका बाढी पीडितका लागि रेडक्रसलाई रु.७
लाखको राहत सामग्री हस्तान्तरण गरेको छ । पत्रकार भैरव रिसालले शुरु
गरेको 'हुम्लामा उज्यालो' कार्यक्रमका लागि एक सय घरमा बिजुली बाल्न
रु.४ लाख प्रदान गरेको छ ।
हाल 'एक जिल्लामा एक इ-लाईब्रेरी' को सोच अनुसार मदन पुरस्कार पुस्तकालय
र पुल्चोक, इञ्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूको सहयोगमा दाङ र
भक्तपुरमा इ-लाईब्रेरी तयार भएको छ । १० कम्प्युटरसहितको सोर् इ-लाइब्रेरीमा
स्थापित प्रशिक्षण केन्द्रले समुदाय र विद्यालयस्तरमा कम्प्युटर तालिम
दिन थालिसकेको छ । यीबाहेक हेल्प नेपालले कान्ति बाल अस्पताललाई उपकरण
हस्तान्तरण, नेपालगञ्जमा ८७ र चितवनमा ८३ जना द्वन्द्वपीडित बालबालिकालाई
शैक्षिक सामग्री र विद्यालय पोशाक आदि वितरण, काठमाडाँैका विभिन्न
अनाथ आश्रम र बालगृहमा रहेका अनाथ तथा द्वन्द्वपीडित बालबालिकाको खुसीका
लागि वनभोज कार्यक्रम समेत गरेको छ ।
'केही त गरौं'
हेल्प नेपाल नेर्टवर्कका संस्थापक मिश्र भन्छन्, "सबै मान्छे
मदर टेरेसा, अनुराधा कोइराला हुन सक्दैनन् । त्यागी पनि हुँदैनन् ।
तर पनि जति सक्छौ, थोरै नै गर तर गर्न चाहिँ गर भन्ने हाम्रो आहृवान
होे ।" कल्याणकारी काममा क्रियाशील हेल्प नेपाल एनजीओ/आईएनजीओ
जस्तो संस्था नभएको स्पष्ट गर्दै उनी यसलाई 'कल्याणकारी संस्था' भन्छन्
। कल्याणकारी काममा लागेकोले यसमा चुनाव हुँदैन । कार्यसमितिका पदाधिकारीले
काम गर्छन्, पैसा लिँदैनन् । पद हैन, कल्याण र त्यागको भावना भएकाहरू
मात्र यसमा आवद्ध हुनसक्छन् ।
रवीन्द्र मिश्रका अनुसार, विदेशमा बसेका नेपालीहरू सामान्यतः देशकै
बारेमा कुरा गर्छन्, सोच्छन्, चिन्ता गर्छन्, देश बिग्रियो, खत्तम
भो, नेपालमा केही हुनेवाला छैन भनेर गुनासो गर्छन्; तर देशको स्थिति
सुधार्न के गरेका छौ र के गर्न चाहन्छौ भन्ने सोद्धा जवाफ दिन सक्दैनन्
। तिनैलाई लक्ष्य गर्दै उनी भन्छन्, "देशको आलोचना त जति गरेपनि
हुन्छ, तर सुधारको बारेमा खोई सोचेको - विदेशमा बस्नेले देश फर्केर
केही गर्न नसके पनि त्यहीँ रहेर कल्याणको काम त गरौँ भन्ने हाम्रो
मान्यता हो ।" खाडी र मलेशियामा काम गर्ने नेपाली भन्दा धेरै
राम्रो आम्दानी भएका र विलासिताको जीवन बिताउने युरोप-अमेरिकाका ९५
प्रतिशत भन्दा बढी नेपालीहरूले मिलेर गरे र महिनाको एक डलर या एक पाउण्ड
मात्रै छुट्याए भने पनि धेरै गर्न सक्ने भएकाले हेल्प नेपाल नेर्टवर्क
राम्रैसँग विस्तार भइरहेको छ ।
 |
| अमेरिकामा म्याराथन दौडने प्रेरणा श्रेष्ठ
। |
नेपालीका लागि नेपालीले नै गर्नुपर्छ भन्ने उद्देश्यले शुरु भएको
यो अभियान व्यापक हुँदै गएको छ । भर्खरका विद्यार्थी, गृहिणीदेखि अरबपति
नेपालीहरू जुटेर स्वदेश सेवाको यो अभियानमा सरिक भएका छन् । संस्थालाई
मजबूत बनाउन र थप राम्रा काम गर्न खडा गरिएको 'हेल्प नेपाल कल्याणकारी
कोष' मा रु.५० लाख सङ्कलन भइसकेको छ । कोषको ब्याजबाटै प्रशासनिक खर्च
चलाउने लक्ष्य राखिएको जानकारी मिश्रले दिए ।
नेर्टवर्कका नेपाल अध्यक्ष अरुणसिंह बस्नेत शुरुमा दर्ुगम गाउँ जाँदा
कतिले 'हामीलाई देखाएर आफू खान्छन्' भन्नेजस्तो व्यवहार गरे पनि पछि
उद्देश्य बुझेर सहयोग गरेका बताउँछन् । समुदायलाई जिम्मेवार बनाउन
र आफ्नो भन्ने दायित्वबोध गराउन विद्यालय, हेल्थपोष्ट आदि निर्माणमा
जनसहभागितालाई प्राथमिकता दिइएको छ । नेपालमा प्रशासनिक कामका लागि
दर्ुइ कर्मचारी छन् भने बाँकी सबै स्वयम्सेवक भएको बस्नेत बताउँछन्
।
बस्नेतसहित नौ जनाको एक समितिले विदेशबाट आएको सहयोगबाट नेपालका दर्ुगम
गाउँसम्म पुगेर स्वयंसेवकको रूपमा काम गर्दै आएका छन् । उनी भन्छन्,
"स्वदेशको सेवाका लागि विदेशबाट त नेपालीहरूले सहयोग गरिरहेका
छन् भने स्वदेशमै रहेर हामीले किन नगर्ने भनेर लागेका हौँ । विदेशबाट
जेका लागि रकम सङ्कलन भएको हो, त्यसैमा खर्च गरेर पैसाको सदुपयोग गरिएको
छ । यहाँ भएका काम देखेर पनि विदेशबाट सहयोग जुटिरहेको छ ।"
हेनले आफ्नो अभियानमा काठमाडौँको चाबहिलमा ०४६ सालदेखि सक्रिय रहेर
समाजसेवा गर्दै आएको 'आहृवान समूह' को साथ पाएको छ । डा. अरुणा उप्रेती,
सुवर्ण्र्ााण आचार्य र डा. आशा पुन लगायतले स्वास्थ्य शिविरका लागि
निःशुल्क सहयोग गर्दै आएका छन् ।
सहयोगका थरीथरीका अभियान

अरुणसिंह बस्नेत |
अमेरिकाको न्युयोर्कमा अध्ययनरत् प्रेरणा श्रेष्ठले १९ कात्तिक २०६३
मा र रक्षा पन्त र स्वरुपा खड्काले ३ मङ्सिरमा ४२ किलोमिटर लामो म्याराथन
दौडमा भाग लिएर करिब रु.१० लाख ४० हजार सहयोग जुटाए । त्यसअघि क्यानडामा
नवीन ढकालले ५० किमी म्याराथन दौड गरेर करिब रु.२ लाख ६० हजार सङ्कलन
गरेका थिए । बेलायत र आइसल्याण्डमा पनि यस्तै दौड आयोजना गरेर अनिल
थापाले करिब रु.१६ लाख सङ्कलन गरेका छन् ।
६ वर्षबेलायत बसेर सिस्टम इञ्जिनियरिङको पढाइ सकेका र हाल आइसल्याण्डमा
कार्यरत थापा भन्छन्, "बेलायतमा छँदा, ७० वर्षा एक विदेशी वृद्धले
नेपालको दर्ुगम क्षेत्रको लागि सहयोग जुटाएको देखेर म त झन् नेपाली
नै हुँ मैले आफ्नो देशको लागि किन केही नगर्ने भन्ने भावना आयो ।"
अनिलले कल्याणकारी कोषका लागि पनि करिब रु.२ लाख ६० हजार समेत दिएका
छन् । हेल्प नेपालबारे सुनेपछि दर्ुइ वर्षघि फिलिपिन्समा परिवारसँगै
बस्दै आएका १५ वषर्ीय किशोर सुभायु पन्तले मुगु हेल्थपोष्टको सहयोगका
लागि तीन दिन केही नखाई बस्ने आहृवान गर्दै इच्छुकलाई सहयोग गर्न अनुरोध
गरेर करिब रु.२ लाख सङ्कलन गरेका थिए ।
हेल्प नेपाल कल्याणकारी कोषका लागि व्यक्तिगत रूपमा एक लाख रुपैयाँभन्दा
बढी दिनेहरू पनि धेरै जना छन् । अमेरिकाका डा. रुद्र पाण्डे, बेलायतका
महानता श्रेष्ठ, भण्डारी दाजुभाइ, चिरञ्जीवी ढकाल, सारिका मिश्र, रसियाका
डा. उपेन्द्र महतो, जीवा लामिछाने, स्कटल्याण्डका उद्धव भट्टर्राई,
अष्ट्रेलियाका चन्द्र योञ्जन, श्रीलङ्काका स्वणिर्म वाग्ले, बङ्गलादेशका
मनोज बस्नेत प्रत्येकले करिब रु.२ लाख ६० हजार प्रदान गरेका छन् ।
उपेन्द्र महतो र जीवा लामिछानेले यसअघि पनि हेल्प नेपालको नेपालमा
हुने प्रशासनिक खर्चका लागि दर्ुइ लाख रुपैयाँ प्रदान गरेका थिए ।
कल्याण कोषका लागि नेपालबाट पनि बेलायती नागरिक एलसिन म्याकग्राथले
करिब रु.६ लाख, डा. सुन्दरमणि दीक्षितले करिब रु.५ लाख २० हजार र वीरेन्द्रबहादुर
बस्नेतले ु.२ लाख ६० हजार प्रदान गरेका छन् ।

रवीन्द्र मिश्र |
विदेशमा बसेका नेपालीको सानो योगदानले पनि जन्मभूमिमा परोपकारका
कति ठूला काम गर्न सकिन्छ भन्ने कुरा हेल्प नेपालले देखाएको बताउँदै
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. उपेन्द्र महतो भन्छन्, "नेपालको
कल्याणमा विदेशमा बस्ने सबै नेपालीले आ-आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ
भन्ने भावनाले प्रेरित भएकाले पनि हेल्प नेपालसँग मेरो संलग्नता
रहँदै आएको छ ।" त्यस्तै जीवा लामिछाने थप्छन्, "थोपा
थोपा पानीबाट सागर बन्छ भन्ने कुरा हेल्प नेपालले व्यवहारबाटै लागू
गरेर देखाएको छ । यसबाट गैरआवासीय नेपालीहरू मातृभूमिको सेवाका लागि
पनि क्रियाशील छन् भन्ने देखिएको छ ।" स्वदेशमा कल्याणकारी
काम गर्न चाहेर पनि गर्न नसकिरहेकाहरूको जानकारीका लागि हेनले www.helpnepal.net
वेबसाइट पनि सञ्चालन गरेको छ ।
लाखौं नेपाली विदेशमा छन् । हेल्प नेपाल बाहेक पनि विदेशमा रहेर
स्वदेशका लागि गर्नेहरू धेरै छन् । कतिले आ-आफ्नै निजी प्रयासबाट देशका
विभिन्न ठाउँमा कल्याणकारी कामहरू गर्दै आएका छन् । उपेन्द्र महतोले
करिब रु.१ करोडको लगानीमा आफ्नी आमा फूलकुमारी महतोको नाममा पशुपतिनाथमा
किरियापुत्री भवन निर्माण गर्नेदेखि अन्य केही कल्याणकारी काम गरेका
छन् । जीवा लामिछानेले चितवनका विद्यालयमा साइन्स ल्याब स्थापना र
अस्पताल, वृद्धाश्रम आदिका लागि लाखौँ रुपैयाँ सहयोग गरेका छन् ।
हङकङ र जापानमा बस्ने धरानेहरूको सहयोगमा धरानमा रु.६० लाखको खर्चमा
घण्टाघर, भूकम्प स्मारकको निर्माण भएको छ । हङकङका तेजबहादुर र्राईले
खोटाङमा र अमेरिका -कोलोराडो) का नारायण श्रेष्ठले संखुवासभामा यस्तै
कल्याणकारी काम गर्दै आएका छन् । श्रेष्ठको सक्रियतामा संखुवासभाको
स्वास्थ्य, शिक्षा र विकास निर्माणमा लाखौँको काम भएको छ । कतार, अष्ट्रेलिया,
जापान आदि देशमा बस्ने अरू धेरै नेपालीले पनि देश सेवाका विभिन्न कामहरू
गर्दै आएका छन् । |