हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०४ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट रङ बजार

रङ्गदिैछ देश

चार-पाँच वर्षघिसम्म घर रङग्याउन दशैं-तिहार नै पर्खने नेपालीहरू अहिले मौसमपिच्छे रङ लगाउन थालेका छन् ।

सुरेशराज न्यौपाने

आज जीवन फुल्छु भन्छ, रङ्ग-रङ्ग लिई राम्रा
सुनका प्वाँख लिई आउलान्, दिन उज्याला हाम्रा

(महाकवि लक्ष्मीप्रसाद देवकोटा -कुञ्जिनी खण्डकाव्य)

महाकवि देवकोटाका यी हरफले नेपाली जन-जीवन र समाजसँग गाँसिएको रङको सम्बन्धलाई प्रस्ट पार्छन् । दशैँ-तिहारको मौका पारेर घर-आँगन सिंगार्नु नेपाली परम्परा नै हो । समयानुसार सामाजिक परिवेश र बसोवास शैली बदलिए पनि चार्डपर्वका मुखमा घर-आँगन सिंगार्ने चलन कायमै छ । बरु हिजो यस्ता काममा प्रयोग हुने गरेका रङजन्य वस्तुहरू भने फेरिएका छन् ।

हो, हिजोसम्म गाउँघर, शहरबजारमा प्रयोग हुने गरेको चुन, कमेरो, रातोमाटो जस्ता प्राकृतिक रङहरूको ठाउँ आज उद्योगमा निर्मित, आकर्ष प्याकमा सजिएका र प्रतिस्पर्धात्मक बजार व्यवस्थापनबाट निर्देशित सिन्थेटिक पेन्टहरूले लिएका छन् ।

गाउँमा त्यति नभए पनि, शहरबजारमा चुन, कमेरो र रातोमाटोलाई बजारमा पाइने सयौँ थरी पेन्टले लगभग विस्थापित नै गरिदिएका छन् । रङहरू पाइने ठाउँका रुपमा चिनिदै आएको राजधानीको महाबौद्ध क्षेत्रको भोसिंको टोलमा पहिले चुन, कमेरो र रातोमाटो किन्न जानेहरू अहिले अन्तर्रर्ााट्रयस्तरका इमल्सन र इनामेल पेन्टहरूतिर आकषिर्त भएका छन् ।

पैसा जोगाउन सस्तो रङ लगाउनर्ुपर्छ भन्ने पुरानो धारणा बदलिएर आफ्नो घर र अन्य भौतिक सम्पत्ति जोगाउन तथा परिवारको स्वास्थ्यका लागि समेत स्तरीय रङ लगाउनर्ुपर्छ भन्ने अवधारणा विकास भएको छ । पछिल्लो दशकमा बढेको शहरीकरण र आवास सुविधाले गर्दा रङप्रतिको धारणा र प्रयोगमा परिवर्तन आएको सम्बद्ध व्यापारीहरू बताउँछन् । त्यसमा पनि विदेशी च्यानल र विदेशमा बसेर नेपाल फर्केकाहरूको भूमिका ठूलो छ । त्यसैले होला, अहिले मुलुकका प्रायः सबै शहरी क्षेत्र र मुख्य ग्रामीण इलाकाहरूमा रङ बजार र बिक्रेताहरू छ्याप्छ्याप्ती भइसकेका छन् ।

यो वर्षो दशैँ-तिहार जति नजिक आउँदैछ, रङ बजार पनि तात्न थालेको छ । वर्षदिनको ठूलो चाडमा मन खोलेर खर्च गर्ने नेपाली मानसिकतालाई ध्यानमा राखेर रङ उत्पादकहरू आफ्नो आकर्षा बढाउन नयाँ-नयाँ रणनीति साथ बजारमा आएका छन् ।

आकर्ष बजार
आधुनिक रङ, अर्थात् पेन्टहरू मुख्यतः 'डेकोरेटिभ' -शृङ्गारका लागि), 'इण्ड्रस्टि्रयल' -औद्योगिक प्रयोजनका लागि) र 'मरिन' -पानी जहाजका लागि) तीन प्रकारका हुन्छन् । नेपालको पेन्ट बजारको करिब ९० प्रतिशत हिस्सा 'डेकोरेटिभ' पेन्टले लिएको छ, जसअर्न्तर्गत एक्स्टेरियर इमल्सन, इण्टेरियर इमल्सन, डिस्टेम्पर, सिमेन्ट पेण्ट र इनामेल पर्दछन्  । रङका प्रकारहरूको त वर्ण्र्ाागरेर साध्य छैन । विभिन्न रङहरू मिसाएर सात रङ मात्र होइन, हजार रङले बजार ढाकिएको छ ।

विभिन्न ब्राण्डमा पाइने पेण्टहरू मूल्यका हिसाबले पनि 'प्रिमियम', 'मिडियम' र 'इकोनोमी' गरी तीन श्रेणीमा आउँछन् । नेपाली बजारमा प्रतिकेजी करिब रु.२० मा पाइने सिमेन्ट पेण्टदेखि प्रतिलिटर रु.४०० सम्म पर्ने उच्चस्तरका पेण्टहरू पाइन्छन् ।

नेपाली रङ बजारको कारोबार वाषिर्क झण्डै रु.१ अर्बभन्दा बढी रहेको बताउँछन्, पेण्ट उत्पादक संघका अध्यक्ष तथा नेपाल पेण्ट इण्डस्टि्रजका प्रबन्ध निर्देशक विश्व साखः । तर विकसित मुलुकहरूको तुलनामा यो निक्कै कम मानिन्छ । बर्जरका कन्ट्री म्यानेजर अन्जन सरकारका अनुसार, विकसित युरोपेली मुलुकमा बर्सर्ेे प्रतिव्यक्ति ४८ लिटर खपत हुने पेण्ट नेपालमा २.५ लिटर मात्रै खपत हुन्छ ।

व्यवसायीहरूका भनाइमा, पर्यटकलाई आकषिर्त गर्न सन् १९९८ मा राष्ट्रियस्तरमा मनाइएको 'नेपाल भ्रमण वर्ष पछि यहाँको बजारले गति लिनथालेको हो । १० वर्ष द्वन्द्वकालमा आम मानिसहरूमा देखिएको गाउँबाट शहर पस्ने प्रवृत्तिका कारण तीब्र गतिमा बढेको शहरीकरण र विदेशमा गएर काम गर्नेहरूले पठाउने रेमिटेन्समा भएको उल्लेख्य वृद्धिले पनि रङ बजारलाई माथि उठायो । यसबाहेक देश विदेशमा नेपालीहरूले पाएको 'एक्स्पोजर' र विदेशी टेलिभिजन च्यानलहरूको प्रभावले पनि यहाँको रङ बजारलाई फस्टाउन मद्दत गर्‍यो ।

परिणाम; चार-पाँच वर्षघिसम्म घर रङ्ग्याउन दशैँ, तिहारजस्ता ठूला चार्डपर्व नै पर्खने नेपालीहरू अहिले मौसमपिच्छे रङ लगाउन थालेका छन्  । कोठा र मूड अनुसार रङ लगाउने चलन बढेको छ । ग्राहकहरूको छनौटलाई सहज बनाउन उत्पादक र बिक्रेताहरूले सयौँ थरी रङ उपलब्ध गराउनुका साथै बिक्रीपछिको सेवा समेत दिने गरेका छन् । कतिसम्म भने व्यवसायीहरूले ग्राहकहरूको छनौटलाई सहज बनाउन कलर वर्ल्ड, कलर म्याजिक, कलर बजार, कलर ब्याङ्कहरूको नामबाट कलर मिक्स्चर मेशिनबाट निकालिएका सयौँ-हजारौँ रङ बजारमा पस्किएका छन् ।

घर सजावटमा इन्टेरियर डिजाइनरहरूको बढ्दो भूमिकाले पनि रङ बजारको विस्तारमा मद्दत पुर्‍याएको बताउँछन्, पशुपति पेन्ट्सका निर्देशक महेश मुरारका । उनी भन्छन्, "पहिले पेन्टरको सुझाव अनुसार रङको छनौट हुन्थ्यो भने अहिले डिजाइनरहरूको सहयोगमा पूरै परिवारले निर्ण्र्ाागर्छ  ।" एकपटक लगाएपछि वर्षौँसम्म आकर्षा कायम रहने हुँदा शहरिया उपभोक्ताहरूको छनौट सामान्य सिमेन्ट वा अन्य रङहरू भन्दा महंगो भए पनि उच्चस्तरका इमल्सनहरूमा केन्द्रित हुन पुगेको छ ।

नेपालमा सन् १९८० को दशकमा शुरु भएको पेन्ट उद्योग खुल्ने क्रमले पनि गति पाएको छ । अहिले देशभरी सानाठूला गरी करिब तीन दर्जन पेण्ट उद्योगहरू स्थापना भएका छन् । एसियन, बर्जर, शालिमार, नेपाल, पशुपति, नेरोलेक पेन्ट्सहरू स्थानीय बजारका प्रमुख खेलाडी मानिन्छन् ।

२४ वर्षघि नेपाल प्रवेश गरेको एसियन पेन्ट्स नेपालको पेन्ट बजारमा अग्रपंक्तिमा रहेको मानिन्छ । एसियनका एपेक्स अल्मिटा, एस इमल्सन, ट्रयाक्टर इमल्सन, रोयल लक्जरी र डिसटेम्पर अर्न्तर्गत ट्रयाक्टर एक्रेलिक ब्राण्डहरू स्थानीय बजारमा लोकप्रिय छन् । एसियन पेन्टसको 'कलर वर्ल्ड' ले तीन हजार थरीका रङका सेडहरू बजारमा उपलब्ध गराएको बताउँछन्, बजार तथा बिक्रीका मुख्य प्रबन्धक सौमित्र राय ।

'कलर ब्याङ्क' को मद्दतबाट १० हजार सेड र रङहरू छनौटका लागि उपभोक्तासामु पुर्‍याएको बर्जर पेन्ट्सले घर, शहर र पूरै मुलुकलाई रङ्ग्याउने महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ । बर्जरका कन्ट्री म्यानेजर अन्जन सरकार भन्छन्, "पेन्ट योर इमाजिनेशन भन्ने नारामार्फ् हामी पूरै देशलाई रङ्गीन बनाउन चाहन्छौँ ।" बर्जर पेन्ट्सका वालमस्ता, ब्रोलेक, जेन्सोलिन, रङ्गोली, अम्ब्रेला ब्राण्डका इमल्सन तथा इनामेल रङहरूले राम्रो बजार बनाएका छन् । अन्जनका अनुसार बढ्दो बजारबाट उत्साहित हुँदै बर्जर पेन्ट्सले छिट्टै नै भक्तपुरपछि हेटौँडामा पनि नयाँ फ्याक्ट्री खोल्ने योजना बनाएको छ ।

आफ्नो 'कलर म्याजिक' प्रविधिमार्फ् १०५० थरीका रङ बजारमा पुर्‍याएको दाबी गर्छन्, शालिमार पेन्ट्सका निर्देशक जीवन अग्रवाल । वेदर गार्ड, युनिक टच, डायमण्ड ब्राण्डले शालिमार पेन्ट्सलाई नेपाली उपभोक्तामाझ परिचित बनाएका छन् । 'वी कलर योर डि्रम्स्' भन्ने नाराका साथ नेपाल पेन्ट्सले पनि आफ्ना उत्पादनहरू बजारमा स्थापित गरेको छ । विभिन्न थरीका डिसटेम्पर, इमल्सन, इनामेल, प्राइमर उत्पादन गर्दै आएको नेपाल पेन्ट्सको विशेषगरी विभिन्न बुट्टा देखिने रङ 'टेक्स्चर कोटिङ' को बजार आकर्ष मानिएको छ । साखःका अनुसार नेपाल पेन्ट्सले युरोशिल्ड, स्वालो, स्टारकोट, स्टारलाइट, टेराकोट ब्राण्डका रङहरू उत्पादन गर्दै आएको छ ।

आफ्ना उत्पादनहरू शहरी क्षेत्रमा नभई सोलुखुम्बूजस्ता हिमाली क्षेत्रमा समेत पुग्ने गरेको बताउँछन्, पशुपति पेन्ट्सका निर्देशक महेश मुरारका  । सोनापुर, विराटनगरस्थित फ्याक्ट्रीबाट उत्पादन हुने पशुपति पेन्ट्सका डाँफे, पूजा, नेपोलिन, वनवे ब्राण्डका रङहरूले राम्रो बजार लिँदै आएका छन् । यसबाहेक नेरोलेक, राजदूत, यती, एभरेष्ट, निप्पोन, एकर, र्सर्ूय र शिखर पेन्ट्सहरू पनि नेपाली पेन्ट बजारका परिचित नाम हुन् ।

पेन्ट्स उत्पादक तथा बिक्रेताहरू आजभोलि उत्पादन र बिक्री मात्र नगरी त्यसको प्रभावकारी प्रयोग, प्रयोगपछिको प्रतिक्रिया र गुनासोप्रति पनि चनाखो रहने गरेका छन् । आफ्ना उत्पादनहरूमा पाइने गुनासाहरूलाई काठमाडौँमा २४ घण्टाभित्रै सम्बोधन गर्ने व्यवस्था मिलाएको छ, एसियन पेन्टसले । एसियन पेन्ट्सका राय उपभोक्ताको स्तर भन्दा पनि तिनको सन्तुष्टि नै आफूहरूको प्राथमिकता रहेको बताउँछन् । उनी भन्छन्, "एक जनाको गुनासोले हजार जनालाई भड्काउँछ, त्यसकारण पनि हामी त्यसतर्फसचेत हुनर्ैपर्छ  ।"

आफ्ना उत्पादनहरूको प्रभावकारी प्रयोगका लागि दक्ष पेन्टरहरूको अभाव परिपर्ूर्ति गर्न उत्पादकहरूले तिनको दक्षतावृद्धि गराउने विभिन्न प्रशिक्षण कार्यक्रमहरू पनि सञ्चालन गरेका छन् । बर्जर पेन्टस्ले देशभरिका दर्ुइ सय भन्दा बढी पेन्टरहरूको पेन्र्टर््स क्लब नै स्थापना गरेको छ, जसको मुख्य उद्देश्य उनीहरूको दक्षता अभिवृद्धि र आफ्नो बजार विस्तार गर्नु हो । बर्जरले ग्राहकलाई आकषिर्त गर्न ल्याएको 'प्रिभ्यू' कार्यक्रमले एसएमएसमार्फ् सर्म्पर्कमा आएका ग्राहकहरूलाई चारथरी रङमा रङ्ग्याइएको घरको तस्बिर पठाएर छनौटको अवसर प्रदान गरेको छ । विशेषज्ञहरूको सहयोगबाट डिजिटल प्रविधि प्रयोग गरेर ग्राहकहरूलाई आफ्नो घर सुहाउने रङ छनौट गर्न सजिलो हुने विश्वासमा शुरु गरिएको यो कार्यक्रम निक्कै लोकप्रिय भएको दाबी गर्छन्, बर्जर पेन्ट्सका कन्ट्री म्यानेजर अन्जन सरकार ।

कतिपय कम्पनीले विभिन्न रङ विशेषज्ञहरूलाई फिल्डमै खटाएर पेन्टरहरूलाई विशेष सल्लाह र सुझाव दिन थालेका छन् । नौ वर्षघि थानकोटस्थित त्रिभुवनपार्कमा हुने गरेको पेन्टरहरूको भेला हिजोआज राजधानीका पाँचतारे होटेलमा हुन थालेको बताउँछन्, शालिमार पेन्ट्सका अग्रवाल । उनी भन्छन्, "त्यसबाटै अन्दाज लगाउन सकिन्छ, पेन्ट्सको बढ्दो बजार र ग्राहकहरूमा बढेको रङप्रतिको अभिरुचि ।"

सरकारी उपेक्षा
पेन्ट उद्योगप्रति सरकारी नीति अझै अस्पष्ट र एकाङ्गी रहेको गुनासो गर्छन्, सम्बन्धित उद्यमीहरू । त्यसको पछिल्लो उदाहरण, यस वर्षो बजेटमा थपिएको ५ प्रतिशत अन्तशुल्कको प्रावधान पनि हो । नेपाल पेन्ट्सका साखः भन्छन्, "स्वदेशी पेन्टहरूमा कुल मिलाएर ४० प्रतिशतसम्म कर लाग्छ, जसले गर्दा स्वदेशी उद्योगहरूलाई विदेशी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न कठिनाई भइरहेको छ ।"

पेन्ट उद्योगका सम्भावना र तिनले सिर्जना गर्ने रोजगारीलाई बेवास्ता गर्दै सरकारले राजस्वको स्रोत मात्रै ठानेको गुनासो छ व्यापारीहरूको  । अनावश्यक करहरू लगाउनाले तस्करी बढ्ने, निम्न गुणस्तरका पेन्टहरू भित्रिने, राजस्व गुम्ने र वातावरणदेखि उपभोक्ताको स्वास्थ्यमा समेत नकारात्मक असर पार्ने व्यापारीहरू बताउँछन् । त्यसमा पनि उपभोक्ता ऐन र गुणस्तरको मापदण्डलाई स्वदेशी उत्पादनमा मात्र लगाउने गरिएको र विदेशी पेन्टको हकमा पूरै बेवास्ता गरिएको बताउँछन्, एसिएन पेन्ट्सका राय । उनी भन्छन्, "नेपालका उत्पादनहरूमा ब्याच नम्बर, मूल्य, एक्स्पायरी मिति सबै लेख्नर्ुपर्छ, तर विदेशबाट आयात गरिएका पेन्टहरूमा ती केही हुँदैनन् ।"

मजोर सरकारी अनुगमन संयन्त्रको फाइदा उठाउँदै विदेश, विशेष गरी पश्चिमा मुलुकमा उत्पादित पेन्ट्स निर्वाध रूपमा नेपाल भित्रिरहेका छन् । तीमध्ये अधिकांश प्रयोग अवधि नाघेर फाल्नुपर्ने अवस्थाका हुन्छन्, आयातकर्ताहरूले निकै सस्तो मूल्यमा भित्र्याउँछन् र स्वदेशी उत्पादनकै मूल्यमा बेच्छन्  । एसियन पेन्ट्सका रायको विचारमा, नेपालीहरूमा पश्चिमा देशमा बनेको वस्तुहरूप्रतिको अनावश्यक मोहका कारण पनि 'विदेशी' का नाममा भित्रिएका गुणस्तरहीन पेन्टहरूले स्थानीय उद्योगलाई धरासायी पार्ने, सरकारको राजस्व गुम्ने र उपभोक्ताहरूको सम्पत्ति र स्वास्थ्यमा समेत नकारात्मक असर पार्न थालेको छ ।

सरकारले पेन्टबाट राजस्व मात्र नउर्ठाई त्यसको बजार बढाउन सरकारी भवनहरूमा पनि रङ लगाउने अभियान शुरु गर्नुपर्ने धारणा राख्छन्, शालिमार पेन्ट्सका अग्रवाल । रङले घरको आकर्षा बढाउनुका साथै रङमा भएका विभिन्न रसायनहरूले घरका भित्तामा ढुसी लाग्न नदिई सुरक्षित बनाउने र परिवारको स्वास्थ्यलाई पनि नकारात्मक असरबाट जोगाउने व्यवसायीहरू बताउँछन् ।
पेन्टहरू मुख्यतः उत्सव, नयाँ निर्माण र मर्मत-सम्भारजस्ता कार्यमा प्रयोग गरिने हुँदा यसको बजार पनि देशमा आगामी दिनमा खुल्ने उद्योगधन्दा, कलकारखाना र विकासनिर्माणमा निर्भर रहनेछ । सरकारले पेन्ट्सलाई विलासिता वा आवश्यक, कुन वस्तुको श्रेणीमा राख्ने भन्ने कुरा अझसम्म ठम्याउन नसकेको कारण पनि पेन्ट बजारको अपेक्षित विस्तार हुन नसकेको विश्व साखः को धारणा छ । उनी भन्छन्, "गत वर्षो राजनीतिक परिवर्तनसँगै बढेको पेन्ट्स बजारका सामु दिगो शान्ति र राजनीतिक स्थिरतासँगै मुलुकमा शुरु हुने पुनर्निर्माणले पनि थप अवसर सिर्जना गर्नेछन् ।"