हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०४ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

टिप्पणी मेडिकल कलेज

स्तरीय शिक्षा र नेपाली मेडिकल कलेज

मानिसको जीवनसँग गाँसिएको चिकित्सा शिक्षाको प्रमुख शैक्षिक सामग्री पनि मानव-शरीर नै भएकोले यसमा गुणस्तर र मानवीय मूल्य-मान्यताको ठूलो स्थान हुन्छ ।

डा. सुशील कोइराला

मनोज श्रेष्ठ

हाम्रो समाजमा सामान्यतया राम्रो र स्तरीय शिक्षा सरकारी भन्दा निजी स्कूल-कलेजमा दिइन्छ भन्ने विश्वास छ । तर चिकित्साशास्त्रको अध्ययनका लागि चाहिँ अभिभावक र विद्यार्थीहरू सरकारी वा र्सार्वजनिक मेडिकल कलेजमा पढ्न नपाए मात्र निजी मेडिकल कलेजतिर लाग्दछन् ।

चिकित्सा शिक्षाको गुणस्तर सम्बन्धित शैक्षिक संस्थाको भर्ना प्रक्रिया र शुल्क, भौतिक पर्ूवाधार, शिक्षक र शैक्षिक सामग्री, शिक्षण विधि तथा राष्ट्र-समाजप्रतिको दायित्व आदिमा निर्भर गर्दछ । त्रिभुवन वा काठमाडौँ विश्वविद्यालयका उस्तै पाठ्यक्रममा चलेका नेपालका मेडिकल कलेजमध्ये धेरैजसो निजी कलेज गुणस्तरमा त्यति खरो उत्रिन सकेका छैनन् भने प्रतिभाशाली विद्यार्थी मात्र पढाउने सरकारी मेडिकल कलेजहरू शैक्षिक वातावरण र सुविधाका आधारमा मात्र नभई विद्यार्थीको लगनशिलताका कारण पनि 'राम्रो' ठहरिएका हुन् ।

पैसामुखी भर्ना प्रक्रिया
हाल नेपालमा चिकित्साशास्त्र अध्ययन गर्न चाहने विद्यार्थीर्ले बायोलोजी, फिजिक्स र केमेष्ट्रीमा न्यूनतम ५० प्रतिशत अङ्क ल्याएर विज्ञानमा १०±२ वा प्रमाणपत्र तह तथा आफू भर्ना हुन चाहेको कलेजलाई सम्बन्धन दिने विश्वविद्यालय वा अध्ययन संस्थानले लिने प्रवेश परीक्षा उत्तर्ीण्ा गर्नुपर्छ । यसबाहेक नेपाली कलेज र विदेशबाट सरकारलाई प्राप्त छात्रवृत्तिमा पढ्न चाहनेले शिक्षा मन्त्रालयले लिने प्रतिस्पर्धात्मक परीक्षा पनि दिनर्ुपर्छ । यी परीक्षामा उच्चतम अङ्क ल्याउने विद्यार्थीहरू विदेश जान, त्रिवि, शिक्षा मन्त्रालय र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान -बीपीकेआईएचएस) को छात्रवृत्तिमा वा न्यून शुल्क कोटामा अध्ययन गर्न पाउँछन् । तीभन्दा कम अङ्क ल्याउनेहरू बीपीकेआईएचएस तथा केयु वा त्रिविमा आबद्ध निजी कलेजहरूमा पर्ूण्ा शुल्क तिरेर पढ्न सक्छन् ।

धेरैजसो निजी कलेजमा प्रवेश पाउन विद्यार्थीको प्रतिभाभन्दा अभिभावकको शुल्क तिर्न सक्ने क्षमता, त्यो पनि एकमुष्ट वा किस्ता कुन रूपमा भन्ने कुरामा निर्भर गर्दछ । तर यसमा पनि नेपालीहरूले तिर्ने शुल्कभन्दा भारतीय र विदेशीले तिर्ने शुल्क डेढीदेखि दोब्बर बढी हुने हुनाले कलेजहरूले भारतीय र विदेशी विद्यार्थी पाएसम्म नेपालीलाई कम प्राथमिकता दिन्छन्  । भर्नाको यो वास्तविकताले धेरै निजी कलेजले विद्यार्थीको योग्यता भन्दा पैसालाई महत्त्व दिएको देखाउँछ । यसले गर्दा तिनमा पढ्ने अधिकांश विद्यार्थीहरू अपेक्षाकृत कमजोर हुन र कलेजको समग्र गुणस्तरमा यसको नकारात्मक प्रभाव पर्न सक्ने देखिन्छ ।

गुरुअनुसारका चेला
चिकित्सा शिक्षामा 'गुरु अनुसारका चेला' भन्ने उक्तिले ठूलो महत्त्व राख्दछ । त्यसैले शिक्षकको योग्यता, आचरण, व्यवहार र लगनशिलता उच्च हुनर्ुपर्छ । अध्ययन-अध्यापनमा कम र निजी प्राक्टिसमा बढी ध्यान दिई हत्त न पत्त कक्षा सिद्ध्याएर नर्सिङ्ग होम धाउने शिक्षकबाट विद्यार्थीले पनि त्यही कुरा सिक्छन् । त्यसैले केही राम्रा मेडिकल कलेजले आफ्ना शिक्षकलाई अतिरिक्त भत्ता दिएर 'नन-प्राक्टिसिङ्ग' स्तरमा राखेका र उनीहरूका लागि अस्पतालमै 'पेइङ क्लिनिक' चलाएका छन् । तर अधिकांश कलेजले नन-प्राक्टिसिङ्गको व्यवस्था लागू गरेका छैनन्, जसको प्रमुख कारण शिक्षकहरूको अभाव र तिनलाई दिनुपर्ने तलब-सुविधा हो ।

चिकित्सासम्बन्धी 'आधारभूत विज्ञान' पढाउने शिक्षकहरूको त यहाँ मात्रै होइन, एशियामै अभाव छ । त्यसैले प्रायः नेपाली मेडिकल कलेजमा भारत र अन्य छिमेकी राष्ट्रमा उमेरका कारण पढाउन योग्य नठहरिएका 'बूढा' गुरुहरू बढी देखिन्छन् । तिनैलाई पनि नेपाल मेडिकल काउन्सिलको मापदण्डअनुसार शिक्षक छन् भन्ने देखाउन ल्याउने र काउन्सिलको अनुगमन सकिएपछि फिर्ता पठाउने प्रचलन कलेजहरूमा छ । यसरी वर्षरि कलेजमा हुनुपर्ने शिक्षकहरूले एक-दर्ुइ महिना बसेर वर्षदिनको पाठ्यक्रम पढाउँदा चिकित्सा शिक्षाको गुणस्तर राम्रो नहुने निश्चित छ ।
शिक्षकको कमि सरकारी कलेजमा पनि छ । गएको महिना काउन्सिलले बीपीकेआईएचएसको दन्त चिकित्साका लागि आवश्यक शिक्षक सङ्ख्याको एक चौथाइ मात्र पाएर कारबाही अगाडि बढाएको छ ।

शिक्षण सामग्री र विधि
चिकित्साशास्त्रको प्रमुख शैक्षिक सामग्री कलेजका शिक्षण अस्पतालमा आउने बिरामी हुन् । बिरामीको चाप राम्रो हुँदा र धेरै थरिका बिरामी अवलोकन गर्न पाउँदा विद्यार्थीहरूले प्रशस्त ज्ञान र सीप बटुल्न पाउँछन् । तर नेपालमा खुलेका अधिकांश निजी मेडिकल कलेजका शिक्षण अस्पतालमा बिरामीको चाप त्यति राम्रो देखिँदैन । काउन्सिलको अनुगमनको क्रममा मैले प्रायः निजी मेडिकल कलेजमा मापदण्ड अनुसार विरामी संख्या भएको देखेको छैन । कति शिक्षण अस्पतालले मेडिकल काउन्सिलको अनुगमन टोली आउँदैछ रे भन्ने सुइँको पाएपछि भाडाका बिरामी ल्याएर राख्ने गरेको देखिन्छ । कति कलेजले नजिकैका सरकारी अस्पतालमा आफ्ना विद्यार्थी पठाउँछन्, जसका लागि उनीहरूले ती अस्पताललाई निश्चित शुल्क तिर्नुपर्छ र त्यसको भार पनि विद्यार्थी शुल्कमै जोडिन्छ ।

निजी मेडिकल कलेजका शिक्षण अस्पतालमा बिरामी कम हुनुको प्रमुख कारण तिनप्रति स्थानीय जनताको विश्वास कम हुनु हो । विश्वास कम हुनुको कारण चाहिँ महिनैपिच्छे चिकित्सक फेरिनु, दक्ष चिकित्सक नहुनु, भएपनि पूरा समय नबस्नु, समयानुकूल स्तरीय र भरपर्दो आकस्मिक सेवा दिन नसक्नु तथा सरकारी अस्पतालको तुलनामा महँगो हुनु आदि छन् ।

चिकित्साशास्त्रको पढाइमा आवश्यक अन्य शैक्षिक सामग्रीमा पाठ्यपुस्तक, जर्नल, अनलाइन सुविधाका साथै पढाइने विषयसँग सम्बन्धित उपकरण र औजारहरू हुन्छन् । घण्टौँ लगाई कालोपाटीमा मानव शरीरको चित्र कोरेर पढाउने चलन हटेर 'थ्री-डी एनिमेसन' प्रविधिमा बनाइएका सीडी र डीभीडी प्रयोग हुन थालेका छन् । तर प्रायः मेडिकल कलेजले यस्ता सामग्रीमा पनि आवश्यकता भन्दा बढी किफायत गर्न खोजेको देखिन्छ ।

बुझेर भन्दा घोकेर पढ्ने बानी लगाउने परीक्षा प्रणालीमा पनि परिवर्तनको खाँचो छ । नेपाल मेडिकल काउन्सिलले पनि कलेजहरूको भौतिक पर्ूवाधार, शैक्षिक जनशक्ति र बिरामीको चाप मात्र नभई पठनपाठन विधि र व्यवस्थापनको समेत अनुगमन गर्नुपर्ने देखिएको छ ।

भौतिक सुविधा
चिकित्सा शिक्षण व्यवसायमा दर्ीघकालीन रूपमा धेरै लगानी आवश्यक हुने हुनाले नेपालका निजी लगानीकर्ताहरू शुरुमै आत्तिएका र छिट्टै नाफा कमाउनतिर लागेका देखिन्छ । नेपाल मेडिकल काउन्सिलका प्रत्येक अनुगमन प्रतिवेदनमा पर्ने कमी-कमजोरीको लामो सूचीले यही पुष्टि गर्दछ  ।

केही समयअघि एउटा मेडिकल कलेजको निरीक्षणमा जाँदा मैले पुस्तकालयमा बसेर पढिरहेका एमबीबीएस तेस्रो वर्षा चार नेपाली विद्यार्थीलाई भेटेर कलेजको पढाइ, भौतिक सुविधा आदिबारे प्रश्न गर्न नपाउँदै एकजनाले हाँसेर भने, "हामीले पहिले पनि कतिचोटि तपाईं जस्तै अनुगमन टोलीका सदस्यलाई आफ्ना गुनासा सुनाएका थियौँ, खै केही सुनुवाई भएन !" अर्काले थपे, "हामी छात्रवृत्तिमा परेका, छात्रावास शुल्क महँगो भएकोले बाहिरै बस्छौँ । पढाइ राम्रो छैन । कति विषयका शिक्षक छैनन् । तपाईंलाई आज देखाइएका धेरैजसो शिक्षक एक-दर्ुइ महिना पढाएर भारत फर्किने भिजिटिङ फ्याकल्टी हुन् ।" प्राक्टिकलको कमी औँल्याउँदै तेस्रो विद्यार्थीले भने, "फरेन्सिक मेडिसिनको पढाइमा एउटै पोष्टमार्टम गर्न पाएको छैन । यहाँ त किताबको भर हो, त्यही पनि पुस्तकालयको हाल देखिहाल्नुभयो  । यस्तो गर्मी छ, एसी छैन ।" चौथो विद्यार्थीले झयालबाट देखाउँदै भने, "ऊ त्यो बुल्डोजर छ नि, मेडिकल काउन्सिलबाट अनुगमन आउँदैछ भनेर केही दिन अगाडि मात्र ल्याइएको, तपाईंहरूलाई दर्ुइ-चार वटा खाल्डो खनेको देखाएर भवन निर्माण शुरु भएको बताए होलान् !" कलेजहरूको छड्के जाँच गर्ने हो भने यस्ता गुनासा प्रशस्त सुनिन्छन् ।

समाज र राष्ट्रप्रतिको दायित्व
मेडिकल कलेज कुनै सामान उत्पादन गरेर विदेश निकासी गर्ने कारखानाजस्ता होइनन् । कलेजहरूको गुणस्तर मापनमा नेपाली जनताका शरीरसँग चलेर, खेलेर ज्ञान हासिल गरी उत्पादन भएका चिकित्सकको शिक्षामा राष्ट्र र समाजप्रतिको दायित्व तथा मानवीय मूल्य र मान्यतालाई कदर गर्ने सच्चा चिकित्सकीयपन भए-नभएको पनि हेरिनर्ुपर्दछ । तर निजी कलेजमा पढेका नेपाली मध्ये ८० प्रतिशत विदेश जान्छन् । छात्रवृत्तिमा पढेकाले दर्ुइ वर्षनेपालमै काम गर्नुपर्ने नियम छ । आफ्नै पैसाले पढ्नेले यो दायित्व निर्वाह गर्नु पर्दैन - कि उनीहरूलाई विदेश जान प्रेरित गर्ने शिक्षा मात्रै दिइन्छ -

अन्त्यमा, गुणस्तरहीन शिक्षा प्राप्त गरेको चिकित्सक र हातमा धारिलो हतियार बोकेको एउटा पागल व्यक्तिमा खासै अन्तर हुँदैन । कुनै पनि नागरिक कुनै पनि बेला त्यस्ता चिकित्सकको उपचारबाट पीडित हुन र ज्यान गुमाउन सक्छन् । त्यसैले नेपालमा हाल विद्यमान चिकित्सा शिक्षा प्रणालीप्रति समाजका हरेक क्षेत्र संवेदनशील हुनु जरुरी छ ।

नेपाल डेण्टल एशोसिएसनका अध्यक्ष डा. कोइराला मेडिकल काउन्सिल सदस्य हुन् ।