रमझम
'यो मन त मेरो नेपाली हो'
- प्रशान्त तामाङ
"म एउटा नेपाली मान्छे..."
इण्डियन आइडल बनेपछि कस्तो महसूस गरिरहनुभएको
छ ?
आइडल बन्ने मेरो सपना थियोे, आज तपाइँहरू सबैको मायाले नै बन्न सफल
भएको छु । म एउटा नेपाली मान्छे, यत्रो ठूलो प्रतियोगिताको उपाधि जित्न
पाउँदा गर्व लागिरहेको छ । एकदमै खुशी छु, कति खुशी छु भन्नै सक्दिनँ
।
उपाधि जितेपछि नेपाली टोपी लगाउनुभयो
नि ?
निर्ण्र्ााघोषणा हुँदा मेरी आमा पनि आउनुभएको थियो र मञ्चमा नेपाली
टोपी लगाउने र नेपालीलाई सबैसामु चिनाउने मेरो पनि इच्छा थियो । सारा
नेपालीको माया र सहयोग नपाएको भए म इण्डियन आइडल हुने नै थिइनँ । म
त सहभागी मात्रै त भएको थिएँ जिताउने त तपाइँहरू नै हो नि !
तपाईले गोर्खाली... भन्ने गीत गाउनुभएको
थियो । त्यो गाउँछु भनेर पहिल्यै तयारी गर्नुभएको थियो ?
समय मिल्यो भने एउटा गीत गाउनुपर्ने हुनसक्छ भनिएको थियो । र, मलाई
सबैले मन पराउने गीत गाउन मन लागेको थियो । त्यो गोर्खाली शब्दले मलाई
पनि भित्रदेखि सधैँ नै छुन्थ्यो र गाएँ ।
उपाधि जित्छु भन्ने लागेको थियो ?
शुरुमा त मलाई जित्छु भन्ने लागेको थिएन । सबै जना राम्रो गाउने भएकाले
कडा प्रतिस्पर्धा थियो । जब म अन्तिम चरणमा दार्जीलिङ पुगँे र त्यहाँ
मलाई मन पराउनेहरूको ठूलो भीड देखेँ त्यसपछि भने मेरो लागि नभए पनि
मैले सारा नेपालीहरूका लागि जित्नर्ुपर्छ भन्ने लाग्यो ।
 |
| नेपाल न्युज डटकम |
नेपालबाट पनि धेरैले सहयोग गरेको थाहा
थियो कि थिएन ?
अरू देशबाट पनि भोटिङ खोल्ने भएपछि नेपालबाट पनि भोट गर्न पाउँछन्
भन्ने लागेको थियो । तर पछि नपाएपछि भोट गर्नकै लागि दार्जीलिङ र सीमा
क्षेत्रमा नेपालबाट जान थालेको थाहा पाएको थिएँ । त्यो सुनेर एकदमै
खुशी लागेको थियो । मलाई नेपालीहरूले गरेको माया देखेर अरू साथीहरू
पनि छक्क पर्थे ।
इण्डियन आइडलमा भाग लिने सोचाइ कसरी
आयो ?
यो प्रतियोगितामा भाग लिन्छु भनेर मैले कहिल्यै सोचेको थिइनँ । मेरो
'प्रहरी आर्केष्टा'का साथीहरूले हौस्याए र उनीहरूले नै नाम दर्ताका
लागि एसएमएस गरिदिएका थिए ।
आइडल अघि तपाईं अर्को टेलिभिजन कार्यक्रम सारेगामपा
मा भाग लिन गएको तर पहिलो चरणमै बाहिरिनुभएको
थियो रे नि ?
भाग लिने सोचेर नाम दर्ता गराउन गएको थिएँ । तर, राति १२ बजेसम्म बस्दा
पनि दर्ता प्रक्रिया नै स्थगित भएकोले सहभागी हुनै पाइनँ । त्यसपछि
इण्डियन आइडलमा मौका पाइहालेँ ।
यसअघि नेपाली गीतको अल्बम निकाल्ने
मन थिएन ?
दार्जीलिङमा रहँदा एकदमै नेपाली गीतहरू सुन्थेँ र मलाई पनि गाउन मन
लाग्थ्यो । नेपाल आएर अल्बम निकाल्ने चाहना भए पनि कहिल्यै मौका नै
पाइनँ । अझै पनि नेपाली गीत गाउने र अल्बम निकाल्ने इच्छा छ ।
तस्बिरः अनुप प्रकाश
प्रस्तुतिः अनुशील
र्सर्ूय नेपालको उत्पादन स्प्रिङउडले आयोजना गरेको साङ्गीतिक कार्यक्रमको
पत्रकार सम्मेलनमा भएको प्रश्नोत्तरमा आधारित ।
रमझम विविध
हास्यरस,गम्भीर विषय
डाक्टरहरूको व्यापारीकरणमाथि
तीखो व्यङ्ग्य प्रहार गरिएको नाटक डा.कनक ११ असोजबाट गुरुकुलमा मञ्चन
भइरहेको छ । स्वास्थ्य क्षेत्रमा बढेको विकृतिमाथि केन्द्रित यो नाटक
हास्यरसमा आधारित छ ।
चिकित्साशास्त्रको आफ्नै नयाँ सिद्धान्त प्रयोग गरेर रातारात रुपैयाँ
कमाउन चाहने डा. कनकले उपचार केन्द्रमा नअटाएर बिरामीहरू होटेल र लजहरूमा
समेत राख्नुपर्ने अवस्थाको सिर्जना गर्छन् । जसबाट औषधि पसल, होटेल
व्यवसायी र स्वयं डा. कनक समेत मालामाल हुन थाल्छन् । डा. कनकको नयाँ
सिद्धान्तमा कोही मानिस निरोगी हुँदैनन् । त्यसैले हुनसक्छ, उनीकहाँ
जँचाउन आउने जो?कोहीले आफूलाई कुनै न कुनै रोगले ग्रसित पाउनेछ । रोगको
वर्गीकरण भने जँचाउन आउनेको सम्पत्तिमा भर पर्दछ ।
डेढ घण्टा लामो नाटक कलाकारहरूको जीवन्त अभिनयले थाहै नपाई सकिन्छ
। प|mान्सेली साहित्यकार तथा प्राज्ञ झूल रोमाद्वारा लिखित यस प|mान्सेली
नाटक डा.कनक को नेपाली रुपान्तरण कल्पना घिमिरेले गरेकी हुन् भने निर्देशन
सुनिल पोखरेलले । सौगात मल्ल, अरुणा कार्की, कमलमणि नेपाल, सुरेश चन्द
आ?आफ्नो भूमिकामा जमेका छन् । रामहरि ढकाल, प्रवीण खतिवडा, सरिता गिरी,
पशुपति चौधरी, सरस्वती चौधरी, प्रमिला कटुवाल, मिलनकुमार कार्की, सुमन
रायमाझी, रवीन्द्रसिंह बानियाँ आदिले पनि यस नाटकमा अभिनय गरेका छन्
। वीरेन्द्र हमालको मञ्च सज्जा, चिरञ्जीवीदास श्रेष्ठको ध्वनि संयोजन
र राजकुमार पुडासैनीको प्रकाश परिकल्पनाले नाटकलाई थप रोचक बनाएको
छ ।
सन्तोष बराइली
वृत्तचित्रमा कला
पाटन
औद्योगिक क्षेत्रस्थित सिंह आर्ट ग्यालरीमा १० असोजमा वृत्तचित्र आकृति
पर््रदर्शन गरियो । कृष्ण शाह यात्रीको परिकल्पना तथा निर्देशन रहेको
आकृति मा नेपालका १५ जना वरिष्ठ कलाकारहरूले दर्ुइ दिनसम्म एकैथलोमा
कला सिर्जना गर्दाको अनुभूति समेटिएको थियो । कवि मञ्जुलले कला कार्यशालामा
सिर्जना गरेको कविता वाचनले वृत्तचित्रलाई थप रोचक बनाएको थियो । कला
र कवितालाई वृत्तचित्रमा समेट्नुको कारण खोल्दै यात्री भन्छन्, "कला
र कवितालाई एकै ठाउँमा 'फ्यूजन' गर्दाको स्वाद अझ रोचक हुने भएकाले
वृत्तचित्रमा दुवै विधालाई समेटेको हुँ ।"
रमझम महोत्सव
वृत्तचित्रको बहार
राजधानीमा दक्षिण एशियाली वृत्तचित्र महोत्सवको रन्को शुरु
भएको छ ।
• डम्बरकृष्ण श्रेष्ठ
नेपालमा हुँदै आएका
वृत्तचित्र महोत्सवहरू हेरेरै वृत्तचित्र बनाउन आकषिर्त भएको बताउने
प्रणय लिम्बूको वृत्तचित्र क्षमा गर तर नबिर्स यस पटकको दक्षिण एशियाली
चलचित्र महोत्सव फिल्म साउथ एशिया २००७ मा छनौट भएको छ । २४?२७ असोजमा
हुने महोत्सवमा दक्षिण एशियाका ८ देशका २८० वृत्तचित्रमा ४५ वटा पर््रदर्शनीका
लागि छानिएका छन् ।
गायक कुवेर र्राईको साङ्गीतिक जीवनमा आधारित इतिहास जित्नेहरूका लागि
बनाएर चर्चामा आएका प्रणयले यसपटक भैरवनाथ गणको सैनिक हिरासतमा चरम
यातना सहेर १५ महिना बिताएका भाइकाजी घिमिरेको कथालाई वृत्तचित्रमा
ढालेका छन् ।
अर्का 'फिल्म मेकर' केसाङ छेतेनले बनाएको रसुवाको दर्ुगम गाउँमा बनेको
झोलुङ्गे पुलको कथा समेटिएको वृत्तचित्र हामी कुनाका मान्छे पनि छनौट
भएको छ । साथै दिपेश खरेलकोे द लाइफ विथ स्लेट छनौटमा परेको छ, जसमा
स्लेट बनाउने दोलखाका थामी जातिको जीवन हर्ेन पाइन्छ । म
होत्सव निर्देशकद्वय उपासना श्रेष्ठ र मल्लिका अर्यालका अनुसार आवेदन
आएका २५ नेपाली वृत्तचित्रमध्ये तीन पर््रदर्शनका लागि छानिएका हुन्
। त्यस्तै इजावेल विटकेरले बनाएको कुमारीसम्बन्धी लिविङ गडेस पनि महोत्सवमा
छनौट भएको छ ।
हरेक दर्ुइ वर्षा हुने सो महोत्सव यसपटक पनि कमलपोखरीस्थित कुमारी
सिनेमा घरमा हुँदैछ । महोत्सवमा सहभागी हुन यस पटक पनि धेरै विदेशी
चलचित्रकर्मीहरू आउँदैछन् ।
महोत्सवको प्रमुख उद्देश्य वृत्तचित्र निर्माणको नयाँ?नयाँ शैली र
विषयवस्तुबारे नेपालीहरूलाई जानकारी दिने र निर्माणमा उत्साह वृद्धि
गर्नुका साथै दक्षिण एशियाली वृत्तचित्रहरूको पर््रवर्द्धन गर्नु पनि
रहेको छ । चारदिने यस महोत्सवमा छानिएका चलचित्रहरूले राजनीतिक, सामाजिक,
सांस्कृतिक र मनोरञ्जनात्मक सबै विषयहरू बोकेका छन् । उपा
सना भन्छिन्, "धेरै मान्छेलाई तान्न सक्ने सांस्कृतिक र मनोरञ्जन
दिने फिल्म धेरै छन् ।" महोत्सवमा ११ मिनेटको भारतको बेयर र द
लाष्ट डान्स, भुटानको एभिक्सन देखि भारत?पाकिस्तान सम्बन्ध बारेको
१३९ मिनेट लामो जस्ने आजादी सामेल छन् । आधाभन्दा बढी चलचित्र ३० मिनेट
भन्दा कम समयका छन् ।
हिमाल एशोसिएसनले सन् १९९७ बाट आयोजना गर्दै आएको यसपटकको महोत्सवमा
पनि तीन वटा उत्कृष्ट चलचित्र छनौट गरिने छ । जसमा पहिलोलाई रामबहादुर
अवार्ड सहित दर्ुइ हजार अमेरिकी डलर, दोस्रोलाई एक हजार र पहिलो पटक
फिल्म बनाउने एक जनालाई डेब्यु अवार्डसहित एक हजार डलर नगद पुरस्कार
प्रदान गरिनेछ । भारतका फिल्म मेकर तथा समीक्षक शहिद मिर्जाको संयोजनमा
रहेको तीन सदस्यीय समितिले उत्कृष्ट चलचित्र छनौट गर्ने छ । महोत्सवमा
छानिएका १५ चलचित्रलाई ट्राभलिङ फिल्म साउथ एशिया अर्न्तर्गत विश्वका
विभिन्न देशमा वर्षरि पर््रदर्शन गरिनेछ ।
यसपटकको महोत्सवमा नेपाल, भारत र पाकिस्तानका म्युजिक भिडियोहरूको
अलग्गै 'प्याकेज' पनि प्रस्तुत गरिँदैछ । नेपालका म्युजिक भिडियोको
आरोह?अवरोहबारे सुरज सिंह ठकुरी र लोकदोहोरी तथा नेवारी म्युजिक भिडियोबारे
चलचित्र निर्देशक प्रकाश साय्मिले प्रकाश पार्नेछन् । भारतका पारोमिता
बाहोरा र पाकिस्तानका फरजात नविले आफ्नो देशका म्युजिक भिडियोबारे
जानकारी दिनेछन् । त्यस्तै महोत्सवमा नेपालका दश उत्कृष्ट म्युजिक
भिडियोहरूको पर््रदर्शनी समेत हुनेछ ।
अवसर र उत्साह
अहिले नेपालमा वृत्तचित्र निर्माण गर्ने र हर्ेर्ने दर्शकको जुन माहौल
बनेको छ, डेढ दशकअघिसम्म यस्तो थिएन । सरकारी प्रोपोगण्डा र विकासे
कुराको प्रचारका लागि बन्ने पहिलेका वृत्तचित्रका तुलनामा अहिले समसामयिक
विषयमा बनेका चेतनामूलक वृत्तचित्रहरूले नयाँ फड्को मारिरहेका छन्
।
पहिले?पहिले राजाको जिल्ला भ्रमण र विभिन्न ठाउँका वर्ण्र्ाारू नेपाल
टेलिभिजनमा वृत्तचित्रको रूपमा प्रसारण हुँदैआएका थिए । नेपाल वातावरण
पत्रकार समूहको आँखीझयाल कार्यक्रमले नेपाल टेलिभिजनमा तीभन्दा फरक
कुरा समेटिएका वृत्तचित्र प्रसारणको क्रम शुरु गर्यो ।
तर महोत्सवको क्रम शुरु भएपछि नेपालमा वृत्तचित्र निर्माणको लहर नै
चलेको छ । महोत्सवमा विदेशी वृत्तचित्र हेरेर धेरै युवाहरूले नेपाली
वृत्तचित्र निर्माणमा हात हालेका छन् भने दर्शक पनि मज्जैले बढेका
छन् । नेपालीले बनाएका वृत्तचित्रहरू विभिन्न अन्तर्रर्ााट्रय चलचित्र
महोत्सवहरूमा पर््रदर्शन भएर पुरस्कृत हुन थालेपछि यसको अन्तर्रर्ााट्रय
बजार समेत विस्तार हुने सम्भावना बढ्दै गएको छ । वृत्तचित्रको विकास
नेपालमा पनि अन्य विकसित देशहरू सँगसँगै भइरहेको छ ।
बढी जसो मायाप्रीतिका कुरा मात्र समेट्ने ब्यावसायिक चलचित्रको दाँजोमा
वृत्तचित्रहरू सामाजिक समस्या र यथार्थको धरातलसँगै संस्कृति, भुगोल,
वातावरण लगायतका विविध विषय समेटेर बन्न थालेकाले यसको आकर्षा बढ्दै
गएको हो । दर्शकहरूले टिकट काटेर पनि हर्ेन थालेकाले जिल्ला जिल्लामा
विभिन्न जातीय भाषाहरूमा समेत वृत्तचित्र निर्माण हुन थालेका छन् ।
कुनै पनि जीविका र जीवनको पाटोलाई चाखलाग्दो रूपमा प्रस्तुत गरेर
आज जो?कोहीले पनि सस्तो र सजिलो रूपमा वृत्तचित्र बनाउन सक्छ । साधारण
भिडियो क्यामराले खिचेर आफैँले कम्प्युटरमा सम्पादन गरी सहज रूपमा
प्रोजेक्टरमार्फ् पर््रदर्शन गर्न सकिने भएकाले वृत्तचित्र बनाउन युवा
आकर्षा बढेको हो ।
नेपालमा वृत्तचित्रको यो वातावरण बन्न थालेको डेढ दशक मात्र हँुदैछ
। सन् १९९४ मा हिमाल एशोसिएसनले नेपालमा पहिलो पटक फिल्म हिमालया नामबाट
अन्तर्रर्ााट्रय चलचित्र महोत्सवको आयोजना गरेको थियो । सीमित नेपाली,
विदेशी पर्यटक र राजधानीमा बसेका विदेशीहरू नै त्यसबेलाका दर्शक थिए
। त्यसपछि नियमित रूपमा आयोजना हँुदै आएको दक्षिण एशियाली चलचित्र
महोत्सव र काठमाडौँ अन्तर्रर्ााट्रय पर्वतीय चलचित्र महोत्सव लेे राजधानी
बाहिरका शहरदेखि संसारभरका चलचित्र महोत्सवहरूमा नेपाली वृत्तचित्रहरू
पुर्याउँदै आएका छन् । नेपालमा हुने फिल्म साउथ एशिया जस्ता महोत्सवले
नेपाली वृत्तचित्रलाई अन्तर्रर्ााट्रय क्षेत्रमा समेत स्थापित गराएको
चलचित्रकर्मी केसाङ छेतेन बताउँछन् । प्रणय लिम्बू भन्छन्, "यस्ता
महोत्सवले युवाहरूमा केही नयाँ काम गर्ने अवसर र उत्साह दिएको छ ।"
|