हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०४ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

भनेको/सुनेको

“नेपालीमा डरलाग्दो मानसिक तनाव छ। साथै शारीरिक तनावको मात्रा पनि दिनप्रतिदिन बढेको छ। र, यही कारणले धेरै नेपालीमा मुटुको समस्या उत्पन्न भएको हो।”

स्वामी रामदेव
नयाँ पत्रिका दैनिक, १२ असोज २०६४


अङ्क र अर्थ

३,११,४१९ थान त्रिवि केन्द्रीय पुस्तकालयमा रहेका अध्ययन सामग्री। ४८ वर्षअघि पुस्तकालय शुरु हुँदा १,२०० मात्र त्यस्ता सामग्री थिए।

१३१ औं ट्रान्सप्यारेन्सी इन्टरन्याशनल (टीआई) ले तयार गरेको यो वर्षको भ्रष्टाचार गर्ने १८० मुलुकहरूको सूचीमा नेपालको स्थान।

$ २१ हजार खेल सिजनमा ब्रिटिश फूटबल स्टार डेविड बेकह्यामले प्रति मिनेट प्राप्त गर्ने रकम।

स्रोतः त्रिवि के. पुस्तकालय/टीआई/टाइम म्यागेजिन


हिँड्दा-हिँड्दै

'कृष्णभीरमा जाम, हङकङ आइडीले, माीदाइ पोखरा फेवातालको..., ल्को लाली ओठको' जस्ता …सुपरहिट' गीतका गायक मिलन लामा भन्छन्, “गीत गाएर खान'लाउन पुगेको छ। ब्याङ्क ब्यालेन्स चाहिँ पेट भएको छ।”

किरण पाण्डे

'ह्याण्डसम' देखिनुहुन्छ। पप गायक हुनुपर्ने लोक गायनतिर लाग्नुभएछ किन?
स्कूल पढ्दादेखि नै लोकगीत गाउँथेँ। गाउँठाउँमा रहेका लोपोन्मुख भाकालाई टिपेर पुनर्जीवन दिनसकेकोमा गर्व छ।

लेखन/संकलन र भाका आफ्नै हुन् वा अरुका?
७ वटा अल्बममा गाइएका गीतका भाका र सङ्कलन सबै मेरा आˆनै हुन्। स्कूलमा चरीको बिलौना भन्ने कविता पढ्दाको भाकामा …माीदाइ पोखरा फेवातालको.' गाएँ। …ल्को लाली ओठको...बाटो खुल्यो मोटर पुग्यो जुम्ला'कालीकोटको' गण्डक प्रदेशतिर प्रचलित चुड्काको भाका टिपेर गाएको हुँ। सुर्खेत'जुम्ला सडकमा मोटर देखेर भागेका अनि पूजा गर्न आएका मानिसहरूलाई विजयकुमारले दिशानिर्देशमा देखाएपछि …बाटो भन्या विकास रै'छ अब अघि बढ्लान्... मोटरदेखि भाग्ने मान्छे त्यै मोटरमा चढ्लान्' पंक्ति फुर्‍यो। माीदाइ पोखरा फेवातालको गाएपछि युरोपका ४'५ देश घुम्ने मौका पाएँ। बेलायत जाँदा भादगाउँले टोपी बेचेर चितवन खैरहनीस्थित चेपाङका छोराछोरी पढ्ने अन्त्योदय जनजाति आवासीय विद्यालयलाई रु.७० हजार सहयोग गरेँ।

'भिजुअल' गर्दा मोडल चाहिँ कसरी छान्नुहुन्छ?
कथाले मागेअनुसारको मोडेल छान्छु। अहिलेसम्म पूजना प्रधान, सुनीता राई, पार्वती लामा र म आफैंले मोडलिङको भूमिका निर्वाह गरेका छौँ।

गीतमा मायापिरतीका कुरा त खूब छन् नि, मोडेलसित विवाह हुँदैछ'रे नि?
राजनीति र मायाप्रीतिको बीचमा बसेर राष्ट्रियताको सन्देश दिने प्रयास गरेको छु। आˆनै गाउँठाउँलाई बोलेको छु। तर विवाह गर्ने कुरा चाहिँ हल्ला मात्रै हो।