हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०४ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

चिठी

ठग्ने प्रवृत्ति

'पैसा लिएर सम्मान' (रिपोर्ट/समाज १'१५ असोज) मा प्रकाशित लेख पढ्दा सम्मान गर्ने नाममा सोासीधा व्यक्तिहरूलाई कसरी ठगी गर्ने काम भइरहेको छ भन्ने थाहा पाइयो। बौद्ध धर्मावलम्बीहरूका गुरु ज्याडल रिम्पोछे, कलाकार सुशीला रायमाीबाट लिएको पैसाले कार्यक्रम नै नगरी एकाएक बेपत्ता हुनु भनेको एउटा निर्दोष मान्छेमाथि अन्याय भएको बुिन्छ। यसरी सोासीधाबाट पैसा लिएर बेपत्ता हुनेहरूलाई कारबाही गरिनुपर्छ।

शिव आनन्द
सरस्वती बहुमुखी क्याम्पस, लैनचौर, काठमाडौँ

'पैसा लिएर सम्मान' दिनेभन्दा बढी दोषी त लिने व्यक्ति नै हुन्। तर आजको समाजमा पैसाको बढी मान'सम्मान र बोलवाला हुने हुँदा यस प्रकारको प्रवृत्तिले प्रोत्साहन पाएको हो। साथै प्रमुख अतिथि हुने व्यक्तिहरूले पनि सम्मान कस्तो संस्थाबाट वितरण गर्न लागिएको हो, कस्ता व्यक्तिले प्राप्त गर्दैछन् भन्ने विषयमा ध्यान दिनुपर्नेमा प्रचारको लोभमा जुनसुकै कार्यक्रममा सहभागी जनाउँदाको परिणामले सम्मानको व्यापार फस्टाउँदो छ।

सुब्रत स्वार, सुयश स्वार
पो.ब.नं. ५०३, काठमाडौँ


ऐतिहासिक जित

'अर्को ऐतिहासिक जित' (खेलकुद, १६'३१ भदौ) मा एसीसी अण्डर'१९ क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई हराएर उपाधि जित्नुको साथै अण्डर'१९ विश्वकपमा पनि आˆनो स्थान सुरक्षित गर्न सफल भएकोमा पारस खड्कालगायतका खेलाडीहरू र प्रशिक्षक रोय डायसलाई बधाई! हरेक क्षेत्रमा ओरालो लागेको नेपाल त्यसमा पनि महŒवपूर्ण खेलमा विश्वमा त के सार्क राष्ट्रमा पनि अन्तिम स्थानमा पुग्न लागेको अवस्थामा, ओलम्पिक कमिटी र राखेपबीच दोहोरी'गीत प्रतियोगिता सञ्चालन भइरहेको अवस्थामा पनि क्रिकेट प्रतियोगितामा भने अब्बल रहेछ। त्यस्तै, दोस्रो हुने महिलाहरूलाई पनि मुरी'मुरी बधाई!

हृदयप्रसाद श्रेष्ठ 'प्रह्लाद'
जोमसोम, मुस्ताङ


दण्डहीनताको अन्त्य

संविधानसभा चुनाव हुने मिति दुई महिना मात्र बाँकी हुँदा नेकपा (माओवादी) एकाएक संविधानसभाको चुनाव अगावै गणतन्त्रको घोषणा र चुनाव समानुपातिक प्रणालीअनुरुप हुनुपर्ने माग राख्दै सरकारबाट नाटकीय ढङ्गबाट हटेको छ। आˆनो पक्षमा जनाधार भएको बेला निर्वाचन नगराउने तर हाल जनाधार नभएको अवस्थामा चुनाव गराउनु आˆनै लागि प्रत्युपादक हुने भयका कारण माओवादी चुनाव सार्न चाहन्छन्। पछिल्लो समयमा संविधानसभाको विषयलाई राजनीतिक रूपबाट स्थापित गराउने पार्टी माओवादी हो र उसको सम्पत्ति पनि संविधानसभा नै हो। तसर्थ संविधानसभा निर्वाचनको विपक्षमा देखिनु माओवादीको गल्ती हो।

भूमराज तिवारी
बेल्कोट ७, नुवाकोट


उपेक्षा र अपमान

'न् उपेक्षा र अपमान' (हिमाल १'१५ भदौ २०६४) लेखले राज्यको वास्तविक चरित्र उदाङ्गो पारेको छ। देशमा एक दशकसम्म चलेको सशस्त्र द्वन्द्वले धेरै नेपालीलाई आहत दिएको छ। राज्य र विद्रोही दुवै पक्षबाट गम्भीर मानवअधिकार उल्लङ्घनका घटना भएका छन्। आफन्त गुमाएका र बेपत्ता पारिएका कैयौं पीडितहरू पीडाले थिलथिलो भएका छन्। द्वन्द्वको अन्त्यसँगै त्यो पीडाबाट आउने प्रतिशोध र बदलाको भावना हटाई समाजमा मेलमिलाप र भातृत्वको भावना विकसित गराउन हालै सरकारद्वारा सत्यनिरुपण तथा मेलमिलाप आयोगको प्रस्ताव गरिएको छ। तर विधेयकको मस्यौदामा घटनामा संलग्न दुवै समूहका व्यक्तिहरूलाई क्षमादान दिने प्रावधानले युद्धकालमा भएका गम्भीर अपराधका दोषीलाई उन्मुक्त दिई दण्डहीनतालाई प्रश्रय दिने र पीडितलाई घोर उपेक्षा र अपमान गरी अर्को विद्रोहको निमित्त आधार तयार गर्दैछ।

दीपक काˆले
वालिङ्ग'८, स्याङ्गजा


सत्यता यस्तो हो

'पैसा लिएर सम्मान' (रिपोर्ट/समाज, १'१५ असोज) मा प्रकाशित समाचारमा उल्लिखित विषयवस्तुप्रति मेरो ध्यानाकृष्ट भएको छ।
समाजसेवी भएको हैसियतले सामाजिक संघसंस्थाहरूले मेरो प्रतिभाको कदर गर्दै सम्मानका लागि आग्रह गर्दा स्वीकार गर्नु अपराध होइन। स्वेच्छाले दिएको सम्मानलाई स्वेच्छाले ग्रहण गर्नु मेरो मौलिक अधिकार हो। समाचारमा उल्लेख भएबमोजिम नेपाल युवा समाज र राजधानी कलाकेन्द्रलाई मैले आर्थिक सहयोग दिएर सम्मान ग्रहण गरेको होइन। समाजसेवामा लागेका संघसंस्थालाई टिकट बेचेर सहयोग गर्नु अस्वाभाविक भएन। कसले कसरी कार्यक्रम चलाउँछन्, मलाई वास्ता छैन। मैले नगद सहयोग गरेर पुरस्कार लिएको होइन।

जानुका गिरी (कार्की),
सुकेधारा, काठमाडौँ


खोई यिनको विवरण?

'न् उपेक्षा र अपमान' (आवरण, १'१५ भदौ) पढेपछि केही लेख्न मन लाग्यो। ओखलढुङ्गा जिल्लाको सरस्वती मावि खानीभन्ज्याङमा कक्षा'९ मा पढ्दै गरेका दियाले गाविस वडा नं. ३, निवासी प्रतिमा र देवकुमारी थापालाई के थाहा १५ वर्षको कलिलो उमेरमै गोली खानुपर्ला भनेर! १९ पुस २०५८ बिहान ४ बजे घरबाट निकालेर सुरक्षाफौजले यातना दिँदै दियाले'२ जामुने सामुदायिक जङ्गलमा लगेर गोली हानेर हत्या गरेको थियो। यस्ता जघन्य र निन्दनीय कार्यको नेतृत्व गर्ने रुम्जाटार विमानस्थलस्थित 'सुरक्षा क्याम्प' का तत्कालीन क्याप्टेन दिनेश थापाको समूहलाई त कुनै कारबाहीको प्रक्रिया अगाडि बढाइएको छैन नै, अनाहकमा मारिएका ती निर्दोषहरूबारे हालसम्म कुनै पनि मानव'अधिकारवादी संघसंस्थाहरूलाई समेत जानकारी छैन।

माओवादीमा लागे पनि आत्मसमर्पण गर्नेलाई सरकारले आममाफी दिने घोषणा गरेपछि माओवादी पार्टी छोडेर प्रशासन समक्ष आत्मसमर्पण गरेका यी दुई दिदीबहिनीलाई सुरक्षाफौजले अनाहकमा मारेको थियो। पुसको त्यो चिसो बिहानीको स्मरण गर्दै आँखाभरि आँसु पारेर बाबु शेरबहादुर थापा भन्छन्, “भाइ नरबहादुरकी छोरीलाई पनि मेरै आँगनमा ल्याएर दुवैलाई हात पछाडि लगेर बाँधी, तुलसीको मठनजिकै उभ्याएर हातले गालामा र बूटले जथाभावी कुटे। कहालिएर रोएको आठवर्षीय भाइलाई बिस्कुट दिँदै छोरीहरूलाई बीचमा पारेर सोधपुछका लागि भन्दै लिएर गएका छोरीहरूलाई पारिसम्म पुर्‍याएको हेरिरह्यौँ।” गला अवरुद्ध पार्दै उनी अगाडि थप्छन्, “भाइकी छोरी अलि मास्तिर र मेरी छोरी अलिमुन्तिर रहिछ। खसी काट्दा निस्केको रगत भाँडामा थापेजस्तो दुवैको रगत लास नजिकैको गोहोराको प्वालमा टिलपिल रहेछ। मलामी जान पनि डरले कोही मानेनन्। कोही नभए हामी बाबुहरू नै गएर खोल्सातिर फालेर आउने विचार थियो, तर ८'१० जना गाउँलेले साथ दिए र अलि परै पुर्‍याइयो।”

सञ्चारसम्पर्कबाट टाढा भएर मात्रै होइन, पीडित पक्षहरूबाट उजुरी नभएकाले पनि ती निर्दोष छोरीहरू मार्नेलाई आजसम्म कुनै कारबाही भएको छैन, न त पीडित पक्षले सरकारबाट कुनै सान्त्वना या क्षतिपूर्ति नै पाएको छ।

इन्द्रकुमार श्रेष्ठ
ओखलढुङ्गा


सच्याइएको

'थरी'थरीका कार छनौटका आधार' (विशेष रिपोर्ट १'१५ असोज) मा प्रेसिडेन्ट ट्राभल्सका भोलाविक्रम थापा हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ।

'सम्पादक