हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०४ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ बजार

ब्याङ्कङि सेवामा नयाँ प्रयोग

शब्द/तस्बिरः गोपाल काफ्ले

ब्याङ्कङि सेवा विस्तार गर्ने क्रममा एभरेष्ट ब्याङ्क लिमिटेडले देशकै पहिलो मोबाइल भेइकल ब्याङ्कङि -एमभीबी) शुरु गरेको छ । 'ब्याङ्क अन हृविल्स' नाम दिएर झापाको बिर्तामोडबाट शुरु गरिएको उक्त सेवाबाट भद्रपुर, दमक, काकडभिट्टा र शनिश्चरेका बासिन्दाले ब्याङ्कङि सुविधा प्राप्त गर्ने दाबी ब्याङ्कको छ । निक्षेप र भुक्तानी उपलब्ध गराउने सो सेवामा एउटा चेकबाट ५ लाख रुपैयाँसम्म भुक्तानी दिइने बताइएको छ । ब्याङ्कको शाखामा रहेको कम्प्युटरसँग गाडीभित्रको कम्प्युटरलाई नेटवर्किङ गरी एक पटकमा १५ जना ग्राहकले आफ्नोे खातामा भएको रकम झक्िने तथा जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको छ । ब्याङ्कका विर्तामोड शाखा प्रमुख जीपी अधिकारीका अनुसार ग्राहकलाई ब्याङ्कसम्म आउन-जान झन्झट नहोस् र आफ्नै टोलमा सेवा लिन सकून् भन्ने उद्देश्यका साथ सो सेवा शुरु गरिएको हो ।

यामाहाको दशैँ-तिहार योजना

मोरङ अटो वर्क्सले दशैँ तथा तिहारको अवसर पारेर यामाहा मोटरसाइकलको खरिदमा स्क्र्याच कार्ड तथा दशैँ-तिहार असम्भव अफर शुरु गरेको छ । यामाहा मोटरसाइकल खरिद गरेपछि दिइने स्क्र्याच कार्डमा ग्राहकहरूले कम्तीमा पनि रु.४ हजारदेखि रु.१ लाखसम्म पाउने छन् भने दशैँ-तिहार असम्भव अफर अर्न्तर्गत कलङ्कीस्थित सिभिल होम्स्को एउटा घर उपहारमा राखिएको कम्पनीले जनाएको छ । यस योजनाले ग्राहकहरूको असम्भव सपनालाई पनि साकार पार्ने दाबी कम्पनीको छ ।

चीज लाइट बिस्कुट बजारमा

बटर क्राकर, टेष्टी-टेष्टी, बन-बन, स्वीट हार्ट ब्राण्डका बिस्कुटहरू उत्पादन गर्दै आएको क्वालिटी डाइट एण्ड फुड्स प्रोडक्ट्स प्रा.लि. ले चीज लाइट नामक नयाँ ब्राण्डको बिस्कुट बजारमा ल्याएको छ । 'हाई इनर्जी', 'लो सुगर' र 'लो साल्ट' स्वादमा उपलब्ध हुने यस बिस्कुटको प्रति प्याकेट उपभोक्ता मूल्य रु.१० राखिएको छ ।

पोदरेजलाई आईएसओ प्रमाणपत्र

ब्याङ्क तथा कार्यालयहरूका लागि आवश्यक पर्ने सेफ तथा स्टिल फर्निचरहरू निर्माण गर्दै आएको पोदरेज स्टिल एण्ड आइरन इण्डस्ट्रीले सुरक्षित तथा गुणस्तरीय उत्पादनका कारण आईएसओ ९००१ः२००० प्रमाणपत्र प्राप्त गरेको छ । साथै, भविष्यमा पनि गुणस्तरीय तथा अन्तर्रर्ााट्रयस्तरका उत्पादनहरूलाई निरन्तरता दिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस श्रेणीका उद्योगहरूमध्ये आईएसओ प्रमाणपत्र पाउने पोदरेज पहिलो हो  ।

लक्ष्मी ब्याङ्कको इमेल ब्याङ्कङि

आफ्ना ग्राहकहरूलाई आधुनिक ब्याङ्कङि सेवा दिने क्रममा लक्ष्मी ब्याङ्कले इमेल ब्याङ्कङि शुरु गरेको छ । जसबाट ग्राहकहरूले आफ्ना खातामा भएका कारोबारका बारेमा तत्काल जानकारी लिन सक्नेछन् । यो सुविधाबाट क्रेडिट कार्ड स्टेटमेन्ट, त्यसको समयावधि समाप्त भएको जानकारी, सटही दर, मुद्दती निक्षेप तथा ब्याङ्कको सेवा/सुविधाका सम्बन्धमा नियमित रूपमै इमेलमार्फ् जानकारी ग्राहकहरूलाई उपलब्ध हुने ब्याङ्कले जनाएको छ । त्यसैगरी भर्खरै मात्र सबै व्यक्तिगत ब्याङ्कङि सेवाहरू प्रदान गर्न भीसा क्रेडिट कार्ड पनि जारी गरेको ब्याङ्कले जनाएको छ ।

कार्ल्सबर्ग अब नयाँ बोतलमा

नेपालका शहरी क्षेत्रमा राम्रो बजार लिन सफल कार्ल्सबर्ग बियर अब ६५० मि.लि.को नयाँ बोतलमा पनि उपलब्ध हुने भएको छ । बियर पारखीहरूलाई थप आकषिर्त गर्न पहिलेको बोतललाई पारदर्शी र नयाँ आकार दिइएको कम्पनीले जनाएको छ । नयाँ बोतल समाउँदा सजिलो र उठाएकै क्षणमा उत्कृष्टताको अनुभव हुने दाबी कम्पनीको छ । यसको उपभोक्ता मूल्य प्रति बोतल रु.१२५ रहेको छ ।