हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०३ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

योग

हरिद्वारका योगी टुँडिखेलमा

योगको सरल पद्धति रामदेवको प्याकेजका विशेषता हुन्, जसले शिविर, टिभी र अन्य माध्यमबाट विश्वका करोडौं मानिसहरूलाई आकषिर्त गरेका छन् ।

बद्री पौड्याल

यही ५ देखि १० असोजमा टुँडिखेल सैनिक मञ्चपट्टकिो विशाल मैदानमा 'योग गरौँ, निरोगी बनौँ- स्वस्थ नेपाल, स्वस्थ विश्व !' को नारासहित भारतीय योगगुरु स्वामी रामदेवको 'योग विज्ञान शिविर' सञ्चालन हुने भएको छ । बिहान ५ बजेदेखि ८ बजेसम्म चल्ने शिविरमा २० हजार मानिस सहभागी हुनेछन् । एक दिन २० हजार छात्रछात्राका लागि निःशुल्क योग प्रशिक्षण हुनेछ । स्वामी रामदेव र आचार्य बालकृष्णसँगै भारतबाट आउने ९० जना वैद्यले अग्रवाल भवन, कमलपोखरीमा स्वास्थ्य परीक्षण तथा औषधि बिक्रीवितरण पनि गर्नेछन् ।

स्वामी रामदेवले १२ वर्षघि आचार्य बालकृष्ण र स्वामी मुक्तानन्दसँग मिलेर भारतको उत्तराञ्चल राज्य, हरिद्वारमा दिव्ययोग मन्दिर -पछि पतञ्जली योगपीठ नामकरण भएको) स्थापना गरी भारतका विभिन्न ठाउँमा योग शिविर सञ्चालन गर्दै आएका थिए । ती शिविरमा नेपालीहरूको उल्लेख्य सहभागिताबाट उत्साहित स्वामीले दर्ुइ-तीन वर्षघि नै नेपालमा शिविर सञ्चालन गर्ने उद्घोष गरेका थिए । एकपटक पतञ्जली योगपीठले आस्था च्यानलमा प्रसारित स्वामी रामदेवका योग शिविरहरूको समय तालिकामा समेत काठमाडौँलाई चढाइसकेको थियो । तर पछि, सम्भवतः '१९ माघ' को शाही कदमका कारण अस्थिर हुनपुगेको नेपालको राजनीतिक घटनाक्रमलाई ध्यानमा राखेर त्यसलाई स्थगित गरिएको थियो ।

नेपालमा २०-२० हजार मानिस ६-६ दिनसम्म एकै ठाउँमा भेला हुनेस्तरको शिविर सञ्चालन हुन लागेको सम्भवतः यो पहिलो घटना हो । टुँडिखेलमा चारैतिरबाट कपडाले घेरेर बनाइने शिविरको लागि चाहिने टेण्ट, कार्पेट, डिजिटल ध्वनि प्रणाली, टिभी स्त्रिन, बत्ती प्रणालीका सामानहरू दिल्लीबाटै ल्याइएका छन् ।

पतञ्जली योगपीठको सहयोगमा सञ्चालन हुने शिविर व्यवस्थापन गर्न नेपालमा मुकुन्दभक्त श्रेष्ठको अध्यक्षता र शाल्रि्राम सिंहको संयोजकत्वमा ३८ सदस्यीय 'स्वामी रामदेव योग विज्ञान शिविर आयोजक मूल समारोह समिति' बनेको छ । प्रचार-प्रसार, आयोजनास्थल व्यवस्थापन, यातायात तथा पार्किङ व्यवस्थापन, बिरामी जाँच तथा औषधि बिक्रीवितरण, आकस्मिक सेवालगायत शिविरसँग सम्बन्धित विभिन्न काम हर्ेर्ने १५ वटा उपसमिति बनेका छन् । समिति-उपसमितिहरूमा विशेष गरी मारवाडी र नेवार समुदायका व्यापारी, समाजसेवी, पर्ूव प्रशासक र सेना-प्रहरीका अधिकारी, योगबाट स्वास्थ्यलाभ गरेका व्यक्ति तथा नेपालको लागि पतञ्जली योगपीठका प्रतिनिधि-प्रशिक्षकहरू छन् ।

काठमाडौँ, बिजुलीबजारस्थित आयोजक समितिको सर्म्पर्क कार्यालयको लागि 'एसडीडी नेपाल' -सोसाइटी फर डेमोक्रासी एण्ड डेमलपमेण्ट) भन्ने गैरसरकारी संस्थाले ठाउँ उपलब्ध गराएको छ । एसडीडीकै सहकर्मी ध्रुवराज मिश्र कार्यालय सचिवको रूपमा सर्म्पर्क कार्यालयको काम हेरिरहेका छन् । समितिका कामहरूमा आरती खाद्यान्न, राजहंस तेल, गोदरेज, सीताराम दूध, सनराइज विकास ब्याङ्क, यती कार्पेट, मारवाडी सेवा समिति, अग्रवाल सेवा समाज, पेण्डस् क्लब, रेडक्रस सोसाइटी, महानगरपालिका, प्रहरी, स्काउट, योग प्रशिक्षक, प्याब्सनका विद्यार्थी आदिले विभिन्न सहयोग पुर्‍याउँदैछन् । पार्किङको व्यवस्था भीआईपीका लागि खुल्लामञ्च र र्सवसाधारणका लागि रङ्गशाला, राष्ट्रिय सभागृह, भृकुटीमण्डप तथा चाइना टाउनमा गरिएको छ । शिविरस्थलमा ६ वटा एम्बुलेन्स पनि उपलब्ध हुनेछन् ।

शिविरमा भाग लिनेहरूसँग 'स्वेच्छिक दान' को रूपमा पैसा लिएर दिइने १५ हजार प्रवेश पासको वितरण एभरेष्ट र माछापुच्छ्रे ब्याङ्कले गरिरहेका छन् । तीमध्ये १० हजार, तीन हजार र दर्ुइ हजार प्रवेश पास क्रमशः रु.५००, १५०० र ३००० को दरमा वितरण गरिँदैछन् ।

चार हजार पास गरिब, निसहाय, असक्तहरूलाई निःशुल्क वितरण गरिनेछ भने एक हजार- भीआईपी, सहयोगी संस्था, सञ्चारमाध्यमका प्रतिनिधि आदिलाई निमन्त्रणाको रूपमा बाँडिनेछ । शिविरमा उपस्थित हुन नसक्नेहरूका लागि कान्तिपुर टिभीले प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रवेश पासहरू सबै बिक्री भएमा त्यसबाट करिब डेढ करोड रुपैयाँ उठ्ने देखिन्छ । यो पैसा के-केमा खर्च हुन्छ र कहाँ जान्छ त - मूल समारोह समितिका सह-संयोजक ओमप्रकाश वंशल भन्छन्, "आम्दानीर्-खर्च सबै पारदर्शी हुनेछ । ब्याङ्कलाई संलग्न गरिएको पनि त्यसैका लागि हो  । शिविर आयोजनाको खर्च कटाएर बाँकी रकम नेपालमै योग उपचार केन्द्र स्थापनामा लगानी गर्ने स्वामीजीको इच्छा छ । तत्काल त्यस्तो केही योजना नबनेमा पतञ्जलीमै जानेछ र पछि त्यही काममा उपयोग हुनेछ ।"

धेरै नेपालीले भाग लिन सकुन् भनेर काठमाडौँ शिविरको प्रवेशपासको रकम भारतमा आयोजना हुने शिविरहरूमा लिइने भारु.२ हजारदेखि ५ हजारको तुलनामा धेरै कम राखिएको वंशलले बताए । उनी भन्छन्, "यो शिविरले हामीलाई द्वन्द्वको पीडाबाट निक्लन र विकृतिहरूबाट सुध्रिन-बच्न सहयोग पुर्‍यायो भने देश ओरालो र्झनबाट रोकिन्थ्यो कि भन्ने आशा छ  ।"

के सिकाइनेछ शिविरमा
मानिसहरूलाई स्वस्थ, नैतिकवान्, मानवकल्याणप्रति समर्पित बनाउने उद्देश्यले चलाइने यस्ता योगशिविरमा रामदेवले प्राणायाम, शरीरका विभिन्न अङ्गहरूको अभ्यास हुने 'योगिक जगिङ', सूक्ष्म व्यायाम र सामान्य योगासनहरू गराउने छन् । प्राणायाम र आसनहरूको सरल पद्धति नै रामदेवको योग प्याकेजका विशेषता हुन्, जसले प्रत्यक्ष शिविर, टिभी प्रसारण र अन्य प्रचार-प्रसारका माध्यमबाट विश्वका करोडौँ मानिसहरूलाई आकषिर्त गरेका छन् । यसबाहेक रामदेवले सामान्य जीवनशैली शाकाहारी भोजन, सकारात्मक सोच, मातृभूमि तथा आमाबाबुप्रति प्रेम, सत्चरित्र, प्राकृतिक र आयर्ुर्वेदिक उपचारआदिको पनि पर््रवर्द्धन गर्नेछन् ।

नियम पुर्‍याएर गरिने प्राणायाम, योग, जीवनशैली सुधार र आयर्ुर्वेदिक उपचारबाट सामान्यदेखि असाध्य रोगहरू समेत ठीक हुने मान्यता राख्ने रामदेवले आधुनिक -एलोपेथिक) चिकित्साका रोग निदान पद्धति, आपत्कालीन उपचारसेवा, ठूला र जटिल शल्यक्रिया जस्ता केही पक्षलाई स्वीकार गरेपनि धेरैजसो औषधोपचारलाई स्वीकार गर्ने गरेका छैनन् र बिरामीहरूलाई डाक्टरी औषधि छोड्न पनि पे्ररित गर्ने गरेका छन् ।

कहिलेकाहीँ डाक्टरको सल्लाहविना औषधि छाडिदिँदा हुनसक्ने घातक परिणामप्रति सचेत गराउँदै वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण साय्मिले सहकर्मी डा. प्रकाशराज रेग्मीले 'योग र मुटुरोग' शर्ीष्ाकमा स्वामी रामदेवलाई नै सम्बोधन गरेर लेखेेका खुलापत्रको सँगालोमा मन्तव्य दिँदै भनेका छन्, 'योगीहरू डाक्टर होइन, डाक्टरहरू योगी हुनर्ुपर्छ ।' नभन्दै कति डाक्टरहरूले आफ्नो उपचारसँगसँगै योगासन र प्राणायामको पनि सिफारिस गर्ने गरेका छन् । प्राणायाम र जीवनशैली परिवर्तन गरेर औषधिले घटाउन नसकेको आफ्नै तौल घटाएका डा. साय्मि पनि दुवैलाई मिलाएर प्रयोग गरे सर्वोत्तम लाभ हुने सल्लाह दिन्छन् ।