विशेष
रिपोर्ट
तीब्र गतिमा बढ्दो बजार
नेपाली समाजसँग मोटरसाइकलको नाता अलग गर्नै
नसकिने खालको छ । कामकाजी महिला, पुरुष, व्यापारी, विद्यार्थी सबैका
लागि मोटरसाइकल र स्कुटर बिनाको दैनिकी कल्पना गर्नै सकिँदैन । कतिसम्म
भने मोटरसाइकल बिना जागिर पाउन पनि गाह्रो छ ।
 |
| किरण पाण्डे |
घरायसी कामकाजमा
हिँड्दा होस् या कार्यालय, कलेज, व्यापार वा घुमघाममा जाँदा, हरेक
क्षेत्रमा मोटरसाइकलको महत्त्व बढिरहेको छ । त्यसैले होला, हरेक वर्षहजारौँको
सङ्ख्यामा नयाँनयाँ मोडल र नौलानौला रूपरङ्गका मोटरसाइकलहरू शहरबजारदेखि
ग्रामीणक्षेत्रका सडकहरूसम्म थपिँदै गएका छन् । भरपर्दो र्सार्वजनिक
यातायातको अभावले गर्दा पनि मोटरसाइकल र स्कुटरहरूको लोकप्रियता बढ्दै
गएको छ । स्कुटरले खासगरी कामकाजी महिलाहरूमा स्वतन्त्रता र आत्मविश्वास
बढाएको छ ।
हिरोहोण्डा मोटरसाइकलका अधिकृत बिक्रेता स्याकार कम्पनीका
प्रबन्ध निर्देशक लक्ष्मणरत्न तुलाधर भन्छन्, "दशवर्षो द्वन्द्वले
गर्दा चाहेजस्तो गति लिन नसकेको मोटरसाइकल व्यापारले शान्ति प्रक्रिया
शुरु भएपछि सकारात्मक मोड लिएको थियो । तर तर्राईको तनावका कारण फेरि
पर्ूर्वी क्षेत्रको व्यापार धेरै घटेको छ ।"
तर्राईको स्थितिले तत्काल केही असर पारे पनि मोटरसाइकलको
बिक्री बर्सर्ेे बढिरहेकै छ । आर्थिक वर्ष२०६३-६४ मा अधिराज्यभर ७२
हजार नयाँ मोटरसाइकल दर्ता भएका छन् र २०६४ असार मसान्तसम्म तिनको
कुलसङ्ख्या ४ लाख २० हजार पुगेको छ । विभिन्न ब्याङ्क र फाइनान्स कम्पनीहरूले
उपलब्ध गराउने वित्तीय सहयोगले गर्दा भरपर्दो आम्दानी भएको मानिसले
तत्काल मूल्यको १० प्रतिशत तिरेर मोटरसाइकल चढ्न र बाँकी पैसा किस्ताबन्दीमा
तिर्दै जान सक्छ ।
प्रविधि र डिजाइनको आकर्षा
बजाज, हिरोहोण्डा, यामाहा, टिभीएस स्थानीय बजारका लोकप्रिय मोटरसाइकल
ब्राण्ड हुन् । बजाजका पल्सर, एभेन्जर, डिस्कभर, प्लाटिना, क्रिस्टल
मोडलहरूले उपभोक्ताको उमेर, वर्ग अनुसार आ-आफ्नै पहिचान बनाएका छन्
। त्यसमा पनि पल्सरका २२०, २००, १८० र १५० सीसी मोडलहरू युवापुस्तामाझ
निकै लोकप्रिय छन् । एभेन्जरका डिलक्स र हाइटेक मोडलहरूको आफ्नै साख
छ । पल्सरको लोकप्रियताको कारण स्पष्ट गर्दै बजाजको अधिकृत बिक्रेता
हंसराज हुलासचन्द कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छा भन्छन्,
"पल्सरको डीटीएसआई प्रविधि, डिजाइन र इञ्जिन क्षमताले नै यसको
माग दिनहुँ बढिरहेको हो ।"
गएको वर्षात्रै बजाजका करिब २१ हजार मोटरसाइकल बिक्री भएको दाबी गर्छन्,
गोल्छा । उनकै शब्दमा, यो नेपालको कुल बजारको ४० प्रतिशत हो । कम्पनीले
देशभरका ४१ बिक्री केन्द्रबाट बजाज मोटरसाइकलको बिक्री तथा अत्याधुनिक
र्सर्भिसिङ सेवा दिँदै आएको छ । नयाँ-नयाँ मोडलहरूलाई बजारमा ल्याउने
परम्परालाई निरन्तरता दिँदै बजाजले आगामी केही साताभित्रै एक्सिड ब्राण्ड
भित्र्याउन लागेको गोल्छाले बताए ।
हिरोहोण्डाको स्प्लेण्डर नेपालमा लोकप्रिय मोटरसाइकल मानिन्छ । बिक्री
र मोडल दुवै हिसाबले १५ वर्षेखि मुलुकका सडकहरूमा सबैभन्दा बढी देखिएको
मोटरसाइकल हो यो । स्याकारका निर्देशक तुलाधर यति लामो समयसम्म पनि
यसको बिक्री र साखमा कुनै कमी नआउनुलाई कर्ीर्तिमान नै मान्छन् । उनी
भन्छन्, "सामान्यतयाः कुनै पनि ब्राण्ड सात-आठ वर्षन्दा टिक्न
सक्दैन । तर यहाँ स्प्लेण्डरको लोकप्रियता देखेर निर्माता कम्पनी स्वयं
पनि चकित छ ।" हिरोहोण्डाको कुल बिक्रीमध्ये अझै पनि स्प्लेण्डरले
५० प्रतिशत हिस्सा ओगटेको दाबी तुलाधरको छ । उनको भनाइमा 'गरिबको सानो
कार' भएकोले स्प्लेण्डर यति लोकप्रिय हुनसकेको हो ।
सन् १९८६ मा सीडी १०० बाट हिरोहोण्डाको बिक्री शुरु गरेको स्याकार
कम्पनीले हाल यसका २२५ सिसीको करिज्मा, १५० सिसीको सीबीजी, १२५ सीसीको
ग्ल्यामर, १०० सीसीका सुपर स्प्लेण्डर, स्प्लेण्डर, सीडी डिलक्स, सीडी
डन र प्लेज लगायतका मोडलहरू बिक्री गर्दै आएको छ । यीमध्ये करिज्माको
स्टाइलिस स्पोर्टर्ीीुकप्रति युवापुस्ताहरूको विशेष रुचि देखिन्छ ।
न्यून इन्धन खपत, राम्रो रिसेल मूल्य र सस्तो मर्मत सम्भारलगायत अन्य
खर्चले नेपालीहरूमाझ हिरोहोण्डा मोटरसाइकल बढी लोकप्रिय भएका हुन्
। शुरुमा हिरोहोण्डा मोटरसाइकलहरू मात्र बिक्री गर्दै आएको स्याकारले
सन् २००४ यता होण्डा मोटरसाइकलको बिक्री पनि शुरु गरेको छ । होण्डाका
युनिकन, साइन, डिओ र वेभ मोडलहरूको बजार बढिरहेको बताउँदै तुलाधर भन्छन्,
"गत वर्षहामीले युनिकनको माग पूरा गर्नै सकेनौँ ।"
नेपालमा रुचाइएका बाइकहरूको अर्को ब्राण्ड हो, यामाहा । भारतमा उत्पादन
भए पनि यामाहाका मोटरसाइकलहरूमा शतप्रतिशत जापानी प्रविधि प्रयोग भएको
यसको अधिकृत बिक्रेता मोरङ अटो वर्क्सका महाप्रबन्धक सुरजविक्रम शाही
बताउँछन् । उनी भन्छन्, "यामाहा जापानले भारतमा आफैँ कारखाना
खोलेर उत्पादन गर्ने भएकोले यसको स्तरीयतामा शङ्का गर्नै पर्दैन ।"
माइलेज पनि बढी दिने भएकाले यामाहाका मोटरसाइकलले राम्रो बजार लिँदै
गएको उनी बताउँछन् । शाही भन्छन्, "एक लिटर पेट्रोलमा ८० किमी
चल्ने क्रक्स होस् या स्टाइल खोज्नेहरूका लागि इण्टाइसर, सबै सस्ता
र राम्रो माइलेज दिने भएकाले उपभोक्ताहरू सन्तुष्ट छन् ।" १००
सीसीको क्रक्स देखि १२५ सीसीका लिबेरो, ग्लाडिएटर, इण्टाइसर, जी-५
आदि स्थानीय बजारमा उपलब्ध यामाहाका चल्तीका मोडलहरू हुन् ।
मोरङ अटोले यामाहाको थाइल्याण्डमा उत्पादित स्कुटर मियो र चीनमा उत्पादित
मोपेड एफ ८ पनि बजारमा ल्याएको छ । देशको मोटरसाइकल बजारको २८ प्रतिशत
हिस्सा यामाहाले ओगटेको दाबी गर्ने महाप्रबन्धक शाही मोटरसाइकलले नेपाली
समाजलाई रुपान्तरण गर्दै लगेको बताउँछन् । भन्छन्, "पहिले साइकलमा
बेचिने दूध, पत्रिका अहिले बाइकमा बेच्न थालिएको छ ।"
स्थानीय बजारमा टीभीएस ब्राण्डका मोटरसाइकलहरू पनि युवाहरूमाझ लोकप्रिय
छन् । यो ब्राण्डका १५० र १७० सीसीको अपाचे अहिले निक्कै चल्तीमा छ
। कम मूल्य पर्ने र बढी माइलेज दिने भएकाले १२५ सीसीको जीएक्स र १००
सीसीको स्टारसीटीको पनि बजार हिस्सा बढ्दै गएको टीभीएसका अधिकृत बिक्रेता
अरुण इण्टरकण्टिनेण्टल ट्रर्ेर्डसका प्रबन्धक राहुल सचदेव बताउँछन्
। उनी भन्छन्, "१०० सीसीको स्टार सीटी सेल्फ स्र्टार्टसहित सुलभ
मूल्यमा उपलब्ध छ भने युवाहरूको चाहनालाई ध्यानमा राख्दै नयाँ लुक्सको
अपाचे ल्याएका छौँ ।"
कुल बजारको १५ प्रतिशत हिस्सा टीभीएसले ओगटेको दाबी गर्ने प्रबन्धक
राहुल ९९ प्रकारका रङमा उपलब्ध टीभीएस स्कुटी युवतीहरूमाझ निक्कै लोकप्रिय
रहेको बताउँछन् । उनको भनाइ छ, "पहिले साइकल चढ्नेहरू अहिले बाइक
चढ्ने भएका छन् । आजका धेरै बाबुआमाले छोराछोरीलाई दिने उपहारको ठाउँ
पनि मोटरबाइक र स्कुटरले लिन थालेका छन् ।"
यीबाहेक चिनियाँ ब्राण्डका यिङयाङ-कस्मिक र लिफान नेपालमै कारखाना
खोलेर उत्पादन हुँदै आएका मोटरसाइकल हुन् । शेखर गोल्छाको अनुभवमा
नयाँनयाँ ब्राण्ड र मोडलको प्रवेशसँगै ग्राहकहरू दिनहुँ अझ बढी डिमाण्डिङ
भएका छन् । उनी भन्छन्, "अबको बजार सेल्फ स्र्टार्ट, बढी इञ्जिन
क्षमता, डिस्क ब्रेक र राम्रो सस्पेन्सन भएका मोटरसाइकलहरूसँगै नयाँ
डिजाइनले निर्धारण गर्नेछ ।"
डम्बरकृष्ण श्रेष्ठ/सुरेशराज न्यौपाने |