हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०३ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

विशेष रिपोर्ट

थरी-थरीका कार छनौटका आधार

डम्बरकृष्ण श्रेष्ठ/सुरेशराज न्यौपाने, तस्बिरहरूः मीन बज्राचार्य

चन्दन कायस्थ, रोडहाउस क्याफे (माज्दा-३)

पाँच वर्षघि क्याम्पस पढ्दै गरेका एक युवक के-कस्तो नयाँ कार बजारमा आयो भन्ने जिज्ञासा शान्त पार्न काठमाडौँ, थापाथलीस्थित टाटाको शो-रुममा पुगिरहन्थे । एमबीएको पढाइ सकेर एउटा ब्याङ्कमा जागिर पाएपछि कार चढ्ने सपना सँगालेका ती युवकले गत वर्षत्यही शो-रुमबाट नयाँ मोडलको कार लगिछाडे  । शो-रुमका बिक्रेता भन्छन्, "२००२ देखि कार हर्ेन आएका ती युवाले पाँच वर्षनबित्दै कार लिएर गए ।"

हिजोसम्म धन र मानको प्रतीक ठानिने कार नेपाली समाजमा अहिले सामान्य हुँदै गएको छ । घरानियाँ र धनाढ्यहरूको पहुँचमा मात्रै सीमित कारको 'स्टेयरिङ' मा अहिले कमाउ मध्यम वर्गका हातहरू पनि नाच्न थालेका छन् । तिनमा सामान्य बन्दव्यापारमा लागेकादेखि ब्याङ्क र ठूला व्यावसायिक प्रतिष्ठानका कर्मचारी, चिकित्सक, इञ्जिनियर, गैर-सरकारी संघ-संस्थाका कर्मचारी लगायतको पहुँच बढिरहेको छ ।

चारपाङ्ग्रे सवारीसाधनहरूको व्यापारको चर्को प्रतिस्पर्धा र नयाँ-नयाँ ब्राण्ड-मोडलको आगमनसँगै तिनलाई किन्न सजिलो पारिदिने ब्याङ्क तथा वित्तीय संस्थाहरूको किस्ताबन्दी अटो-लोनका योजनाले गर्दा रु.२०-२५ हजारको मासिक आम्दानी हुनेहरू साथमा पूरै मूल्य हाल्न पुग्ने एकमुष्ट पैसा नभए पनि आजको भोलि नै कार चढ्ने सपना साकार पार्न सक्ने भएका छन् ।

विगतमा कारको बाहिरी रूपमै मुग्ध हुने ग्राहकहरू अहिले श्रेणी, ब्राण्ड, मोडल, बनोट, सुविधा, मूल्यलगायत थुप्रै कुरा हर्ेन थालेका छन् । उदाउँदो मध्यम वर्गको उन्नतिसँगै हिजोसम्म र्सार्वजनिक यातायात चढ्नेहरू मोटरसाइकलमा, मोटरसाइकल चढ्नेहरू कारमा चढ्न थालेका छन् । घरायसी काम, पारिवारिक मनोरञ्जन र व्यावसायिक क्रियाकलापदेखि कतिका लागि सोखको साधन समेत बनेको छ, कार ।

अनिल शाह, नेबिल ब्याड्ढ (किया-सोरेन्टो)

युवा ग्राहकहरूले कार खरिद गर्ने बेलामा आकर्ष स्पोर्टर्ीीुकसँगै अडियो सिस्टम, डिजिटल कन्ट्रोल र अनेकन् आधुनिक 'गिजमोज' चाहने गरेका बिक्रेताहरू बताउँछन् । ग्राहकले परिवारको सदस्य-सङ्ख्याका आधारमा पनि गाडी छनौट गर्ने गरेका छन् । कतिपय बाबु-आमा कार खरिद गर्दा छोरा-छोरीलाई पनि शो-रुम लगेर रङ्ग र मोडल छान्न लगाउँछन् ।

टाटा गाडीको अधिकृत बिक्रेता स्रि्रदी टे्रडिङका बिक्री प्रमुख अनुप बराल कार-जीपको खरिदबिक्रीमा आधा दशकयता ठूलै परिवर्तन आएको बताउँछन् । उनी भन्छन्, "पहिले कम्पनीका मालिकले मात्र कार चढ्थे, अहिले म्यानेजरहरू पनि चढ्न थालेका छन् ।"

ब्याङ्क-फाइनान्सको अटो लोन, वैदेशिक रोजगारबाट आएको रेमिटेन्स, मानिसहरूमा विकास भएको कामप्रतिको लगाव र दर्ुइ-तीन ठाउँमा पार्ट-टाइम काम गर्ने क्षमतावान् पुस्ताको आगमनले पनि धेरै मानिसमा 'अब मलाई कार चाहिन्छ' भन्ने सोचको विकास गराएको बराल बताउँछन् । मासिक रु.७ हजारदेखि १५ हजारसम्मको किस्ता बुझाउन सक्नेले सामान्यदेखि राम्रै कार किन्न सक्छन् ।

नेपाली बजारमा सबैभन्दा सस्तो कार उपलब्ध गराउँदै आएको मारुति र सुजुकीको अधिकृत बिक्रेता चौधरी ग्रुपको अरुण इण्टरकन्टिनेण्टलका म्यानेजर राहुल सचदेव, नेपालका सडकमा २५ हजारभन्दा धेरै मारुति गाडी गुडिरहेको बताउँछन् । नेपाली जनजीवनसँग मारुति मज्जैले घुलमिल भइसकेको दाबी गर्दै उनी भन्छन्, "राजधानीका सडकमा हरेक ३० सेकेण्डमा तीन वटा मारुति कार देख्न सकिन्छ ।"

भोलाबहादुर थापा, प्रेसिडेन्ट ट्राभल्स -(सुबारु फरेस्टर)

मारुतिले हाल आफ्नो ८०० सिसीको कार १० वर्षा तिर्न सकिने गरी मासिक रु.७ हजारको किस्ताबन्दीमा उपलब्ध गराउँदै आएको छ । भारतमा टाटाले चाँडै भारु.१ लाखको कार बजारमा ल्याउने घोषणा गरेपछि 'नेपालमा कहिले आउँछ' भनेर सोध्ने र 'पाए बुक गर्छर्ुुभन्नेहरूको सङ्ख्या बढेको स्रि्रदीका बिक्री प्रमुख बराल बताउँछन् ।

दर्इसय बढी मोडल

नेपाली बजारमा भारतमा प्रचलित मापदण्ड अनुसार इञ्जिन क्षमता, बनोट, सुविधा र मूल्यका आधारमा कारलाई 'ए', 'बी', 'सी', 'डी' र र्'इ' पाँच श्रेणीमा तथा जीपलाई 'सानो', 'मध्यम' र 'ठूलो' तीन श्रेणीमा वर्गीकरण गर्ने गरिएको छ । यीमध्ये 'सी' वा सोभन्दा माथिका १३०० सीसीभन्दा बढी क्षमताका 'सेडान' र 'एसयुभी' -स्पोर्टर््स युटिलिटी भेइकल) कार/जीपहरू महङ्गा, सुविधासम्पन्न र उच्च श्रेणीका मानिन्छन् ।

तर नेपालमा सबै किसिमका कार, जीप र भ्यानलाई एउटै वर्गमा राखी दर्ता गर्ने गरिएकोले कुन श्रेणीका कार/जीप कति छन् भन्ने तथ्याङ्क पाइँदैन  । यातायात व्यवस्था विभागका अनुसार आर्थिक वर्ष२०६३/०६४ सम्ममा सबै प्रकारका गरेर मुलुकभर ६ लाख १७ हजार ३०५ सवारी साधन दर्ता भएका छन्, जसमध्ये कार, जीप र भ्यान ८८ हजार ५२५ वटा छन् ।

निर्मला शर्मा, पत्रकार (मारुति-अल्टो)

नेपालमा अहिले जापान, कोरिया, मलेशिया, भारत र युरोपेली-अमेरिकी देशमा निर्मित दर्ुइ सयभन्दा बढी मोडलका गाडीका अधिकृत बिक्रेताहरू ग्राहकलाई आ-आफ्नो ब्राण्डतिर आकषिर्त गर्न मरिमेटेर लागेका छन् । यसनिम्ति उनीहरूले आकर्ष विज्ञापन र प्रचार-प्रसारसँगै सहुलियत दरको ब्याङ्क ऋण, सरल किस्ताबन्दी, एकदेखि तीन वर्षो ग्यारेण्टी र निःशुल्क र्सर्भिसिङ सुविधा दिँदै आएका छन् ।

जापानी कारहरूको मूल्य धेरै भए पनि ती बलिया, भरपर्दा, लामो समयसम्म चल्ने र रि-सेल मूल्य भएका हुने व्यापारीहरूको दाबी छ । टोयटाका अधिकृत बिक्रेता युनाइटेड ट्रर्ेर्डसका महाप्रबन्धक विनोद अर्याल भन्छन्, "३५ वर्षेखिका टोयटा गाडीहरू अहिले पनि राम्रैसँग चलिरहेका छन्  ।

१० वर्षम्म र्सर्भिसिङ बाहेक अरू खासै केही गर्नु नपर्ने भएकाले तिनमा निश्चिन्त हुन सकिन्छ ।" पहिले टोयटा र निशानका कार तथा जीपहरू मात्र दौडने नेपाली सडकमा अहिले होण्डा, माज्दा, सुबारु, मित्सुविसी, सुजुकी, इसुजु, डाइहात्सु ब्राण्डका विभिन्न मोडलका जापानी गाडीहरू समेत थपिएका छन् ।

अनुदानजङ्ग राणा, कन्स्िटलेसन प्रा.लि. -(ड्याहात्सु-टेरिअस)

युरोपको एक नम्बर ब्राण्ड मानिने टोयटा यारिश नेपाली बजारमा पनि निकै सफल देखिएको छ । टोयटा कारहरूमध्ये मूल्यका हिसाबले सबैभन्दा सस्तो भएपनि सुरक्षा र सुविधामा अरूभन्दा कम नरहेको यसका बिक्रेता मल्ली अटोमोबाइल्सका अध्यक्ष कुशप्रसाद मल्ली बताउँछन् । उनका अनुसार करिब रु.२६ लाख पर्ने यारिश गत एक वर्षै ११० वटा बिक्री भइसकेको छ ।

सौखिन र घरानियाँहरूबीच निकै लोकप्रिय मानिने जापानी माज्दालाई सेडान कारको श्रेणीमा आकर्ष र सुरक्षित मानिन्छ । यसको अधिकृत बिक्रेता पद्मश्री प्रालिका कार्यकारी निर्देशक रोहिणी थपलिया भन्छन्, "माज्दाको अत्याधुनिक सुरक्षा प्रणालीसँगै भित्री बनावटले यसलाई अरूको तुलनामा निकै स्तरीय र आकर्ष बनाएको छ ।" बजारमा माज्दा ३ र माज्दा ६ लगायतका कारहरूको मूल्य रु.२७ लाखदेखि ३० लाख पर्छ ।

जापानी ब्राण्ड होण्डाका सिटी, सिभिक, र्एकर्ड र सीआरभी मोडलहरू पनि नेपालमा बिक्री हुँदै आएका छन्, जसको मूल्य रु.२१ लाखदेखि ४० लाख छ  । यीमध्ये होण्डा सिभिक लाई 'डि्रम कार' नै भन्न रुचाउँछन् बिक्रेता स्याकार कम्पनीका निर्देशक सौरभ ज्योति । उनी भन्छन्, "यसको आधुनिक प्रविधिले गाडीलाई विशिष्ट र सुविधासम्पन्न दुवै बनाएको छ ।" त्यसैगरी विजय मोर्टसले कारर्‍यालीतर्फविश्वमै कहलिएको जापानिज ब्राण्ड सुबारु बिक्री गर्दै आएको छ । सुबारुका कारहरूमध्ये लेगासी, आउटब्याक र इम्प्रेजा तथा जीपमा सुबारु फरेस्टा चलेका छन् ।

निराकर याक्थुङ्बा, सङ्गीतकार, १९७४ एडी (महिन्द्रा-स्करपियो)

२०-२५ वर्षघिसम्म यहाँको बजारमा कायम जापानी कारहरूको एकछत्र राज सन् ९० को दशकमा भारतीय कारहरू भित्रिन थालेपछि भने टुट्न पुगेको छ  । अहिले आएर जापानी जत्तिकै आकर्ष र सुविधासम्पन्न, तर सस्ता कोरियाली, मलेशियन कार-जीपले पनि छोटो समयमै नेपालको बजार लिएका छन् ।

१० वर्षेखि किया कार बिक्री गरिरहेको कन्टिनेन्टल ट्रेडिङका प्रबन्ध निर्देशक रवीन्द्र श्रेष्ठ भारतीय गाडीभन्दा केही महङ्गा भएपनि स्तरीयतामा जापानीकै हाराहारीमा आउने कोरियन गाडीहरूले तुलनात्मक रूपमा कम आय भएका उच्चमध्यम वर्गका मानिसहरूलाई सजिलो पारिदिएको बताउँछन् । उनी भन्छन्, "कियाको रिओ, सेराटो, पिकान्टोले कम मूल्यमै जापानी गाडीले दिने सरहको स्ट्याटस र सुविधा दिएकाले नै ग्राहक आकषिर्त भएका हुन्  ।"

एउटै छानामुनि जापानी, कोरियन र मलेशियन कार बेच्दै आएको गोल्छा समूहको हंसराज हुलासचन्द कम्पनी तथा भू-देव ट्रेडिङका निर्देशक आकाश गोल्छा जापानी गाडीको आकर्षा कायमै रहेको र कोरियन गाडीको माग बढिरहेको बताउँछन्  ।

उनी भन्छन्, "राम्रो सेवा/सुविधाका कारण कोरियन गाडीहरू पछिल्लो पुस्तामा प्रिय बन्दै गएका छन् ।" नयाँ पुस्तालाई नै लक्ष्य गरेर गोल्छा समूहले रु.१५ लाखदेखि २० लाखसम्मका मलेशियाको प्रोटोन कारका जीन-२, वाजा, वीरा भन्ने मोडलहरू भित्र्याएको छ । त्यस्तै, अल्पाइन मोर्टसले नेपालमा मलेशियाकै नाजा कारको व्यापार गर्दै आएको छ ।

पुष्प पिया, पिया ट्रेडिङ (ह्युण्र्डाई-टुस्कान)

अहिले आएर चलाउन सजिलो, तेल कम खाने र सुविधा अनुसार ठीकै मूल्य भएका साना खालका गाडीको पनि बिक्री बढेको गोल्छा बताउँछन् ।

आठ वर्षेखि मलेशियन कम्पनी पेरुडुवाको केलिसा र केनरी मोडलका कारको व्यापार गर्दै आएको नेमलिङ्क इण्टरनेशनलका व्यवस्थापक रवीन्द्र शाक्य पछिल्लो समय कारमा भेराइटी आएकोले ग्राहकहरूका अगाडि छनौटका विकल्प पनि थपिएको बताउँछन् । सरकारले १५ वर्षपुराना गाडी 'स्क्राप' गर्ने र नयाँ किन्नेलाई भन्सारमा ३३ प्रतिशत छुट दिएकोले पनि गएको वर्षदोब्बर कार बिक्री भएको उनले बताए ।

विश्वको सबैभन्दा ठूलो कार निर्माता अमेरिकाको जनरल मोर्टसले भारतमा उत्पादन गरेको सेभ्रोले ब्राण्डका कार/जीपहरू नेपाली बजारमा भित्रिएका पछिल्लो पुस्ताका चारपाङ्ग्रे सवारीसाधन हुन् । सेभ्रोलेको आधिकारिक बिक्रेता विजय मोर्टसले यसका ३१ मोडलका कार र जीपहरूको बेच्दै आएको छ । यो कम्पनीले सन् २००७ को शुरुदेखि आफ्नो अर्को चर्चित ब्राण्ड ओपललाई पनि सेभ्रोलेकै नामबाट उत्पादन गर्न थालेको छ ।

विजय मोर्टसकी कार्यकारी निर्देशक एनी वैद्य छनौटका लागि धेरै मोडल भएकाले सेभ्रोलेको बजार बढ्दै गएको दाबी गर्दै भन्छिन्, "सुरक्षित र सुविधासम्पन्न हुनुका साथै डिजाइन र मोडलमा धेरै छनोट भएका कारण यसको आकर्षा बढेको छ ।" सेभ्रोले गाडीहरूको नेपाली बजार मूल्य रु.१३ लाखदेखि ४० लाख छ ।

साना कार र जीपको ठूलो बजार लिन सफल मारुति, टाटा, महिन्द्रा एण्ड महिन्द्रा जस्ता भारतीय कम्पनी पनि उच्च श्रेणीको गाडीका नयाँ-नयाँ मोडलका साथ बजारमा आइरहेका छन् । मारुतिले यहाँको बजारमा मारुति ८०० र ओम्नी भ्यानसँगै अल्टो, वागन, जेन, भर्सर्ााजिप्सी, स्विपट जस्ता रु.७ लाखदेखि २० लाखसम्मका कार र जीपहरू ल्याएको छ ।

युकेशराज भोजु, प्रकृति संरक्षणविद् -टाटा-इण्डिका जेटा)

टाटाका इण्डिगो, वेगान कारदेखि स्पासियो, सुमो, सफारी जीपहरू उपलब्ध छन् । त्यसैगरी हरेक वर्षमहिन्द्रा एण्ड महिन्द्राका रु.९ लाखदेखि ३४ लाख पर्ने ५०० जति जीप र पिकअप बेच्दै आएको यसको अधिकृत बिक्रेता अग्नि इन्कर्पोरेटेडका सेल्स म्यानेजर विनय पासा बताउँछन् । महिन्द्रा एण्ड महिन्द्राका स्कोरपियो, बोलेरो जीप बजारमा उपलब्ध छन् । त्यसैगरी चीनमा निर्मित गिली, चेरी र चान्गन्का ब्राण्डका गाडीहरू पनि बिक्री हुँदै आएका छन् ।

एशियाबाहेक पश्चिमा मुलुकका कारले पनि नेपालमा राम्रै बजार लिएका छन् । फोर्ड र सेभ्रोले त्यस्ता अमेरिकी गाडी हुन् भने बीएमडब्लु र मर्सिडिज जर्मनीका । यसैगरी नेपालका सडकमा पान्सको प्युजो र बेलायतको ल्याण्डरोभरको सङ्ख्या पनि बढिरहेको छ । यस्ता गाडी बलिया र टिकाउ हुने बिक्रेताहरू बताउँछन् । ल्याण्डरोभरका अधिकृत बिक्रेता युरो ग्रेस प्रालि तथा अटो ल्याण्डका निर्देशक दिलीप राजभण्डारी प्रिमियम र अफरोड गाडीहरू भएकाले यो ब्राण्ड विश्व प्रसिद्ध रहेको बताउँछन् ।

बेलायतसँगको सुमधुर सम्बन्धका कारण उपहारस्वरुप ल्याण्डरोभर गाडीहरू राणाकालमै नेपालमा भित्रिएका थिए । तत्कालीन शासक तथा दरबार निकटहरूको शहरमा शान जोगाउने र जङ्गलमा शिकारको सोख पूरा गर्ने माध्यम बनेको थियो, ल्याण्डरोभर । चार मोडलमा उपलब्ध ल्याण्डरोभरको मूल्य हाल रु.३५ लाखदेखि ९० लाख छ । राजभण्डारी भन्छन्, "अरू गाडीको तुलनामा बिक्री कम भए पनि जतिले किनेका छन्, महत्त्व र उपयोगिता बुझेर नै लिएका छन्  ।"

डा. रवि मल्ल, गङ्गालाल हृदयरोग केन्द्र -टोयोटा-यारिश)

अति विलासी कारको श्रेणीमा गनिने जर्मनीका मर्सिडिज एस-क्लास, बीएमडब्लु सेभेन-सिरिज, आउडि ए-८, ज्यागुआर एक्स-जे र भोक्सवागन फाइटन तथा जापानको इन्पिनी क्यु-४५ जस्ता कारहरू नेपालका शो-रुममा उपलब्ध नभए पनि मगाउन सकिन्छ । मर्सिडिज र बीएमडब्लुका केही मोडल चाहिँ शो-रुममै पनि देखिन्छन् र नेपालमा अहिले बिक्ने सबैभन्दा महङ्गा गाडी पनि यिनै हुन्, जसको बजार मूल्य एक करोडदेखि डेढ करोड रुपैयाँसम्म पर्छ ।

चर्को भन्सार, कर र ढुवानीले गर्दा नेपाल आइपुग्ने प्रायः सबैजसो गाडीहरूको मूल्य निकै महङ्गो छ- वास्तविक मूल्यको १७३ प्रतिशतसम्म बढी । त्यसैले भारतमा रु.३ लाख वा ३ लाख ५० हजार पर्ने गाडीहरू नेपाल आइपुग्दा साढेसात-आठ लाख पर्छन् ।

सरकारी बेवास्ता

यहाँको निम्नस्तरको इन्धन र खराब सडक तथा कमजोर ट्राफिक व्यवस्थापनका कारण कतिपय कम्पनीले नाम र छवि बिग्रिने डरले आफ्ना स्तरीय उत्पादनहरू बेच्न नेपाल नपठाउने गरेका छन् । सरकारले 'यूरो-१' लाई नेपालको प्रदूषण मापदण्ड निर्धारण गरेको छ भने बजारमा पाइने स्तरीय गाडीहरू 'यूरो-३' मापदण्डसम्मका छन् । यहाँ पाइने इन्धन ती गाडीका लागि उपयुक्त छैन  । थपलिया भन्छन्, "सरकारले राजस्व उठाउने मात्र नगरी इन्धनको गुणस्तर र सडक तथा ट्राफिक व्यवस्थापनमा सुधार गर्ने काममा पनि गम्भीरता देखाउनु पर्छ ।"

के.वी. महर्जन, संयुक्त राष्ट्रसंघ (मारुति-वेगन आर)

सवारीसाधन र पार्टपर्ुजाको व्यापार तथा तिनका मालिकले तिर्ने करबाट सरकारले अर्बौँ रुपैयाँ राजस्व उठाउने गर्दछ । २०६३/०६४ मा भित्रिएका कुल ८८,७३५ सवारीसाधनको नयाँ दर्ताबाट मात्रै सरकारलाई रु.२ अर्बभन्दा बढी राजस्व आम्दानी भएको छ भने त्यससँगै देशमा रहेका कुल करिब ६ लाख सवारीसाधनको बर्सर्ेे नवीकरणबाट रु.२ अर्बभन्दा बढी उठ्छ । यसरी उठ्ने रकमको केही अंश सही तरिकाले स्तरीय इन्धनको आपर्ूर्ति, सडक मर्मत र विस्तारमा पनि खर्च गर्ने हो भने उच्च श्रेणीका गाडीको व्यापारको सम्भावना पनि बढ्दै जाने यो क्षेत्रका मानिसहरू बताउँछन् ।

नेपाल अटो मोबाइल्स डिलर्स एशोसिएसन (नाडा) को पत्रिका नाडा अटो न्युज का सम्पादक सुरेन्द्र प्रधान सवारीबाट उठेको राजस्व सरकारले सडक निर्माण/सम्भार र ट्राफिक व्यवस्थापनमा खर्च गर्‍यो भने मात्रै पनि समस्या धेरै हट्ने बताउँछन् । सरकारले सडक निर्माण र मर्मत सुधार भनेर एउटा चारपाङ्ग्रे सवारीबाट मूल्यको २ प्रतिशत अलग्गै लिने गरेको बताउँदै उनी भन्छन्, "जेको लागि शुल्क लिएको हो त्यसैमा खर्च गरे समस्यै आउँदैन ।"

राजधानीका सडकहरूको ब्रि्रँदो अवस्था र ट्राफिक अव्यवस्थाबाट आजित भएर युवा व्यवसायीहरूको सक्रियतामा नाडाले आफैँ नयाँ मोटरसाइकल र गाडीहरूबाट निश्चित शुल्क लिई एउटा कोष खडा गरेको छ । त्यो कोषको रकम ट्राफिक व्यवस्थापनका लागि जनचेतना कार्यक्रम, प्रचार-प्रसार र अन्य सामाजिक अभियानका लागि खर्च गरिने स्पष्ट गर्दै सौरभ ज्योति भन्छन्, "सरकारले वास्ता गरेन भन्दैमा हामीले पनि सामाजिक दायित्व बिर्सनुहुँदैन । त्यसका लागि नै यो पहल गरिएको हो ।"

सौरभसँग सोह्रैआना सहमत छन् अर्का युवा व्यवसायी शेखर गोल्छा । उनी थप्छन्, "ट्राफिक व्यवस्थापन कुशल भएका विदेशी शहरहरूको दाँजोमा यहाँको सवारी साधनको सङ्ख्या कमै छ । त्यसैले गाडी र मोटरसाइकल बढी भए भन्नेहरूलाई जवाफ दिन समेत ट्राफिक व्यवस्थापनमा प्रभावकारी कदम चाल्ने बेला आइसकेको छ ।"


विकल्प बिजुली गाडी

पेट्रोलियम पदार्थको बढ्दो खपतसँगै त्यसमा मुलुक परनिर्भर बन्दै गएको र पछिल्लो समय राजधानीमा देखिएको पेट्रोलियम अभावका कारण सवारीधनीहरूले घण्टौँ लाइन बस्नु परेको अवस्थाको अन्त्य गर्न सक्थे, विद्युतीय गाडीहरू -इलेक्टि्रक भेइकिल्स) ले । तर, सरकारले तिनको बजार विस्तार गर्न कुनै सकारात्मक कदम चालेको छैन र अन्य विलासी गाडीसरह नै भन्सार-करहरू लगाएको छ ।

विद्युतीय गाडी बिजुलीमा चार्ज गरिने ब्याट्रीबाट चल्ने हुनाले मितव्ययी र वातावरण संरक्षणमा सहयोगी मानिन्छन् । हाल नेपालमा यो श्रेणीका रेभा कार, मिनी भी भ्यान र सफा बसहरू उपलब्ध छन् । रेभाको अधिकृत विक्रेता इकोभिजन प्रालिका प्रशासकीय अधिकृत भीम महराका अनुसार, शोरुममा गाडी हर्ेन आउनेहरूको भीड बढ्दो छ, तर सबैको एउटै गुनासो हुन्छ- 'महङ्गो भयो ।' उनी भन्छन्, "सरकारले विद्युतीय गाडीलाई पनि विलासी गाडीको वर्गमा राखेर चर्को राजस्व उठाएकोले सस्तो हुने सम्भावना रहेन ।"

तीन घण्टा ब्याट्री चार्ज गरेपछि ८० किमि गुड्ने रेभा कारको बजार मूल्य करीब रु.१५ लाख छ । सरकारले वातावरण मैत्री सवारीसाधनहरूलाई भन्सार र करमा विभिन्न सुविधा दिने नीतिअनुरुप १० प्रतिशत मात्रै कर लगाउने २०५६ सालको आफ्नै निर्ण्र्ााविपरीत रेभामाथि अरू सरह कर लगाएको छ । यस्तै अवस्था अरू विद्युतीय गाडीहरूको पनि छ ।

तेलबाट चल्ने गाडीको बिक्रेता स्याकार कम्पनीका निर्देशक सौरभ ज्योति समेत विद्युतीय गाडीको आयातलाई प्रोत्साहन गर्नुपर्ने धारणा राख्छन्,  । उनी भन्छन्, "इन्धनको वचत गर्न र वातावरण जोगाउन पनि त्यसमा जानर्ैपर्छ ।"