हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०३ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

टिप्पणी

समानुपातिक दलित प्रतिनिधित्व

मङ्सिरमै निर्वाचन गर्न पुनः संविधान संशोधन सम्भव छैन भने राष्ट्रिय सहमति गरेर हाल निर्धारित निर्वाचन प्रणालीबाटै दलितहरूको समानुपातिक प्रतिनिधित्व गराउन सकिन्छ ।

आहुति

सिंहदरबारको ढोकामै वादी महिलाहरूको र्'अर्धनग्न' पर््रदर्शनले धेरै चर्चा पाएपनि त्यही समयमा भइरहेको दलितहरूको शान्तिपर्ूण्ा धर्ना र पर््रदर्शनले त्यति महत्त्व पाएन । राज्यका हरेक निकायमा दलितको २० प्रतिशत सुनिश्चितताको मुख्य मागसहित आन्दोलनमा उत्रिएका दलितहरूले राज्यको हेपाहा प्रवृत्तिविरुद्ध शान्तिपर्ूण्ा आक्रोश व्यक्त गरिरहेका छन् । दलितहरूले हतियार पर््रदर्शन वा अन्य कुनै आक्रामक कार्यक्रम नगरेकाले नै यिनको आन्दोलनप्रति सरकार र अरू क्षेत्रको ध्यान नगएको हो भने त्यो दर्ुभाग्यपर्ूण्ा कुरा हो ।

नेपाल-अङ्ग्रेज युद्धताका देशभक्ति देखाएबापत भारतको बेतियामा मारिएका बाङ्गे सार्कीदेखि पछिल्लो लोकतान्त्रिक आन्दोलनमा नेपालगञ्जमा मारिएकी सेतु विश्वकर्मासम्म दलितहरूको शहादतको लामो लहर छ । तर २००७ र २०४६ हुँदै २०६२-६३ को परिवर्तनकारी परिवेश समेत नेपाली दलितका निम्ति खिसिट्युरीको विषय बनेको छ । २००३ सालदेखि निरन्तर चलिरहेको नेपाली दलित आन्दोलन समग्र लोकतान्त्रिक आन्दोलन जत्तिकै जेठो छ । सबैभन्दा जेठो समुदायगत आन्दोलन पनि यही हो । कैयौँ भङ्गाला विभाजित हुँदै बगेको देखिए पनि दलित आन्दोलनको साझा मुद्दा सारमा समान छन्  ।

सरकार र संसददेखि नीति निर्माणका स्थानीय तहसम्मका राजनीतिक तथा प्रशासनिक निकायमा २० प्रतिशत दलित प्रतिनिधित्वको सुनिश्चितता र संवैधानिक रूपमै छुवाछूतलाई गम्भीर अपराध घोषणा गरी भेदभावविरोधी कानूनको निर्माण दलित आन्दोलनको मुख्य माग हो । यसबाहेक भूमिहीन दलितलाई जमिन, बालीघर प्रथाको खारेजी, उच्च शिक्षासम्म छात्रवृत्तिसहित दलित विद्यार्थीलाई निःशुल्क शिक्षा पनि अहिले चलिरहेको आन्दोलनका मुद्दा हुन् ।

अन्तरिम संविधानको मस्यौदा शुरु भएदेखि नै दलित समुदायले आफ्ना राजनीतिक, आर्थिक र सामाजिक मागलाई अन्तरिम संविधानमार्फ् प्याकेजमा पूरा गराउन 'आरक्षण-अधिकार' को माग गरेका थिए । विभाजित दलित आन्दोलनले 'विशेषाधिकार', 'प्रगतिशील आरक्षण' जस्ता वाक्यांशहरू प्रयोग गरे पनि सारमा ती सबै मागका आकाङ्क्षा उस्तै थिए । तर अन्तरिम संविधानमा ती जायज मागलाई सम्बोधन गरिएन । संविधानसभामा २० प्रतिशत दलित प्रतिनिधित्वलाई त छुँदा पनि छोइएन । यो मागमा र्समर्थन जनाउने नेकपा -माओवादी) ले समेत आफ्नो तर्फाट २० प्रतिशत दलित सांसद मनोनीत नगरेको टिठलाग्दो प्रसङ्ग हाम्रा सामु छ । १ माघ २०६३ मा जारी अन्तरिम संविधान इतिहासकै प्रगतिशील भएकोमा हषिर्त, तर दलित मुद्दा उपेक्षित भएकोमा पीडित हुनुबाहेक दलितका अगाडि अर्को विकल्प रहेन ।

संविधानसभामार्फ् भाग्यको ढोका खुल्छ भने ठीकै छ भनी राष्ट्रिय दायित्वबोधका साथ दलित समुदायले चित्त बुझाए, तर त्यस्तो पनि भएन । मधेश व्रि्रोहमा उत्रियो, जनजाति सङ्र्घष्ामा ओर्लिए । त्यसपछि दर्ुइ-दर्ुइ पटक भएको संविधान संशोधन प्रक्रियामा पनि दलितले लगातार आफ्नो माग सम्बोधन गराउन हारगुहार गरे । फेरि पनि दलितको आवाज सुनिएन  । दलित आन्दोलनले संविधानसभामा पुग्न देखाएको राष्ट्रिय दायित्वबोधलाई राज्य र आठ पार्टर्ीी शायद दलितको कमजोरी ठाने । के दलितले अन्तरिम संविधानको विरोधमा सडकमा टायर सल्काउन सक्तैनथे र ?

राज्यका हर्ताकर्ताको हेपाहा प्रवृत्तिले मात्र हैन, दलित आन्दोलनभित्रैका कतिपय समस्याले पनि दलितका मुद्दा तपशीलमा परेका छन् । मधेश र जनजाति सङ्र्घष्ामा उत्रिएपछि उनीहरूका कैयौँ माग तत्काल पूरा भए र बाँकी इतिहासमा दर्ज हुने परिस्थिति बन्यो । तर विभिन्न वैचारिक तथा पार्टर्ीी भङ्गालामा विभक्त दलितलाई भने संयुक्त संर्घष्ामा उत्रिन पार्टर्ीी अनुशासनले रोक्यो । परिणामतः अन्तरिम संविधानमा दलित मुद्दालाई सम्बोधन गर्न सरकारलाई बाध्य पार्ने संयुक्त पहल हुन सकेन  । फेरि पनि आफ्ना माग पूरा गराउन संयुक्त पहलबाहेक दलितका अगाडि कुनै विकल्प छैन र त्यसरी मात्रै आफ्नो आस्थाको पार्टर्ीीई समेत निर्ण्ाायक मोडमा दलित मुद्दाप्रति गम्भीर बनाउन सकिन्छ भन्ने ऐतिहासिक शिक्षा दलित नेताहरूले आत्मसात् गर्नैपर्छ ।

आजको दलित आन्दोलनको केन्द्रीय माग संविधानसभामा २० प्रतिशत दलित प्रतिनिधित्व हो । यो माग पनि संविधानसभाको निर्वाचनपछि पूरा हुन्छ भनी सरकारले गरिरहेको तर्कलाई दलितहरूले हदैसम्मको हेपाहा प्रवृत्तिको रूपमा लिएका छन् । दलितहरू मङ्सिरमै संविधानसभाको निर्वाचन चाहन्छन् भन्ने राष्ट्रिय दायित्वबोधको बर्ुइ चढेर सरकार अब संविधान पुनः संशोधन गरेर मङ्सिरमै निर्वाचन गर्न सम्भव नहुने बहाना झक्िन खोज्दैछ । तर 'लिङ्ग परिवर्तनबाहेक सबै गर्न सक्ने' भनी प्रचारित आठ पार्टर्ीी राज्यले इच्छाशक्ति देखाए भने पर्ूण्ा समावेशी समानुपातिक निर्वाचन प्रणालीको प्रत्याभूति बढीमा २४ घण्टाको काम हो ।

मङ्सिरमै संविधानसभाको निर्वाचन गर्न पुनः संविधान संशोधन सम्भव छैन भने दलितहरूको सहमतिमा राष्ट्रिय समझदारी गरेर तय गरिएकै निर्वाचन प्रणालीमार्फ् पनि सालाखाला समानुपातिक दलित प्रतिनिधित्व सम्भव छ- २४० जनाको बहुमतीय प्रणालीमा २० प्रतिशत दलित उम्मेदवार उठाउने र त्यस प्रणालीबाट समानुपातिक प्रतिनिधित्व हुन जति सङ्ख्या पुग्दैन, त्यसलाई समानुपातिक २४० र मनोनीत १७ बाट क्षतिपर्ूर्ति गर्ने । समानुपातिक सूचीबाट पार्टर्ीी निर्ण्र्ााे सांसद निर्वाचित हुने व्यवस्था भएकोले यसो गर्न सकिन्छ पनि ।

सरकार र पार्टर्ीीले दलितहरूका मागमध्ये सम्भव भएजति आजै पूरा गर्ने र अन्य राष्ट्रिय सहमतिमा इतिहासमा दर्ज गर्ने काम गर्नै पर्दछ । अन्यथा, दलितहरू खालीहात सडक सङ्र्घष्ाबाट फर्किन सम्भव छैन ।

(आहुति दलित मुक्ति सङ्गठनका महासचिव हुन् ।)