| •
ऋतुराज |
 |
ऋतुविचार
अनमिन्मा अनबन
पत्रकारका
रूपमा चिनिइसकेका तर हिजोआज अखबारहरूमा नाम देखिन छाडेका व्यक्तिहरूलाई
'अचेल कता' भनेर सोध्नुभयो भने उनीहरूको जवाफ हुनेछ- 'अन्तर्रर्ााट्रय
सम्मेलन केन्द्रमा' । सबैलाई थाहा भएकै कुरा हो, चिनियाँ सरकारले बनाइदिएको
त्यो सम्मेलन केन्द्र काठमाडौँको बानेश्वरमा अवस्थित छ । उनीहरूले
'सम्मेलन केन्द्रमा' भन्नुको तार्त्पर्य त्यहाँ उनीहरूले सम्मेलनमा
भाग लिइराखेको भनेको होइन । त्यस अन्तर्रर्ााट्रय सम्मेलन केन्द्रमा
त अचेलभरि संयुक्त राष्ट्रसङ्घ अर्थात् यु.एन.को नेपाल मिसन किंवा
'अनमिन्' को कार्यालय खडा भएको छ । यु.एन.को नेपालस्थित कार्यालय वर्षौंदेखि
ललितपुरको पुल्चोकमा छँदैछ । 'अनमिन्' चाहिँ नेपालमा शान्ति वहाल भएको
र संविधानसभाको चुनाव भएको हर्ेन-बुझन र त्यस कामलाई सघाउन भनी न्युयोर्कबाटै
पठाइएको मिसन हो ।
विशेष कामका लागि विशेष दूतको मातहत विशेष रूपमा पठाइएको
सो मिसन पुल्चोकको पहिल्यैदेखि कर्मचारीले खचाखच भरिएको भवनमा अटाउने
कुरै थिएन । मोटामोटी एक हजार जना कर्मचारीको दरबन्दी भएको त्यस विशेष
मिसनलाई विशेष ठाउँको आवश्यकता पर्नु स्वाभाविक थियो । त्यसैले बानेश्वरको
अन्तर्रर्ााट्रय सम्मेलन केन्द्रलाई अनमिन्ले आफ्नो अड्डा बनायो ।
अनि थाल्यो कर्मचारीहरू भर्ना गर्न । टाउके हाकिमहरू त जम्मै यु.एन.को
मुख्यालयबाटै खटिएर आएका थिए, तिनलाई सघाउने नायबी पदमा भने यहीँकाले
जागिर पाए । माहिरहरूको त कुरै छाडौँ, अङ्ग्रेजीमा दर्ुइ वाक्य शुद्ध
लेख्न सक्नेहरूसमेत स्वात्तै त्यहीँ खपत भए । भन्छन्, अनमिन्ले खोलेको
भर्तीले अङ्ग्रेजी भाषामा निस्कने कति पत्रिकाको त अफिसै शून्य भयो
'रे । आफूले खाइपाइ आएको तलबभन्दा पाँचौँ गुणा बढी तलब पाउने भएपछि
जो पनि हाम्फालेर जानै नै भए, चाहे त्यो जागिर अस्थायी नै किन नहोस्
! पस्ने त पसिहाले, पस्न पाउँला कि भनी अनमिन् वरिपरि भुनभुन गरिरहनेहरू
पनि त्यत्तिकै छन् ।
अनमिन्को फूर्ति र शान पनि उत्पातै छ । अङ्ग्रेजीमा
यु.एन. लेखेका उसका हात्तीसूँढे गाडीहरूको नम्बर प्लेटमा अङ्क पनि
अङ्ग्रेजी नै छ । तिनलाई नेपालमा दर्ता गराउन नपर्ने विशेषाधिकार छ
क्या 'रे ।
तर त्यस्तो सामदाम पूरा लिएर शान्ति वहाली गर्न आएको
अनमिन्भित्रै पनि सुनिन्छ शान्ति छैन 'रे । त्यहाँ काम गर्ने कर्मचारीहरूमा
अनबन शुरु भएको छ 'रे । सुन्नमा आएअनुसार त्यस अनबनको कारण 'इन्टरन्यासनल'
नियुक्ति पाएर आउने श्वेत-त्वचाका हाकिमहरू र 'लोकल' नियुक्ति पाउने
अश्वेत-त्वचाका कर्मचारीहरूको दैनिक भ्रमण भत्तादरमा रहेको फरक हो
'रे । श्वेत वर्गकाले धनगढी जाँदा होस् या चन्द्रगढी, सोल्टी होटेलमै
बस्न सकिने दैनिक भ्रमण भत्ता डलरमा पाउँछन् 'रे र अश्वेत वर्ण्र्ााले
भने सामान्य लजमा रात गुजार्न पुग्ने रकम मात्र पाउँछन् 'रे । त्यसैले
'लोकल स्टाप' ले यसलाई जातिभेदवादी व्यवहार भन्दै समान भ्रमण भत्ता
पाउन आन्दोलन छेडेका छन् 'रे । कुखुरा भए 'लोकल' ले बढी मोल पाउने
थियो र 'ब्रोइलर' ले कम । मान्छे भएकाले उल्टो पर्न गएछ । तर यी सबै
'रे का कुरा हुन् ।
साँचो कुरा त कि मार्टिन साहेबलाई थाहा होला कि 'लोकल
स्टाप' हरूलाई । हामीले सोध्न भएन क्या 'रे । त्यत्रो पावरदार अफिस
छ, तिमीलाई केको खसखस भन्ने जवाफ पाइयो भने के गर्ने -
आठ दलको भागबन्डा
पहिले आपस्तमा संसदको सीट बाँडे । त्यसपछि मन्त्रालयको भागबन्डा गरे
। त्यसपछि हरेक नियुक्ति, हरेक बहाली, हरेक पदोन्नति, हरेक मनोनयन
र हरेक चयनमा अंशबन्डा दाबी गर्न थाले । सरकारमा भएका यी आठ दल नभएर
आठ अंशियार वा हिस्सेदारजस्ता भएका छन्, सधैँ आफ्नो भाग र हिस्साकै
लागि लडी गरिरहने ।
यस कुरालाई मध्येनजर राखी मेरा एक जना विद्वान् मित्रले नयाँ नेपालका
लागि नयाँ विचार सुझाएका छन्, जो प्रासङ्गकि छ, त्यसैले ध्यानयोग्य
छ ।
उनको सुझाउ यसप्रकार छः
आ-आफ्नो हक अधिकारबारेमै सत्तामा रहेका आठ दलहरूबीच सदैव तानातानी
चलिरहने हुनाले सो समस्याको स्थायी समाधानका लागि पूरै मुलुकलाई विभिन्न
प्रदेशमा विभाजित गरी आठ पार्टर्ीीबीच देहायबमोजिम बाँडेर संघीय नेपालको
सृजना गर्ने ः
१. सबैभन्दा बूढो र ठूलो मानिएको नेपाली काङ्ग्रेसलाई धादिङलगायत साविकको
गण्डकी, लुम्बिनी र धौलागिरि अञ्चल, भारतसित निर्वाध आवागमन चाहिने
हुनाले राप्ती र भेरी अञ्चलको तर्राई खण्डसमेत ।
२. सृष्टिस्थल झापा भएको ने.क.पा. एमालेलाई साविकको मेची अञ्चल र कोशी
अञ्चल ।
३. ने.क.पा माओवादीलाई सशस्त्र क्रान्तिको उद्गमथलो रोल्पा, रुकुमसमेत
राप्ती र भेरी अञ्चलको माथ्लो भाग तथा चीनसित लामो सीमा जोडिएको पूरै
कर्णाली अञ्चल ।
४. ने.का. -प्रजातान्त्रिक) लाई साह्रै पछौटे रहेको गुनासो गर्ने महाकाली
र सेती अञ्चल ।
५. सिन्धुली दोलखातिर केही प्रभाव देखिएको संयुक्त जनमोर्चालाई साविकको
सगरमाथा र जनकपुर अञ्चलको पहाडी भाग ।
६. मधेशी हितका लागि लड्ने दाबी गर्ने नेपाल सद्भावना पार्टर्ीी-आनन्ददेवी)
लाई सप्तकोशीदेखि पश्चिम हालका बारा जिल्लासम्मको मधेश या तर्राईको
क्षेत्र ।
७. भक्तपुर जिल्लामा बलियो रहेको ने.म.कि.पा.लाई भक्तपुरबाहेक ललितपुर
र काभ्रे जिल्लासम्म थपिदिने ।
८. पार्टर् सङ्ख्या धेरै तर प्रभाव थोरै भएको संयुक्त वाममोर्चालाई
पचहत्तरै जिल्लाका मानिसहरूको बसोबास रहेको छासमिसे चितवन जिल्ला र
सद्भावना पार्टर्ीीई दिएर बाँकी बचेको नारायणी अञ्चलको ठाउँ ।
द्रष्टव्यः यो मोटामोटी अवधारणा हो । एउटा आयोग
खडा गरी प्रत्येक पार्टर्ीी भोगचलन गर्न पाउने ठाउँको क्षेत्र निर्धारण
गर्ने । यसप्रकार भागबन्डा गरेर दिएको इलाकामा उनीहरूले आ-आफूले चाहेको
राजनीतिक व्यवस्था लागू गर्न पाउने र भन्सार कर मालपोत सबै असुली गर्न
पाउने । आफ्ना हिस्सामा परेका इलाकाभित्रका स्थानीय स्वायत्ततासम्बन्धी
मागहरू उनीहरूले नै सुल्झाउनुपर्ने । काठमाडौँलाई भने सङ्घीय नेपालको
राजधानी कायम गर्ने अर्थात् यसलाई 'युनियन टेरिटोरी' को दर्जा दिने
र सङ्घीय नेपालका राष्ट्रप्रमुख आदिको निवास यहीँ राख्ने ।
वास्तवमा माथिको प्रस्तावअनुरूप गरेको खण्डमा विभिन्न प्रदेशीबीच
स्वस्थ प्रतिस्पर्धा हुन गई सङ्घीय नेपालको विकास छिटो हुनेथियो कि
? |