हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०३ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रमझम

गुरुआमापछि ग्ल्यामर

नायिका ऋचा घिमिरेे चलचित्र क्षेत्रमा आउनुअघि स्कूलकी शिक्षिका थिइन् । आमा जस्तै शिक्षिका बनेर उनले एक वर्षबच्चाहरूलाई पढाइन् पनि । उनी भन्छिन्, "अभिनयमा आउने र चलचित्रकी नायिका बन्ने चाहना ठ्याम्मै थिएन  ।"

काठमाडौँ, बौद्ध, कुमारीगालकी ऋचा ७ वर्षघि र्‍याम्प मोडलिङमार्फ् ग्ल्यामर क्षेत्रमा प्रवेश गरेकी थिइन् । मोडलिङसँगै टेलिभिजनमा 'भिजे' बन्न पुगेकी उनको अभिनयको सुरुआत भने त्रि्रो माया ९९ मेरो माया १०० चलचित्रबाट तीन वर्षघि भएको हो । तर, त्यसपछि उनी करिब तीन वर्षटेलिचलचित्रमा सीमित भइन् । पुष्पाञ्जली, दर्ुइ दिनको जिन्दगानी जस्ता आधा दर्जन टेलिचलचित्रपछि ऋचा गतवर्षसपनाको नौलो संसार बाट पुनः चलचित्रको संसारमा फर्किइन् । मधेशको आन्दोलनमा केन्द्रित अहङ्कार मा पनि उनी नायिका छिन् । अहिले उनको आँधी तुफान पर््रदर्शनमा छ भने तहल्का डटकम र फैसला को छायाङ्कन भइरहेको छ ।

साइवरसंसार डटकम मा ग्ल्यामर पोजमा देखिएकी ऋचा समयको मागअनुसार आफूलाई ढाल्न आवश्यक ठान्छिन् । उनी भन्छिन्, "अहिले जमाना मीना कुमारीको जस्तो छैन, साडी लगाएर मात्रै हैन् टु पीसमा पनि सेक्सी देखिनर्ुपर्छ ।" आमा बुबाले खोजिदिएको वर सँगै विवाह गर्ने ऋचाको चाहना छ । भन्छिन्, "म बिहे गर्न मेण्टलली तयार छु, घरबाट मलाई मन पर्ने केटा खोज्नुहुन्छ भन्ने लागेको छ ।"

शब्दः अनुशील
तस्बिरः साइबरसंसार डट कम


रमझम साङ्गीत

आपनै सुरमा नेपाली तारा

भारतीय टेलिभिजनको इण्डियन आइडल हर्ेर्ने धेरै नेपाली दर्शक नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको क्लोजअप नेपाली तारा बारे बेखबर जस्तै छन् ।

अनुशील श्रेष्ठ

नेट नाशा डट कम
उत्कृष्ट १० मा पुग्न सफल नेपाली तारा-२ का प्रतिस्पर्धीहरू ।

इण्डियन आइडल को 'क्रेज'मा विश्वभरका नेपालीहरू रमाइरहेका बेला ९ महिनादेखि नेपालमा सञ्चालन भइरहेको नेपाली तारा-२ छनौट कार्यक्रमको चर्चा भने त्यति सुनिँदैन । भारतीय च्यानल सोनी टेलिभिजनमा इण्डियन आइडल हर्ेर्ने धेरै नेपाली दर्शक नेपाल टेलिभिजनमा प्रसारण भइरहेको क्लोजअप नेपाली तारा-२ बारे बेखबर जस्तै छन् ।

इण्डियन आइडलमा नेपाली मूलका प्रशान्त तामाङको उत्साहजनक सहभागिताले पनि त्यसतर्फनेपालीहरूको ध्यान केन्द्रित भएको छ । नीलबाराही फिल्मस्ले निर्माण गरिरहेको नेपाली ताराका निर्देशक राजेन्द्र शलभ नेपाली मूलका प्रशान्तका कारण इण्डियन आइडलमा नेपालीहरूमा लहर छाउनु स्वाभाविक भएपनि आफ्नै देशको साङ्गीतिक आइडललाई पनि नेपालीहरूको उत्तिकै माया चाहिएको बताउँछन् ।

भन्छन्, "असोजको पहिलो हप्तासम्ममा इण्डियन आइडल सकिन्छ त्यसपछि प्रशान्तले पाएजस्तै माया नेपाली ताराले पनि पाउने आशा गरेका छौँ ।" इण्डियन आइडल र नेपाली तारा दुवै अमेरिकन आइडलको फोटोकपी भएपनि दर्ुइ बीच धेरै भिन्नता छ । स्तरीयता, प्रस्तुति र लगानीका हिसाबले निकै माथि रहेको इण्डियन आइडलसँग नेपाली ताराको तुलना गरेर धेरैले स्तरीयताको कुरा उठाउने गरेका छन् । शलभ भने दर्ुइ कार्यक्रमबीच तुलना हुनै नसक्ने बताउँछन् । भन्छन्, "रु.४० लाख बजेटको नेपाली तारा र ४० करोडको इण्डियन आइडलबीच तुलना हुनै सक्दैन तर हामीले कम बजेटमा पनि स्तरीयतामा ध्यान दिएका छौँ ।" इण्डियन आइडलले एक अल्बम, एक कार र एक करोड रुपैयाँको काम गर्न पाउनेछ भने नेपाली तारा-२ का विजेताले नगद दर्ुइ लाख रुपैयाँ, मोटरसाइकल र विदेश भ्रमणसँगै अल्बम रर्ेकर्ड गर्ने अवसर पाउने छ । यसपटक छानिएका गायक-गायिकाहरू प्रतिभाशाली भएकाले पनि 'टप टेन' पछि दर्शकको आकर्षा बढ्ने आशा आयोजकले गरेका छन् ।

कोभन्दा को कम
पुस २०६३ बाटै छनौटको प्रारम्भिक चरण शुरु भएको नेपाली तारा-२ मा ११ हजार ३४७ जनाले सहभागिता जनाए पनि अहिले उत्कृष्ट १० छनौट भइसकेको छ । काठमाडौँ, धरान, नारायणगढ, बुटवल, नेपालगञ्ज, पोखरामा 'अडिशन' गरी शुरु भएको यो प्रतियोगिताका उत्कृष्ट १० गायक/गायिका अहिले क्षेत्रीय शहरहरूमा 'लाइभ कर्न्र्सट' मा व्यस्त छन् । जसमा नारायणगढ, धरान, बुटवल, नेपालगञ्जमा स्टेज शो भइसकेको छ भने पोखरा, काठमाडौँ, भक्तपुरमा समेत खुल्ला कर्न्र्सट हुने आयोजकले जनाएका छन् ।

अन्तिम राउण्डमा हेटौँडाकी सविना घलान -२०), धादिङका सन्तोष लामा -२२), नेपालगञ्जका सुरज थापा -२१), मोरङका आर.जी. खरेल -२७), पोखराका युवराज तिवारी -१८), भोजपुरका राज सागर -२२), भैरहवाकी स्वेता पुँजाली -२२), मोरङका र्सर्ूयकिरण लामा -२३), काठमाडौँकी रोजिना गुरुङ -१९) र झापाका तारा लक्सम -२४) ले प्रतिस्पर्धा गर्दैछन् । १३ असोजबाट एसएमएस भोट र निर्ण्ाायकको छनौट दुवै आधारमा छानिँदै जाने नेपाली ताराका उत्कृष्ट १० मा परेका प्रतिस्पर्धीहरूबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । माया म्युजिकले बजारमा ल्याएको दश जनाको स्वरबद्ध अल्बमले उनीहरूको प्रतिभालाई श्रोतामाझ चिनाउन मद्दत गरेको छ । अल्बममा समावेश गीतहरूमा आधुनिक, लोक, पप, रक सबै प्रकारको विविधता छ । धेरैजसो सहभागी सङ्गीतका विद्यार्थी छन् भने केही पहिलो नेपाली तारामा सहभागिता जनाएर उत्कृष्ट १० मा पुगेका छन् । यसपटकका निर्ण्ाायकहरूमा सङ्गीतकार दीपक जङ्गम, राम थापा र गायक दीपक बज्राचार्य रहेका छन् भने गायक दाजुभाइ सत्यराज-स्वरुपराज आचार्य र रीता रामदामले कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

विद्यालयमा सानैदेखि गीत गाएर पुरस्कारहरू जित्दै आएकी रोजिना गुरुङ र श्वेता पुँजाली पनि उत्कृष्ट १० मा पुगेका छन् । रोजिना डोरेमी सङ्गीत पाठशालाकी विद्यार्थी हुन् भने बुटवलकी श्वेताले पहिलो नेपाली तारामा काठमाडौँ आउने मौका पाएपनि विद्यालयको परीक्षाका कारण बीचैमा छाड्नु परेको थियो । काठमाडौँ, रातोपुलको छात्रावासमा गुन्गुनाएको सुनेर साथीहरूको उक्साहटमा नेपाल तारामा आएकी सविनालाई उत्कृष्ट १० मा पर्नु नै ठूलो कुरा भएको छ । ते-कान्दो खेलकी ब्ल्याकवेल्ट सविना भन्छिन्, "गुन्गुनाएको भरमा यहाँसम्म आइपुगे अब निरन्तर गायन क्षेत्रमै लाग्ने विचार लिएकी छु ।"

ललितकलामा सङ्गीत पढ्दै गरेका र्सर्ूयकिरण लामा पहिलो नेपाली तारा दीपक लिम्बूलाई देखेर त्यस्तै बन्ने सपना जागेको बताउँछन् । धरानको सरगम सङ्गीतालयमा सङ्गीतको प्रारम्भिक ज्ञान लिएका लामा भन्छन्, "मलाई प्रकृतिले नै सङ्गीतका लागि जन्माएको जस्तो लाग्छ ।" पकेट खर्च जुटाउन सुन्धारास्थित दोहोरी साँझमा हार्मोनियम बजाउने र आधुनिक गीत गाउने सुरज थापा पनि नेपाली तारा बन्ने होडमा सामेल छन् । आर.जी. पौडेलले पनि राजधानीकै देउराली दोहोरी साँझमा अर्ढाई वर्षेखि गीत गाउँदै आएका छन् । साधना कला केन्द्रमा ७ वर्षसङ्गीत सिकेका पौडेल भन्छन्, "सबै एक से एक भएकाले प्रतिस्पर्धा चर्को छ ।"

काठमाडौँ, चण्डोलको न्युट्रन स्कूलका सङ्गीत प्रशिक्षक राज सागर, पहिलो नेपाली तारामा उत्कृष्ट २० सम्म पुगेका तारा लक्सम र सन्तोष लामालाई पनि यसपटक नेपाली ताराको उपाधि जित्छु भन्ने लागेको छ । लामा भन्छन्, "पहिले उत्कृष्ट २० मा पुगेर माथि जान सकिनँ यस पटक १० जनामा परेकाले जित्छु भन्ने लागेको छ ।" रक-पप र लोक गीत दुवै राम्रोसँग गाउन सक्ने अर्का प्रतिस्पर्धी युवराज तिवारीलाई आफू उत्कृष्ट १० मा परेकोमा अझै विश्वास लागेको छैन । भन्छन्, "मैले कतैबाट सङ्गीत सिकेको छैन, पहिले गाउँदा अरूले स्वर नै छैन भन्थे अब चाहिँ गाउन सक्छु भन्ने लागेको छ ।"

दश जनाकै स्वर सुनेपछि गीतकार कालीप्रसाद रिजालले भने "यी दश जनामा मैले भोलिको नेपालका राम्रा गायक-गायिका देखेको छु ।" अर्का गीतकार कृष्णहरि बरालले निरन्तर गायनमा लाग्न सके दशै जनाको भविष्य उज्ज्वल रहेको बताए । गायक प्रेमध्वज प्रधान भन्छन्, "सबैको स्वरमा विविधता छ, केहीमा अभ्यासको कमी देखिन्छ ।" गायक उदय सोताङ र सुरेशकुमार यस्ता प्रतियोगिताले नयाँ प्रतिभालाई राम्रो अवसर दिएको बताउँछन् । उदयले भने "मैले पनि यतिको उमेरमा यस्तो अवसर पाएको थिइनँ, कलिलै उमेरमा यस्ता प्रतिभा देखेर मलाई इष्र्या लागेको छ ।"


प्रशान्तको क्रेज

भारतीय टिभी च्यानल सोनीको इण्डियन आइडल प्रतियोगिताको उत्कृष्ट दर्ुइमा पुग्न सफल नेपाली मूलका प्रशान्त तामाङलाई जिताउन अहिले सबै नेपाली भाषीहरूबीच एक किसिमको लहर नै चलेको छ । नेपाली दर्शकमाझ इण्डियन आइडल को बढ्दो लोकप्रियताका कारण मेरो मोबाइलको उत्पादक स्पाइस नेपालले राजधानीमा दर्ुइ दिन कर्न्र्सटको आयोजना गरेको थियो ।

सोनी टेलिभिजनको अन्तिम प्रतिस्पर्धामा उद्घोषक र निर्ण्ाायकहरूको बढी झुकाव अमित पालतिर देखिए पनि प्रतियोगिताबाट बाहिरिएका उनका साथीहरू भने नेपाली मूलका प्रशान्त तामाङको पक्षमा देखिए । २९ भदौमा राजधानीका दर्शकमाझ प्रस्तुत भएका चाङ, दिपाली, चारु, इमोन, अङ्कतिा, प्रलिनले मञ्चमा धेरै पटक 'भोट फर प्रशान्त' भनेका थिए ।

२९ भदौमा पाटनमा सम्पन्न कार्यक्रममा प्रस्तुत भएका ६ जनाले नै नेपाली दर्शकको मन जित्नै भएपनि पटकपटक प्रशान्तसँगको आफ्नो अन्तरङ्ग सम्बन्धका बारेमा बताउँदै उनको जीतको कामना गरेका थिए । मञ्चमा प्रशान्तको नाम लिँदै 'हेल्लो नेपाल', 'हेल्लो काठमाडौँ' भन्दा दर्शकले उनीहरूको पक्षमा निक्कै हुटिङ गरेका थिए ।

आइकन्स एण्ड आइडल नाम दिइएको सो कार्यक्रममा ६ जनाले प्रतियोगितामा आफूले गाएका उत्कृष्ट हिन्दी गीतहरू प्रस्तुत गरेका थिए । चाङ र दिपालीको युगल गायनदेखि अंकिता र प्रलिनको 'रकिङ' प्रस्तुति अनि इमोन र चारुको आकर्ष गायनले साढे तीन घण्टासम्म नेपाली दर्शकलाई मनोरञ्जन गराएको थियो । उनीहरूसँगै नेपाली पप गायक निमा रुम्बाले पनि आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेका थिए ।

नेपालीहरूका 'आइडल'

प्रशान्तका पक्षमा भारतीय नेपालीहरूका साथै नेपालका विभिन्न शहरमा प्रशान्तलाई जिताउन अभियान नै सञ्चालन भएका छन् भने विदेशबाट समेत सहयोग जुट्दै आएको छ । 'भारतीय शान'को रूपमा छानिने यस प्रतियोगिताको अन्तिम चरणमा दार्जीलिङका प्रशान्तले सिलोङका अमित पालसँग प्रतिस्पर्धा गर्दैछन् ।

नेपालीहरूमा देखिएको एकताका कारण पनि प्रशान्त उत्कृष्ट दर्ुइमा पर्न सफल भएका छन् भने कोलकाता प्रहरीका जवान समेत रहेका उनलाई जिताउन भारतीय प्रहरीहरू समेत लागिपरेका छन् । भारतमा नेपाली मूलका प्रशान्तले पाएको यो सफलता आम नेपालीको प्रतिष्ठासँग गाँसिएकोले पनि सिक्किम सरकार नै प्रशान्तलाई जिताउन लागिपरेको छ । बलियो एसएमएस भोट ब्याङ्ककै आधारमा उत्कृष्ट दर्ुइसम्म आइपुग्न सफल प्रशान्त नै इण्डियन आइडल बन्न सक्ने सम्भावना प्रबल छ । तर, भारतमा प्रशान्त भारतीय नभएको भन्दै प्रचार समेत भइरहेकाले र सोनी टेलिभिजनसँगै निर्ण्ाायकहरू समेत बढी अमितकै पक्षमा रहेकाले यसै भन्न सकिने स्थिति छैन ।

सोजको पहिलो हप्ताभित्रै घोषणा हुने प्रतियोगिताको उपाधि प्रशान्तले जितेको हर्ेन अहिले सबै नेपाली आतुर छन् । नजिते पनि प्रशान्त अहिले नै सम्पर्ूण्ा नेपालीभाषीमाझ 'आइडल' बनिसकेका छन् ।


रमझम विविध

चक दे को जादू

खेलमा आधारित चलचित्र; त्यो पनि हकी खेल ! नाम सुन्दै धेरैको मन मर्न सक्छ, तर हेरेपछि 'वाहा !' नभन्ने दर्शक भेट्न गाह्रै पर्छ । हो, भारतीय चलचित्र चक दे इण्डिया को अहिले निक्कै चर्चा छ । भारतका केही राज्यमा 'ट्याक्स पी' हुनुका साथै यसको पटकथालाई पञ्जाबस्थित एक विजनेश स्कूलले एमबीए पाठ्यक्रमसँगै ओस्कर लाइब्ररीमा समेत राखेको छ । हालै भारतको पुरुष हकी टिमले एसियन गेम जित्नुको जस पनि यसैलाई दिन थालिएको छ ।

पछिल्लो समयमा आएका रंग दे वसन्ती, लगेरहो मुन्ना भाइ जस्तै चर्चा बटुल्न सफल यो चलचित्र महिला हकी खेलमा आधारित छ । पाकिस्तानसँग हारेपछि हात मिलाएको निहुँमा बेइज्जत गरिएका कप्तान कबिर खान -शाहरूख) को सम्मान प्राप्तिको चाह र महिला भएकै आधारमा 'केटीहरूले केही गर्न सक्दैनन्' भन्ने समाज, संस्कार र पुरुष उपेक्षा सहँदै आएका १६ महिला हकी खेलाडीहरूको 'देखाएरै छाड्ने' अठोटले चलचित्रलाई धेरै माथि उठाएको छ । उपेक्षा र पर्ूवाग्रहबाट पीडित कोच कबिर खानले हरेक खेलाडीलाई सपना देखाउँदै भारतीय महिला हकी टिमलाई विश्वकपको उपाधि दिलाउँछ । क्रिकेटले 'डोमिनेट' गरेको भारतको राष्ट्रिय खेल हकीमा भएको सरकारी पर्ूवाग्रह, क्षेत्रीयता र अन्तर सङ्र्घष्ाको कथा बोकेको चक दे ले देशको राष्ट्रियतालाई मिहिनढङ्गले परिभाषित गरेको छ ।

शमित अमिनको निर्देशनको चक दे मा शाहरूखले जीवन्त अभिनय गरेका छन् भने विद्या शर्मा, प्रीति सवरवाल, विन्दिया नायक, कोमल चोटाला सबैको अभिनय उम्दा छ । भारतमा सबैले नजरअन्दाज गरिरहेको विषयलाई उठाएर राष्ट्रिय मुद्दा बनाउन सफल यो चलचित्रले हकीको कथा बोकेपनि दर्शकले आफ्नै समस्या, पहिचान र समाजसँग तुलना गर्नसक्छन् । जस्तै, चक दे हर्ेदा नेपाली महिला क्रिकेट टिमको सम्झना पनि आउन सक्छ ।