हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०३ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

प्रतिक्रिया

थरुहटमा अर्थहीन अभिरुचि

महेश चौधरी

थरुहट क्षेत्रमा जागेको 'मधेशी' अभिरुचि जङ्गबहादुर राणाको पालादेखि हो । १९१० सालमा नौ जना झा र एक मिश्र मधेशी ब्राहृमणले तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको दरबार थापाथलीमा गएर उनलाई भेटी 'मधेशी ब्राहृमणलाई अरूले आदर गर्नुपर्नेमा त्यसो गरेका छैनन्, कसैले कसैलाई मान्दैनन्, सरकारबाट अरू सबै जातको ऐन बनेको छ, हाम्रो जातको निमित्त मात्र कुनै ऐन छैन' भन्ने जाहेर गरे । त्यसपछि जङ्गबहादुरले १९१० साल आश्विन सुदी १५ देखि 'तिमीहरू १० जनालाई त्रि्रो जात अनुसारको नियम बनाउन अधिकार प्रदान गरिएको छ' भनेर लिखत गरिदिए । यसै आधारमा पर्ूर्वी तर्राईमा ती १० मधेशी ब्राहृमणले राणाकालभरि आफैँ कानून बनाई दलितलगायत अन्य जातिलाई दबाएर राखे । २००७ सालको जनक्रान्तिपछि यस मुलुकको सत्ताबाट राणाहरू हटे र तर्राईमा ती मधेशी बाहुनहरूको शासन पनि हट्यो ।

'विदेशीहरूको बढ्दो अभिरुचि' -हिमाल खबरपत्रिका १६-३१ भदौ) मा मीठो भाषामा सीके लाल लेख्छन्, "काठमाडौँको बाजेपुस्ता जाडो छल्न मधेश झथ्र्यो, तर काकापुस्ताका उद्यमीहरू सम्पन्नताको खोजीमा तर्राई ओर्लिन थालेका थिए । नाति पुस्ताको छनौट के हुने हो, अझै हर्ेन बाँकी छ ।" तर मलाई लाग्छ- काठमाडौँका बाजे पुस्ता जाडो छल्न मधेश अर्थात् बनारस र्झर्थे । औलो उन्मूलन भएर तर्राई स्वस्थकर बनेपछि काकापुस्ताका उद्यमीहरू सम्पन्नताको खोजीमा तर्राई ओर्लिए । अहिले आदिवासी जनजातिहरू जातीय संघ बनाउने तरखरमा जुटेका बेला नाति पुस्ताको छनौट 'थरुहट प्रदेश' भएको छ ।

'तर्राई' पर्सियन-फारसी भाषाको शब्द हो भन्दै सन् १८५४ मा हुकरले आफ्नो पुस्तकमा यसको अर्थ ओसिलो हावापानी भएको सिमसार, दलदल र अस्वस्थकर क्षेत्र भनेका छन् । पछि कन्वे र अन्य नेपाली विद्वान्ले त्यसलाई र्समर्थन जनाए, तर विद्वान् सीके लालले 'तर्राई' शब्द पर्सियन भाषाबाट आएको होइन, 'थर्रइ' शब्द पो हो भने । हुकर अहिले जीवितै रहेको भए के भन्थे होलान् !

समाजशास्त्री डा. डोरबहादुर विष्टले 'थारु' शब्दको अर्थ अरू कुनै भाषाबाट खोज्ने प्रयास नै आवश्यक छैन भनेका छन् । 'थाह्र', 'थार' र 'थारू' शब्दको अर्थ यसै भूमिमा स्थायी बसोबास गर्दै आएका मानिसहरू भन्ने हुन्छ । थारू जातिमा औलोलाई पचाउन सक्ने क्षमता छ । यो क्षमता विकास गर्न औलोग्रस्त ठाउँमा न्यूनतम पाँच हजार वर्षनिरन्तर बसोबास गरेको हुनर्ुपर्छ । यस आधारमा पनि जतिबेलादेखि थारूहरू यस क्षेत्रमा बसोबास गर्दथे, त्यसबेला 'मधेश' बनेकै थिएन भन्न सकिन्छ ।

इतिहास शिरोमणि बाबुराम आचार्यले थारूहरूको मूल घर नेपालमै खोज्नर्ुपर्छ भनेका छन् । डोरबहादुर विष्टले लेखेका छन्, "पश्चिम पहाडमा खस-आर्यहरू आइपुग्नुअघि नै मङ्गोलियन आकृतिका मानिससँग पश्चिम तर्राईमा बस्ने थारूहरूको सर्म्पर्क भएको हुन सक्तछ ।

खस-आर्यहरू यस क्षेत्रमा बस्न थालेपछि कोही पनि मङ्गोलियन आकृतिका मानिस सुदूरपश्चिममा देखिएका छैनन् । त्यस समयलाई पछ्याउन खोज्ने हो भने हामीले तीन हजार वर्षति पछाडि र्फकनुपर्नेछ । त्यस बेलादेखि थारूहरू तर्राईमा बसेको मान्ने हो भने पनि राजपूतका सन्तानहरू त केवल पाँच सय वर्षेखि मात्र त्यहाँ रहेका हुनसक्ने हुँदा यसलाई थारू जातिको उत्पत्तिलाई गाँस्न मिल्दैन ।"
पुराणहरूमा वर्ण्र्ाागरिएअनुसार 'मधेश' जम्बुद्वीपको मध्यभाग अर्थात् केन्द्रमा पथ्र्यो । यसको उत्तरमा 'हिमवन्त' अथवा पर्वताश्रायण थियो  । नेपाल, सिक्किम, भुटान देशहरू यसै हिमवन्तमा पर्थे । यर्सथ नेपालमा मधेश कहिल्यै पनि परेन । भारत वर्षखडा भएपछि पुराणमा 'मधेश' भनिएको क्षेत्रको नामलाई मेटेर त्यसको ठाउँमा पञ्जाब, उत्तरप्रदेश, बिहार र पश्चिम बङ्गाल प्रान्तहरू स्थापना गरियो ।

अहिले मधेश भनिने त्यही भारतीय भूमिबाट बसाइँ सरेर आई नेपालको तर्राईमा बसिरहेकाहरूलाई 'मधेशी' भनिन्छ र जङ्गबहादुरलाई रिझाएर तर्राईमा शासन गर्ने तिनै मधेशीहरू नै तर्राईलाई 'मधेश' भनिरहेका छन्  ।

यस आधारमा नेपाल एउटा स्वतन्त्र देश हो । यसको दक्षिणी खण्डमा तर्राई पर्छ, उत्तरखण्डमा हिमाल । नेपालमा मधेश छैन । यदि छ भने पर्ूवपश्चिम खण्डको बीचमा पर्ने तनहुँलाई मधेश मान्नुपर्ने हुन्छ, तर्राईलाई होइन ।