हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०३ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

फोटोफिचर सस्तो मोबाइल फोन

मोबाइलः सात प्रतिशत नेपालीसँग

१ असोज २०६४ देखि नेपाल टेलिकमले नेपालभरि मोबाइलबाट मोबाइलमा फोन गर्दा एसटीडी शुल्क नलाग्ने व्यवस्था गरेको छ । यसले नेपालको एक ठाउँबाट अर्को ठाउँमा सञ्चार सर्म्पर्क सहज बनाएको छ । सूचनाको छिटोछरितो मार्ग मोबाइल फोनबाट हुने सूचना आदानप्रदानले नेपालीहरूलाई नजिक ल्याउने, अन्तरसम्बन्ध बढाउने मात्रै होइन देशको भौगोलिक दूरीलाई समेत छोट्याउँदै लगेको छ ।

अहिलेसम्म नेपाल टेलिकमले 'पोस्टपेड' एक लाख र 'प्रिपेड' नौ लाख गरेर १० लाख मोबाइल फोन वितरण गरिसकेको छ भने निकट भविष्यमै थप ६ लाख मोबाइल वितरण गर्ने तयारी गरिरहेको छ । यसबाहेक मेरो मोबाइलले ६ लाख र युटिएलका १ लाख २० हजार मोबाइलबाट ग्राहकले सेवा पाइरहेका छन् । सबै जोड्दा अहिले १७ लाख २० हजार नेपालीले मोबाइल फोन प्रयोग गरिरहेको देखिन्छ । यो सङ्ख्या कुल जनसङ्ख्याको ७ प्रतिशतको हाराहारी, अर्थात् १५ जना नेपाली बराबर एउटा मोबाइल हुन आउँछ ।

तर अहिलेसम्म वितरित अधिकांश मोबाइल फोनहरू शहरियाका हातमा छन् । अरूको वास्तै नगरी मोबाइलमै झुण्डिरहेका भेटिन्छन् शहरी तन्नेरीहरू । सभा, सम्मेलन, बैठकमा कसैको परवाह नगरी प्रयोग गर्छन् भलाद्मीहरू । हुँदा हुँदा अब त मोबाइल र क्यामेरा छुट्याउनै मुश्किल हुन थालेको छ । समग्रमा यो सस्तो र व्यापक भएको छ । तर यसो हुँदा थपिने जोखिम पनि उत्तिकै छन् ।

शब्द/तस्बिरः मीन बज्राचार्य




किरण पाण्डे




किरण पाण्डे