हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०३ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
रविन साय्‌मि

मूहूर्त

 


भनेको/सुनेको

"आठ दल आठतिर मुख फर्केका छन्, सबैलाई मिलाएर लैजान धेरै अप्ठेरो छ । अलिकति बिग्रियो भने बाउँठिएर जालान् भन्ने पीर ।"

गिरिजाप्रसाद कोइराला
प्रधानमन्त्री
(२९ भदौको बाल दिवसमा
बालबालिकाहरूको प्रश्नको जवाफ दिँदै ।)


अङ्क र अर्थ

८,७०० जना देशभरका इन्जिनियरहरूको सङ्ख्या ।

३.४ % १० औँ पञ्चवषर्ीय योजना अवधिमा भएको आर्थिक वृद्धिदर । यो वृद्धिदर लक्ष्यभन्दा करिब आधा मात्र हो ।

२४ वटा संविधानमै संघीय शासन प्रणाली उल्लेख भएका देशहरू ।

स्रोतः गोप/संघीय शासन प्रणाली


हिँड्दा-हिँड्दै

जनस्वास्थ्य कार्यालय काठमाडौँकी प्रमुख, नेपाल नर्सिङ संघकी पर्ूव सभापति तथा हालसालै म्यान्मारका लागि राजदूत नियुक्त गुणलक्ष्मी शर्मा, विश्वकर्मा -५७) ले राजदूत भइएला भन्ने सोचेकै थिइनन् । उनी भन्छिन्, "मन्त्री हुन्छु जस्तो लागेको थियो तर एमालेले 'सरप्राइज' दियो ।"

किरण पाण्डे

राजदूत नियुक्तिमा आपनो नाउँ प्रस्ताव हुँदा कस्तो लाग्यो ?
त्यति विश्वास लागेको थिएन । तर, एकैचोटि १५ मङ्सिरमा रेडियो र पत्रपत्रिकामा नाउँ प्रस्ताव गरिएको समाचार पढ्न पाउँदा निकै खुशी लाग्यो ।

नाउँ प्रस्ताव गरिएको एक वर्षम्म जान नपाउँदाको अनुभव चाहिँ ?
पत्रकारहरूले कहिले जाने भनेर सोधेको-सोध्यै गर्ने, साथीभाइ र इष्टमित्रहरूले पनि तँ कहिले जाने भनेर सोधिरहन्थे । यसले गर्दा मैले जनस्वास्थ्यको काम पनि राम्ररी गर्न सकिनँ । एकदमै तनाव भयो । कवि भएको भए त म यसबारे एउटा कविता नै लेख्थेँ ।

तनावै-तनावबीच संसदीय विशेष सुनुवाईको सामना कसरी गर्नुभयो त ?
समितिका सभापति आमोदप्रसाद उपाध्यायले 'भिजन, मिसन र अब्जेक्टिभ' सोध्नुभयो  । म्यान्मारको सरकार र आङसाङ सुकीबारे सोधिएको थियो । यी कसैलाई हराउने र जिताउने मेरो कार्यक्षेत्र नभएको, सरकारप्रमुख थान सु र मानवअधिकारवादी नेतृ सुकी दुवैलाई सम्मान गर्नुका साथै जो सरकारमा छ-आउँछ त्यसलाई राजदूतले मान्नुपर्ने बताएकी थिएँ । मैले आफ्ना कुरा भन्दा सांसदहरू खूब हाँस्नुभयो ।

सांसदहरूलाई हँसाउने गरी तपाइँले के भन्नुभयो त्यस्तो ?
मैले नर्स हुँदा नर्सकै काम गरेँ, अब राजदूत भएपछि राजदूतकै काम गर्छरुन्नासाथ उहाँहरू गलल्ल हाँस्नुभयो ।