हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०३ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता

दइसय चालीसका दुइ

किरण पाण्डे
इन्दिरा र लीला

आउँदो संविधानसभा निर्वाचन गराउन २४० निर्वाचन क्षेत्रमा एक-एक निर्वाचन अधिकृत खटिएका छन् । मतदाता नामावली प्रकाशनदेखि विजयी उम्मेद्वारलाई प्रमाणपत्र दिनेसम्मको जिम्मेवारी सम्हाल्ने यी अधिकृतहरूले नै हो- आउँदो चुनाव गराउने ।

यस्तो ऐतिहासिक जिम्मेवारी सम्हाल्नेमा दुइ जना महिला उपसचिव छन्  । ती हुन्- जलस्रोत मन्त्रालयकी लीलादेवी गड्तौला -निरौला) र कानून मन्त्रालयकी इन्दिरा दाहाल -भट्टर्राई) । न्याय सेवा -अदालत, सरकारी वकिल, कानून) मा दुइ मात्र महिला उपसचिव छन् । निर्वाचन अधिकृत बन्नका लागि न्याय सेवाको 'सेकेण्ड क्लास अफिसर' हुनैपर्ने भएकोले लीला र इन्दिरालाई यो जिम्मेवारी आएको हो ।

काठमाडौँ-२ -लीला) र ४ -इन्दिरा) नम्बर क्षेत्रको निर्वाचन सम्पन्न गर्ने अवसरलाई दुवैले चुनौतीको रूपमा लिएका छन् । यस्तो जिम्मेवारी सम्हाल्न पाएकोमा गौरव गर्ने उनीहरूको एउटै भनाइ छ, "२००७ देखि थाती रहँदै आएको यो निर्वाचन गराउन नेपाली नागरिक र अब निर्वाचन अधिकृतका हैसियतले पनि जिम्मेवारी पाएकोमा खुशी छाँ ।"

लीला र इन्दिराको सह-यात्रा एकदशकभन्दा लामो छ । २०५२ मा न्याय सेवा, कानून समूहमा शाखा अधिकृत पदमा सँगै स्थायी भएका दुवैले २०६३ सालमा उपसचिव पदमा बढुवा पाएका हुन् । दुवै काठमाडौँ स्कूल अफ ल बाट 'हृयुमन राइट्स एण्ड जेण्डर जस्टिस' का एल्एल्एम् हुन् भने त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर पनि ।