हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०३ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आवरण

'हत्यारा पलपल मरून्'

सन्तान र प्रियजन गुमाउनेहरूको सोधाइ छ- उनीहरूको दोष के थियो ?

तस्बिरहरूः डम्बरकृष्ण श्रेष्ठ
स्व. अनिशा केसीका आमा, दाइ र बुबा ।

१२ कक्षामा पढ्दै गरेकी एक्ली छोरी अनिशा केसी काठमाडौँको त्रिपुरेश्वरमा भएको बम विस्फोटमा परेको खबर पाएदेखि थला परेकी आमा सङ्गीता अझै ओछ्यानमै छिन्, छिनछिनमै डाँको छाडेर रुन्छिन् । बुबा कृष्णबहादुर पनि आफूलाई सम्हाल्ने स्थितिमा छैनन्, छोरीको अन्त्येष्टि स्थल पनि पुग्न सकेनन्  ।

२७ भदौमा हिमाल प्रतिनिधि पुरानो नैकाप भज्याङस्थित अनिशाको घर पुग्दा नातिनीको शवमा दागबत्ती दिने वृद्ध हजुरबुबा लालबहादुर -६७) क्रियामा बसेर १२ औं पुण्यतिथिको काम गरिरहेका थिए । आमा सङ्गीताले आँखाभरि आँसु पार्दै भनिन्, "स्कूलमा पढ्न गएकी मेरी छोरी फर्किनन्  । सञ्चो नहुँदा मेरो ख्याल राख्थिन्, घरको सबै काम गर्थिन्, अब त मेरा हातखुट्टै भाँच्चिए ।" कान्तिपुर सिटी कलेजमा अध्ययनरत अनिशाका दाजु अनुज पनि बहिनीको वियोगमा डुबेका छन् ।

स्थानीय ब्राइटफ्युचर स्कूलबाट विशिष्ट श्रेणीमा एसएलसी उत्तर्ीण्ा गरेर त्रिपुरेश्वरस्थित विश्व निकेतन उच्च माविमा १२ कक्षा विज्ञान समूहमा अध्ययन गरिरहेकी १८ वर्षी अनिशा पढाइमा अब्बल थिइन्  । फर्ुसदमा कम्प्युटरमा खेल्ने र कार्टर्ुुस्केच बनाउने अनिशाको लक्ष्य डक्टर बन्ने थियो । बुबा कृष्णबहादुर भन्छन्, "जे हुनु भइसक्यो, राज्यले छोरीलाई शहीद घोषणा गरेर सम्मान देओस् ।"

विद्यालयबाट घर र्फकन त्रिपुरेश्वरको यात्रु प्रतीक्षालयमा बस पर्खिरहेको अवस्थामा बम विस्फोटमा परेकी अनिशाको घटनास्थलमै निधन भएको थियो । वीर अस्पतालमा उपचाररत अवस्थामा घटना भएको ५३ घण्टापछि उनीसँगै रहेकी साथी थानकोटकी सन्ध्या खड्काको पनि निधन भएको थियो ।

स्व. सन्ध्या खड्काका बुबा, आमा र दिदी ।

तीन छोरी, एक छोरासहित ६ जनाको खड्का परिवारमा सन्ध्या कान्छी छोरी थिइन् । जेठी छोरी अमेरिकामा बस्छिन् । यहाँ घरमा भएका सन्ध्याका दिदी झरना र भाइ सङ्गीत, बुबा नरेन्द्र र आमा पुष्पा खड्काका आँखा ओभाएका छैनन् । आमा पुष्पाले सन्ध्याको तस्बिर हेरेर भक्कानिँदै भनिन्, "स्कूल ड्रेसमा पढ्न गएको मेरी छोरीले कसको के विगारी दिएकी थिई र यसरी मारिनु पर्‍यो - जसले मेरी छोरी मारे, तिनीहरूले पल-पल मर्नु परोस् ।" सन्ध्या अनाथ, वृद्ध-वृद्धाको सेवा गर्न हरदम तयार रहन्थिन्, जात-पात र छुवाछूतको विरोधी, एकदम मिहिनेती र अन्याय नसहने स्वभावकी थिइन् ।

स्थानीय प्रभाव माविकी शिक्षिका पुष्पा र पर्ूव शिक्षक नरेन्द्र छोरीलाई राज्यले राष्ट्रिय सम्मान देओस् भन्ने चाहन्छन् । आमा पुष्पा भन्छिन्, "करोडौँ रुपैयाँ मेरा अघिल्तिर राखिदिए पनि के गर्नू छोरी फर्केर आउँदिनँ । उनी मर्दा मेरो आँसु मात्र होइन, नेपाल आमाको आँसु खसेको छ । त्यसैले राष्ट्रले सम्मान गरोस्, शहीद घोषणा गरोस् ।" सरकारले क्षतिपर्ूर्ति दिए त्यो रकमबाट खड्का परिवारले सन्ध्याका नाममा ट्रष्ट स्थापना गर्ने सोच बनाएका छन् ।

१६ भदौ साँझ बालाजुबाट बाइपासतर्फजाँदै गरेको बा २ ख ४८८ नम्बरको माइक्रोबसभित्र बम विस्फोट हुँदा बालाजु शिवभक्ति मार्गका पञ्चबहादुर शाही घटनास्थल नजिकै पुगेर हर्ेन नसकी घर फर्किएका थिए, तर त्यही विस्फोटले आफ्नी श्रीमती कमलादेवी शाहीलाई सदाका लागि चुँडेर लगेको पछि मात्र थाहा पाए । उनले भने, "असनमा किनमेल गर्न गएकी श्रीमती बेलुकी अबेरसम्म पनि नफर्केपछि पो मनमा चिसो पस्यो र खोज्न दौडिएँ ।" छोरा विजयका साथ वीर अस्पताल पुग्दा उनले अन्दाजी ४० वर्षी महिलाको शव शिक्षण अस्पताल पठाएको जानकारी पाए । त्यहाँ पुगेर आफ्नी श्रीमतीको शव चिन्नासाथ उनी मूर्च्छा परेर ढलेका थिए ।

४० वर्षघि विवाह बन्धनमा बाँधिएका शाही दम्पती बाहिर कतै जाँदा पनि एकछिन् छुट्टदिैन थिए । घटनाको दिन पनि घरबाट दुवैसँगै निस्किएका थिए । सात महिनाको नाति अजयको पास्नीको लागि किनमेल गर्न हिँडेका दुवैजना नयाँ बजार पुगेपछि कमलाले ५ असोजदेखि टुँडिखेलमा हुने स्वामी रामदेवको योग शिविरको दर्ुइवटा पास किनेर श्रीमान्लाई घर फर्काएकी थिइन् । पाठेघर र पत्थरीको रोगबाट पीडित भएपनि पटक पटक शल्यक्रिया गरेर बाँचेकी श्रीमती सम्झँदै पञ्चबहादुर भन्छन्, "चार वटा मेजर अप्रेसन गरेर बाँचेपनि उनको ज्यान यसरी नै जानुपर्ने रहेछ ।"

नातिको पास्नीको रमझममा रमाउनुपर्ने घर अहिले शोकमा डुबेको छ भने कमलादेवी आफैँले पास्नीमा बोलाएका आफन्त, नातेदार, छिमेकीहरू शोकाकूल छन् । हरेक दिनजसो स्वयम्भू जाने, पूजा गर्ने र गरिब, अनाथ, वृद्ध-वृद्धाको सेवा गर्ने काममा सक्रिय हुन्थिन् उनी । तर, अहिंसाकी पुजारी कमलादेवी हिंसाको शिकार भइन् । अमेरिकामा रहेकी छोरी विमला र जर्मनमा रहेकी छोरी विद्याको निम्तोमा केही महिना भित्रै युरोप-अमेरिका घुम्न जाने तयारीमा रहेको यो दम्पतीको इच्छा अधुरै रहृयो । कमलादेवीको निधनले एक्लो भएका पञ्चबहादुर भन्छन्, "साथसाथ घुम्न जाने योजना थियो, उनी अगाडि नै मलाई छाडेर गइन् ।"

छोरी गुमाउनुको पीडा

स्व. कमलादेवी शाहीको परिवार ।

अनिशाका बुबा कृष्णबहादुर भन्छन्, "एक ठाउँ हैन, तीन ठाउँ विस्फोट भएको छ । यतिका दिनसम्म खोई, अपराधी पत्ता लगाएको -" उनलाई सरकारले केही गर्ला भन्ने आशा पनि छैन । उनले भने "साधारण जनताका छोरीहरू मारिँदा पनि उनीहरूलाई केही भएको छैन ।"
सन्ध्याका बुबा-आमाको भनाइ पनि त्यस्तै छ । नरेन्द्र भन्छन्, "उनीहरूका छोरा-छोरी परेका भए गुमाउनुको पीडा थाहा हुन्थ्यो । यो त दण्डहीन राज्य भयो ।" सरकारले अपराधी समाउनर्ुपर्ने, नभए हामीले सकेनाँै भनेर जनतासमक्ष भन्नुपर्ने बताउँदै उनी भन्छन्, "आतङ्ककारीलाई र्सार्वजनिक रूपमा नङ्ग्याउनर्ुपर्छ ।"

कमलादेवीका श्रीमान् पञ्चबहादुर सरकारले अपराधी खोज्ने भन्दै 'स्केच' देखाएर नाटक मात्र गरिरहेको बताउँछन् । उनी भन्छन्, "सरकार कानमा तेल हालेर सुतेको छ, अरू यस्ता घटना हुन नदिन र्सतर्कता अपनाएको देखिँदैन  ।"

डम्बरकृष्ण श्रेष्ठ


विस्फोटनः प्रवृत्ति र पाठ

आतङ्ककारी तथा विध्वंसात्मक कार्य -नियन्त्रण तथा सजाय)  अध्यादेश २०६२ खारेज भइसकेको हुनाले र्सार्क मुलुकमध्ये नेपालमा मात्र अहिले आतङ्कवाद नियन्त्रण र कारबाही गर्ने कानून नभएको देश भएको छ  ।

डा. चुडाबहादुर श्रेष्ठ

१६ भदौ २०६४ आइतबार राजधानी काठमाडौँमा गरिएको बम विस्फोटमा परेर तीन निर्दोष व्यक्ति मारिए । बालबालिकासहित ३० जना र्सवसाधारण घाइते भए । यो विष्फोटको उद्देश्य जे रहेपनि, लक्ष्य कुनै सरकारी पदाधिकारी र संरचनामाथि हमला गर्नु थिएन । त्यसकारण, यसलाई सङ्गठित आतङ्ककारी अपराध भन्न सकिन्छ  । घटनालगत्तै नेपाल पिपुल्स आर्मी, तर्राई आर्मी र तर्राई उत्थान संगत नामक बेग्ला-बेग्लै तीन समूहले उक्त घटनाको जिम्मेवारी लिएका छन् ।

अरू मुलुकहरूका आतङ्ककारी समूहमा रहेका व्यक्तिहरूको प्रकृति अध्ययन गर्दा आतङ्क र विष्फोटन गराउने कार्यमा संलग्न हुनसक्ने व्यक्तिको उमेर धेरैजसो २० वर्षो हाराहारी, त्यसमा पनि केही त १६ वर्षमुनिका युवाहरू समेत हुने गर्छन् । आतङ्क र आपराधिक कार्यमा सहभागी हुने व्यक्तिमध्ये करिब ६० प्रतिशत मजदुरी गर्ने या बेरोजगार भएको पाइने गर्छ ।

मनोविज्ञ तथा मनोचिकित्सकहरूको भनाइमा कुनै पनि व्यक्तिलाई समाजमा पहिचानको आवश्यकता पर्छ । त्यस्तोे पहिचानको अनुभूति उनीहरूले सामान्य तरिकाबाट पाउन सक्दैनन् । त्यसैले क्षमता अनुसार बारुदको प्रयोग, अपहरण, हत्या आदिमा संलग्न भएर कुनै व्यक्तिले आफूलाई शक्तिशालीको पहिचान बनाउन र अनुभूति दिलाउने प्रयास गर्दछ । अझ विष्फोटमा संलग्न भएको प्रचार-प्रसार दू्रतगतिमा भएको खण्डमा त त्यस्ता आपराधिक कार्यमा लाग्ने व्यक्तिहरूले झन् चाँडो प्रसिद्धि पाउँछन् । यसले उनीहरूलाई ठूलो प्रेरणा र आत्मसन्तुष्टि दिन्छ । त्यसैले कहिल्यै पनि जानकारीमा नआएको समूह वा गुटले जिम्मेवारी लिने गर्दछन् । कहिलेकाहीँ सरकारमा रहेका उच्च पदाधिकारीहरूले पनि र्सवसाधारणको ध्यान मोड्न भ्रमपर्ूण्ा अफवाह फैलाउने गर्दछन् । फलस्वरुप सही अपराधीको पहिचान गर्नमा कठिनाई हुन सक्छ ।

संयुक्त राष्ट्रसंघले आतङ्ककारी र अवैध हातहतियार ओसारपोसार नियन्त्रण गर्न विभिन्न पहल गरेको पाइन्छ । र्सार्क मुलुकहरूबीच पनि सन् १९८५ मा आतङ्ककारी कार्य नियन्त्रणसम्बन्धी सन्धि भएको थियो । त्यसमा 'कानून कार्यान्वयन गर्ने निकायहरूबीच अन्तरदेशीय पारस्परिक सर्म्पर्क र सहयोग गर्ने' कुरा छ । अवैध हातहतियार, गोलाबारुद, विष्फोटक पदार्थ ओसारपोसार, निर्माण र आतङ्ककारी कार्य नियन्त्रण गर्न राज्यले उचित कानून बनाउनुपर्ने दायित्व हुन्छ । तर सो अनुसार नेपालको कानून निर्माण भएको देखिँदैन र भएका पुराना कानूनहरू पनि आजको पर्रि्रेक्ष्यमा प्रभावकारी छैनन्  ।

नेपालको अन्तरिम संविधान २०६३ को धारा १२ -३), धारा ३४ यससँग सम्बन्धित छन् भनेे आतङ्कवाद नियन्त्रण कानूनमा विष्फोटक पदार्थ ऐन २०१८, हातहतियार खरखजाना ऐन २०१९, राज्य विरुद्धको अपराध र सजाय ऐन २०४६, सरकारी मुद्दासम्बन्धी ऐन २०४९ छन् । आतङ्ककारी तथा विध्वंसात्मक कार्य -नियन्त्रण तथा सजाय)  अध्यादेश २०६२ खारेज भइसकेको हुनाले र्सार्क मुलुकमा नेपालमा मात्र अहिले आतङ्कवाद नियन्त्रण र कारबाही गर्ने कानून नभएको अवस्था छ । त्यस्तै कुनै पनि सङ्गठित अपराधका अपराधीलाई सुपर्ुदगी गर्ने ऐन २०४५ जारी भए पनि यसको कार्यान्वयन हुनसकेको छैन ।

आतङ्क, विध्वंसात्मक र अवैध हातहतियारसम्बन्धी अपराधको अनुसन्धान गर्ने मुख्य दायित्व नेपाल प्रहरीको हो । त्यसको अभियोजन गर्ने कार्यमा सरकारी वकिल र न्याय सम्पादनमा अदालतको भूमिका हुन्छ । कानून निर्माताले समयानुकूल कानून बनाउने, राज्यका अन्य अङ्ग, सम्बन्धित मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, भन्सारलगायतले आतङ्ककारी तथा विष्फोटक पदार्थ नियन्त्रण गर्ने कार्यहरूको सूचना सङ्कलन र नियन्त्रण गर्नमा एकअर्कालाई सहयोग पुर्‍याउनर्ुपर्छ ।

आतङ्क नियन्त्रणको लागि मुख्यतः कूटनीतिक तथा राजनीतिक, रणनीतिक र स्थानीयस्तरमा खटिने समेत गरेर तीन वटा तह हुन्छन् । यसका साथै सुरक्षा निकायको मनोबल उच्च राख्ने, पारस्परिक सहयोग उपलब्ध गराउन स्थानीय निकायहरूले भूमिका खेल्ने, संचारका माध्यम र प्रत्येक नागरिकले आतङ्क विरुद्ध गतिविधिमा सहभागी हुने काम गर्न सक्दछन् ।

लेखक पर्व प्रहरी एवं द्वन्द्वविद् हुन् ।