आवरण
काठमाडौं बमकाण्डको भित्री पाटो
काठमाडौं बमकाण्डका नायक रौतहटका कौशल सहनी
-मिस्टर जोन) अहिले सीमावर्ती भारतीय क्षेत्रमा लुकेर बसेका छन् ।
कसले बम विस्फोट गरायो भन्दा पनि महत्वपर्ूण्ा प्रश्न काठमाडौं बमकाण्ड
किन रचिएको थियो भन्ने हो । कतिपय विश्लेषकहरूका भनाइमा, मधेश विरुद्ध
काठमाडौंलाई प्रयोग गरेर मुलुकलाई दीधकालीन द्वन्द्वमा होम्ने र तत्कालको
संविधानसभा चुनाव पनि विथोल्ने कसैको चाहना काठमाडौंले सन्तुलन नगुमाएका
कारण पूरा हुन सकेन ।
• किरण
नेपाल
 |
| किरण पाण्डे |
| बालाजुमा भएको बम विस्फोटले छाडेका अवशेषहरू
। |
र्सवसाधारणलाई
लक्षित गर्दै १६ भदौमा राजधानीका र्सार्वजनिक स्थान र सवारी साधनमा
बम विष्फोट गराएर मच्चाइएको आतङ्कको अनुहार अझै स्पष्ट हुनसकेको छैन
। प्रहरीले पनि घटनाको दर्ुइ साता बितिसक्दा समेत विष्फोटमा संलग्न
भनिएका एकको 'स्केच' र्सार्वजनिक गर्ने र प्रयोग भएको बमका बारेमा
प्राविधिक जानकारी दिने बाहेक न संलग्न आतङ्ककारीहरूको स्पष्ट पहिचान
र्सार्वजनिक गर्न सकेको छ, न भरपर्दा तथ्यहरू नै बाहिर ल्याएको छ ।
हिमाल ले आफ्ना स्रोतहरूमार्फ् जम्मा गरेको सूचना विश्लेषण
गर्दा काठमाडाँै विष्फोटमा मध्यतर्राईको सीमावर्ती क्षेत्रका आपराधिक
गतिविधिमा संलग्न व्यक्तिहरू संलग्न रहेका पाइएको छ । बम विस्फोट भएको
भोलिपल्ट वीरगञ्जस्थित पर्सर्ााफएमलाई अन्तर्वार्ता दिने 'मिस्टर जोन',
जसको वास्तविक नाम कौशल सहनी हो, र उनले प्रयोग गरेको टेलिफोन नम्बरमा
त्यस दिन आएका र त्यसबाट गरिएका 'कल' हरूको अध्ययनले उक्त बम विष्फोटको
नियन्त्रण रौतहटमा बसेर भएको देखाउँछ । ७ देखि १९ भदौसम्म सहनीले प्रयोग
गरेको त्यो फोनबाट महोत्तरीदेखि पर्सर्ाामका आपराधिक व्यक्ति, पर्ूव
माओवादी कार्यकर्ता र हिन्दूवादी कार्यकर्ताहरूसँग कुराकानी भएको स्पष्ट
हुन्छ ।
नेपाल प्रहरीको अनुसन्धान हर्ेदा पनि अपराधको जालो रौतहटतिरै
फैलिएको देखिन्छ । अतिरिक्त प्रहरी महानिरीक्षक केशव बरालको संयोजकत्वमा
बनेको बमकाण्ड अनुसन्धान टोलीले आफूलाई पूरै रौतहटमै केन्द्रित गरेको
छ । टोलीका सदस्य प्रहरी नायब महानिरीक्षक केबी रानाको नेतृत्वमा एउटा
टोली २३ भदौदेखि जिल्ला सदरमुकाम गौरमै पुगेको छ ।
सुरक्षाकर्मीको सघन उपस्थिति र सजिलो ठाउँ हुँदाहुँदै
पनि अहिलेसम्म काठमाडौँ बम काण्डका योजनाकारदेखि कार्यान्वयनकर्ता
एक जना पनि पक्राउ परेका छैनन् । प्रहरीले पनि विष्फोट लगत्तै सञ्चारकर्मीहरूसँग
घटनाको जिम्मा लिने 'तर्राई आर्मी' का अध्यक्ष 'मिस्टर जोन' ले प्रयोग
गरेको मोबाइलबाट सर्म्पर्क भएका फोन नम्बरहरूलाई नै अनुसन्धानको आधार
बनाएको बुझन्िछ । रौतहटस्थित प्रहरी सूत्रका भनाइमा, फोन सर्म्पर्क
गरेको आधारमा संदिग्ध मानिएका व्यक्तिहरूको पहिचान र तिनीहरूसँग सोधपुछ
गर्ने काम भइरहेको छ ।
यस क्रममा ३० भदौसम्ममा करिब २० जनालाई पक्राउ गरेर
बयान लिइएको छ । २७ भदौमा मात्रै जिल्लाका विभिन्न गाउँका करिब एक
दर्जन पिसिओका सञ्चालकहरूलाई पक्राउ गरेर बयान लिइएको थियो । तर यी
सबै गिरफ्तारीबाट ठोस उपलब्धि हासिल हुन नसकेर होला, 'अनुसन्धान जारी
रहेको' र 'केही दिनमै अपराधी पक्राउ गरिने' भन्ने बाहेक प्रहरीले थप
जानकारी दिन सकेको छैन ।
सहनी र तर्राई आर्मी
 |
| आनन्दराम डङ्गोल |
हालसम्म प्राप्त प्रमाणको विश्लेषण गर्दा पछिल्लो ६ महिनायता रौतहट
र र्सलाहीमा छिटपुट हिंसात्मक गतिविधि गर्दै आएको 'तर्राई आर्मी' ले
नै काठमाडाँैमा विस्फोट गराएको मान्न कर लाग्छ । २०६३ माघमा गठन भएको
तर्राई आर्मीले केही समयअघि रौतहटको चन्द्रनिगाहपुर र र्सलाहीको हरिवनमा
भएका विस्फोटमा पनि अन्य समूहहरूसँगै जिम्मेवारी लिएको थियो ।
मिस्टर जोन आफूलाई चिनेका मानिससँग सहनीका नाममा कुरा गर्छन् भने
नचिनेका व्यक्तिसँग मिस्टर जोनका नामले । एउटै फोन नम्बरबाट पत्रकारहरूलाई
'मिस्टर जोन' र चिनजानकालाई सहनीका नाममा कुरा गर्ने यी व्यक्ति हुन्
रघुनाथपुर-१, गम्हरिया टोला, रौतहटका कौशल सहनी । जानकार सूत्रका अनुसार,
उनी अहिले सीमावर्ती भारतीय गाउँमा लुकेर बसेका छन् ।
करिब ३० वर्षा कौशल सहनीलाई गाउँका मानिसहरू 'लल्का' भन्ने नामले
चिन्दछन् । पछिल्लो समयमा मधेशी जनअधिकार फोरमसँग पनि सम्बद्ध रहेका
सहनी कतिपय अपहरणका घटनामा समेत संलग्न रहेको बुझएिको छ । हाल उनी
आफ्नो पार्टर्ीी नरहेको दाबी फोरमका रौतहट जिल्ला अध्यक्ष गणेश यादवको
छ । आफैँ बम बनाउन जान्ने भनिएका सहनी तीन पटक प्रहरी नियन्त्रणमा
पनि परिसकेका छन् ।
पछिल्लो पटक २० असार २०६४ मा इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ
गर्दा प्रहरीले नचिनेकोले छुटेका थिए । प्रहरी निरीक्षक मानबहादुर
चौधरीको भनाइमा, "गस्तीमा गएका बेला रक्सीले मातेका सहनीले बीच
बाटोमा मोटरसाइकल तेर्स्याएर प्रहरीलाई धम्क्याएपछि उनलाई पक्राउ गरिएको
थियो ।" त्यसयता सो क्षेत्रमा देखा नपरेका सहनी रिहा भएपछि मात्रै
तर्राई आर्मीमा लागेको थाहा भएको प्रहरी निरीक्षक चौधरी बताउँछन् ।
कौशल सहनीझैँ 'तर्राई आर्मी' को अगुवा भनेर चिनिने अन्य व्यक्तिहरूमा
चट्टान सिंह, मिस्टर राज, मिस्टर खन्ना, मिस्टर शहंशाह, मिस्टर देवा
जस्ता उपनामधारीहरू छन् । तर्राई आर्मीका केन्द्रीय सदस्य तथा रौतहट
जिल्ला इञ्चार्जका रूपमा आफूलाई चिनाउने चट्टान सिंह भन्ने व्यक्तिका
बारेमा पनि आ-आफ्नै अड्कलबाजी छन् । केहीको भनाइमा चट्टान सिंह मधेशी
जनअधिकार फोरमको शिवनगर-गरुडा सङ्र्घष्ा समितिका संयोजक जयनाथ यादव
हुन् ।
यादवको फोनमा यो संवाददाताले २४-२५ भदौमा ६ पटकसम्म सर्म्पर्क गर्दा
उनले आफू नै चट्टान सिंह भएको बताउँदै मिस्टर जोनसँग अन्तर्वार्ता
मिलाइदिने कुरा गरेका थिए । तर २५ गते बेलुकीदेखि फोन काट्न थालेका
ती व्यक्तिले भोलिपल्ट दिउँसो सर्म्पर्क गरेर 'चट्टानजी -' भनी सम्बोधन
गर्नेवित्तिकै 'रङ-नम्बर' भनेर फोन राखिदिए । २७ गते पुनः फोन गर्दा
यिनले आफू फोरमको कार्यकर्ता जयनाथ यादव भएको बताए । फोरमका रौतहट
जिल्ला इञ्चार्ज गणेश यादवले पनि जयनाथ पार्टर्ीीे सक्रिय कार्यकर्ता
भएको र चट्टान सिंह हुन नसक्ने दाबी गरेका छन् ।
जानकारहरूको भनाइमा सहनीको समूह सरकार-मधेशी जनअधिकार फोरमको वार्ता
चलिरहेको बेला काठमाडौँ प्रवेश गरेको थियो । सरकार र फोरमबीचको सहमति
र फोरमको नेतृत्वमा आएको फुटकै पृष्ठभूमिमा राजधानीमा बम विष्फोट हुनु
संयोग थियो वा पर्ूवनिर्धारित योजना, अहिल्यै केही भन्न सकिन्न । भरपर्दो
सूत्रले दिएको जानकारी अनुसार, विष्फोटमा संलग्न मध्येका एक व्यक्ति
१६ भदौ साँझ नै गौर जाने रात्रि बस चढेर काठमाडाँैबाट बाहिरिएका थिए
। ती व्यक्तिले काटेको टिकटमा आफ्नो नाम 'सेरी जी' र ठेगाना 'दरभंगा'
लेखाएका थिए । बसमा चढ्नुअघि तिनले टिकट काउण्टरमा काम गर्ने संजिव
नामका एक कर्मचारीको मोबाइलबाट सहनीसँग दर्ुइ पटक कुराकानी गरेको थाहा
भएको छ ।
डेढकिलोको बम
 |
| किरण पाण्डे |
काठमाडौँ विष्फोटका क्रममा सहनीले प्रयोग गरेको मोबाइलमार्फ् अपराध
कसले गरायो भन्ने एउटा मोटामोटी खाका तयार भएपनि घटनास्थलबाट अपराधीको
पहिचान नै गर्न सकिने कुनै ठोस सबुत फेला परेको छैन । त्यसैले अहिलेसम्म
सहनीले प्रयोग गरेको फोन नम्बरलाई नै अनुसन्धानको प्रारम्भिक आधार
बनाउनुपर्ने बाध्यता छ । एक विश्वस्त सूत्रका भनाइमा, अनुसन्धानको
क्रममा सुन्धारामा भएको विष्फोटनको दृश्य नजिकैको एक डिपार्टमेण्ट
स्टोरमा जडान गरिएको सिसीटिभीमा रर्ेकर्ड भएको छ । तर प्रहरीले पाएको
भनिएको सो सिसीटिभीको दृश्यबाट के कस्तो प्रमाण भेटिएको छ भन्ने थाहा
हुन सकेन ।
यस घटनामा पनि मुलुकको जासूसी संयन्त्रको अवस्था बेहाल नै देखिन्छ
। गुप्तचरहरूले पनि मिडियामा आएको समाचारलाई नै आफ्नो सूचनाको स्रोत
बनाउने गरेका छन् । एक वरिष्ठ प्रहरी अधिकारी भन्छन्, "इण्टेलिजेन्सले
स-साना कुराहरूलाई जोडेर अपराधको 'सिनारियो' सिर्जना गर्दै जाने हो,
जुन हुन सकिरहेकै छैन ।"
क्षतिको परिमाणका आधारमा प्रयोग भएको बम 'हाई एक्स्प्लोसिभ' भएको
दाबी प्रहरीको छ । घटनास्थलबाट प्रमाणका रूपमा केही र्छरा, सीमित परिमाणमा
बमको बाहिरी आवरण र सामान्य परिमाणमा बारुद भेटिएको छ । यसको आधारमा
उक्त बम जिलेटिनबाट बनाइएको भन्ने निष्कर्षनिकाल्न सकिन्छ । प्रहरीको
भनाइमा तीनवटै बम औसतमा डेढ किलो हाराहारीका हुनसक्ने अनुमान छ । अत्यधिक
क्षति पुर्याउनका लागि बममा प्रशस्त फलामका टुक्राहरू राखिएको पाइएको
छ ।
घटनाको प्रकृति हर्ेदा विस्फोटनमा घरमै बनाइएको बममा केही समयको अन्तरालमा
विष्फोटन हुने गरी 'टाइम डिभाइस'को प्रयोग गरिएको हुनसक्ने सम्भावना
देखिन्छ । एआईजी बराल पनि स्वीकार गर्छन्, "विद्युतीय डेटोनेटर
प्रयोग गरेर डिले सिस्टम अर्न्तर्गतको टाइमिङ्ग डिभाइस बनाइएको हुनसक्छ
।"
विष्फोटक पदार्थहरूमध्ये तर्राईका सीमावर्ती बजारहरूमा किन्न सकिने
र घरमै बनाइने डाइनामाइट -लोला) नेपालमा सजिलै उपलब्ध हुन्छन् । त्यसबाहेक
यहाँ उपलब्ध विष्फोटक पदार्थ जिलेटिन हो, जसबाट बनेका बमहरू 'हाइलेभल
एक्स्प्लोसिभ' मा गनिन्छन् । सडकदेखि विभिन्न निर्माणकार्यमा प्रयोग
गर्न सरकारीस्तरमै खरिद गरिने जिलेटिन सशस्त्र युद्धमा माओवादीहरूले
अत्यधिक प्रयोग गरेका थिए । जिलेटिनलाई धाराको पाइप, सकेट, प्रेसरकुकर,
बाल्टिनलगायतका वस्तुहरूमा राखेर बम बनाउने प्रविधि माओवादीले चलनमा
ल्याएका हुन् । सीमावर्ती क्षेत्रबाट नेपालका व्रि्रोही, अपराधी र
आतङ्ककारीहरूलाई सजिलै विस्फोटक पदार्थ र हतियार उपलब्ध हुने अवस्थामा
सङ्क्रमणकालीन अव्यवस्था झेलिरहेको नेपालको राजधानीसम्म त्यस्तो वस्तु
आइपुग्नु असम्भव छैन ।
कारण र प्रभाव
स्वाभाविक प्रश्न उठ्छ- किन गराइएको हुनसक्छ यो विस्फोट - वर्तमान
तरल राजनीतिसँग जोडेर धेरैले धेरै थरी अनुमान गरेका छन् । मुलुकको
तरल सुरक्षा अवस्थामा गडबडी ल्याएर साम्प्रदायिक सद्भाव विथोल्न, विप्लव
सिर्जना गर्न, मुलुक विखण्डन गर्न, आफूलाई राजनीतिक रूपमा स्थापित
गर्न र संविधानसभाको निर्वाचन बिथोल्न । यीमध्ये सबै वा कुनै एक उद्देश्यका
लागि पनि यस्तो ज्यादतीपर्ूण्ा काम भएको हुनसक्छ । तर अपराधी पक्राउ
नपर्नु, जिम्मेवारी स्वीकार गर्नेको भनाइ पनि स्पष्ट नहुनुले यो काम
किन गरिएको थियो भन्ने अझै प्रस्ट हुँदैन ।
विस्फोट लगत्तै माओवादी नेता डा. बाबुराम भट्टर्राईले विष्फोटमा
राजावादीहरूको हात रहेको र त्यसमा सेनाको एउटा तप्का पनि संलग्न रहेको
हुनसक्ने बताए । गृहमन्त्री कृष्णप्रसाद सिटौलाले विराटनगर पुगेर विष्फोट
संविधानसभाको निर्वाचन नचाहने राजावादीहरूले गराएको भने । त्यसपछि
बसेको मन्त्रिपरिषदको बैठकले यसलाई 'संविधान सभा चुनाव नचाहने तत्वको
काम' भन्यो । माओवादीले सेनाको समेत नाम मुछेको बारे नाम उल्लेख नगर्ने
शर्तमा एक सैनिक जर्नेल भन्छन्, "आफ्नो प्रतिकार सेनाले मात्र
गर्न सक्ने बुझेको माओवादी सेनामाथि खनिनु स्वाभाविक थियो ।"
तर जसले जे भने पनि घटनाको अनुसन्धान गरेर तत्कालका लागि मात्रै होइन
र्सार्वजनिक सुरक्षाका दृष्टिले भावी दिनहरूका लागि पनि आवश्यक रणनीति
निर्माण गर्नमा कोही गम्भीर देखिँदैनन् ।
माओवादीले सेनामाथि आरोप लगाउनुको प्रत्यक्ष कारण बनेका छन्, सुन्धाराको
विष्फोटमा परेका सैनिक जवान चतुरमान नेपाली । ठिमी ब्यारेकमा हल्कारा
पदमा कार्यरत नेपालीले बोकेको ब्याग पड्केको भन्दै प्रत्यक्षदर्शीको
हवालामा केही सञ्चारमाध्यमहरूले समाचार प्रसारण गरेका थिए । तर उनी
सैनिक मुख्यालयमा चिठी पुर्याएर र्फकँदै गर्दा उक्त स्थानको विष्फोटनमा
परेका थिए । टाउको र हातमा चोट लागेका नेपालीको अझै पनि सैनिक अस्पताल
छाउनीमा उपचार भइरहेको छ । हिमाल ले फेला पारेको सैनिक नेपाली घटनास्थलमै
लडेको अवस्थाको तस्बिरले पनि देखाउँछ- उनको ब्याग पड्किएको होइन भनेर
-हे तस्बिर) । तर अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूलाई ती सैनिक
जवानसँग स्वतन्त्र रूपमा सोधपुछ गर्न दिए-नदिएको बारेमा भने अहिलेसम्म
थाहा हुनसकेको छैन ।
प्राप्त विवरणले देखाउँछ, घटनामा संलग्न धेरैजसो व्यक्तिहरू आपराधिक
पृष्ठभूमिका नेपाली नै हुन् । तर अपराध गर्ने र गराउने क्रममा सतहमा
देखिएकाहरू नै यो सम्पर्ूण्ा प्रकरणका नायक हुन् भनेर पत्याउन मुश्किल
पर्छ । प्रयोग भएको बम, समय र संलग्न व्यक्तिले कुशलतापर्ूवक गरेको
कामको आधारमा यो सम्पर्ूण्ा प्रकरणको पछाडि 'ठूलै खेल' रहेको हुनसक्ने
संभावनालाई नकार्न सकिँदैन ।
दर्ीघकालीन उद्देश्य जे भएपनि यो बमकाण्डको तत्कालीन उद्देश्य संविधानसभाको
निर्वाचनका लागि बन्दै गइरहेको वातावरण विथोल्ने नै थियो भन्न सकिन्छ
। राजधानी काठमाडौँलाई हल्लाइदिएपछि सहनीकै शब्दमा 'एकएक इँटा हल्लिएपछि
सिंहदरबार हल्लनु' स्वाभाविक थियो । त्यस अवस्थामा राजधानीमा चुनावी
वातावरणको चर्चा सेलाउने अपेक्षामा यो विस्फोट गराइएको हुनसक्ने सम्भावना
बलियो छ ।
अर्को सम्भावना; काठमाडाँैमा विस्फोट गराएर मधेशको कुनै सशस्त्र समूहले
जिम्मेवारी स्वीकार गरेपछि उत्पन्न हुने साम्प्रदायिक र क्षेत्रीय
मनमुटावले सिर्जना गर्ने असन्तोषको आगो ताप्ने कसैको इच्छा थिएन भन्न
सकिन्न । स्वयं विष्फोट कार्यका नाइके कौशल सहनीले वीरगञ्ज एफएमलाई
दिएको अन्तर्वार्तामा 'स्वायत्त प्रदेश, एक मधेश र हरेक क्षेत्रमा
मधेशीको सहभागिता र संघीय गणतन्त्रका लागि यो विस्फोट गराएको' भनेर
काठमाडौँलाई मधेश विरुद्ध उक्साउन खोजेका थिए । तर सुखद् कुरा काठमाडौँले
सन्तुलन गुमाएन । तीन जना निर्दाेष नागरिकले ज्यान गुमाए पनि आतङ्ककारीको
मनसुवा पूरा हुन पाएन ।
हेलो... ९८५५०४०१४६
काठमाडौं विष्फोटको
जिम्मा लिएको 'तर्राई आर्मी' का अध्यक्ष 'मिस्टर जोन' अर्थात् कौशल
सहनीले प्रयोग गरेको ९८५५०४०१४६ नम्बरको मोबाइल फोन गजेन्द्र महरा,
सुन्दरपुर-७ रौतहटको नाममा नेपाल टेलिकमको क्षेत्रीय कार्यालय वीरगञ्जबाट
लिइएको पोष्टपेड मोबाइल हो । रौतहटका प्रहरी प्रमुख, योगेश्वर रोम
खामीका अनुसार सो ठेगानामा गजेन्द्र महरा नामका व्यक्ति नै छैनन् ।
बम विष्फोटको जिम्मेवारी लिने क्रममा 'मिस्टर जोन'
को नामबाट पत्रकारहरूलाई फोन गरेका सहनीले केही व्यक्तिहरूलाई भने
कौशलकै नामबाट पनि फोन सर्म्पर्क गरेका थिए । हिमाल लाई प्राप्त फोन
विवरणमा यसबाट र यसमा गरेर झण्डै २७० पटक फोन सर्म्पर्क भएको छ । उनको
फोनबाट महोत्तरी, र्सलाही, रौतहट, बारा, पर्सर्ाा काठमाडौँमा वितरित
नेपाल टेलिकमको पोष्टपेड, प्रिपेड मोबाइल, सीडीएमए र ल्याण्डलाइन,
स्पाइस नेपालको मेरो मोबाइल र युटिएलको फोनमा कुराकानी भएका छन् ।
कौशलको फोनबाट काठमाडौँ विष्फोटको दिन ३९ पटक बाहिर
सर्म्पर्क गरेको देखिन्छ । सो दिन उनले गम्हरिया-३, रौतहटका अजय सहनी
मलाहको फोन नं ९८५५०४०१८२, इन्ष्िटच्युट अफ कम्युनिकेशन एजुकेशन, गौर-९
को नाममा रहेको ०५५५२०००९, सुपर कनेक्टिभ, गौरको नाममा रहेको ०५५५२०६०८,
रामलखन ठाकुर, बारा हाल कुपण्डोलको नाममा रहेको ९८४१५३९९८९ र रामप्रिया
सहनी मलाह, रघुनाथपुर, रौतहटको नाममा रहेको ९८५०५५०४०१०१ नम्बरका साथै
केही पत्रकारसँग कुराकानी गरेका छन् ।
विष्फोटनको केहीअघि ३ बजेर ५९ मिनेटमा उनलाई टेकु काठमाडौँको
एक नम्बरबाट फोन आएको देखिन्छ । सम्भवतः बम बोकेर जाने व्यक्तिले कुनै
पसलबाट उनलाई सर्म्पर्क गरेको हुन सक्छ ।
'काठमाण्डूलाई टार्गेट गरेको
हो'
राजधानीमा किन बम विष्फोट गराउनुभएको
?
स्वायत्त प्रदेश, एक मधेश र हरेक क्षेत्रमा मधेशीको सहभागिता र संघीय
गणतन्त्रको माग पूरा गर्न ।
राजधानीमै किन बम विष्फोट त ?
फाट्टफुट्ट विष्फोट गराउँदा केही नभएपछि काठमाण्डूलाई 'टार्गेट' गरेको
हो । सिंहदरबारको एक एक इँट हल्लाइदिने दम छ हामीसँग ।
बम विष्फोटनले माग पूरा हुन्छ त ?
नेपाल सरकारले यो लडाइँलाई सम्बोधन नगरे गम्भीर नतिजा भोग्नु पर्छ
। माओवादीले १२ वर्षा नगरेको काम हामी १२ दिनमा गर्न सक्छौँ ।
निर्दोष व्यक्तिको
ज्यान गएको छ, के भन्नुहुन्छ ?
यो त नहुनुपर्ने कुरा हो । तर भनिन्छ 'युद्ध र प्रेममा सबैथोक जायज
हुन्छ ।' केही पाउन केही गुमाउनर्ुपर्छ ।
माइक्रोबसमा आक्रमण किन ?
हामीलाई प्राप्त सूचना अनुसार उक्त माइक्रोबसमा मधेशी माथि दमन र अत्याचार
गर्ने मानिस सवार भएका थिए, त्यसै कारण बम विष्फोट गराइएको हो ।
विष्फोटको जिम्मेवारी अरुले पनि लिएका
छन् नि !
यो काम तर्राई आर्मीले गरेको हो । मिस्टर खन्नाको नेतृत्वमा गएको टोलीले
यो घटना घटाएको हो । कसैले पनि कम्बल ओढेर घ्यू खाने काम गर्नुभएन
।
(तर्राई आर्मीको अध्यक्ष 'मिस्टर जोन' बताउने कौशल सहनीले
१७ भदौ अपरान्ह १ः४५ मा वीरगञ्जस्थित पर्सा एफ एमसँग गरेको कुराकानी
।) |