अर्थ
बजार
रु.१०० मा बचत खाता
तीजको अवसर पारेर ग्लोबल ब्याङ्क लिमिटेडले रु.१०० मै
खोल्न सकिने 'ग्लोबल नारी बचत' योजना शुरु गरेको छ । योजनाअर्न्तर्गत
रु.१० हजारसम्मको औषधि उपचार बीमा, निक्षेपको चारगुणा तथा बढीमा रु.५
लाखसम्मको निःशुल्क दर्ुघटना बीमा र लकर तथा विभिन्न कर्जाहरूका लागि
आवश्यक सेवाशुल्कमा सहुलियत जस्ता सुविधाहरू उपलब्ध हुनेछन् । निक्षेपकर्ता
महिलाहरूले निःशुल्क एटीएम कार्ड सुविधाका साथै निक्षेपमा ४ प्रतिशत
व्याज पाउँछन् ।
सिग्नेचर अपार्टमेन्टको फ्ल्याट बिक्रीमा
लाइफस्टाइल हाउजिङ प्रा.लि.ले काठमाडौँको टेकुमा निर्माण गरेको सिग्नेचर
अपार्टमेन्टका फ्ल्याटहरूको बिक्री शुरु गरेको छ । उचित सुरक्षा व्यवस्था,
पार्किङ, चौबीसै घन्टा बिजुली र पानीको व्यवस्था गरिएका यी फ्ल्याटहरू
अत्याधुनिक प्रविधि र भूकम्पीय जोखिमका हिसाबले पनि सुरक्षित रहेको
दाबी कम्पनीको छ । साथै निश्चित अवधिभित्र बुकिङ गर्दा विशेष छुट र
ब्याङ्क फाइनान्सको सुविधासमेत उपलब्ध रहेको जानकारी कम्पनीले दिएको
छ ।
पर्ूवाञ्चलमा सानिमा ब्याङ्क
आफ्नो सेवा विस्तार गर्ने क्रममा गैरआवासीय नेपालीहरूको लगानी रहेको
सानिमा विकास ब्याङ्कले झापाको दमकमा आफ्नो नयाँ शाखा खोलेको छ । स्थापनाको
छोटो समयमै रु.१ अर्ब ८२ करोडको निक्षेप सङ्कलन र कर्जा लगानी रु.१.५०
अर्ब पुगेको ब्याङ्कले जनाएको छ । ब्याङ्कले सन्ध्याकालीन सेवा, लकर,
विदेशी मुद्रामा खाता खोल्ने सुविधासमेत दिँदै आएको छ ।
एनआईसीको ११ औं शाखा
एनआईसी ब्याङ्कले पर्ूवाञ्चलको दमकमा आफ्नो ११ औँ शाखा खोलेको छ ।
उपभोक्तामुखी र सिर्जनशील सेवा प्रदान गर्दै आएको दाबी गर्दै ब्याङ्कले
गत आ.व. मा सञ्चालन नाफा ४३ प्रतिशतले वृद्धि भई रु.३०.३ करोड र खुद
मुनाफा ७३ प्रतिशतले वृद्धि भई रु.१६.८ करोड पुगेको जानकारी गराएको
छ । चालु आर्थिक वर्षभत्र एनआईसीका थप तीन शाखाहरू खोलिने दाबी ब्याङ्कले
गरेको छ ।
सरकारी ब्याङ्कको पहिलो एटीएम सेवा
आफ्ना ग्राहक र बचतकर्ताको मागलाई ध्यानमा राख्दै सरकारी स्वामित्वको
राष्ट्रिय वाणिज्य ब्याङ्कले पनि भीसा डेबिट कार्डमार्फ् एटीएम सेवा
शुरु गरेको छ । आधुनिक ब्याङ्किङ प्रविधिहरूको प्रयोग बढाउँदै जाने
उद्देश्यसहित ब्याङ्कले टेकु शाखामा जडित पहिलो एटीएम काउन्टरबाट सेवा
शुरु गरेको हो । एटिएम कार्डमार्फ् ब्याङ्कका ग्राहकहरूले नेपाल र
भारतका साथै संसारभरिका भीसा कार्ड चल्ने एटीएम र 'प्वायन्ट अफ सेल्स'
काउण्टरबाट रकम झक्िन सक्ने छन् । आगामी १ वर्षभत्र सेवा विस्तारसँगै
सबैभन्दा बढी ग्राहकमाझ एटीएम सेवा विस्तार गर्ने दाबी ब्याङ्कले गरेको
छ ।
चोकोफोन को नयाँ विज्ञापन अभियान
सुजल फुड्स प्रा.लि.ले चेकोफन कन्फेक्सनरीको व्यापारलाई थप गति दिन
टिभी, रेडियो, एफएम, होर्डिङ, पोस्टर, पत्रपत्रिकामार्फ् नयाँ विज्ञापन
अभियान शुरु गरेको छ । ओ, माई चोकोफन नाम दिइएको यस विज्ञापन अभियानले
चोकोफोन बेफरको छवि अझै माथि पुग्ने दाबी कम्पनीको छ । चोकोफनको उपभोक्ता
मूल्य रु.५ रहेको छ ।
टिभीएसको एपाचे-आरटीआर
नेपालका लागि टिभीएस मोटरसाइकलको अधिकृत वितरक एआईटी प्रा.लि.ले १६०
सीसी इन्जिन क्षमता र १५.२ बीएचपीसहितको एपाचे-आरटीआर १६० को बिक्री
प्रारम्भ गरेको छ । र्सर्भिस ड्यू रिमान्डर, डिजिटल कन्सोल, २७० एमएमको
रोटल पेटल डिस्क, स्वचालित स्र्टार्ट, अत्याधुनिक साइलेन्सर, इञ्जिन
फाइरिड, इलुमुनेटिड हृवील रिम र एल्मुनियम फुट पेग्सप्रविधि जडित उक्त
मोटरसाइकल युवापुस्तामाझ लोकप्रिय हुने दाबी कम्पनीले गरेको छ । विभिन्न
पाँच रंगमा उपलब्ध एपाचे-आरटीआरको मूल्य रु.१,५९,९०० तोकिएको छ ।
गाडीलाई चुस्त राख्न वेक्सो
जोशी अटोमोबाइलले सवारी साधनका इञ्जिनलाई चुस्त र दुरुस्त राख्न वेक्सो
फ्यूल सिस्टम क्लिनर बजारमा ल्याएको छ । यसमा रहेको सिन्थेटिक र्फमूलाका
कारण पेट्रोल वा डिजलमा मिसाएर सवारी साधनमा प्रयोग गर्दा कम गुणस्तरीय
इन्धनका कारण ट्याङ्क, कार्बोरेटर, पोर्टस, भल्भ्स र कम्ब्युसन च्याम्बरमा
जम्मा भएका फोहोर सफा गर्न मद्दत गर्ने दाबी कम्पनीको छ । कम्पनीको
भनाइमा यसले गर्दा इन्धन खपतमा कमी आउनुका साथै गाडी वर्षौंसम्म पनि
राम्रो अवस्थामा रहन सक्छ । कम्पनीका अनुसार २८७ एमएलको क्लिनरको बजार
मूल्य रु.४५० रहेको छ ।
नयाँ मोडलका फिलिप्स मोबाइल
स्याकार कम्पनी लिमिटेडले फिलिप्स ब्राण्डका जेनियम रेन्जका १० आकर्ष
मोडलका मोबाइल नेपाली बजारमा ल्याएको छ । रु.२,९९० देखि रु.१५,६९०
सम्म मूल्यका ती मोबाइलको ब्याट्री १००० घण्टा -स्ट्याण्डबाई) तथा
१० घण्टा -टकटाइम) सम्म चल्ने कम्पनीको दाबी छ । कम्पनीले दिएको जानकारी
अनुसार, यी मोबाइलहरूमा एफएम रेडियो, पोलिफोनिक रिङ टोन्स, क्यामरा,
ब्लुटुथ, इन्पारेड, एमपीथ्री, भिडियो रेकर्डिङ आदि सुविधाहरू पनि रहेका
छन् । |