| रविन साय्मि |
 |
मूहूर्त

भनेको/सुनेको
“मधेसी जनअधिकार फोरमको प्रतिगामी तत्व र दरबारसँग साँठगाँठ
छ। पहाडियालाई मधेसबाट लखेट्नुपर्छ भन्ने उनीहरूको मागमा हामी सहमत
छैनौँ।”
रामकुमारी
यादव
मधेशी राष्ट्रिय मुक्ति मोर्चा, संयोजक
तरुण साप्ताहिक, १३ असार २०६४
अङ्क
र अर्थ
५१६ पटक स्वीट्जरल्याण्डमा
सन् १८४८ मा संविधानसभाले संविधान निर्माण गरेदेखि सन् २००४ सम्म विभिन्न
मुद्दामा राय बाझिएपछि सम्पन्न गरिएका जनमतसङ्ग्रह निर्वाचन।
७६३५ भारतमा संविधानसभाका
बेला प्राप्त भएका संशोधन प्रस्ताव। यीमध्ये २४७३ वटा प्रस्तावलाई
संविधानसभामा प्रस्तुत गरिएका थिए।
९१ हाल संसारभर बहुमतीय
पद्धतिका आधारमा निर्वाचन हुने मुलुकहरू।
हिँड्दा-हिँड्दै
गत वर्षभन्दा
यसपटक विदेश पढ्न जाने विद्यार्थी सङ्ख्या दोब्बर (अघिल्लो वर्ष ५
हजार यो वर्ष १० हजार) पुगेको छ। विदेश जान 'नो अब्जेक्शन लेटर' लिनेहरूको
भीडमा ६ असारमा शिक्षा मन्त्रालयमा भेटिएकी नायिक सज्जा
मैनाली भन्छिन्, “म आर्ट एण्ड थिएटर पढ्न अमेरिका जान लागेकी
हुँ।”
 |
| किरण पाण्डे |
अमेरिकामा पढ्न त निकै
खर्च लाग्ला नि!
वार्षिक २० हजार अमेरिकी डलर लाग्ने इष्टिमेट त्यहाँको कलेजले पठाएको
छ।
कति वर्षको कोर्ष गर्दै
हुनुहुन्छ?
तीन वर्षको।
त्यसपछि त फर्कने होला
नि!
मेरो श्रीमान् ओमराज भट्टराई उतै बस्नुहुने भएकाले पढाइपछि पनि मेरो
बसाइ उतै हुनसक्छ।
त्यसोभए यतिका वर्ष काम
गरेको चलचित्र क्षेत्रलाई माया मार्न लाग्नुभएको हो?
अँ, त्यस्तै होलाजस्तो छ। तर नेपाल आएका बेला भने चलचित्रमा काम गरिनै
रहनेछु।
चलचित्र क्षेत्रमा त
स्थापित भइसक्नुभएको थियो नि!
हो, ६ वर्षमा २६ वटा चलचित्रमा अभिनय गरेँ। नायक निखिल उप्रेतीसँग
मिलेर सावधान चलचित्र पनि बनाएँ। एक किसिमले राम्रै थियो।
पछिल्लो समय पनि चलचित्रमै
व्यस्त हुनुहुन्थ्यो हैन?
पछिल्लो समय कृष्ण–अर्जुन, दादागिरी, भाग्यविधाता लगायतका चलचित्रमा
काम गरेँ। अहिले चाहिँ अमेरिका जाने भएकोले कुनै पनि चलचित्रमा 'साइन'
गरेको छैन।
|