हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

देश | समाचार

सेवा पटक्कै छैन

अस्पतालमा स्वास्थ्यकर्मी छैनन्, महिनौंदेखि सञ्चार विच्छेद छ, र्सवसाधारण हैरान छन् । तर पनि सेवामा लाग्नुपर्ने सरकारी निकाय बेखबर छन् ।

नेपालगन्जमा डुबान सकिएपछि आश्वासन दिन आएका अर्थमन्त्री डा. रामशरण महत ।

नेपालगन्जको क्याम्पसरोडदेखि दक्षिण भारतीय सीमासम्म डेढ किलोमिटर क्षेत्र सात महिनादेखि सञ्चारविहीन छ । पश्चिम नेपालको मुख्य व्यापारिक र सीमा नाका भएकाले सुरक्षाको दृष्टिले संवेदनशील दर्ुइ सीमा प्रहरी चौकी, भन्सार, अध्यागमनलगायतका कार्यालय भएको यो क्षेत्रमा टेलिफोन नहुँदा सुरक्षा र अर्थसँग जोडिएका काम प्रभावित भएका छन् । बारम्बार हत्या, अपहरण, डकैतीजस्ता आपराधिक घटना भइरहने सीमाक्षेत्रका बासिन्दा केही भइहाले सुरक्षा निकाय गुहार्ने उपाय समेत नहुँदा त्रस्त छन् ।

नेपाल टेलिकम पटकपटक तार चोरी भइरहेकाले सुरक्षा ग्यारेन्टी नभएसम्म टेलिफोन नजोडिने बताउँदै बसेको छ । टेलिकमका मध्यपश्चिम क्षेत्रीय निर्देशक देवनारायण यादव भन्छन्, "नयाँ केबुल लगाए पनि चोरी भइहाल्छ  । हामीलाई सुरक्षा भएन । यही स्थिति रहे कसरी सेवा दिने -" हुन पनि सुरक्षा निकायकै अगाडि तार चोरी भइरहँदा पनि रोक्ने प्रयास भएको छैन । तार चोरीकै कारण विमानस्थल रहेको राँझा क्षेत्र र एक दर्जनभन्दा बढी सरकारी कार्यालय भएको खजुराक्षेत्र समेत सञ्चार सर्म्पर्कविहीन छ । नेपालगन्ज वरिपरिका १२०० भन्दा बढी टेलिफोन लाइन अहिले बन्द छन्  ।

दूरसञ्चार सेवा नपाएर जनताले त दुःख पाएकै छन्, सरकारी निकाय पनि हैरान छन् । सीमास्थित जमुनाहा चौकीका इन्चार्ज र्सइ धर्मेन्द्र शाह प्रहरी अपाङ्गजस्तै बनेको बताउँछन् । "सीमाक्षेत्रका गाउँमा केही अपराध भए खबरै आउँदैन", उनी भन्छन्, "ढिलो खबर पाएर जाँदा अपराधी भागिसकेको हुन्छ ।" दैनिकजसो विभागमा रिपोर्ट पठाउने र आवश्यक निर्देशन लिनुपर्ने नेपालगन्ज भन्सार कार्यालयको हालत पनि उस्तै छ । निमित्त भन्सार प्रमुख शरदकुमार केसी भन्छन्, "राजस्व असुलीको काममा ठूलो धक्का लाग्यो, तस्करीबारे सूचना आउन छाड्यो ।"

बाढी र डुबानपछि बाँके-बर्दिया लगायत पश्चिम तर्राईका जिल्लामा विभिन्न रोगको प्रकोप फैलिएको र गाउँका स्वास्थ्य चौकीदेखि शहरका अस्पतालसम्म बिरामीको चाप बढेको छ । तर स्वास्थ्य संस्थामा न पर्याप्त स्वास्थ्यकर्मी छन्, न औषधि । सरकारले खटाएका स्वास्थ्यकर्मी र पठाएका औषधि पनि स्वास्थ्य संस्थामा भेटिँदैनन् । मध्य र सुदूरपश्चिमको एकमात्र सुविधासम्पन्न भेरी अञ्चल अस्पतालकै हालत यस्तो छ । मेडिकल सुपरिटेण्डेण्ट डा.श्यामसुन्दर यादव भन्छन,् "दरबन्दीअनुसार डाक्टर छैनन्, आवश्यक उपकरण छैन । तैपनि स्रोतसाधनले भ्याएसम्म जसोतसो काम धानेका छौँ ।" २४ डाक्टरको दरबन्दी रहेको क्षेत्रीय अस्पतालमा सात जना मात्र कार्यरत छन् ।

सीमाक्षेत्रका गाउँमा मात्रै होइन, सुरक्षा निकायको बाक्लो उपस्थिति हुने नेपालगन्जमै हरेक दिनजसो चोरी-डकैती भएका छन्  । सम्साँझै घर-पसल लुटिन्छन् । हतियारधारी डाँकाहरू र्सवसाधारण माथि आक्रमण गरेर लुटपाट मच्चाउँछन् । तर सुरक्षा निकाय केही गर्न सक्दैन  ।

दर्ुइपल्टसम्म पसल चोरी भएको पीडा पोख्दै सर्ुर्खेत रोडका बादल बस्नेत भन्छन्, "मुख्य सडकमा प्रहरीको गस्ती भइरहने ठाउँमा त खुलेआम चोरी हुन्छ, हामीले कोबाट सुरक्षाको आश गर्ने ?"

१८ भदौमा राहदानी बनाउन आएका २४ जनालाई बर्दिया जिल्ला प्रशासनले रित्तोहात फर्कायो । मध्य र सुदूरपश्चिमका धेरैजसो प्रशासन कार्यालयमा यतिखेर राहदानीको अभाव भएकोले वैदेशिक रोजगारीमा जान चाहनेहरू निराश छन् । प्रशासनले उनीहरूलाई राहदानी सकिएको दर्ुइ हप्ता भइसकेको र कहिले आउँछ भन्ने टुङ्गो नभएकोले 'जरुरी भए परराष्ट्र मन्त्रालयबाट बनाउनू' भन्ने जवाफ दिने गरेको छ । तर घरखेत धितो राखेर जसोतसो वैदेशिक रोजगारीमा जान जोहो गर्नेहरूको राहदानी बनाउनका लागि मात्रै परराष्ट्र धाउन सक्ने अवस्था छैन ।
नेकपा मालेका केन्द्रीय सदस्य दिवाकर शर्मा सरकारी निकाय र कर्मचारीतन्त्र अझै लोकतान्त्रिक हुन नसकेको र सरकारी सेवासुविधा पञ्चायतको भन्दा पनि ब्रि्रेको बताउँछन् । उनी भन्छन्, "सेवा दिन सक्दिनँ पनि भन्दैनन्, दिँदा पनि दिँदैनन्, यो रवैयाले जनताले सरकार छ भन्ने अनुभूति समेत गर्न पाएका छैनन् ।"

सेवा नपाएझैँ सरकारी निकायको उदासीनता र लापरवाहीबाट भएका कामको मार पनि जनताले नै खेप्नुपरेको छ । शहर विस्तारका नाममा नगरपालिकाले गरेको 'विकास×' ले यसपालि नेपालगन्जलाई पूरै डुबायो । ढल निकासको व्यवस्था नगरी जता पनि जति पनि घर बनाउन दिने र नगरपालिका आफैँले पनि अव्यवस्थित संरचना बनाउने काम गरेकोले यो स्थिति आएको हो  । नगरपालिकाले 'नयाँ शहरी योजना' भन्दै करोडौँ खर्च गरेर बनाएको नयाँसडक क्षेत्र नै सबैभन्दा बढी डुबेको थियो । २२ भदौमा निरीक्षण गर्न आइपुगेका अर्थमन्त्री डा. रामशरण महत पनि आश्वासन मात्रै बाँडेर फर्किए । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष दामोदर आचार्य भन्छन्, "जथाभावी वस्तीमात्र विकास गर्न खोज्ने नगरपालिकाकै रवैयाले यस्तो भएको हो ।"

रामेश्वर बोहरा, नेपालगन्जमा


मृत्यु बेच्नेहरू निष्पिक्री घुम्छन्

विषाक्त रक्सीको परिणाम ।

भदौको पहिलो साता जनकपुरमा २८ जनाको ज्यान लिएको विषाक्त घरेलु रक्सीको उत्पादन र बिक्री/वितरण अहिले पनि निर्वाध चलिरहेको छ । त्यस्तो रक्सी उत्पादन गर्ने गैरकानूनी काम गरिरहेको एउटा भट्टीलाई पनि प्रशासनले बन्द गरेको छैन । भट्टी सञ्चालकहरू कोही पक्राउ परेका छैनन् ।

रक्सी उत्पादकहरूसँग जनपद प्रहरीको मिलेमतो हुनसक्ने निष्कर्षनिकालेर जिल्ला प्रशासन कार्यालय, धनुषाले घरेलु रक्सी उत्पादन र बिक्री वितरणको अनुसन्धान तथा कारबाही गर्ने जिम्मेवारी सशस्त्र प्रहरीलाई सुम्पिएको छ । तर अहिलेसम्म सशस्त्र प्रहरीको काम र क्षमता पनि जनपद प्रहरीको भन्दा फरक देखिएको छैन । स्थानीय प्रशासन आफ्नो मात्र प्रयासले घरेलु रक्सी उत्पादन र बिक्री नियन्त्रण नहुने बताउँछ । धनुषाका प्रमुख जिल्ला अधिकारी रामशरण चिमौरिया भन्छन्, "समाजका सबै वर्गको सहयोग आवश्यक छ ।"

आफ्नो पार्टर्ीी पर्ूव क्षेत्रीय सभापति राजा गोइतको इनर्वामा चालु दर्ुइ वटा रक्सी भट्टी बन्द हुन नदिन नेपाली काङ्ग्रेस, धनुषाका सभापति रामकृष्ण यादव खुलेर लागेकाले घरेलु रक्सी उत्पादनमा राजनीतिक संरक्षणको पाटो पनि र्छलङ्ग भएको छ । गोइतका भट्टीमा अवैध घरेलु रक्सी उत्पादन हुने गरेको तथ्य जगजाहेर हुँदाहुँदै पनि घरेलु रक्सी पिएर मानिसहरूको मृत्यु हुनथालेपछि प्रशासनले ती भट्टी बन्द गर्ला भन्ने आशङ्काले यादव अहिले त्यहाँ घरेलु रक्सी उत्पादन नहुने बताउन थालेका छन् । उनी भन्छन्, "राजा गोइत पहिला लोकल रक्सी बनाउँथे, अहिले सिलप्याक रक्सी मात्र बनाउँछन् ।" घरेलु रक्सी सेवनबाट भएको मृत्युको अनुसन्धान गरी दोषीमाथि कडा कार्वाही गर्न माग गर्ने आठ राजनीतिक दलको बैठकमा पनि काङ्ग्रेसको तर्फाट रामकृष्ण यादव नै उपस्थित थिए ।

धनुषा, महोत्तरी, र्सलाही, सिरहा र सप्तरीमा अवैध घरेलु रक्सी उत्पादनको पेशा मौलाउनुमा प्रहरी प्रशासनले पाउने मोटो रकमको कमिशन पनि महत्त्वपर्ूण्ा कारण रहने गरेको छ । रक्सी उत्पादकहरूबाट धनुषाका प्रहरी प्रमुखले हरेक महिना एक लाख रुपैयाँ कमिशन पाउने गरेको तथ्य जनकपुरमा खुला सत्यका रूपमा स्थापित छ । यहाँका एकदर्जन रक्सी भट्टीले प्रहरीलाई सामूहिक रूपमा कमिशन बुझाउने सञ्जाल नै बनाएका छन्  । एउटा भट्टीले १५ हजारदेखि २५ हजार रुपैयाँसम्म प्रहरीलाई कमिशनका रूपमा बुझाउँछन् । घुमुवा प्रहरी मार्फ् यस्तो रकम बुझने गरिएको छ  । रक्सी उत्पादक रामचन्द्र जयसवाल भन्छन्, "महिना मर्नासाथ पैसा नबुझाउने हो भने प्रहरीले पक्रेर लगिहाल्छ ।"
जिल्ला प्रहरी कार्यालय, महोत्तरीको रर्ेकर्डमा पछिल्लो वर्षछ्यास्छ्यास्ती रहेका यस्ता भट्टीमध्ये एउटै नष्ट नगरिएको रर्ेकर्डले पनि प्रहरी प्रशासनको संलग्नतालाई प्रस्ट पारेको छ ।

अजित तिवारी, जनकपुर


किन बढ्यो तरकारीको भाउ

२० भदौमा कालीमाटी बजारमा रु.३८ रहेको एक केजी हरियो खर्ुसानीको थोक मूल्य २१ गते रु. १०० पुग्यो र ३० गते रु.५५ मा झर्‍यो । २० गते रु.२० मा बिक्री भएको घिउसिमी २१ गते रु.३६ मा बिक्री भयो । त्यस्तै, १६ गते रु.२५ रहेको गोलभेँडाको मूल्य २० गते रु.४६ भयो भने १७ गते रु.१६ मा बिक्री भएको बोडीको भाउ २८ गते रु.३८ पुग्यो ।

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा थोक मूल्य तोकिने यी तरकारीहरूको भाउ दिनदिनमा मात्र नभएर छिन्छिन्मा फरकपर्ने गरेकाले त्यहाँ तरकारी बिक्री गर्ने किसानहरूले ठगिएको महसुस गरेका छन् । काभ्रे, पाँचखालका किसान बद्रीप्रसाद मैनाली व्यापारीले महँगो भएको बेला बिक्री गरेको सामानको भुक्तानी सस्तो भएको बेला गर्ने गरेकाले किसानहरू ठगिएका बताउँछन् । तरकारीको थोक मूल्य बढ्दा खुद्रा मूल्य झन् कहालीलाग्दो हुने हुनाले उपभोक्ता त्यत्तिकै पीडित छन् ।

हरेक वर्षसाउन-भदौमा तर्राईमा बाढी र पहाडमा झरीले गर्दा मागअनुरुप तरकारी उत्पादन नहुने तथा नयाँ उत्पादन आउन अझै असोजको दोस्रो हप्ता कर्ुनर्ुपर्ने हुनाले त्यतिञ्जेलसम्म भाउ नघट्ने कालिमाटी बजारका तरकारी व्यवसायी गीताप्रसाद आचार्य बताउँछन् । यो कारणले हरेक वषर्ामा तरकारीको मूल्य केही बढ्नु स्वाभाविक हो । तर यो वर्षअझै महँगो हुनुको कारण चाहिँ तर्राईको ठूलो बाढी ठान्ने बजार विकास समितिका कृषक प्रतिनिधि एवं तरकारी व्यवसायी भगवानचन्द्र उप्रेती भन्छन्, "उसै पनि वषर्ाले थोरै उत्पादन हुने पहाडको तरकारी यसपालि तर्राईमा समेत गएकोले मूल्य बढेको हो ।"

कालिमाटी बजारको ०६१ र ०६४ साल चार वर्षो मूल्य अन्तरले पनि यही देखाउँछ -हे. तालिका) । उदाहरणका लागि २०६१ साउनमा प्रतिकेजी रु.१२ मा बिक्री भएको रातो आलुको मूल्य यो वर्षदोब्बर भएको छ । आलु महङ्गो हुनुको प्रमुख कारण गएको चैतमा परेको भारी असिना हो भने प्याज महङ्गो हुनुमा- भारतमा भएको मूल्यवृद्धि । उपभोग्य वस्तुको मूल्य माग र आपर्ूर्तिको परिमाणमा भर पर्दछ । काठमाडौँमा चार वर्षघिको तुलनामा दैनिक आपर्ूर्ति केही बढेपनि तीब्र गतिले बढिरहेको शहरी जनसंख्याको तुलनामा कमै हुने गर्दछ । आएको तरकारी पनि गर्मी र वषर्ाले छिटो ब्रि्रनाले आपर्ूर्ति घटेको छ । कालीमाटी बजारमा यो बेला दैनिक १५-२० टन तरकारीजन्य फोहोर थुप्रिन्छ ।


कालीमाटीमा भित्रिने फलफूल र तरकारीमध्ये तरकारीको स्थान ८७ प्रतिशत छ । गत वर्ष१ लाख ८५ हजार टन तरकारी-फलफूल भित्रिएको यो बजारमा धादिङबाट सबैभन्दा बढी २० प्रतिशत, काभ्रेबाट १८, भारतबाट १४, मकवानपुरबाट ९, चितवनबाट ७ र र्सलाहीबाट ६ प्रतिशत ओगटेका थिए । तिब्बतबाट आउने लसुन र अदुवाको हिस्सा एक प्रतिशत थियो । देशकै सबैभन्दा ठूलो कालीमाटी फलफूल तथा तरकारी बजारले उपत्यका शहरी क्षेत्रको करिब ६०-७० प्रतिशत आपर्ूर्ति गर्नुका साथै दैनिक रु.८० लाखदेखि १ करोडको कारोबार गर्दछ  ।

विजय सन्तोषी राई, धनकुटा

थोक मूल्य अन्तर -रु. किलोमा
तरकारी
भदौ २०६१
भदौ २०६४
सानो गोलभेँडा
८-३६
२५-४६
आलु रातो
१४-१८
२४-२५
काउली स्थानीय
२०-६०
२२-५०
बोडी
१६-४२
१६-४०
घिउसिमी
१६-४०
१८-४०
बन्दा
६-२८
१४-२४
तीतेकरेला
१४-३६
१६-३६
प्याज
१२-१८
३४-३८

स्रोतः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति


मदनपोखराको तरकारी गोरखपुरसम्म

पाल्पा, मदनपोखराका एकप्रसाद भण्डारीले तरकारी खेतीका लागि ११ लाख खर्च गरी १२ रोपनी जग्गामा टनेल -ग्रीन हाउस) बनाएको देख्दा उनलाई धेरैले बहुलाहासम्म भने । आफन्तले त्यति ठूलो रकमले घर बनाउन सल्लाह दिए । राम्रो फल्ने मकैबारी बिगारेको भन्दै बाबुआमाले झपारे । तर भण्डारीले शुरु गरेको तरकारी खेतीबाट राम्रो आम्दानी देखेपछि मदनपोखराका प्रायशः सबै जसोले तरकारी खेती गर्न थालेका छन् । भण्डारीले गएको चैतमा रोपेको टमाटर असारमा बेचेर ३ लाख हात पारेका छन् ।

मदनपोखरामा तरकारी खेती गरेरै वाषिर्क ४-५ लाख कमाउने एकप्रसाद जस्ता धेरै छन् । ८ वर्षम्म भूमिसुधार कार्यालयको खरिदार पदमा रहेर काम गरेका मदनपोखरा ५ कै नगेन्द्रराज पाण्डे -५१ वर्ष लाई जागिर छोडेर तरकारी खेती शुरु गर्दा बाटो बिराएझैँ लागेको थियो तर राम्रो आम्दानी हुन थालेपछि उनी त्यसैमा खुशी छन् । २०५९ सालमा तरकारी खेतीका लागि लिएको ८ लाख २५ हजार ऋण चुक्ता गरिसकेका छन् । गत वर्षमात्रै झण्डै ८ लाखको तरकारी बेचेका पाण्डेले त्यसबाट ४ लाख नाफा कमाएका थिए । तरकारी खेतीको आम्दानीबाट ५ लाख पर्ने पक्की घर खडा गरेकी सरस्वती भट्टर्राईलेे भनिन्, "हिजो खर्च नपुगेर गाउँ गाउँ चहार्नुपर्थ्याे तर अहिले कसैसँग हात थाप्नुपर्दैन ।"

मदनपोखरामा बिहान तरकारी बेचेर दिउँसो स्कूल जाने विद्यार्थी, शिक्षक र जागिरेहरू प्रशस्त छन् । कृषि विकास ब्याङ्क पाल्पामा कार्यरत गणेश भट्टर्राई जस्तै विद्युत् प्राधिकरण पाल्पाका युवराज भट्टर्राईले पनि कार्यालय आउँदा तानसेनमा तरकारी बोकेरै आउँछन् । विदेशिएकाहरू समेत बीचैमा फर्किएर तरकारी खेतीमा लागेका छन्  । रोजगारीको लागि साउदी अरब पुगेका टीका हितङ्गा त्यहाँभन्दा तरकारी खेतीबाट बढी आर्जन हुने देखेपछि एक वर्षेखि त्यसैमा मग्न छन् । उनी भन्छन्, "महिनामा ८-९ हजार आम्दानी हुन्छ किन जानु विदेश ।"

१२ महिना नै तरकारी खेती लगाउने मदनपोखराको तरकारी तानसेन, बुटवल, भैरहवादेखि गोरखपुरसम्मको बजारमा पुग्ने गरेको छ । टमाटर खेतीबाट मात्रै मदनपोखरामा वाषिर्क रु.२ करोड आम्दानी हुने गरेको छ । तरकारी व्यवसायी नगेन्द्र भन्छन्, मदनपोखरामा तरकारी उब्जाउ नहुँदा स्थानीय बजारमा हाहाकार हुन्छ मूल्य बढेर छुन सकिँदैन ।

देव पचभैया, पाल्पा


सद्भावमाथि फेरि प्रहार

३० भदौमा कपिलवस्तुका नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि मोइद खानको हत्यापछि भड्किएको हिंसाबाट थप दर्ुइ जनाको मृत्यु र करोडभन्दा बढीको क्षति भएको छ । कपिलवस्तुको वीरपुर खुदरवेटास्थित आफ्नो घरबाट बालापुरस्थित खेतमा जाँदैगर्दा अज्ञात व्यक्तिले गोली हानी खानको हत्या गरेका थिए । खानका र्समर्थक र आफन्तहरू उनको हत्या माओवादीले गरेको आरोप लगाउँदै तोडफोड र आगजनीमा उत्रिएपछि कपिलवस्तु र रुपन्देहीको जनजीवन आतङ्कति बनेको थियो । कपिलवस्तुका प्रमुख जिल्ला अधिकार नरेन्द्रराज दाहालका अनुसार खानका र्समर्थकहरूको आक्रमणबाट सशस्त्र प्रहरीका जवान चितवनका हसन पुरी र एकजना सवारी चालकको मृत्यु भएको छ । आक्रमणबाट जोगिन र्सवसाधारण सैनिक गण र प्रहरी कार्यालयमा पुगेका थिए । स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले तौलिहवा, चन्द्रौटा र कृष्णनगरमा कर्फ्र्यू लगाएको थियो । तर भीडले केही ठाउँमा कर्फ्र्यूको अवज्ञा गरेको थियो ।

चन्द्रौटाका साधुराम खनालका अनुसार उत्तेजित समूहले चन्द्रौटा र कृष्णनगरमा सय जति सवारी साधनमा आगो लगाउनुको साथै कृष्णनगर बसपार्कका होटेल र ८ वटा फेन्सी पसलहरू लुटपाट गरेको थियो । भारतीय सीमामा रहेको कृष्णनगरमा पारिबाट आएको समूहले समेत लुटपाट गरेको थियो । उत्तेजित समूहले विसुनपुरा गाविस देवीनगरस्थित सुकुम्वासीका १ सय २५ घरमा समेत आगजनी र लुटपाट गरेको थियो । त्यसैगरी पत्थरदैयाको जौवामा ८० घर जलाइएका छन् भने गणेशपुर, हल्लानगर, खुरहुरिया लगायतका गाउँमा पनि आगजनी गरिएको थियो । सो अनियन्त्रित समूहले नेकपा एमाले कपिलवस्तुका सदस्य नेत्र अधिकारीको चन्द्रौटास्थित घर बम पड्काएर ध्वस्त पार्नुको साथै वीरपुर गाविसका पर्ूव अध्यक्ष क्षेत्रबहादुर खत्रीको घरमा पनि आगजनी गरेको थियो । त्यस्तै तौलिहवास्थित माओवादीको जिल्ला कार्यालय पनि तोडफोड गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार उत्तेजित समूहले विभिन्न ठाउँमा बम पड्काउने र गोली चलाउने गरेका थिए ।

जेवी पुन मगर
मोइद खान

जिल्लास्थित राजनीतिक दलका नेताहरूले प्रमुख जिल्ला अधिकारीले घटना नियन्त्रणमा लिन पहल नगरेको आरोप लगाएका छन् । घटनाबारे पटक पटक जानकारी गराएर सुरक्षा बलको माग गर्दा पनि प्रजिअले सहयोग नगरेको एमाले कपिलवस्तुका सचिव बलराम अधिकारीले बताए । दिउँसो ४ बजेपछि सशस्त्र प्रहरीले हवाई र स्थल गस्ती शुरु गरी स्थिति सामान्य बनाउने प्रयास गरेको थियो ।

सशस्त्र द्वन्द्वको कालमा माओवादीविरुद्ध प्रतिकार समिति बनाएर उत्रिएका खानलाई त्यसबेला माओवादीले हत्या गर्ने प्रयास गरेको थियो । खानको हत्याको जिम्मेवारी कसैले नलिएकाले घटनामा कुन समूह संलग्न थियो भन्ने प्रस्ट भएको छैन । माओवादीले घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ । केही समूहहरूले भड्किएको आक्रोशलाई साम्प्रदायिक रङ दिने प्रयास गरेका छन् । जनतान्त्रिक तर्राई मुक्तिमोर्चाको गोइत समूहले 'मधेशका नेता खानको हत्याको बदला लिने' धम्की दिएर वातावरण झन् बिगार्ने प्रयत्न गरिरहेको छ । हिमाल सँग अघिल्लो हप्ता कुरा गर्दै खानले 'गोइत समूहले आफ्नो पार्टर्ीी आउन अग्रह गरेपनि संविधानसभाबाटै मधेशको मुक्ति हुन्छ भनेर जवाफ दिएपछि उनीहरू असन्तुष्ट भई फर्किएको' बताएका थिए । खान लोकतान्त्रिक मधेशी सङ्गठनका कार्यवाहक अध्यक्ष पनि थिए ।

खानको हत्यापछि उत्तेजित समूहले गरेको आक्रमणको विरुद्धमा रुपन्देहीको बुटवलमा अर्को अराजक समूहले एक मस्जिद, २ भारतीय न्ाम्बर प्लेटका ट्रक र एक मोटरसाइकल जलाएको छ । सो घटनापछि प्रशासनले बुटवलमा पनि कर्फ्र्यू लगाएको थियो । २०६१ सालमा कपिलवस्तुको हल्लानगर, गणेशपुरलगायतका गाउँहरूमा प्रतिकार समूहका नाममा यसैगरी आगजनी गरिएको थियो र त्यसपछि चर्किएको हिंसामा ३६ जनाभन्दा बढीको ज्यान गएको थियो ।

मुकेश पोखरेल, भैरहवा