हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
रविन साय्‌मि

मूहूर्त

 

 


भनेको/सुनेको

“भुटानको कुल जनसङ्ख्या ६ लाख छ। यदि एकलाख भुटानी शरणार्थी फर्केर त्यसमा मिसिए भने त्यसले जनसाङ्खिक सन्तुलनलाई खलबल्याई दिनसक्छ।”

प्रणव मुखर्जी
भारतीय विदेश मन्त्री
दि हिमालयन टाइम्स, २८ जेठ २०६४


अङ्क र अर्थ

७७४ जना राजप्रासाद सेवाअन्तर्गत नारायणीहिटी दरबारमा कार्यरत कर्मचारीहरू।

३७ करोड इन्टरनेटमा उपलब्ध अश्लील प्रकृतिका वेभपेजहरू। प्रत्येक दिन इन्टरनेटमा करिब २७० नयाँ अश्लील साइटहरू थपिन्छन्।

३१ वटा बर्दिया राष्ट्रिय निकुञ्जमा हालै गणना गरिएका गैँडाको सङ्ख्या। सन् १९८६ देखि सन् २००३ को अवधिमा त्यहाँ ८३ गैँडा स्थानान्तर गरिएको थियो।

कान्तिपुर/डिजिटल लाइफस्टाइल/नेपाल प्रकृति संरक्षण कोष


हिँड्दा-हिँड्दै

तपाइँलाई कुन समूहको रगत चाहियो?
www.bloodmembers.com भिजिट् गर्नुस्। तपाइँले थुप्रै रक्तदाताका ठेगाना र फोन नम्बर पाउनुहुनेछ। यो अवधारणा ल्याएका हुन् सूचनाप्रविधि उच्चस्तरीय आयोगका सदस्य रामशरण पाण्डेले। उनी भन्छन्, “यसले धेरै बिरामीको जीवन बँचाएको छ।”

किरण पाण्डे

वेबसाइट शुरु गर्नुभएको कति भयो?
पाँचवर्ष।

यस्तो 'साइट' बनाउने सोच कसरी आयो नि!
दुर्लभ रक्त समूह (नेगेटिभ ब्लड ग्रुप) का बिरामीले सहज रूपमा रगत पाउन नसकेको देखेर एउटा वेबसाइट बनाएर मानवजीवन बचाउने सोच आयो।

त्यसरी जीवन बचाएको कुनै उदाहरण छ?
छ। गङ्गालाल हृदय रोग केन्द्रमा भर्ना गरिएकी पोखराकी एउटी बालिकाको 'ओपन हार्ट सर्जरी' गर्नु पर्‍यो। उनलाई तत्काल 'ए नेगेटिभ ब्लड' चाहियो। यही साइट हेरेर पोखराका पुष्प उदास र मलाई सम्पर्क गरियो। बालिका पोखराकै भएकीले उदास प्लेन चढेर काठमाडौँ आए र आवश्यक पर्ने 'फ्रेस ब्लड' दिएर बच्चीलाई बचाए।

कति छन् अहिले यो साइटका सदस्यहरू?
करिब पाँचसय। शुरुमा आफ्नै ठेगाना र फोन नम्बर राखेर साइट बनाएँ। त्यसपछि केही पत्रपत्रिकामा यसबारे लेख छापिएपछि सदस्य सङ्ख्या बढ्न थालेको हो।

साइट अपडेट भइरहन्छ?
गएको वर्षदेखि ब्लड डोनर्स एशोसिएसनलाई यो साइट हस्तान्तरण गरिएको छ। र, उसले नियमित रूपमा अपडेट गर्दै आएको छ। इन्टरनेट सुविधा नभएकाहरूले डोनर्स एशोसिएसनको प्रदर्शनीमार्गस्थित ब्लड ब्याङ्कको केन्द्रीय कार्यालयमा गएर चौबीसै घण्टा यो सुविधा लिन सक्छन्।