अर्थ बजार
इन्भेष्टमेण्ट ब्याङ्कको १६ औँ शाखा
आफ्नो कारोबारलाई विस्तार गर्ने रणनीतिअनुरुप नेपाल
इन्भेष्टमेण्ट ब्याङ्क लिमिटेडले काठमाडौँ, ठमेलमा १६ औँ शाखा खोलेको
छ। ठमेलका स्थानीयवासी र पर्यटकहरूलाई लक्षित सो शाखाबाट विदेशी मुद्रा
विनिमय, रिटेल ब्याङ्किङ, प्रतीतपत्र, रेमिटेन्स, कर्जालगायतका सेवा
प्रदान गरिने ब्याङ्कले जनाएको छ।
क्लिन इनर्जी ब्याङ्कको उपहार योजना
महिलाहरूलाई लक्षित गर्दै क्लिन इनर्जी डेभलपमेन्ट ब्याङ्कले
बचत तथा मुद्दती खाता खोल्ने ग्राहकहरूका लागि उपहार योजना ल्याएको
छ। न्यूनतम रकम बिना नै खोल्न सकिने बचत खाता योजनाअन्तर्गत प्रत्येक
महिना रु.१० हजारको सुनको लकेट एक थान र प्रत्येक तीन महिनामा रु.२५
हजारको सुनको नेकलेश एक थान गोलाप्रथा माध्यमबाट उपहार दिइने ब्याङ्कले
जनाएको छ। यसैगरी न्यूनतम रु.१० हजारमा खोल्न पाइने एकवर्षे मुद्दती
खाताअन्तर्गत प्रत्येक महिना १ जनालाई १० ग्राम सुन र हरेक ६ महिनामा
एकजनालाई रु.१ लाख नगद उपहार दिइने ब्याङ्कको दाबी छ।
नोकिया नेपालमा
नोकियाले गोल्छा अर्गनाइजेसन अन्तर्गतको नियोटि्रक नेपाल
र विशाल समूह अन्तर्गतको प्यारामाउन्ट इलेक्ट्रोनिक्सलाई नेपालका लागि
आधिकारिक बिक्रेता नियुक्त गरेपछि नोकियाका उत्पादनहरू आधिकारिक रूपमा
नेपाली बजारमा उपलब्ध हुने भएका छन्। हाल बजारमा अनधिकृत तरिकाले ९०
प्रतिशत मोबाइल सेट भित्रिने गरेको बताउँदै कम्पनीहरूले आधिकारिक रूपमा
भित्र्याइने उत्पादनले सरकारी राजस्वमा टेवा दिने र उपभोक्ताहरू पनि
नठगिने जनाएको छ।
स्यान्ट्रोमा सामसुङ टिभी
हुन्डाई कम्पनीको नेपालस्थित आधिकारिक बिक्रेता र डिलरले
संयुक्त रूपमा हुन्डाई स्यान्ट्रो जिङ कारको खरिदमा नयाँ उपहार योजना
अघि सारेको छ। हुन्डाईको आधिकारिक बिक्रेता एभ्को इन्टरनेशनल र आधिकारिक
डिलर दीपलक्ष्मी इन्टरकन्टिनेन्टलले काठमाडौँ उपत्यकाभित्र लागू हुने
गरी सञ्चालनमा ल्याएको यस योजनाअन्तर्गत उक्त कारको खरिदमा सामसुङ
एलसीडी टिभी सित्तैँमा दिने बताएको छ। जिङमा ३६ हजार किलोमिटर वा तीन
वर्षको वारेन्टी रहेको छ भने तीन वर्षसम्म निःशुल्क सर्भिसिङको व्यवस्था
गरिएको छ।
आईएमई छैठौँ वर्षमा
 |
विदेशमा गएका नेपालीहरूले स्वदेशमा पठाउने रकम स्थानान्तरणमा
काम गर्दै आएको नेपाली रेमिटेन्स कम्पनी इन्टरनेशनल मनी एक्सप्रेस
प्रा.लि. छैठौँ वर्षमा प्रवेश गरेको छ। पाँच वर्षअघि काठमाडौँस्थित
केन्द्रीय कार्यालयबाट सेवा सञ्चालन गरेको आईएमईले हाल ७५ जिल्लाका
३०० भन्दा बढी शाखा/एजेण्टमार्फत् सेवा पुर्याउँदै आएको छ। यसैगरी
विदेशमा रहेका नेपालीहरूको सुविधाको निम्ति आईएमईले मलेशिया, साउदी
अरेबिया, कतार, बहराइन, बेलायत, इजरायल, अष्ट्रेलिया, कोरिया र अमेरिकामा
रकम सङ्कलन केन्द्रहरू स्थापना गरेको छ।
ग्लोबल ब्याङ्कको इन्टरनेट ब्याङ्किङ
सूचनाप्रविधिको माध्यमबाट आफ्ना सेवाहरू सरल हुने विश्वासका
साथ ग्लोबल ब्याङ्क लिमिटेडले इन्टरनेट ब्याङ्किङ सेवा शुरु गरेको
छ। यस सेवाअन्तर्गत ग्राहकले इन्टरनेटमार्फत् आफ्नो मौज्दात तथा विगतका
कारोबारको जानकारी हासिल गर्नुका साथै अन्य खातामा रकम स्थानान्तरण
र विभिन्न सेवाका बिल पनि भुक्तान गर्न सक्ने छन्। ब्याङ्कले जनाएअनुसार,
यस सेवामार्फत् मुद्दती खाता खोल्न, भुक्तान आदेश, चेक बुक, प्रतीतपत्र
तथा ब्याङ्क जमानीपत्रका लागि अनुरोध पनि गर्न सकिन्छ। ल
|