| रविन
साय्मि |
 |
मुहूर्त

भनेको/सुनेको
““माओवादीहरूले बाघको घोडा चढ्नुभएको छ। अब उत्रने
उपाय उहाँहरूले नै खोज्ने हो। हामी सघाउन तयार छौँ।”
रामचन्द्र
पौडेल
महामन्त्री, नेपाली काङ्ग्रेस
अन्नपूर्ण पोष्ट दैनिक, १२ साउन २०६३
“हाम्रो पार्टीका स्थानीय कार्यकर्ताको आचरण खराब
छ।”
नारायण
शर्मा,
केन्द्रीय सदस्य, नेकपा (माओवादी)
अन्नपूर्ण पोष्ट दैनिक, १3 साउन २०६३
अङ्क
र अर्थ
५ लाख टन
नेपालको ५८ वटा नगरपालिकाबाट बर्सेनि निस्कने फोहोरमैला।
६२४ रन श्रीलङ्काली
क्रिकेट खेलाडीद्वय माहेला जयबर्द्धने र कुमार साङ्गाकाराले दक्षिण
अफ्रिकाविरुद्ध हालै भइरहेको टेष्ट म्याचमा साझेदारीमा कायम गरेको
विश्व रेकर्ड। यसअघि पनि सो रेकर्ड श्रीलङ्काकै सनथ जयसूर्या र रोसन
माहानामा (५७६ रन) का नाममा रहेको थियो।
०.००००१६ %
पृथ्वीमा उपलब्ध पानीमध्ये नेपालको नदीहरूको हिस्सा। पृथ्वीको कुल
पानीमध्ये ९६.५०६ प्रतिशत समुद्रको नुनिलो पानीको छ भने ताजा पानी
३.४७२ प्रतिशत मात्र छ।
हिँड्दा-हिँड्दै
नागरिक आन्दोलनका अगुवा डा.
देवेन्द्रराज पाण्डे अहिले अर्को
आन्दोलनमा छन्। पाण्डे भन्छन, “लोकतान्त्रिक गणतन्त्र स्थापना नभएसम्म
यो आन्दोलन टुङ्गिने छैन।”

किरण पाण्डे |
हिजोका सहयात्रीहरू
सरकार वा पदमा पुगेपछि आन्दोलनको आकार घट्यो नि!?
आकारसँग त्यति चिन्ता गर्नुपर्दैन। यो सत्ताको प्रतिस्पर्धा
होइन, आस्था र निष्ठाबाट चलेको यज्ञ हो। यज्ञमा चरु हाल्ने मान्छे
थपघट होलान्। मुख्य कुरा यज्ञद्वारा राजतन्त्रबाट प्राप्त गर्नुपर्ने
मुक्ति हो। ज्यादै थोरै साथीहरू राज्यलाई सहयोग गर्न जाँदा त्यसले
आन्दोलनलाई प्रभाव पर्ने होइन। १० साउनको धर्नाको उपस्थितिको गुणात्मक
स्तरले पनि यो प्रमाणित गरेको छ।
साथीहरू छाडेर गए पनि
तपार्इँहरू चाहिँ किन सडकमै?
हामी यात्रामा छौँ। हामीलाई कसैले छोडेर गए भन्ने
अनुभूति भएको छैन। नयाँ कुरा त के हो भने संसदको पुनःस्थापनापश्चात्
लोकतान्त्रिक आन्दोलन विथोलिएला र प्रतिगामीले फाइदा उठाउलान् भनेर
चिन्ता गर्ने हजारौँ नागरिकले हामीलाई हौसला दिँदैछन्।
दलका कार्यकर्ता त
आन्दोलनबाट पछि हटे नि!?
सबै पार्टीका मानिस धर्नामा थिए, चिन्नेले चिनेकै
छन्। माओवादी विद्यार्थी सङ्गठनका कार्यकर्ताहरू झण्डा लिएर नारा लगाउँदै
आएको शोभनीय लागेन। नागरिक आन्दोलनमा कुनै पनि दल र दलसँग आवद्ध संघ/संस्थाहरूको
झण्डा, ब्यानर लिएर नआउनुस् भन्ने हाम्रो स्थायी अनुरोध छ।
नागरिक आन्दोलनको लक्ष्य
के हो?
पोहोरदेखि नै मैले बुझेको के हो भने संसद पुनःस्थापना
भएपछि र राजा ज्ञानेन्द्रले निरङ्कुशता छोडेँ भनेपछि लोकतन्त्र आयो
भनेर चित्त बुझाउने पनि होलान्, त्यो उनीहरूको अधिकार हो। तर नागरिक
आन्दोलन लोकतान्त्रिक गणतन्त्रको लागि भएको हो। त्यो प्राप्त नभएसम्म
जारी रहन्छ।
|