| रविन
साय्मि |
 |
मुहूर्त

भनेको/सुनेको
“त्यो अवधिमा भएका राम्रा–नराम्रा सबै कार्यको
जिम्मेवारी तत्कालीन मन्त्रिपरिषदमा रहेका सदस्य, अध्यक्ष सबैले लिनुपर्छ।
गृहमन्त्रीको हैसियतले म पनि त्यो जिम्मेवारी लिन्छु.।”
कमल थापा
३० असार २०६३
उच्चस्तरीय छानबिन आयोगसमक्ष बयानपछि पत्रकारहरूसँग कुरा गर्दै.।
“प्रधानमन्त्रीले राजिनामा गर्नुपर्छ।”
मातृका
यादव, माओवादी नेता
द हिमालयन टाइम्स दैनिक, ३१ असार २०६३
बालुवाटारमा सम्पन्न आठबुँदे सहमतिमा प्रधानमन्त्रीले आफ्नो दललाई
सहमत गराउन नसकेको सन्दर्भमा.।
अङ्क
र अर्थ
१९ लाख
नेपालमा बनाउन सकिने वायो (गोबर) ग्यास प्लान्टको सङ्ख्या.। विगत १४
वर्षमा ६६ जिल्लामा १ लाख ५० हजार यस्ता प्लान्ट बनिसकेका छन्.।
२५ जना
२००७ देखि २०६३ सम्म 'मन्त्री' बन्ने सौभाग्य पाउने नेपाली महिलाको
सङ्ख्या.। यी ५६ वर्षमा १६ जना पुरुष प्रधानमन्त्री र ३९ जना गृहमन्त्री
भए.।
४४६ जना
दश वर्षको माओवादी–राज्य द्वन्द्वको क्रममा मारिएका बालबालिकाको सङ्ख्या.।
मारिनेमा झ्ण्डै ७० प्रतिशत बालिका (३०९ जना) छन्.। सबैभन्दा बढी बालबालिका
रोल्पा (४१ जना) र कैलाली (३४ जना) मा मारिएका थिए.।
स्रोतः वीएसपी/एनसीसीएस/सीएसडब्लुसी
हिँड्दा-हिँड्दै
दल–माओवादीबीच ३० असारमा सम्पन्न बैठकमा 'अन्तरिम
संसद गठन' गर्ने सहमति भएको माओवादी अध्यक्ष प्रचण्डको भनाइ सार्वजनिक
भएपनि नेपाली काङ्ग्रेसका महामन्त्री रामचन्द्र
पौडेल 'त्यस्तो कुनै निर्णय नभएको' बताउनुहुन्छ.।
माओवादीहरूसँग तपाइँहरूको
के कुरा भयो?
अहिलेसम्म भएका समझ्दारी, सम्झ्ौता र सहमतिहरूको कार्यान्वयन र पालना
गर्ने सम्बन्धमा अनौपचारिक छलफल भयो।
अन्तरिम संसद गठन गर्ने सहमति
भएको कुरा प्रकाशमा आएको छ
नि?
यो प्रस्ताव माओवादी अध्यक्ष प्रचण्डबाट आएको हो.। तर सहमति भने भएको
छैन.। आगामी बैठकहरूमा यसबारे कुरा चल्नेछ.। माओवादीलाई समेत संसदमा
समावेश गरेर अगाडि जाने कुरामा हामी बीचमा असहमति छैन.। अब यसलाई अन्तरिम
भन्ने कि नभन्ने बारे विवाद कायमै छ.।
त्यसोभए संसद भङ्ग हुन्छ कि
हुँदैन त?
संसद भङ्ग गर्नेतर्फ काङ्ग्रेस र एमाले गइसकेका छैनन्.। माओवादी र
नागरिक समाजलाई समेत समाहित गरेर संसदमा रहेको सार्वभौमसत्ता र वैधतालाई
निरन्तरता दिने कुरातर्फ नै अहिलेको बहस केन्द्रित छ.।
वर्तमान संसद भङ्ग नगरी माओवादी
मान्लान् र?
जनआन्दोलनमार्फत् सार्वभौमसत्ता राजाबाट संसदमा सर्यो.। र,
अहिले संसदमार्फत् नै यसको प्रयोग भइरहेको छ.। यो संसदलाई अन्तर्राष्ट्रिय
जगतको पनि मान्यता प्राप्त छ.। त्यसैले यसको निरन्तरतासहित अगाडि बढ्न
माओवादी नेतृत्वसँग बहस भइरहेको छ.।
अस्वस्थताका कारण प्रधानमन्त्रीलाई
भूमिका निर्वाह गर्न अप्ठेरो भएको महसूस गरिँदैछ.। उहाँको विकल्पबारे
केही सोचिँदैछ कि?
उहाँको विकल्पबारे पार्टीमा अहिले केही कुरा भएको छैन।
|