हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८६ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
रविन साय्‌मि

मूहूर्त

 

 


भनेको/सुनेको

““राजदूत सिफारिस फिर्ता लिन्न, समायोजन गर्न तयार छु।”

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री
कान्तिपुर दैनिक, १० पुस २०६३

“गिरिजासँग राजदूत नियुक्ति सम्बन्धमा मेरो कुरा के हुन्थ्यो भने चीन, भारत र अमेरिकामध्ये एउटा हामीलाई नभई हुँदैन है, यो चाहिँ ख्याल गरिराख्नु होला।”

प्रचण्ड
अध्यक्ष, नेकपा (माओवादी)

जनादेश साप्ताहिक, ११ पुस २०६३


अङ्क र अर्थ

रु. १.२० करोड प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा साउन ०६३ देखि १२ पुस ०६३ सम्म जम्मा भएको रकम।

४६,२०१ कात्तिक २०६३ सम्म नेपालमा इन्टरनेट तथा ईमेल सुविधा लिने ग्राहकहरू।

२०६ जना २०६०–२०६३ कात्तिकसम्म सवारी दुर्घटनामा परी मृत्यु हुनेहरू। यीमध्ये ५६ जनाको गत वैशाखदेखि कात्तिकसम्म मृत्यु भएको थियो। सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल छ।


हिँड्दा-हिँड्दै

जनआन्दोलन–२ मा कागजी श्रीपेच पहिरिएर सडकमा निस्केका कृष्णबहादुर थापा विरोधको शैलीलाई लोकतान्त्रिक बनाउनुपर्नेमा जोड दिन्छन्। उनी भन्छन्, “अब टायर बालेर होइन, मादल बजाएर, गीत गाएर विरोध गर्नुपर्छ।”

आजभोलि के गर्दै हुनुहुन्छ?
खासै केही गरिरहेको छैन। साथीहरू मिलेर लोकतान्त्रिक लोक तथा पप गीत जागरण अभियान गठन गरेका छौँ। अभियानले १८–२० भदौमा प्रथम र ४ पुसमा निर्णायक चरणको प्रतियोगिता सम्पन्न गरेको थियो।

प्रतियोगिताको उद्देश्य चाहिँ के थियो नि?
लोकतान्त्रिक गणतन्त्र, संविधानसभा, राज्यको पुनःसंरचना र समुन्नत नेपालको निर्माणमा युवाको भूमिका। यसले प्रचार–प्रसार र विरोधको पुरानो शैली र संस्कृतिमा परिवर्तन ल्याउने हाम्रो विश्वास छ।

तपाइँहरूको उद्देश्य विरोधको शैली परिवर्तन गर्नु हो?
जनताको मन जित्ने शैलीमा विरोध कार्यक्रमहरूलाई अगाडि बढाउन चाहन्छौँ। ताहाचल क्याम्पस हातामा केही दिनअघिको आन्दोलनमा टायर बोकेर आएकाहरूलाई हामीले मादल दिएर विरोधका गीतहरू गाउन आग्रह गर्‍यौँ। साथीहरूले पनि त्यसलाई स्वीकार्नुभयो। परिणामस्वरुप विरोध कार्यक्रममा स्थानीय वासिन्दाको सहभागिता पनि बढ्यो।

प्रसङ्ग बदलौँ, जनआन्दोलन–२ मा त तपाईं 'राजै' बन्नु'भो, कस्तो लाग्यो 'श्रीपेच' पहिरिँदा?
पहिलो दिन त सामान्य नै लागेको थियो। तर पछिल्ला दिनहरूमा आन्दोलनमा निस्कँदा धेरैले मलाई हेर्थे। त्यसपछि मानिसहरूको ध्यान खिच्न सफल भएछु भन्ने लाग्यो।