जनता
कीर्तिमानको भोक
 |
| किरण पाण्डे |
आठौँ, नवौँ
र दसौँ दक्षिण एसियाली खेलकुदमा लगातार स्वर्णपदक217 चौधौँ र पन्ध्रौँ
एसियाडमा पनि लगातार कास्यपदक। तेक्वान्दो खेलाडी दीपक विष्ट (३०)
ले अर्को कीर्तिमान कहाँ र कस्तो बनाउलान्? २००८ को बेइजिङ ओलम्पिकमा?
अहिलेदेखि नै त्यसको तयारीमा जुटेका दीपक भन्छन्, “मेरो लक्ष्य र सपना
पनि हो ओलम्पिक सहभागिता र पदक।” दीपकका गुरु र सहकर्मीहरू यसलाई असम्भव
पनि मान्दैनन्। कञ्चनपुर रैकवारविचुवाको दुर्गम/विपन्न परिवेशबाट आएको
सामान्य युवाबाटै कीर्तिमानको यत्रो छलाङ
कसरी? जवाफमा हाजिर छ दीपकको सङ्घर्ष–गाथा। विद्यालयस्तरमा
उनी भलिबलका कुशल खेलाडी थिए। सिनेमामा देखिने मार्शल आर्टस्मा लोभिदै
व्यक्तिगत प्रदर्शनले महव राख्ने तेक्वान्दो खेलमा उनी होमिए र दुई
महिनाको अभ्यासकै भरमा हेटौँडामा भएको राष्ट्रिय प्रतियोगिता (२०५२)
मा च्याम्पियन बने। पढाइका निम्ति राजधानी छिरेका दीपकले त्यसयता देशभित्र
खेलेका राष्ट्रिय–अन्तर्राष्ट्रिय कुनै प्रतियोगितामा पनि दोस्रो हुनु
परेको छैन।
सफलताको शृङ्खला नै आफ्नो नाममा हुँदाहुँदै पनि खेलबाट
जीवन–निर्वाह हुने कुरामा दीपकलाई अझ्ै शङ्का छ। उनी भन्छन्, “म जस्तो
खेलाडीले समेत तीन–तीन महिनामा जागिरको करार नवीकरण गर्नुपर्छ। अरूको
अवस्था कस्तो होला?” तथापि, सफलताले दिलाएको नाम दामभन्दा धेरै मूल्यवान्
भएको र यसले देशका युवाहरूमा खेलेरै प्रसिद्धि पाइने, संसार घुम्न
सकिने सन्देश दिएको उनको ठम्याइ छ। यसैले हुनसक्छ, पटक–पटक घाइते हुँदा
र दाहिने घुँडामा स्क्रु, दाहिने हातमा स्टिल बोक्नुपर्दा पनि उनको
हिम्मत रत्तिभर घटेको छैन।
प्रेरणादायी बुना
 |
| शब्द तथा तस्बिरः गौरव उपाध्याय |
विराटनगर, जनपथटोलबाट
धेरै खुड्किला उक्लेर अमेरिकाको कोलोराडोस्थित दृष्टिविहीनहरूको केन्द्रमा
विशेषज्ञको काम थाल्दासमेत बुना दाहाललाई 'सवलाङ्गहरूभन्दा पछि छु'
भन्ने कहिल्यै लागेन। २०४७ सालमा काठमाडौँको पद्मकन्या क्याम्पसमा
पढ्दापढ्दै अङ्ग्रेजी विषयको तालिम अनि उच्चशिक्षाका लागि अमेरिका
गएकी थिइन् बुना। साथमा थियो दृष्टिविहीनहरूले प्रयोग गर्ने सेतो छडी
अनि केही गरेर देखाउने अठोट। छात्रवृत्तिमा शिकागोको कोलम्बिया कलेजबाट
पत्रकारितामा स्नातकोत्तर गरेर कोलोराडो सेन्टर फर ब्लाइन्डमा रोजगार
परामर्शदाताको काम थालेपछि उनको हिम्मत झ्नै चुलिएको छ। दृष्टिविहीनहरू
पनि कम छैनन् भन्ने विश्वास बढेको छ। र, विभिन्न कारणले दृष्टि गुमाएकाहरूलाई
रोजगारी दिलाउने काममा झ्नै सक्रिय बनेकी छन् बुना।
१६ वर्षपछि नेपाल आउँदा उनले यहाँको परिस्थिति र अपाङ्गहरूप्रतिको
सामाजिक व्यवहारमा ठूलै परिवर्तन भेटिन्। यहीँ हुँदा नै संसद भवनमा
अपाङ्गहरूका निम्ति ह्विलचेयर र्याम्प बनिरहेको खबर सुनिन्। मिडिया
र अपाङ्गहरूका विभिन्न संस्थामा गएर अनुभव साटासाट गर्ने क्रममा उनले
यो प्रसङ्ग दोहोर्याउँदै भनिन्, “यो राम्रो सुरुआत हो।” अपाङ्गहरू
सङ्गठित भएको पनि उनलाई निकै उत्साहप्रद लागेको छ। अब चाँडो–चाँडै
नेपाल आउने र यस्ता सङ्गठनलाई सक्दो सहयोग गर्ने वाचा गर्दै गएको साता
अमेरिका फर्कनुअघि उनले भनेकी थिइन््, “उता अपाङ्गहरूका लागि धेरै
सुविधा छ। म त्यस्तै सुविधा, सहयोग नेपाल भियाउने कोशिश गर्छु।” बुनाको
यो अनुभव र अठोट नेपालमा धेरैका लागि प्रेरणादायी हुने पक्का छ।
|