हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८६ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

चिठी

जनता लाभान्वित बनून्

'गाउँ छिर्दै राज्य' (आवरण, हिमाल, १–१५ पुस) ले विगतमा गाउँका जनताले राज्यविमुख हुँदा भोगेका दुःखकष्ट र वेदनालाई पुनःस्मरण गराएको छ।

राजनीतिक परिवर्तनपश्चात् राज्यको पहुँच गाउँ–गाउँसम्म पुग्नु/पुर्‍याइनु सबै नेपालीका निम्ति सुखद् कुरा हो। राज्यका हरेक क्रियाकलापबारे सुसूचित हुन पाउनु जनताको अधिकार पनि हो। यो तथ्यलाई 'गाउँ पस्दैछ राज्य' ले घनीभूत पारेकोे छ।

यो प्रयत्नलाई सफल पार्न माओवादी पक्षको समेत सकारात्मक सहयोग आवश्यक पर्छ। वर्षौंसम्म राज्यसंयन्त्रको अनुहार देख्नबाट वञ्चित कुनाकन्दराका जनता लोकतान्त्रिक सरकारको यो प्रयासबाट बढीभन्दा बढी लाभान्वित हुने वातावरण बनाइनुपर्छ। नत्र यो पहल पनि जनताका निम्ति हात्ती आयो, हात्ती आयो, फुस्सा भनेझ्ैँ हुनेछ।

सुन्दर तिवारी
वालिङ–३, स्याङ्जा


प्रमुख कारणः दण्डहीनता

धनसम्पत्ति र पदीय दम्भका कारण उच्च मानिएका मानिसले जस्तोसुकै अपराधबाट पनि उन्मुक्ति पाइरहेकोे यथार्थलाई 'किन जेल पर्दैनन् ठूलाबडा' (रिपोर्ट/समाज, १–१५ पुस) ले पुनःपुष्टि गरेको छ। नेपाल अद्यापि ठूलाबडा अपराधीहरूको चलखेलस्थल रहेछ। संभवतः यस्तै कारणहरूले हो, देशमा अझ्ै पनि वास्तविक लोकतन्त्रको अनुभूति हुन सकिरहेको छैन। मुलुकमा कानुनको शासन स्थापित नभइञ्जेल ठूला र सानाबीचमा यस्तो विभेद भई नै रहन्छ। र, विभेद रहेसम्म देश–विकास हुन सक्दैन।

देश सधैँ अपराधीहरूको आश्रयस्थल बन्नुको मूल कारण हो, दण्डहीनता। नेपालमा अब त्यस्तो प्रशासकको खाँचो छ जसले हिजोका दिनमा गल्ती गर्ने सबैलाई कानुनबमोजिम कारबाही गर्ने आँट गर्न सकोस्। दण्डहीनताको अन्त्य नै कानुनी शासनको आरम्भ हो।

भुमराज तिवारी
बेल्कोट–५, अमारे डेउडी, नुवाकोट

विगतमा आपराधिक क्रियाकलापमा संलग्न युवराज पारस, सीताराम प्रसाई, मथुराप्रसाद मास्के, राजु गोर्खाली जस्ता कुख्यात अपराधीमाथि कारबाही नहुँदा अन्य आपराधिक गिरोहको मनोबल बढेको छ। यिनलाई न्यायको कठघरामा उभ्याई कारबाही गर्न नसक्नु लोकतान्त्रिक सरकार र प्रशासनको ठूलो कमजोरी होइन र?

यम थापा,
सिन्धुपाल्चोक


निदाएका जागिसके

'हिंसाको हार' (विशेष रिपोर्ट/शान्तिसम्झ्ौता, १६–२९ मङ्सिर) ले औँल्याएझ्ैँ शान्ति र मेलमिलाप नव–नेपाल निर्माणका सेतु भन्ने बुझ्ेरै हिंसात्मक आन्दोलन चर्काइरहेका माओवादी नेता प्रचण्ड र कहिल्यै पछाडि नफर्कने भनी चिनिएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एकता गर्दै विश्वसामु उदाहरण पेश गरे। अहिले हामी नेपाली चामत्कारिक रूपमा सच्चिएका छौँ। गल्ती गर्नेहरू पछि हट्दैछन्। बाटो बिराउनेहरू मूल दिशामा अघि बढ्न खोज्दैछन्। पर्दा लाउन खोज्नेहरूले मैदान खुला गरेका छन्। निदाएकाहरू जागेका छन्। सुस्तहरू चतुर भएका छन्। जितहारको तुलनाभन्दा नयाँ राष्ट्र निर्माणमा सम्पूर्ण शक्ति लगाउनु अबको आवश्यकता हो।

राधेश्याम गजुरेल
बेल्कोट–६, तिगाउँ, नुवाकोट


उपयोगी सुझ्ाव

कनक दीक्षितको 'उकालो लाग्दा' (१६–२९ मङ्सिर) मा व्यक्त विचार माओवादी कार्यकर्ताका लागि समेत मननीय छन्।
अर्को कुरा, राजनीतिक दलहरू राष्ट्रनिर्माणको प्रक्रियामा व्यस्त भइरहेको बेला राजा ज्ञानेन्द्र कुनै यस्तो निहुँ, मौका वा योजना खोजिरहेका हुनसक्छन् जसले उनलाई फेरि सत्ताको धुरी चढाओस्। तसर्थ, संविधानसभासम्म नपुग्दै दरबारबाट केही कदम चालिने सङ्केत पाएमा राजालाई देशनिकाला गर्नका लागि अन्तरिम सरकार तयार रहनुपर्ने स्तम्भकारको सुझ्ाउ स्मरणीय छ। तर राजाबाट त्यस्तो प्रयास भएमा प्रतिक्रियास्वरुप आक्रोशित नागरिक समाजले गर्ने कारबाही अझ् कडा हुने निश्चित छ।

कमला राजभण्डारी
ऐंसेलुखर्क–३, खोटाङ


सामाजिक योगदानको अवमूल्यन

काम गर्‍यो, बाँच्यो' (रिपोर्ट/जापानमा नेपाली, १६–२९ मङ्सिर) मार्मिक तर विवादपूर्ण लाग्यो। लेखमा सीके लालले दिन खोजेको सन्देश सकारात्मक भए पनि थुप्रै कुराहरू गैरजिम्मेवार र इर्ष्यालु लागे। ब्रिटिस फौजमा काम गर्ने नेपाली (गोर्खाली) हरूको प्रसङ्गबाट थालनी गरिएको लेखका केही टिप्पणी असत्य र एकोहोरा छन्। लाहुरेहरू आधारभूत अधिकारबाट वञ्चित हुँदा न्याय र सद्भावका शब्दहरू नलेख्ने सीके लालले अहिले उनीहरूको अधिकारका पक्षमा भइरहेको सकारात्मक प्रगतिप्रति यति छिट्टै टिप्पणी गर्नु उचित हुँदैन।

िदेशिएका नेपालीहरूलाई दोहोरो नागरिकता दिँदा देशलाई फाइदा नभए बेफाइदा चाहिँ के हुन्छ त? राष्ट्रिय ढुकुटी खर्चेर उत्पादित नागरिक बाध्यतावश वा स्वेच्छाले, विदेशको रोजगारीपश्चात् त्यहीँको नागरिक बनेको अवस्थामा उनीहरूलाई दोहोरो नागरिकता दिनु भनेकै उनीहरूले मातृभूमिको ऋण चुक्ता गर्ने अवसर यथावत् राख्नु हो, नत्र उनीहरू सधैँका लागि पलायन हुन सक्छन्।

लेखमा लाहुरे अनि विदेशी श्रमबाट भित्रिएको धन देशका लागि अर्थहीन हुन्छ भनिएको छ। यसो भन्नु काठमाडौँ आएर कमाएको धन, सीप र शिक्षा बाग्लुङको घरमा काम लाग्दैन भनेजस्तै हो। विदेशिएकाहरूले धनका लागि मात्र दुःख गर्छन् भन्नु पनि सरासर गलत हुन्छ। उनीहरूले शिक्षा, अनुशासन, सीप अनि सभ्यता पनि सिक्दछन्। परदेश गएकाहरूलाई दुःख, पैसा अनि स्वार्थको परिधिभित्र मात्रै राखेर हेर्नु दृष्टि–सङ्कुचन हो। वैदेशिक रोजगारीले देशका लागि दीर्घकालीन र भरपर्दो निकास दिँदैन तर रोजगारीका निम्ति विदेश नगएको वा लाहुरे नभएको कुनै गाउँ वा शहर नभएको हाम्रो देशमा तिनीहरूको सामाजिक योगदानलाई अवमूल्यन गर्नु सेवाभावको कदर नगर्नु हो।

वैदेशिक रोजगारीद्वारा भित्रिने कमाइको अवमूल्यन खोजबिनाको सतही सोचाइ हो। बरु प्राप्त धन, सीप अनि शिक्षालाई राष्ट्रहितमा लगाउने प्रयास गर्नु अर्थपूर्ण र हितकार हुन्छ। वैदेशिक श्रमको क्षेत्रलाई लेखकले 'व्यक्तिगत फाइदा र परिस्थितिजन्य बाध्यता' भनी छुट्याउन खोजे पनि यसको मापन मान्छेपिच्छे फरक हुनसक्छ। विदेशमा भएका नागरिकलाई उनीहरूको आर्थिक र व्यक्तिगत स्थितिअनुसार फरक–फरक तरिकाले राष्ट्रले संरक्षण वा सहयोग गर्ने (आपतकालीन अवस्थामा) भनाइले भिन्नता र असमानताको विचार बोल्दछ।

लेखकले भ्रमणमा देखेका सुनेका, परदेशमा रहेका श्रमजीवी नेपालीहरूका व्यथा र अप्ठ्याराहरू राम्ररी उतारेका छन् जुन विदेश जाने तयारी गरिरहेका सबैको लागि मननयोग्य छन् तर 'काम गर्‍यो बाँच्यो' गरिरहेका नागरिकहरू घर फर्कंदा काठमाडौँको विमानस्थलमा दुःख झ्न्झ्ट दिने र राजस्वस्वरुप राष्ट्रिय ढुकुटीमा सङ्कलन हुनुपर्ने रकम आफ्नै खल्तीमा हाल्ने राजस्वका कर्मचारीहरूलाई 'काम गर बाँच' को सन्देश पठाउनुपर्छ, लेखकले। म एकपटक स्वदेश फर्कंदा, तीन तोला सुनको भन्सार शुल्क कानून मुताविक तिर्न खोज्दा सम्बन्धित कर्मचारीले कुनै कागजै नबनाई रु.२ हजार खल्तीमा हाले। भन्सार नाकाहरूमा यस्ता काम कति हुन्छन् होला? त्यो सबै रोक्न सके कति राष्ट्रिय ढुकुटी कति समृद्ध हुन्थ्यो होला? यही चुहावट पनि हो देशका नागरिक श्रमका निम्ति विदेशिनुको एउटा कारण।
“स्वनिर्वासित समूहले आफ्नो मूल मुलुकलाई अप्ठ्यारो परेको बेला मद्दत गरेको वा गर्न सकेको उदाहरण विरलै पाइन्छ” भन्नु पनि लेखकको शुद्ध सोचाइ होइन। स्वदेशको सेवा देशभित्रैबाट हुन्छ, बाहिरबाट हुनसक्दैन भन्नु ठीक होइन। आफ्नै गाउँ, नगरीमा बसेर पनि आलस्यले गालिएको मान्छेभन्दा विदेशिएको मान्छेको देशप्रतिको सद्भावना बढी मह140वको हुनसक्छ। स्वदेशको भ्रष्टाचारी र देशद्रोहीभन्दा परदेशिएको शुभचिन्तक धेरै गुणा बढी देशप्रेमी हो।

एक्काइसौँ शताब्दीको समय217 शिक्षा, प्रविधि, यातायात र मानवीय सोचाइमा आएको परिवर्तनका माझ्मा विदेशको बसाइ र श्रमलार्ई सीके लालले रुढीवादी प्रथाभित्रको सामाजिक र सांस्कृतिक हेयकार्यसँग जोड्नु अर्को मूढाग्रह हो। देश र नागरिक समाजसमक्ष सिर्जनात्मक र सकारात्मक सन्देश प्रवाह गर्ने दायित्व बोकेका बुद्धिजीवीले “खतरा छ भन्ने जान्दाजान्दै पनि काबूल र बगदाद जस्ता ठाउँहरूमा जाने आधुनिक लाहुरेहरूलाई गृह राष्ट्रले अपझर््ट सहयोग पुर्‍याउन सके पुग्छ” जस्तो द्वन्द्वात्मक, इर्ष्यालु अनि गैरजिम्मेवार आक्षेप लगाउन कदापि सुहाउँदैन। यसले कम शिक्षित र कम चेतनशील नेपालीलाई कर्तव्यबोधबाट अझ्ै टाढा धकेल्छ।

नन्द काला र साथीहरू,
बेलायत