अर्थ
| बजार
टीभीएसको स्टारसिटी इएस
भारतीय कम्पनी टीभीएस मोटरका वितरक एआईटी प्रालि र महावीर अटोमोवाइल्सले
स्टारसिटी इएस मोटरसाइकल भि156याएको छ। सेल्फस्टार्ट, पास बिम, ह्यालोजन
हेडलाईट, आदि सुविधासहित ल्याइएको स्टारसिटी इएस मोडल स्टारसिटी को
परिस्कृत रूप हो। १०० सीसी इञ्जिन क्षमता भएको यो मोटरसाइकलको उपभोक्ता
मूल्य रु.१ लाख ६ हजार राखिएको छ।
लेखा–व्यवस्थापन नेपालीमै
अङ्ग्रेजी भाषा तथा ईस्वी सम्वत्मै लेखा व्यवस्थापन राख्नुपर्ने बाध्यताबाट
व्यवस्थापकहरूलाई राहत हुने भएको छ। भारतीय सफ्टवेयर कम्पनीद्वारा
विकसित ट्याली को नयाँ संस्करण 'ट्याली एकाउन्टिङ प्याकेज ८.१' मा
लेखा विवरणहरू नेपालीमा र मिति समेत विक्रम सम्बत्मै राख्न सकिने यसको
वितरक कम्पनी आईटी नेपाल प्रालिले बताएको छ।
काइनेटिक ब्लेज बजारमा
इटालियन डिजाइन तथा प्रविधिअनुरुप भारतमा निर्माण गरिएको काइनेटिक
ब्लेज स्कुटर नेपाली बजारमा आइपुगेको छ। १६५ सीसी क्षमताको फोर स्ट्रोक
इञ्जिन भएको ब्लेज मा स्वचालित गियर प्रणाली, ईलेक्ट्रिकल स्टार्ट,
फराकिलो सिट जस्ता सुविधा छन्। पेट्रोलबाट चल्ने यो स्कुटर प्रतिलिटर
४५ किमि गुड्ने कम्पनीको दाबी छ। तीन विभिन्न रङ्गमा उपलब्ध ब्लेज
को उपभोक्ता मूल्य रु.१ लाख ४८ हजार निर्धारण गरिएको छ।
क्यानन्ले ल्यायो डी एसएलआर
जापानी क्यामेरा ब्राण्ड क्यानन को डिजिटल एसएलआर संस्करण 'ईओएस ४००
डी' नेपाली बजारमा आएको छ। १०.१ मेगा पिक्सेल सेन्सरसहितको उक्त क्यामेराले
प्रतिसेकेण्ड तीन वटा तस्बिर खिच्ने क्षमता राख्दछ। १६०० आईएसओ भएको
यो क्यामेराले कम प्रकाशमा पनि प्रस्ट तस्बिर उतार्न सक्ने कम्पनीले
जनाएको छ। क्यामेराको साढे दुई इञ्च एलसीडी स्त्रि्कनमा सम्पूर्ण जानकारी
राख्न र खिचिएको तस्बिर सिधै प्रिन्ट गर्ने सुविधा छ। यो क्यामेरामा
आवश्यकता अनुसार ६० प्रकारका लेन्स परिवर्तन गर्न सकिन्छ।
एभरेष्ट–पञ्जाब ब्याङ्क सम्झ्ौता
एभरेष्ट ब्याङ्क र भारतको पञ्जाब नेशनल ब्याङ्कले एकअर्काका एटीएम
प्रयोग गर्ने सम्झ्ौता गरेका छन्। यो सम्झ्ौताले एभरेष्ट ब्याङ्कका
ग्राहकलाई भारतमा अवस्थित साझ्ेदार ब्याङ्कको करीब ८७० एटीएम प्रयोग
गर्ने सुविधा दिनेछ भने पञ्जाब ब्याङ्कका ग्राहकले काठमाडौँस्थित पाँच
वटा एटीएम प्रयोग गर्न पाउने छन्। यस सुविधाबाट विद्यार्थी, व्यापारी
र पर्यटकहरू लाभान्वीत हुने ब्याङ्कले विश्वास लिएको छ।
ह्युण्डाइ को नयाँ डिलर
ह्युण्डाई मोटर कम्पनीको अधिकृत वितरक एभ्को इन्टरनेशलनले काठमाडाँैको
दीपलक्ष्मी इन्टरकन्टिनेन्टललाई नयाँ डिलर चयन गरेको छ। एभ्कोले आफ्नो
वितरण तथा बजार प्रवर्द्धन रणनीतिअनुरुप सो कम्पनीलाई डिलरसीप दिएको
जनाएको छ। नयाँ शो–रुम स्थापनाको उपलक्ष्यमा त्यहाँबाट बिक्री हुने
प्रत्येक गाडी खरीदमा विशेष नगद छूटका साथै आईएफबी वासिङ्ग मेसिन र
माइक्रोवेभ ओभन प्रदान गर्ने योजना रहेको कम्पनीले बताएको छ।
माछापुच्छ्रेको साधारणसभा
आ.व. २०६२/६३ मा रु.७ अर्ब ८९ करोड निक्षेप परिचालन तथा रु.१३ करोड
४० लाख खुद मुनाफा आर्जन गर्न सफल माछापुच्छ्रे ब्याङ्क लिमिटेडले
आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित
गर्दै आठौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। सो अवसरमा ब्याङ्कले
आफ्ना शेयरधनीहरूलाई रु.५०० को न्यूनतम मौज्दातमा बचत खाता खोल्ने
सुविधा र निःशुल्क डेबिट कार्ड एवं इन्टरनेट ब्याङ्किङ सेवाको पनि
घोषणा गरेको छ।
|