हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८५ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
रविन साय्‌मि

मूहूर्त

 

 


भनेको/सुनेको

“भारतीय बन्दीगृहहरूको अवस्था ज्यादै खराब छ। पञ्चायतकालमा पनि दुई वर्ष नेपालको जेलमा बिताएकोले मलाई भारतीयभन्दा हाम्रा पञ्चायतकालीन जेलहरूको अवस्था राम्रो लाग्यो।”

सीपी गजुरेल 'गौरव'
माओवादी नेतां
दि काठमाडौँ पोष्ट, २५ मङ्सिर २०६३


अङ्क र अर्थ

रु. १० अर्ब नेपाली सेनाको कल्याणकारी कोषमा मौज्दात रकम। कोषबाट वार्षिक रु.७० करोड कल्याणकारी कार्यमा खर्च हुनेगरेको छ।

६२,९५४ अस्थायी शिक्षकलाई स्थायी गर्ने विधेयक पारित भएपछि शिक्षा विभागले सार्वजनिक विद्यालयहरूका निम्ति माग गरेको थप दरबन्दी। प्राविका लागि ३८,३९० निमाविका लागि १६,१९४ र माविका लागि ८,३७० थप दरबन्दी आवश्यक छ। हाल प्राविमा ७६,९११ निमाविमा १६,२२४ र माविमा १२,७१८ गरी कूल १,०५,८५३ दरबन्दी रहेको छ।

सैनिक–जनसम्पर्क निर्देशनालय/गोरखापत्र


हिँड्दा-हिँड्दै

सात फिट तीन इञ्च उचाइका सबैभन्दा अग्ला नेपाली राजन अधिकारी भन्छन्, “घरभित्र–बाहिर गर्दा निहुरिनुपर्ने बाध्यता छ।”


किरण पाण्डे

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासित भेटेर फोटो खिचाउँदा कस्तो लाग्यो?
एकदम खुसी लाग्यो। मान्छे त उहाँ पनि अग्लै हो। तर मेरो उचाइ देखेर उहाँसमेत छक्क पर्नुभयो।

के भन्नुभयो नि?
खासै त्यस्तो केही भन्नुभएन। मैले आफ्ना कुरा राखेँ।

ए! के कुरा राख्नुभयो?
विश्व भ्रमणमा जान लागेको कुरा र दुईवर्ष भलिबलको तालिम लिएकाले त्यही क्षेत्रमा काम जुटाइदिन अनुरोध गरेँ।

प्रधानमन्त्रीले के भन्नु भो'त?
बुझ्ेर 'फलो' गरुँला भन्नु भा'छ।

किन विश्व भ्रमणमा?
'विश्व शान्ति र प्रेम' का लागि। व्यक्तित्व चिनारीसँगै संसारकै अग्ला चिनिया नागरिकसित भेट्न र लागू औषध तथा एचआइभी पोजिटिभविरुद्ध चेतना जगाउने मेरो उद्देश्य छ। माघको अन्तिमतिर जाने योजना बनाएको छु। पैसा सङ्कलन गर्दैछु। परराष्ट्र मन्त्रालयबाट १२५ देश जाने स्वीकृति पाइसकेँ।