| रविन साय्मि |
 |
मूहूर्त

भनेको/सुनेको
“कुनै पनि क्रान्ति, जनआन्दोलन वा जनविद्रोहबाट स्थापित
जनादेश न्यायिक निरुपणको विषय हुन
सक्दैन।”
गिरिजाप्रसाद
कोइराला,
प्रधानमन्त्री
१२ मङ्सिर २०६३, राजधानी दैनिक।
अङ्क
र अर्थ
३३% दुई
बालबालिकाको लोगो अङ्कित आयोडिन–युक्त नुन प्रयोग गर्ने नेपाली घरपरिवार।
सन् १९९८ मा यो ९ प्रतिशत मात्र थियो।
२९ पुनःस्थापित
प्रतिनिधिसभाका बैठकहरूबाट १० मङ्सिरसम्ममा पारित विधेयकको सङ्ख्या।
४८ %
नेपालमा सफा खानेपानीको पहुँचबाट वञ्चित जनसङ्ख्या। विश्वमा एक अर्बभन्दा
बढी मानिसहरूलाई सफा खानेपानीको सुविधा छैन।
५ लाख
हरेक वर्ष अन्य देशबाट अध्ययनका लागि अमेरिका जाने विद्यार्थीहरूको
सङ्ख्या।
एमआई/न्यूएरा र स्वास्थ्य विभाग/संसद सचिवालय/एच्डीआर/आईआईइ
हिँड्दा-हिँड्दै
रामभक्तेश्वर गुठी पुजारीका छोरा, एमाले काठमाडौँ
जिल्ला कमिटी उपसचिव तथा सरकारद्वारा पशुपतिक्षेत्र विकास कोष सञ्चालक
परिषदमा नवनियुक्त सदस्य सचिव निर्मल
कुइँकेल भन्छन्, “हामी कम्युनिष्टहरु सबैभन्दा
बढी धार्मिक छौँ।”

अजय जोशी |
परिषदको सदस्यसचिव बन्दा
कस्तो लागेको छ?
महवपूर्ण क्षेत्रको कार्यकारी बनेपछि ठूलो जिम्मेवारी महसूस गरेको
छु।
त्यसक्षेत्रको विकासका
लागि तपाइँसँग के योजना छन्?
गुरुयोजनाबाट विस्थापित ११९ घरपरिवारलाई तिलगङ्गामा वितरित जग्गाको
हक हस्तान्तरणमा ध्यान दिन्छौँ। पशुपतिको विशेष पूजालाई पारदर्शी बनाउने,
पार्किङ्गको व्यवस्था मिलाउने, बागमती किनारमा विद्युतीय शवदाह गृह
निर्माणको कार्यलाई अगाडि बढाउने, यसक्षेत्रका अन्य प्राचीन मन्दिरहरुको
जीर्णोद्धारमा ध्यान दिने, घुम्ती सरसफाई टोलीको व्यवस्था, घाटको व्यवस्थापन,
बत्ती, किरियापुत्रीले नुहाउने धारा, फूल पसल, यसक्षेत्रको जङ्गलमा
फैलिएको वनमारा झ्ार हटाउनेलगायत पूर्वाधार विकासको काम थाल्छौँ।
मन्दिरमा चढाइने भेटीमा
अपारदर्शिताको कुरा उठेको छ नि?
परम्पराको नाउँमा कतिपय पुराना मान्यता बोक्नाले यो समस्या आएको हो।
र, यसले हामी सबैलाई लज्जित बनाएको छ।
पारदर्शिताको लागि के
गर्नुहुन्छ त?
हिजोका दिनमा भट्ट र भण्डारीहरूसँग कोषको अन्तरविरोध थियो। अब हामी
सार्वजनिक लेखा समितिको निर्णयअनुसार उहाँहरूसँग समन्वय गरेर अगाडि
बढ्छौँ। पशुपतिनाथको आम्दानीलाई मिडियाको रोहवरमा सार्वजनिक गर्छौँ।
सरकारले दिने बजेट चाहिँ?
यस वर्षका लागि सरकारले रु.१० करोड विनियोजन गरेको छ भन्ने सुनेको
छु। त्यो पनि पारदर्शी ढङ्गले खर्च गरिनेछ।
|