अर्थ
| बजार
बजाजको 'डिस्कभर जादू'
कर्मचारी र कामकाजी वर्गलाई लक्षित गर्दै बजाज मोटरसाइकलले
आफ्नो उत्पादन डिस्कभर डीटीएसआई का लागि आकर्षक किस्ताबन्दी योजना
प्रस्तुत गरेको छ। 'डिस्कभर द जादू' नामक योजनाअन्तर्गत शुरुमा रु.११,१११
मात्र तिरेर मोटरसाइकल लैजान सकिने कम्पनीले जनाएको छ।
आकर्षक डिजाइनमा बेस फुटवेयर
युवाहरूलाई लक्षित गर्दै बेस फुटवेयर प्रा.लि.ले बीएफ
डियर हिलसुज ब्राण्डका जुत्ताहरू बजारमा ल्याएको छ। स्कूल, कलेज, पार्टी,
खेलकुद लगायतमा वर्गीकरण गरी ६ महिनाको वारेन्टी सहित बजारमा ल्याइएका
जुत्ताहरू अन्तर्राष्ट्रिय गुणस्तरको भएको दाबी कम्पनीको छ।
वागोन आर को नयाँ स्वरुप
भारतीय कार निर्माता मारुति उद्योगको नेपालस्थित अधिकृत
बिक्रेता अरुण इण्टरकण्टिनेण्टलले कम्पनीको पछिल्लो उत्पादन वागोन
आर को परिमार्जित मोडल बजारमा ल्याएको छ। 'स्पोर्टस् युटिलिटी भेइकल–एसयूभी'को
बनोटबाट प्रेरित नयाँ वागोन आर १० प्रतिशतले इन्धन किफायती रहेको कम्पनीको
दाबी छ। आठ विभिन्न रङमा उपलब्ध सो कारको उपभोक्ता मूल्य सुविधाअनुसार
रु.१२.२० लाखदेखि रु.१५.६० लाखसम्म पर्छ।
रमपमको 'ट्रकमा लक'
एसियन थाई फुड्सले आफ्नो उत्पादन रमपम चाउचाउको बजार
प्रबर्द्धनमा 'रमपम ट्रकमा लक' नामक उपहार योजना प्रस्तुत गरेको छ।
योजनाअन्तर्गत चाउचाउको प्याकेटभित्र विभिन्न नगद राशीदेखि एक ट्रक
सामानसम्म लेखिएका कुपनहरू राखिएका छन्। एक ट्रक सामान लेखिएको कुपन
विजेतालाई २१ इञ्चको रङ्गीन टिभी, फ्रिज, वासिङ मेशिन, सोफालगायत एक
ट्रक उपहार घरैसम्म पुर्याइने कम्पनीले जनाएको छ।
सीवीजी नयाँ रूपमा
हिरोहोण्डाले आफ्नो उत्पादन सिबीजी मोटरसाइकलको नयाँ
स्वरुप सीवीजी स्ट्रिम बजारमा ल्याएको छ। नौलो प्रविधियुक्त 'पावर
प्रो' इन्जिन जडित पछिल्लो मोटरसाइकल तीन वर्षको वारेन्टीसहित सेल्फ
र किक स्टार्ट दुवैमा उपलब्ध छ। सीवीजी स्ट्रिम को मूल्य पुरानो भन्दा
कम हुने जानकारी हिरोहोण्डाको अधिकृत बिक्रेता स्याकार कम्पनीले दिएको
छ।
कियाको नयाँ रियो
कोरियन कम्पनी किया मोटर्सको अधिकृत बिक्रेता कण्टिनेन्टल
ट्रेडिङ इन्टरप्राइजेजले रियो कारको नयाँ मोडल बजारमा ल्याएको छ। 'सेडान'
र 'ह्याचब्याक' डिजाइनमा उपलब्ध १४०० सीसीको रियो पहिलेको भन्दा बढी
फराकिलो र सुविधाजनक रहेको कम्पनीको दाबी छ। पावर स्टेरिङ, पावर बिन्डो
र वातानुकूलित सुविधा सहितको रियो कारको उपभोक्ता मूल्य रु.१९ लाखदेखि
साढे २० लाखसम्म पर्छ।
एभरेष्ट ब्याङ्कमा जस
एभरेष्ट ब्याङ्कको कार्यकारी निर्देशकमा जसपाल सिंह
जस नियुक्त भएका छन्। भारतीय पञ्जाब ब्याङ्कमा झ्ण्डै ३० वर्षभन्दा
लामो समयसम्म अनुभव सँगालेका जसको नियुक्ति पछि नेपालकै अग्रणी ब्याङ्कको
स्थानमा आफू पुग्ने विश्वास ब्याङ्कको छ। एभरेष्ट ब्याङ्क, पञ्जाब
नेशनल ब्याङ्क र नेपाली उद्यमीहरूको संयुक्त लगानीमा स्थापित ब्याङ्क
हो। कार्यभार सम्हालेलगत्तै धापासी र कपनस्थित सार्वजनिक विद्यालयलाई
करीब २० वटा कम्प्युटर प्रदान गरेका नवनियुक्त कार्यकारी निर्देशक
जसले आफ्नो कार्यकालमा ब्याङ्कलाई 'कर्पोरेट सोसियल रेस्पोन्सिबल'
बनाउने छनक दिएका छन्।
|