हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
रविन साय्‌मि

मूहूर्त

 

 


भनेको/सुनेको

“चुनावमै नगई बहादुरीका साथ अन्तरिम संसदमा ७३ सीट पड्काएकोमा माओवादीलाई बधाई दिन चाहन्छु।”

चित्रबहादुर के.सी.,
अध्यक्ष, जनमोर्चा नेपाल
२३ कात्तिक २०६३, प्रतिनिधिसभाको बैठकमा बोल्दै।


अङ्क र अर्थ

भ्रष्टाचार हुने मुलुकमध्ये नेपालको स्थान। सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक हाइटी हो भने फिनल्याण्ड, आइसल्याण्ड र न्यूजिल्याण्डमा सबैभन्दा कम भ्रष्टाचार हुनेमुलुकहरू हुन्।

४ लाख नेपालमा मधुमेह रोगीको सङ्ख्या। देशको शहरी क्षेत्रमा बस्ने ४० वर्षमाथिका मानिसहरूमध्ये एकतिहाई मधुमेहबाट ग्रसित छन्। ।

६०६१ जना सन् २००६ मा अमेरिका पढ्न गएका नेपाली विद्यार्थी। गत वर्ष यो सङ्ख्या ४,८६१ थियो।

टीआई/डब्ल्यूएचओ/आईआईई


हिँड्दा-हिँड्दै

सरकारले महानगरीय प्रहरी आयुक्तमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) दीपक सिं थाङ्देनलाई नियुक्त गरेको छ। १ मङ्सिरदेखि कार्यारम्भ गरेको नयाँ प्रहरी फोर्सका प्रमुख थाङ्देन भन्छन्, “अब खबर पाएको दश मिनेटमा प्रहरीहरू घटनास्थलमा पुग्नेछन्।”


मीन बज्राचायर्

महानगरीय प्रहरी नेपाल प्रहरीको विकल्पमा गठन भएको भन्छन् नि?
यसलाई त्यसरी लिनुभएन। महानगरीय प्रहरी राजधानी र ठूलाठूला शहरहरूमा लागू गरिने प्रहरी व्यवस्था हो। संसारका थुप्रै ठूला शहरहरूमा यस्तो व्यवस्था गरिएको हुन्छ।

यसले कसरी काम गर्छ?
शान्तिसुरक्षा र असामाजिक क्रियाकलाप नियन्त्रण गर्न एकात्मक प्रणाली र अर्ध–न्यायिक अधिकार सङ्गठनलाई हुने हुँदा यो प्रभावकारी हुन्छ। हनुमानढोकामा सीमित रहेको अपराध अनुसन्धान र नियन्त्रणको काम अब महानगरका पाँच स्थानमा पुग्छ।

एकात्मक प्रणाली भन्नाले?
आदेश दिने, व्यवसाय दर्ता गर्ने र कार्यान्वयन गर्ने छुट्टा–छुट्टै निकाय हुँदा कार्य सम्पादन र नियन्त्रणमा कठिनाई थियो। अब महानगरीय प्रहरीले नै सबै काम गर्छ।

नयाँ संरचना बनाउँदैमा अपराध नियन्त्रण हुने हो र?
यो व्यवस्थापछि जनताको प्रहरीसम्मको पहुँच सुगम हुन्छ। र, प्रहरीले दिने सेवामा प्रभावकारिता आउँछ। त्यसका लागि महानगरभित्र ५०, ललितपुर र भक्तपुरमा १०–१० ठाउँमा कन्ट्रोल रुम भेहिकल रहन्छन्।

सङ्गठनको स्वरुपबारे बताइदिनुस् न!
काठमाडौँस्थित रानीपोखरीमा आयुक्तको कार्यालय रहन्छ। नौजना प्रहरी वरिष्ठ उपरीक्षकहरूले महाशाखाहरू सम्हाल्नेछन्। जिल्ला तहको रेञ्जमा प्रहरी उपरीक्षक र त्यस मातहतका वृत्तहरूको कमाण्ड प्रहरी नायब उपरीक्षकहरूले गर्नेछन्। हालका चौकी, वडा कार्यालय र इलाका प्रहरी कार्यालयहरू प्रभाग (सेक्टर) मा परिणत हुनेछन्।