खेलकुद
रन्थनिएको एन्फा
फूटबलमा एकपछि अर्को उत्कृष्ट प्रदर्शन दोहोर्याइरहेका
नेपाली यु–१७ टोलीका केही खेलाडीहरू कौशल र सम्भावनाका दृष्टिले कहलिएका
'सिनियर' खेलाडीहरू भन्दा कम छैनन्।
 |
| सदस्यसचिव श्रेष |
राष्ट्रिय खेलकुद
परिषदको २३ र २४ कात्तिकमा बसेको ५४ औं बोर्ड बैठकले १९ माघ २०६१ पछि
भएका खेलकुद संघहरूको निर्वाचन बदर गर्ने निर्णय गरेपछि नेपाली खेलकुदभित्रकोे
सरगर्मी एकाएक बढेको छ। यो निर्णयबाट दोस्रो जन–आन्दोलनको भावनाको
कदर भएको र आन्दोलनको म्याण्डेट अनुसार नै सो निर्णय भएको परिषदको
दाबी छ।
१९ माघ २०६१ यता फूटबल, एथलेटिक्स, ब्याडमिन्टन, टेबुलटेनिस,
बक्सिङ, सूटिङ, जुडो, आर्चरी, सफ्टटेनिस, स्क्वास, राफ्िटङ एन्ड क्यानोइङ,
बास्केटबल, माउन्टेन बाइक, बुद्धिचाल तथा सार्वजनिक तथा खेलकुद विकास
संघको निर्वाचन भएको थियो। परिषदका अनुसार नेपाल ओलम्पिक कमिटीको रोडप्यापमा
परेका एथलेटिक्स, ब्याडमिन्टन, टेबुलटेनिस, बक्सिङ, सूटिङ र बास्केटबलका
संघहरूको हकमा भने चुनावअघिकैै नेतृत्व तदर्थ समितिका रूपमा रहनेछ।
खारेज गरिएका बाँकी संघहरूमा हालको नेतृत्वलाई नै चुनाव गराउने निर्देशन
दिँदै तदर्थता प्रदान गरिएको छ।
रन्थनिएको एन्फा
परिषदको पछिल्लो निर्णयबाट नेपाल फूटबल संघ (एन्फा) को वर्तमान नेतृत्व
सबैभन्दा बढी तनावमा देखिएको छ। वर्तमान नेतृत्वलाई नै विश्व फूटबल
महासंघ र एसियाली फूटबल महासंघको बलियो समर्थन रहेको एन्फा अध्यक्ष
गणेश थापाको दाबी छ भने 'जनआन्दोलनको म्याण्डेट अनुसार' निर्णय गरेको
दाबी गर्ने सदस्यसचिव जीवनराम श्रेष्ठ पनि आफ्नो निर्णयमा अडिग देखिन्छन्।
परिषदको निर्णय लगत्तै एन्फाले सो निर्णय नमान्ने जनाएर
परिषद र शिक्षा तथा खेलकुद मन्त्री मङ्गलसिद्धि मानन्धरसामु निर्णय
बदल्न ज्ञापनपत्र पेश गरेको छ। “पदावधि सकिएपछि नियमित रूपमा गर्नुपर्ने
निर्वाचन नगरे एएफसी र फिफाले समेत नेपाललाई स्वीकार नगर्ने सत्यलाई
सबैले बुझन आवश्यक छ,” थापा दाबी गर्छन्।
पछिल्ला केही वर्षमा नेपाली फूटबलको कमजोर प्रदर्शनका
कारण एन्फामा सुधार र परिवर्तनको आवश्यकता महसूस नगरिएकेा भने हेाइन।
तथापि शहीद स्मारक लिगको सुरुआतमै भएकेा यो निर्णयका कारण फूटबलका
प्रायोजक, क्लब र खेलाडी समेत अन्योलमा परेका छन्। थापा यो निर्णयको
विरुद्धमा देखिन्छन् भने परिषदको योजना पनि स्पष्ट छैन। केही दिनपछि
मात्र नयाँ कदम चालिने सदस्यसचिव श्रेष्ठ बताउँछन्। यो निर्णयले खेलकुद
क्षेत्रमा हलचल मात्र पैदा गरेको छैन, यसको सुधारोन्मुख अवतरण पनि
त्यत्तिकै चुनौतीको विषय बनेको छ। कम्तीमा राष्ट्रिय लिग चल्ने चार
महिनाका लागि भएपनि दुवै पक्षले हठ त्याग्दै निकास निकाल्नुको कुनै
विकल्प देखिँदैन।
मनोज घिमिरे
विवादमा गल्फ कोर्स
 |
| डम्बरकृष्ण श्रेष्ठ |
राजधानीका सुविधासम्पन्न
कोर्समा गल्फ खेल्नेहरूमध्येे धेरैलाई नेपालकै सबैभन्दा
पुरानो गल्फ कोर्स धरानमा छ भन्दा आश्चर्य लाग्न सक्छ। वास्तविकता
के हो भने राजधानीकै पुरानो रोयल नेपाल गल्फ कोर्सको स्वरुप तयार नहुँदै
धरानमा बेलायती नागरिकहरू गल्फ खेलको मज्जा लिन थालिसकेका थिए। तर,
कुनै बेला देशकै उत्कृष्ट मानिएको धरानको गल्फ कोर्स अहिले विवादमा
परेको छ। कोर्सको संरक्षणको जिम्मा पाएको निर्वाणा कण्ट्री क्लब र
धरान गल्फ क्लबबीचको असमझ्दारी बढ्दै गएपछि राष्ट्रिय खेलकुद परिषद
(राखेप) समेत चासो देखाउन बाध्य भएको छ।
कात्तिकको पहिलो साता धरान आएका परिषद्का सदस्यसचिव
जीवनराम श्रेष्ठले गल्फ खेल र कोर्सको वर्तमान अवस्थाबारे स्थानीय
खेलाडीहरूसँग जानकारी लिएपछि उनीहरू उत्साहित भएको धरान गल्फ क्लबका
अध्यक्ष शङ्करमान शाक्य बताउँछन्। “सदस्यसचिवले आफ्नोस्तरबाट पहल गर्ने
वचन दिएका कारण अब चाहिँ खेलाडीको पक्षमा निर्णय होला भन्ने लागेकोे
छ,” शाक्य भन्छन्। क्लबले कोर्सको स्वरुप र विवादबारे सदस्यसचिवलाई
एक ज्ञापनपत्र समेत बुझ्ाएको थियो।
गल्फ कोर्सको संरक्षणका साथै खेलको विकासका लागि काठमाडौँ
हाउजिङ एण्ड लिजिङ प्रालिअन्तर्गतको निर्वाणा कन्ट्री क्लबले बीपी
कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको कोर्सलाई
पाँच वर्षअघि प्रति वर्ष रु.१ लाख तिर्ने शर्तमा ५० वर्षका लागि लिजमा
लिई सञ्चालन गर्दै आएको छ। सो क्लबले कोर्स सञ्चालन गर्न थालेदेखि
नै आफूहरूले अनेक समस्या भोग्नुपरेको बताउँदै गल्फरहरूले क्लबको विरोध
गर्दै आएका छन्। शाक्यको भनाइमा निर्वाणा क्लबले कोर्समा त्यसको संरचनाका
आधारमा रोपिएका रूखहरू काट्ने, ट्याक्टर लगाएर जमिन जोत्नेे, कोर्सभित्रै
गाईगोठ सञ्चालन गर्ने जस्ता खेलमाथि असर पार्ने थुप्रै कार्यहरू गरिरहेको
छ। डेढ महिनायता निर्वाणाले व्यावसायिकताका नाममा कोर्स शुल्क नतिरेको
भन्दै गल्फरहरूलाई निषेध गरेपछि विवाद झ्नै चर्केको छ।
 |
| रविन गिरी |
उता निर्वाणाका प्रबन्ध सञ्चालक शशिराम भण्डारी भने
सबै काम प्रतिष्ठानसँगको सम्झ्ौताकै आधारमा गरिएकोे बताउँछन्। केही
खेलाडीले कोर्स शुल्क नतिर्ने तर अनेक सुविधा खोज्ने गरेको, खेलाडीहरू
आफैँ अनुशासनमा नबसेको भण्डारीको आरोप छ।
सन् १९६२ मा नेपालबाट बेलायती सेनामा भर्ती लैजानका
लागि स्थापना गरिएको सैनिक क्यापमा कार्यरत बेलायती नागरिकहरूका लागि
बेलायत सरकारकै लगानीमा नफिल्ड गिफ्ट फाउन्डेशनद्वारा यो कोर्सको निर्माण
गरिएको थियो। सरकारीस्तरबाट उपेक्षित यो कोर्स सन् सत्तरीको दशकमा
एसियाकै उत्कृट १० गल्फ कोर्सहरूमा गनिने गरेको पुराना खेलाडीहरू बताउँछन्।
सन् १९९३ मा ब्रिटिश क्याम्पकै सम्पूर्ण भौतिक संरचना प्रयोग गर्ने
गरी धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि
कोर्स प्रतिष्ठानको स्वामित्वमा गएको थियो। त्यहीँदेखि गल्फ कोर्सले
उपेक्षा भोग्न थालेको खेलाडीहरू बताउँछन्।
यसैबीच, कोर्स र खेलको प्रबर्द्धनमा ध्यान नदिएको भन्दै
प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. रुपा सिंह राजभण्डारीले कोर्स
सञ्चालक निर्वाणा कन्ट्री क्लबलाई एक पत्र पठाई २८ कात्तिकमा स्पष्टीकरण
सोधेको छ। सो पत्रमा खेलाडीहरुलाई कोर्स तुरुन्त उपलब्ध गराउन निर्देशन
समेत दिइएको छ।
रविन गिरी/आनन्द कोइराला, धरान
|