आवरण
“समानुपातिक प्रतिनिधित्व हुन्छ”
– कृष्णबहादुर
महरा, प्रवक्ता, नेकपा माओवादी
 |
| मीन बज्राचायर् |
सरकार र संसदमा कस्ता
व्यक्ति पठाउँदै हुनुहुन्छ?
हामीले समानुपातिक प्रतिनिधित्वलाई प्राथमिकता दिन्छौँ। राष्ट्रिय
आवश्यकता पूरा गर्ने खालका व्यक्तिहरूको पनि सहभागिता हुनेछ। वर्गीय,
क्षेत्रीय, जातीय र लिङ्गीय प्रतिनिधित्वलाई हामीले भन्दै आएको दर
अनुसार नै सुनिश्चितता गर्छौं।
जनसरकारका पदाधिकारीहरूलाई
प्राथमिकता दिनुहुन्छ?
अहिलेको प्रतिनिधिसभा र हाम्रा जनसरकार दुवै विघटन हुन्छन्। तर सात
दलले जस्तै सम्पूर्ण रूपमा हाम्रा जनसत्तामा सामेल व्यक्तिहरू नै अन्तरिम
संसदमा जान्छन् भन्ने छैन, नयाँ पनि जानसक्छन्।
जनमुक्ति सेनाका कमाण्डरहरूलाई
नि?
प्राथमिकता क्रम छुट्याइसकिएको छैन। सेनाकै रूपमा प्रतिनिधित्व हुने
कुरा त भएन। अब त्यहाँ काम गर्दै आउनुभएकाहरूबीच व्यावसायिक सेनामा
जाने र राजनीतिक रूपमा काम गर्नेहरूबीच विभेदीकरण हुन्छ। जनमुक्ति
सेनाबाट छुट्टिएर राजनीतिक रूपमा काम गर्नेहरू अन्तरिम संसदमा जान
सक्नुहुन्छ।
उही संसदका अधिकांश सांसदहरूसँगै
संसदमा जान तयार हुनुभयो किन?
व्यवस्थापिका नयाँ बनाउँदै छौँ। सात दलको बाध्यता र विवशताको उपज,
यो संसदका २०९ सांसदहरू अन्तरिम व्यवस्थापिकामा जाँदैछन्। पुरानो विघटन
गर्नुपर्छ भनेका थियौँ, त्यो हुनेभयो। ३३० सदस्यीय संसद पुरानो होइन,
नयाँ हो। फेरि अहिलेको संविधान खारेज भएर अन्तरिम संविधान जारी हुँदैछ।
जाने ठाउँ उही, नाम उही,
कति त सहयात्री पनि उही! कृष्णबहादुर महरा फेरि उही ठाउँमा?
मान्छे भन्दा पनि ऊ दृष्टिकोण, चिन्तनमा फरक लिएर आउँछ कि आउँदैन भन्ने
महवपूर्ण कुरा हो। हामी भर्खरै भएको समझ्दारीमा टेक्छौं र २०९ जनाले
पनि त्यहीँ टेक्न जरुरी छ।
'सेरेमोनियल किङ' भनेर
गएपनि तपाईंहरू कोइरालालाई नै प्रधानमन्त्री स्वीकार्नुहुन्छ?
कोही व्यक्तिले 'सेरेमोनियल किङ' बोकेर जान्छ/जाँदैन त्यो महवपूर्ण
छैन। अहिलेसम्म उहाँ व्यक्तिले यो कुरा बोल्दै आउनुभएको छ। अब पार्टीले
नै बोल्यो भने के होला भन्ने कुरा भविष्यले बताउने छ। त्यो बेला अन्तरिम
व्यवस्थापिकामा छलफल हुनेछ। उहाँले गणतान्त्रिक धारको नेतृत्व गर्नुपर्छ
भन्ने हाम्रो मान्यता हो।
|