हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट हतियार व्यवस्थापन

मेला र खटपट

राष्ट्रसंघका प्रतिनिधिले प्रत्येक छापामारको …एक हातमा हतियार र अर्को हातमा गोलीगठ्ठा लिई हात उठाएको' फोटो खिच्न खोजे तर त्यसो गर्दा …आत्मसमर्पण गरेको अर्थ लाग्छ' भनेर माओवादीले आपत्ति जनाए।

जेबी पुन मगर चितवनमा

तस्बिर सौजन्यः ओएचसीएचआर

संयुक्त राष्ट्रसंघ र माओवादी प्रतिनिधिबीच यस्तै र अरू कतिपय कुरामा विवाद भएर ९ देखि १२ माघसम्म चितवन र अरुणखोला (नवलपरासी) मा हतियार'छापामार दर्ता नै अवरुद्ध भयो। राजधानीमा प्रचण्ड, बाबुराम, पासाङ, इयान मार्टिन र जनरल विल्हेम्सन टोलीबीच वार्ता भएर अवरुद्ध प्रक्रिया अघि बढेपनि विवाद अैै पूर्ण रूपमा सुल्िएको छैन।

राष्ट्रसंघ प्रतिनिधिले सशस्त्र द्वन्द्व चलेका देशहरूमा शान्ति स्थापना गर्दा चलिआएको …डीडीआर' अर्थात् छापामारलाई एकत्रित गर्ने, हतियारबाट अलग गर्ने र समुदायमा पुनर्मिलन गराउने तथा …एक हतियार एक सैनिक' (वन मेन वन वेपन) को अवधारणा अनुसार हतियार सम्बन्धित लडाकुको नाममा दर्ता गर्ने अडान राखेका थिए। तर माओवादीले व्यक्तिको नाममा दर्ता नगरी जनमुक्ति सेनाको नाममा हतियार दर्ता गर्ने अडान लिँदै डीडीआर प्रक्रिया आफूलाई मान्य नहुने र हतियारबाट अलग भइसकेपछि पुनर्मिलन' हैन, पुनःसंरचना' मा केन्द्रित हुने गरी हतियार र छापामार व्यवस्थापनको नेपाली मोडल विकास गरिनुपर्ने माग अघि सारे। एक सेना एक हतियार'को अवधारणालाई पनि अस्वीकार गर्दै उनीहरूले युद्धकालमा …एक हतियार बराबर १० छापामार लडेको' भनेर प्रमाणीकरण पनि त्यसैअनुरुप हुनुपर्ने बताउँदै आएका छन्। तर अनुगमन टोलीले सˆटवेयर परिवर्तन गर्न नमिल्ने हुँदा हतियार व्यक्तिकोे नाममा दर्ता गर्न दबाब दिएपछि दर्ता प्रक्रिया नै रोकियो। विवाद बढेपछि ९ माघमा प्रचण्ड र १२ माघमा पासाङ र संयुक्त राष्ट्रसंघका सैन्य सल्लाहकार जनरल विल्हेम्सनले चितवन र नवलपरासी, अरुणखोलाका शिविर भ्रमण गर्नु परेको थियो। वार्तामा व्यक्ति र एकाइको नाममा दर्ता गरिने सहमति भएपछि १४ माघमा चितवन र अरुणखोलाको सेना'हतियार दर्ता प्रक्रिया सकिएकोे छ।

स'साना कुरामा कचकच
माओवादी र राष्ट्रसंघ प्रतिनिधिबीच हुने स'साना विवादले पनि प्रमाणीकरणमा ढिलो भइरहेको छ। यस्ता कैयौँ विवाद बढेर काठमाडौँ नै पुग्ने गरेका छन्। प्रचण्डलाई नै सुप्रिम कमाण्डर मान्ने छापामारले साना'ठूला सबै विवाद उनैले मिलाइदेउन् भन्ने चाहना व्यक्त गर्ने गरेका र हरेेक कुरामा प्रचण्डकै आदेश आउनुपर्ने हुनाले प्रमाणीकरणमा ढिलाइ भएको हो।

राष्ट्रसंघ प्रतिनिधिले प्रत्येक छापामारको एक हातमा हतियार र अर्को हातमा गोलीगट्ठा लिई हातमाथि उठाएको फोटो खिच्न लगाउँदा माओवादीले …आत्मसमर्पण गरेको मुद्रामा फोटो खिचाएर विश्वभरिका मिडियामार्फत् जनमुक्ति सेनाको छवि बिगार्ने प्रपञ्च गरेको' आरोप लगाए। राष्ट्रसंघले केही भिडिओ दृश्य आफूलाई नसोधी मिडियालाई उपलब्ध गराएकोमा पनि माओवादीले असन्तुष्टि जनाए। उनीहरूले राष्ट्रसंघका प्रतिनिधिहरूलाई हतियार हस्तान्तरण गर्ने र ती हतियार भण्डारण गर्ने शैलीको पनि विरोध गरे। उनीहरूको भनाइमा, त्यसरी त आत्मसमर्पण गरेका र हारेका सैनिकहरूले मात्र हतियार बुाउँछन्। माओवादी सेनाको तेस्रो डिभिजनका प्रवक्ता प्रकाश मगर (अविरल) भन्छन्, “त्यसैले हामीले आˆनै हातले हतियार कन्टेनरमा राख्छौँ भनेका हौँ।”

शिविरमा राखिएका विस्फोटक पदार्थ कुनै पनि बेला विस्फोट हुनसक्ने हुनाले त्यसलाई अहिले नै नष्ट गर्ने राष्ट्रसंघको चाहना पनि पूरा हुन सकेन। राष्ट्रसंघले विस्फोटक पदार्थ नष्ट गराउन खोज्नु र घरमा बनाइएका हतियारलाई मान्यता दिन आनाकानी गर्नुलाई माओवादीले शङ्काको दृष्टिले हेरेका छन्। उनीहरूले विस्फोटक पदार्थ राष्ट्रसंघले हैन सम्पूर्ण प्रक्रिया सकिएपछि सबैको रोहबरमा आफैँले नष्ट गर्ने बताएका छन्। भारतबाट ल्याइएका फलामे कन्टेनरमा हतियार थन्क्याइँदा खिया लाग्न सक्ने भन्दै राख्न नमानेपछि माओवादीको चाहनाअनुसार त्यसमा काठे र्‍याकहरू निर्माण गरी तिनमा विभिन्न प्रकारका हतियार छुट्टाछुट्टै राखिएको छ। त्यसैगरी गोलीका निम्ति पनि विशेष र्‍याक बनाइएको छ। गोलाबारुदका निम्ति कन्टेनर बाहिरको छुट्टै स्थान तोकिएको छ। देशमा प्रतिकूलता बढ्दै गएमा जुनसुकै बेला हतियार उठाउनुपर्ने हुनाले नबिग्रियोस् भनेर विशेष सतर्कता अपनाइएको अविरल बताउँछन्।

प्रमाणीकरणमा उमेरले पनि विवाद निम्त्याएको छ। थुप्रै छापामारले …नागरिकता बनाउन नसकिएको' भन्दै उमेर खुल्ने कागजपत्र पेश गरेका छैनन्। कैयौँले हालसालै बनाइएको जन्मदर्ता प्रमाणपत्र पेश गरेका छन्। ३३ वर्षका तेस्रो डिभिजन कमाण्डर विविध (कालीबहादुर बुढा, रुकुम) ले समेत नागरिकता पेश गर्न सकेनन्। उनले विभिन्न मुद्दा लागेर भूमिगत हुनु परेकोेले नागरिकता बनाउन नसकिएको बताएका छन्।

शिविर बाहिरका हतियार र छापामार
नेताहरूको सुरक्षाका लागि भनेर बाहिरै राखिएका थुप्रै हतियारले पनि राष्ट्रसंघलाई सशङ्कित तुल्याएको अनुभव गरिएको छ। लहानमा त्यस्तै हतियारको प्रयोग भएपछि शङ्का बढेर गएको छ। एक सूत्रको भनाइमा माओवादीसँग रहेका थुप्रै पिस्तोल, भरुवा बन्दुक र भारतबाट खरिद गरिएका एके'४७ जस्ता आधुनिक हतियार शिविर बाहिरै छन्। तिनको सङ्ख्याबारे माओवादी बाहेक अरू कसैलाई थाहा छैन। शुरुमा तेस्रो डिभिजनमा नौ हजार छापामार र २५ सय हतियार छन् भनी दाबी गरेका माओवादी कमाण्डरहरूले अहिले ६ हजार छापामार र हजार'बाह्र सय मात्रै हतियार छन् भन्न थालेका छन्। प्रमुख कमाण्डरहरू सङ्गठनमा सक्रिय हुने भन्दै शिविरबाट निस्किने गरेकाले शङ्का बढेको छ। तेस्रो डिभिजनबाट मात्र दुई हजार जति कमाण्डर र छापामार बाहिर निस्किएको भरपर्दो सूत्रको भनाइ छ।

यसैबीच, माओवादीले हिजो सेनामा भएका र जनतामा चिनिएका छापामारहरूलाई सेनाबाट निकाली सङ्गठनमा सक्रिय गराउने निर्णय लिएको छ। त्यसअनुरुप सातै वटा डिभिजन कार्यालयबाट सयौँको सङ्ख्यामा कमाण्डर र छापामारलाई बाहिर निकालिएको छ। दिनेश रामजी बिग्रेडका कमाण्डर सागर थापा (गुल्मी) लाई काठमाडौँ उपत्यकाको राजनीतिक सङ्गठनमा पठाइएको छभने प्रथम डिभिजन कमिसार सुमन (हितमान शाक्य, बाग्लुङ) लाई काठमाडौँ इन्चार्ज बनाइएको छ। भ्याली कमाण्डमा काम गरेका थापा र शाक्यलाई त्यहाँको वस्तुस्थिति र जनतासँग सम्पर्क राम्रो भएको भनेर त्यता खटाइएको हो। दिनेश रामजी र प्रताप बिग्रेडका बटालियन कमाण्डरद्वय अटल र सुनिललाई पनि आ'आˆनै जिल्ला क्रमशः गोर्खा र मकवानपुर खटाइएको छ।

तलब चाहियो
शिविरहरूमा जनमुक्ति सेनाका जवानहरूमा …तलब लिने कि नलिने' भन्ने विषयमा पनि दिनहुँ बहस हुनेगरेको छ। यस्ता बहसमा पुराना छापामारहरूले देश र जनताको मुक्तिका लागि लड्ने सेनाले तलब लिन नसुहाउने तर्क गर्ने गरेका छन् भने बहुसङ्ख्यक छापामारहरू सरकारी सेनाले लिने हुनाले जनमुक्ति सेनाले पनि लिनुपर्छ भनिरहेका छन्। हिजो बेरोजगारीका कारण जनमुक्ति सेनामा लाग्नेहरूको सङ्ख्या धेरै भएकाले तलब चाहिन्छ भन्नेहरू बढी देखिएका हुन्। कतिपय छापामारका अभिभावकहरू नै ब्यारेकमा आएर …बच्चा फर्काइदेऊ या तलब देऊ' भनेर दबाब दिन थालेकाले शिविरभित्र तलब चाहिन्छ भन्ने पक्षमा सहमति निर्माण हुन थालेको तेस्रो डिभिजनका प्रवक्ता अविरल बताउँछन्।

माओवादीले प्रत्येक लडाकुलाई मासिक रु. ५०० का दरले बाँड्दै आएको खर्चले पुगेन भन्ने गुनासो शुरु भइसक्यो। युद्धकालमा त्यो रकम साबुन, ब्रस र टुथपेष्टमा खर्च गरिन्थ्यो भने अहिले रेडियो, घडी, पर्स, गीतका सीडी र क्यासेट, शृङ्गारका सामानहरूमा खर्च हुन थालेको छ। वासु स्मृति ब्रिगेडका छापामार हरिकुमार भण्डारी सबैभन्दा बढी खर्च रेडियोको ब्याट्रीमा हुने बताउँछन्। उनी भन्छन्, “पहिला रु.५०० बाट बचाएर घर पनि पठाइन्थ्यो, अहिले आधा महिनामै सकिन्छ।”

तलब पनि नपाइने, काम पनि नहुने भएपछि छापामारहरू शिविरबाट भाग्ने गरेका पनि छन्। इलामको पहिलो डिभिजन शिविरबाट तीन साताअघि ५० जना छापामार भागेका थिए। माओवादीलाई छापामारको संरक्षणका लागि पनि केही खर्च जुटाउनुपर्ने बाध्यता भएको छ। चितवनको प्रशिक्षणमा यसबारे कुरा उठेपछि राष्ट्रिय सेना नबन्दासम्म त्यस्ता छापामारलाई मासिक रूपमा पार्टीले नै केही रकम दिलाउने व्यवस्था गरिएको प्रशिक्षणमा सहभागी सांसद जयपुरी घर्ती बताउँछिन्।

वाईसीएलः लोकतान्त्रिक मिलिसिया
२०४८ दखि २०५२ सम्म माओवादी युवाहरूलाई सङ्गठित गरी लडाका दस्ता तयार पार्न प्रमुख भूमिका निर्वाह गर्ने यङ्ग कम्युनिस्ट लिग (वाईसीएल) लाई फेरि ब्यूँताइएको छ। २०४८ सालमा टोपबहादुर रायमाी (अनिल) को अध्यक्षतामा गठन भएको यस संस्थाले तयार पारेका युवाहरूले नै हतियार उठाएर सशस्त्र सङ्घर्षको सुरुआत गरेको बताइन्छ। सशस्त्र सङ्घर्ष शुरु भएपछि दलको छुट्टै सैन्य संरचना बनेकोले यो संस्था निस्त्रि्कय भएको थियो। तर चितवनको भेलालेे संविधानसभा निर्वाचनमा प्रमुख भूमिका निर्वाह गर्न यसलाई फेरि ब्यूँताएको छ। यसले क्षेत्रीय र जिल्लास्तरसम्म सङ्गठन विस्तार गरी युवालाई सङ्गठित गर्ने र सेनामा नगएका मिलिसियालाई प्रशिक्षित गर्ने बुिएको छ।

१ फागुन ०५२ मा रुकुमको रादी जिउला चौकी आक्रमणका प्रमुख सैन्य कमाण्डर तथा वाईसीएल हुँदै तत्कालीन लडाकु दलमा पुगेका रुकुम, छिपखोलाका गणेश पुन (रश्मि) लाई यसको इन्चार्ज बनाइएको छ। जनमुक्ति सेनाको पश्चिम केन्द्रीय कमाण्डअन्तर्गत चौथोे डिभिजन कमाण्डर रश्मि यसैका निम्ति एक महिनाअघि शिविरबाट बाहिरिएका थिए। लिगको २५ सदस्यीय केन्द्रीय समितिको उपाध्यक्षमा जेलब्रेकर उमा भुजेल (शिलु) लाई ल्याइएको छ। अन्य सदस्यमा पनि सैन्य पृष्ठभूमिकै चर्चित नामहरू छन्। सेना र राजनीति दुवैमा राम्रो पकड र भएकाहरूलाई यसमा राखिएको छ। पूर्व बिग्रेड कमिसार जुनकुमारी रोका (रोल्पा), अस्मिता (लीला शर्मा, दाङ), आस्था (सावित्री गुरुङ, पोखरा) सबै सैन्य पृष्ठभूमिबाट आएका सशक्त कार्यकर्ता हुन्।

साथमा एकल सिलवाल, चितवन र रविन गिरी धरानम


माओवादी पाठशाला

एकल सिलवाल

कापी'कलम फाल ोलामा बम हाल, बुर्जुवा शिक्षा बहिष्कार गर' भन्दै बन्दुक बोकाइएका छापामारहरू शिविरमा क, ख, ग र ए, बी, सी घोकिरहेका देखिन्छन्। वासु स्मृति बिग्रेडअन्तर्गत आपूर्ति विभागका ३७ वर्षीय जीतबहादुर घताने (भीमसेन) शिविरभित्रको प्रारम्भिक कक्षामा क, ख, ग सिक्दैछन्। चितवन, भण्डाराका आठ छोराछोरी र एक नातिनीका बाजे घताने भन्छन्, “पढाइ त जहाँ पनि चाहिँदो रहेछ।”

प्रत्येक शिविरमा प्रारम्भिक, प्राथमिक, निम्न माध्यमिक र माध्यमिक नाम दिइएका कक्षामा सामुदायिक विद्यालयको सीमित विषयको पढाइ हुन्छ। अङ्ग्रेजी हरेक तहमा अनिवार्य छ भने नेपाली भाषालाई प्राथमिक तहमा अनिवार्य र माथिल्लो कक्षामा इच्छाधीन बनाइएको छ। परम्परागत विज्ञान र गणित बाहेक माओवादी आफैँले तयार पारेको राजनीतिशास्त्र र समाजशास्त्रको पढाइ पनि हुन्छ। बेथान स्मृति बिग्रेडका सहकमाण्डर सूर्यकुमार पौडेल (सरल) का अनुसार, निरक्षरहरूलाई एक कक्षा सरहको प्रारम्भिक, दुईदेखि चार कक्षासम्मको योग्यता भएकालाई प्राथमिक, पाँचदेखि सात कक्षासम्मकालाई निमावि र आठदेखि १० सम्म पढेकाहरूलाई मावि तहका एउटै कक्षामा पढाइने गरिएको छ।

केही समयपछि १० कक्षा पास गरेका छापामारहरूका निम्ति …प्लस टु' तहको पाठ्यक्रम अनुसार पढाइने भौतिक पूर्वाधार तयार पारिँदैछ। केही छापामार भने नजिकका क्याम्पसमा भर्ना हुन खोजिरहेका छन्। आरआर क्याम्पसबाट आईए उत्तीर्ण सूर्यकुमार पौडेल त्योभन्दा माथिको परीक्षा दिने सोचाइमा छन्। शिविरका अनौपचारिक शिक्षालयमा पढाउन माओवादीका शिक्षक, विद्यार्थी र बुद्धिजीवी सङ्गठनका सदस्यहरूलाई खटाइएको छ। अधिकांश साक्षर मात्र रहेका माओवादी छापामारहरू भोलि बन्ने राष्ट्रिय सेनामा शैक्षिक योग्यताले पछाडि नपरुन् भनेर यस्तो व्यवस्था गरिएको अविरल बताउँछन्।


'जसरी पनि सत्ता कब्जा'

नेकपा माओवादी हतियारले सत्ता कब्जा गर्न नसकेर संसद छिरेको हो भनेर आम रूपमा गरिने टिप्पणीलाई जवाफ दिँदै डा. बाबुराम भट्टराईले देशभरिका लगभग एक हजार कार्यकर्तामा …हामी चढ्ने त सगरमाथा नै हो, तर केही घुमाउरो पाराले चढ्न खोज्या मात्र हो' भनेर संसद प्रवेशको औचित्य बताए। उनीपछि बोलेका अध्यक्ष प्रचण्डले मधेशको हिंसालाई लक्षित गर्दै माओवादी एक दिन बालुवाटार नबस्दा देशमा आगो लाग्ने, यो आगो माओवादी बाहेक कसैले निभाउन नसक्ने हुँदा आफूहरूलाई छिटै सरकारमा बोलाइनुपर्ने बताएर सरकारमा पुग्न हतारिएको छनक दिए।

६'९ माघमा चितवन, पर्सामा चलेको माओवादीको राष्ट्रिय प्रशिक्षण शिविरमा संविधानसभा कसरी कब्जा गर्ने र त्यसका निम्ति के'कस्ता रणनीति अख्तियार गर्ने भन्ने प्रमुख विषयमा छलफल चलेपछि समापनका दिन दुई शीर्षस्थ नेताबाट यस्तो मन्तव्य आएको थियो।

जिल्ला सेक्रेटरी र सेनाका ब्रिगेड सहकमाण्डरभन्दा माथिका कार्यकर्ता तथा विभिन्न जनवर्गीय सङ्गठनका नेताहरूमा भएको प्रशिक्षण संविधानसभा निर्वाचनमा केन्द्रित थियो। एक सहभागीका अनुसार संविधानसभाको निर्वाचनमा साम, दाम, दण्ड, भेद सबै नीति अख्तियार गरेर बहुमत कायम गर्न प्रचण्डले निर्देशन दिएका छन्। “जनसत्ता निर्माण भएका सबै ठाउँमा हामीले कब्जा गर्नुपर्छ”, प्रचण्डको भनाइ उद्धृत गर्दै एक सहभागी भन्छन्, “सिङ्गो देशको सेन्टिमेन्ट हाम्रो पक्षमा भएकाले जित्ने आधारभूमि तयार छ।”
यसका निम्ति माओवादीले आफूहरूप्रति नरम वाम शक्तिसँग एकता प्रक्रिया अघि बढाउने र अन्य दलहरूसँग गणतान्त्रिक मोर्चामा साेदारी गर्ने पनि भएको छ। मोर्चामा एमाले, काङ्ग्रेसदेखि राप्रपालाई समेत समावेश गराउन सकिने सोचाइ बनेको छ। सांसद जयपुरी घर्ती भन्छिन्, “कतिपय ठाउँमा तालमेल मिलाएर जानुपर्ने हुँदा यस्तो गठबन्धन स्वाभाविक छ।”