रमझम
बाइस वर्षपछि तृप्ति
 |
| अनुप प्रकाश |
बाइस
वर्षअघि नेपाली चलचित्र सम्ना बाट उदाएकी नायिका तृप्ति टोटलानी (नाडकर)
को दुई दशकपछिको पुनरागमनले देखाएको छ' उनको क्रेज र सौन्दर्य अहिले
पनि उस्तै रहेछ। सम्ना पछि कुसुमे रुमाल, साइनो, लाहुरे र कोसेली मा
अभिनय गरेर एकाएक हराएकी तृप्तिले निर्देशक विजय केरुङको आग्रहमा आमाको
काख मा ुल्किएर पुनः तरङ्ग ल्याइन्। अहिले आधा दर्जन नेपाली चलचित्रमा
काम गर्दैछिन् उनी। हिमाल सँगको कुराकानीमा तृप्तिले अब यसै क्षेत्रमा
समर्पित हुने बताइन्। भनिन्, “अब दर्शकले माया गरुञ्जेल नेपाली फिल्ममा
अभिनय गरिरहन्छु।”
अब सिनेक्षेत्र छाडेर जान्न'
अझ्ै सम्झ्ना मा जस्तै
भर्खरकी देखिनुहुन्छ नि!
दुई दशकपछि फेरि हिरोइन हुन त्यसै पाइन्छ त? तर म शरीरमाथि त्यति धेरै
ध्यान दिन्न। बरु नियमित योगा गर्छु।
लामो समय चलचित्र क्षेत्रबाट
हराउनुको कारण?
छोराहरू हुर्काउनु थियो, त्यसैले यताको माया हुँदाहुँदै पनि आउन पाइनँ।
अब छोराहरू हुर्किसके, एउटा १५ र अर्को २० वर्षको भयो। यस बीचमा भारतमै
केही मराठी फिल्म र विज्ञापनहरूमा काम गरेँ। धेरै समय चाहिँ घर'व्यवहारमै
बित्यो। त्यति हुँदाहुँदै पनि यता आएर चलचित्रमा काम गरुँ भन्ने सधैँ
लागिरहन्थ्यो। बिर्सने कुरै थिएन।
बीचमा अफरै नआएर छाड्नुभएको
हो कि?
हैन, धेरै चलचित्रको अफर आएको थियो। तुलसी (घिमिरे) मामाले नै पटक'पटक
काम गर्न बोलाउनुभएको थियो। उदित नारायणसँग पिरती मा काम गर्ने प्रस्ताव
आएको थियो।
घर'परिवारले नै चलचित्रमा
खेल्न नदिएको चर्चा थियो नि!
त्यो सत्य हो। कारण चाहिँ; शूटिङका लागि घर छाडेर टाढा बस्नुपर्ने,
छोराहरू सानै थिए। अहिले त्यस्तो छेकबार छैन। श्रीमान्, छोराहरूले
नै जानुस्, खेल्नुस्' भनिरहन्छन्।
अहिले एक्कासी व्यस्त
देखिनुहुन्छ
डेढ वर्षअघि आमाको काख गरेपछि लगातार काम पाइरहेकी छु। दुनियाँ, हामी
ट्याक्सी ड्राइभर मा काम गरेँ। अहिले देवर बाबु, सपनाको नौलो संसार,
जन्मघर को शूटिङमा व्यस्त छु।
पहिले र अहिले के भिन्नता
पाउनुभयो?
त्यो बेला थोरै फिल्म बन्थे। अहिले धेरै बन्छन्। प्राविधिक रुपमा पनि
यो क्षेत्र पहिलेभन्दा बढी सबल र सक्षम बनेको छ अहिले।
चलचित्र त पहिलेकै राम्रा
हैनन् र?
पहिले कलाकारले एउटैका लागि धेरै समय दिन्थे। अहिले पहिले जस्तो समय
दिन सबैले पाउँदैनन्। धेरै बनेपछि सबै राम्रै बन्ने सम्भावना त कमै
हुन्छ नि। मलाई चाहिँ अहिले अभिनय गरिरहेका चलचित्र पनि राम्रै्र लागिरहेका
छन् र उत्तिकै मेहनत गरिरहेकी छु।
पुरानो लोकप्रियताले
निरन्तरता पाउला त?
भाग्यको कुरा हो। ताली एक हातले बज्दैन, सबै कुरा मिल्नुपर्छ। मैले
त मेहनत नै गरिरहेको छु तर दर्शकले कसरी लिन्छन्, त्यसमा नै भरपर्छ
सबै कुरा।
अब फेरि पहिले जस्तै
सुटुक्क हराउनुहुने त हैन?
म फिल्म खेल्नकै लागि आएकी हुँ। त्यत्तिकै फर्किने सोच छैन, दर्शकले
जहिलेसम्म मलाई रुचाउनुहुन्छ त्यतिञ्जेलसम्म काम गरिरहन्छु।
प्रतिस्पर्धा त अहिले
निक्कै छ, हैन?
पहिले मैले काम गर्दा नायिकाहरू कमै थिए। अहिले धेरै प्रतिस्पर्धा
त छ तर पुराना दर्शकले मात्र हैन, नयाँहरूले पनि उत्तिकै माया गर्नुहुन्छ
भन्ने कुरामा म विश्वस्त छु।
रमझम
विविध
राजधानीमा ब्रिटिस र क्यानेडियन चलचित्र
 |
| ब्रिटिस फिल्म मिस्ट्रेस अफ स्पाइसेसमा ऐश्वर्या राय। |
माघको पहिलो साता
पाँचदिने ब्रिटिस फिल्म फेस्टिवल सकिए लगत्तै ९'११ म्ााघमा राजधानीमा
क्यानेडियन फिल्म फेस्टिवल सम्पन्न भएको छ। ब्रिटिस काउन्सिल नेपालको
आयोजनामा १'५ माघमा गोपीकृष्ण हलमा सम्पन्न छैटौं ब्रिटिस फिल्म फेस्टिवलमा
मेरी क्रिसमस, न्यान्नी मक्फी, द मिस्ट्रेस अफ स्पाइसेस, भेरा आदि
चलचित्र प्रदर्शन गरिएका थिए। भारतीय नायिका ऐश्वर्या रायको अभिनय
रहेको द मिस्ट्रेस अफ स्पाइसेस युवा दर्शकबीच र न्यान्नी मक्फी बालबालिकाबीच
प्रिय सावित भएका थिए। राजधानीपछि यी चलचित्र पोखरामा पनि प्रदर्शन
भएको थियो।
राजधानीकै कुमारी हलमा सम्पन्न पहिलो क्यानडेली फिल्म फेस्टिवलमा
सेण्ट राल्फ, अ सिम्पल कर्भ र ला निउभेइन गरी तीन चलचित्र प्रदर्शन
गरिए। महोत्सव क्यानडाको च्यारिटी पीओए एजुकेशनल फाउण्डेसन र टोरन्टो
इन्टरनेशनल फिल्म फेस्टिवल ग्रुप (टीआईएफएफजी)ले आयोजना गरेका थिए।
सो अवसरमा क्यानडेली चलचित्र'कर्मीहरूको समेत उपस्थिति थियो।
युगल गजल सन्ध्या
 |
| किरण पाण्डे |
९ माघमा
वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा भारतीय
गजल गायनका युगल जोडी राजेन्द्र मेहता र नीना मेहताले गजल सन्ध्या
प्रस्तुत गरे। भारतको ५८ औँ गणतन्त्र दिवसको उपलक्ष्यमा भारतीय सांस्कृतिक
सम्बन्ध परिषद्, भारतीय राजदूतावास तथा बी.पी. कोइराला भारत'नेपाल
प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा मेहता जोडीले आˆना लोकप्रिय
गजलहरू प्रस्तुत गरेका थिए। एकल गजल गायनको परम्परालाई चुनौती दिँदै
युगल गायन शुरु गर्ने यो जोडीले विगत ४० वर्षदखि सँगै गाउँदै आएको
छ।
लगातार सात नाटक
आरोहण नाट्य समूहले २५ औं वर्ष पूरा गरेको अवसरमा काठमाडौँ, पुरानो
बानेश्वरस्थित गुरुकुलमा ९ माघदेखि आरोहण नाटक महोत्सव २०६३' सञ्चालन
भइरहेको छ। महोत्सवका क्रममा नाटक जीवनदेखि जीवनसम्म र जात सोध्नु
जोगीको को मञ्चन भइसकेको छ भने मायादेवीका सपना, आरुका फूलका सपना,
पुतलीको घर, अग्निको कथा र ताराबाजी लै...लै... को एकपछि अर्को प्रदर्शन
हुने भएको छ। महोत्सव २९ माघसम्म चल्नेछ।
काठमाडौँमा २०३८ सालको वसन्त पञ्चमीमा चन्द्रमाला शर्मा, सुनिल पोखरेल,
बद्री अधिकारी, प्रदीप श्रेष्ठ, समन्त कंसाकारले स्थापना गरेको आरोहणमा
आवद्ध भई सरोज खनाल, सूर्यमाला शर्मा, निशा शर्मा, राजेन्द्र शलभ,
नवीन सुब्बा लगायतका रङ्गकर्मीले विभिन्न समयमा काम गरेका थिए।
एकै थलोमा सबै भाका
राजधानीको अन्तर्राष्ट्रिय
सम्मेलन केन्द्रमा ५ माघमा सम्पन्न दशौं क्लोज अप हिट्स एफएम म्युजिक
अवार्ड २०६३ ले सङ्गीतका १८ विधामा उत्कृष्ट अवार्ड वितरणसँगै आधुनिक,
पप'रक, लोकदोहोरी, चलचित्र तथा शास्त्रीय सङ्गीतलाई एकै मञ्चमा प्रस्तुत
गर्यो।
 |
| तस्बिरहरू अनुप प्रकाश |
| पपगायक सविन राई। |
समारोहमा विगत ४० वर्षदेखि निरन्तर गीत लेख्दै आएका गीतकार किरण खरेललाई
हिट्स एफएम लाइफटाइम अचिभमेण्ट अवार्ड प्रदान गरियो। अवार्ड पाएपछि
खरेलले आफूले पाएको सम्मान सम्पूर्ण गीतकारहरूका लागि भएको बताए। कार्यक्रममा
पप गायक सविन राईको सम्नाहरूलाई... गीत सर्वाेत्कृष्ट पपगीत र म संसार
जित्ने... गीतबाट सविन नै सर्वोत्कृष्ट पुरुष पपगायक घोषित भए। नयाँ
पप ब्याण्ड सायस ले नव प्रतिभा, सर्वाेत्कृष्ट रक गीत र समूह गायन
समेत तीन अवार्ड हात पार्यो।
वर्षको सर्वाेत्कृष्ट गीत सुगम पोखरेलको साथी... घोषित भयो भने सर्वोत्कृष्ट
अल्बमको अवार्ड शिशिर योगीको सुस्केरा ले पायो। कतिञ्जेल राखौँ...
गीतबाट रत्नशमशेर थापा सर्वोत्कृष्ट रचनाकार छानिए भने सर्वोत्कृष्ट
गायक गायिकामा तपोवन... बाट जगदीश समाल र कसको आँखा लाग्यो... बाट
रीमा गुरुङ घोषित भए। सर्वोत्कृष्ट पपगायिकाको अवार्ड भने फर्केन माया...
गीतबाट सुवानी मोक्तानको हातमा पर्यो।
 |
| लोकगायिका बिमाकुमारी दुरा। |
लोकगीत अल्बम र लोकगीत गायनतर्फ विमल डाँगीको तिमी गयौ अर्कैको डोलीमा...ले
अवार्ड पायो। डाँगीसँगै बिमाकुमारी दुरा सर्वोत्कृष्ट घोषित भइन्।
समूह युगल गायनको अवार्ड च्याङ्बा होई च्याङ्बा... गाउने क्रान्ति
आले, मौसमी गुरुङ, डिए ६९ र एड्रेले पाए। त्यस्तै चलचित्र गीततर्फ
ए पण्डित बाजे को साथी... बाट सुरेश अधिकारीले, पुरानो हुँदैन माया...
बाट अधिकारीकै सङ्गीतले वर्षको सर्वोत्कृष्ट सङ्गीतको अवार्ड पायो।
त्यस्तै असिम चित्रकारले बनाएको बिर्सुँ भन्छु... गीतको म्युजिक भिडियो
र विदेशी भाषाको गीतमा अल्बाटोसको स्केयर्ड.. सर्वोत्कृष्ट भएको थियो।
समारोहमा सुकर्म, कुटुम्ब, लुजः जस्ता समूह र ब्याण्डसँगै गायक सविन
राई, अनिल शाही, सुनिल बर्देवा, प्रेम औतारीले शास्त्रीय सङ्गीत, पप,
आधुनिक गीतहरू प्रस्तुत गरेका थिए। रामचन्द्र काˆले, माण्डवी त्रिपाठी,
राजनराज शिवाकोटी, शिव परियार, अञ्जना गुरुङले लोक'तेहरी वार्ता गराई
देऊ... र गायिका प्राश्ना शाक्य, जुना प्रसाई, प्रतिमा सुनामले किरण
खरेलका चलचित्रका गीतहरू प्रस्तुत गरेका थिए।
नेपाली साङ्गीतिक क्षेत्रमा बर्सेनि अवार्ड वितरण गरेर यस क्षेत्रको
उत्थान, प्रवर्द्धनमा सक्रिय हिट्स एफएम बर्सेनि फराकिलो बन्दै गइरहेको
छ। त्यसैले यो अवार्ड समारोह सबै भाकाका सङ्गीतकर्मीहरूको महोत्सव
बन्दै आएको छ।
अनुशील
शब्द मा दिनेश
शब्द र भाव कुशलतापूर्वक खेलाउन खप्पिस गीतकार दिनेश अधिकारीको पछिल्लो
एकल अल्बम हो' शब्द। दशौं अल्बम, दश वटै गीत र दश सङ्गीतकारका आ'आˆनै
विशेषतायुक्त मेलोडी' शब्द का उल्लेख्य पक्ष हुन्। यसमा प्रणय'अनुराग,
मिलन'विछोडका अनुभूतिहरूलाई कर्णदास, सुरेश अधिकारी, प्रकाश गुरुङ,
शक्तिवल्लभ, राम थापा, शम्भुजीत बास्कोटा, न्ह्यू बज्राचार्य, उदय
सोताङ, राजु सिंहले सङ्गीत दिएका छन्। अल्बममा गोपाल योञ्जनको सङ्गीत
रहेको एउटा गीत पनि छ।
नयाँ पुस्ताका सङ्गीत'सर्जकहरूले सर्वाधिक रुचाउने गीतकार हुन् दिनेश
अधिकारी। यो छविलाई सुगम सङ्गीतका नयाँ सिर्जनाहरूमार्फत् अ उठाउने
सामर्थ्य बोकेको छ शब्द ले। यसमा समेटिएका गीत गजल, शास्त्रीयता र
आधुनिकताका त्रिवेणीजस्ता लाग्छन्। कर्णदास, रामकृष्ण ढकाल, रीमा गुरुङ,
दीपक खरेल, दीप श्रेष्ठ, सुनीता सुब्बा, कुन्ती मोक्तान, स्वरुपराज
आचार्य, लासमित राई, उदय सोताङ र विमल राई तिनै त्रिवेणीका तरङ्ग जस्ता
लाग्छन््। शब्द का अधिकांश गीतलाई मायाका बान्कीहरू भन्न सकिन्छ। स्लो
बिट' का यी बान्कीहरू सङ्गीत'पारखीहरूका लागि कर्णप्रिय पनि छन्।
माया गर्दै आपसमा साटेका ती म्वाइहरू
फर्किदैनन् मनभित्रका मीठा मीठा छुवाइहरू
अधिकारीको विन्यास'शिल्प प्रत्येक गीतमा अनुभव गर्न सकिन्छ।
थाहा छैन कहाँनिर दुखेको छ हाम्रो पीर
बिखालु छन् मानिसका आँखाहरू चारैतिर
आऊ हामी विछोडमै मिलनको सन्धि गरौं
यस्ता बोल, लयहरूले गीतकार अधिकारीको श्रोतासँगको पुरानो मितेरीलाई
अ गाढा बनाउने पक्का छ।
|