| रविन साय्मि |
 |
मूहूर्त

भनेको/सुनेको
“विगत केही दिनदेखि मधेशमा देखिएको असहज परिस्थितिको
निकास संवाद र सहमतिबाटै खोजिनुपर्छ।”
शिवशङ्कर
मुखर्जी
नेपालका लागि भारतीय राजदूत
अन्नपूर्ण पोष्ट दैनिक, १३ माघ २०६३
“यदि नेता तथा विधायक पति'पत्नीले उस्तै
खालको जिम्मेवारी पाएका छन् भने मात्र तिनीहरू सँगै बस्न सक्छन्, हैन
भने पार्टीको निर्देशनअनुसार तिनीहरूले अलग'अलग बस्नुपर्नेछ।”
कृष्णबहादुर
महरा
नेकपा माओवादी संसदीय दलका नेता
दि काठमाडौँ पोष्ट दैनिक, १४ माघ २०६३
अङ्क
र अर्थ
६ वटा विगत
६ दशकमा नेपालमा जारी भएका संविधान। नेपाल सरकार वैधानिक कानून २००४,
अन्तरिम शासन विधान २००७, नेपाल अधिराज्यको संविधान २०१५, नेपालको
संविधान २०१९, नेपाल अधिराज्यको संविधान २०४७ र नेपालको अन्तरिम संविधान
२०६३।
हिँड्दा-हिँड्दै
बद्लिदो परिवेशअनुसार नयाँ नोट र सिक्का निकाल्ने
सरकारी निर्णयको प्रतीक्षामा छ, नेपाल राष्ट्र ब्याङ्क। मुद्रा व्यवस्थापन
विभागका कार्यकारी निर्देशक दीपेन्द्रबहादुर
क्षेत्री भन्छन्, “जनआन्दोलनको भावनाअनुसार चाँडै राजाको तस्बिर
विनाको नोट र सिक्का निकाल्दैछौँ।”
 |
| डम्बरकृष्ण श्रेष्ठे |
अब नोट र सिक्कामा तस्बिर
के राख्दै हुनुहुन्छ?
हामीले सरकारसमक्ष विभिन्न डिजाइन प्रस्ताव गरेका छौँ। जसमा गौतम बुद्ध,
सगरमाथा, डाँफे, अशोक स्तम्भ रहेका छन्। दुई रुपैयाँको सिक्कामा राजाको
नाम हटाएर किसान र सगरमाथाको चित्र, हुलाकको १२५ औँ वार्षिकोत्सव अङ्क
र हल्कारा अङ्कित रु.२५ को नयाँ सिक्का भने तयार भइसकेको छ।
के आधारमा यी तस्बिर
र चित्र प्रस्ताव गरिएका हुन्?
बुद्ध शान्तिका अग्रदूत हुन्, सगरमाथा विश्वकै अग्लो चुचुरो हो। डाँफे
नेपालमा मात्र पाइने, राष्ट्रिय चरा पनि भएको र अशोक स्तम्भलाई शान्तिको
प्रतीकका रूपमा लिइने हुँदा प्रस्ताव गरिएको हो। हुलाकको वार्षिकोत्सव
र हल्कारा अङ्कित सिक्का चाहिँ स्मारिका हुन्।
अन्य मुलुकमा त राष्ट्रिय
व्यक्तित्वहरुका तस्बिर अङ्कित हुन्छन् नि!
धेरै मुलुकका नोटमा राष्ट्रिय नेताकै तस्बिर हुन्छ तर हाम्रो देशमा
अहिलेको परिस्थितिमा व्यक्तिका तस्बिर राख्दा विवाद र तर्क'वितर्क
उठ्ने सम्भावना छ। विवादरहित नेतृत्व पाउन गाह्रो भएकाले व्यक्तिका
तस्बिर प्रस्ताव नगरिएका हुन्। बुद्धको तस्बिर राख्न हुन्न भन्नेहरू
त छन्।
नयाँ नोट र सिक्काबाट
राजाका नाम र तस्बिर हट्ने भयो हैन?
सिक्कामा हटाइसक्यौँ। नोटमा चाहिँ नेपाल सरकारले निर्णय गरेपछि हट्छ।
त्यस्ता नोट र सिक्का
कहिलेदेखि प्रचलनमा आउँछन्?
नोट छाप्न इण्डोनेसिया पठाउनुपर्ने भएकाले निर्णयपछिको ५/६ महिनामा
प्रचलनमा आउनेछन्। सिक्का केही सातामै देख्न पाउनुहुनेछ।
|