जनता
कलिलो अनुभव पाको अठोट
 |
| नरेश नेवार |
२९ पुसमा
दर्शकका रूपमा ग्यालरी बैठक पुगेकी उनी त्यसको पर्सिपल्ट (१ माघ २०६३)
विधायक बनेर संसद भवनमा प्रवेश गरिन्। अन्तरिम संसदका ३२९ सांसद (५८
महिला) मध्ये भक्तपुरकी २६ वर्षीया लीला न्याइँच्याइँ (सम्भवतः सबैभन्दा
कान्छी विधायक) उत्साह र योग्यता दुवै दृष्टिले नयाँ पुस्ताका आशलाग्दा
केही अनुहारभित्रै पर्छिन्।
दर्शक बनेर जाँदा …ˆलोर' मा बोल्ने सांसदहरूको भनाइमा
ध्यान दिएको र नेपाल मजदुर किसान पार्टीका तर्फबाट मनोनीत भएर आफँै
त्यहाँ पुगेपछि जिम्मेवारी'बोध भएको फरक'फरक अनुभव र अनुभूति गरेकी
छन् लीलाले। संसदको विशेष समयमा पहिलो पटक बोल्दै उनले भनिन्, “महिला
सांसदहरूलाई महिलाका रूपमा मात्र नभएर पार्टी प्रतिनिधिकै रूपमा बोल्न
दिनुपर्छ।” लीलाको विचारमा, महिला सांसदहरू श्रमजीवी जनताका प्रतिनिधि
हुन्। सांसदका रूपमा कामदार जनतालाई अनिवार्य र निःशुल्क स्वास्थ्य,
शिक्षा, काम, माम र कपडाको व्यवस्था गराउन आवाज उठाउने उनको अठोट छ।
पार्टीको विद्यार्थी फाँटमा सक्रिय लीला पढाइमा पनि
अव्वलै भइन्। सूचना तथा पुस्तकालय विज्ञानतर्फ स्नातकोत्तरमा त्रिभुवन
विश्वविद्यालयबाट यस वर्षकी …गोल्ड मेडलिष्ट' (७७.५ प्रतिशत प्राप्ताङ्क)
हुन् उनी। पढाइ पूरा गरेलगत्तै एक्सन एड नेपालमा लाइब्रेरियनका रूपमा
छ महिना र परराष्ट्र मन्त्रालयको पुस्तकालय व्यवस्थापन परियोजनामा
चार महिना काम गरेको अनुभवलाई पनि संसदीय करिअरमा उपयोग गर्न चाहन्छिन्,
भक्तपुर'१७ भारवाचो टोलका किसान आमाबाबुकी साहिँली छोरी लीला।
शारदा'का सुपुत्र
 |
| किरण पाण्डे |
वि.संं. १९९१ मा शुरु
भएको, देशका मूर्धन्य साहित्य'रथीहरूलाई हुर्काएको साहित्यिक मासिक
शारदा को इतिहाससँग जोडिने मोह कुन लेखक, कविलाई नहोला? त्यो अवसर
जुटाइदिएका छन् शान्तबहादुर मल्ल (५५) ले। साहित्यिक प्रकाशनलाई अनुत्पादक,
घाटाको काम ठान्ने जमातलाई चुनौती दिँदै उनले शारदा को पुनः प्रकाशनको
बिँडो उठाएका छन्, ४३ वर्षपछि। त्यो पनि, यसलाई व्यावसायिक प्रकाशन
बनाउने लक्ष्यका साथ। २०२० सालमा बन्द भएको शारदा को नवाङ्क, वसन्तपञ्चमी
(९ माघ) मा निकालेपछि उनी निरन्तर भनिरहेछन्, “म यसलाई गतिशील बनाइराख्छु,
मर्न दिन्नँ।”
मल्लको यो अठोटका पछाडि पुर्खाको सम्मान पनि छ। उनी शारदा का संस्थापक,
सम्पादक ऋद्धिबहादुर मल्लका नाति हुन्। बुबा शारदा, काकाहरू गोविन्द
…गोठाले', विजय मल्लले यसको प्रकाशनमा पसिना बगाएको सम्‰ना ताजै छ
उनीसँग। पुर्खाको त्यो नासोलाई नवजीवन दिने अठोट पलाएपछि शान्तले धेरैसँग
अन्तरक्रिया गरे। यो क्रममा शारदा सँगै हुर्किएका धेरै लेखक, कविहरूको
आशीर्वाद मात्र भेटेनन्, …अलिकति अघि बढ्दैमा खुट्टा नकाउनू है' भनेर
ढाडस दिनेहरूसमेत धेरै जुटे। कुनै बेलाको जोरगणेश प्रेसको ख्यातिलाई
पछ्याउँदै मुद्रण/प्रकाशन व्यवसायमा सक्रिय रहेका मल्लसँग शारदा को
मौलिकता बचाउने र निरन्तरता दिने थुप्रै योजना छन्। …म व्यवसायी हुँ
तर मेरो सामाजिक कर्तव्य पनि छ। यसैभित्र पर्छ शारदा को प्रकाशन' भन्न
रुचाउने शान्त मल्लको अठोट अनुकरणीय र सलामयोग्य पनि छ।
|