हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

चिठी

स्वदेशमै होस् उपयोग

दिल्लीमा बिचल्ली' (विशेष रिपोर्ट, मानवतस्करी, हिमाल, १'१५ माघ) बाट वैदेशिक रोजगारका बारेमा सरकारी योजनाको कार्यान्वयन हुन नसकिरहेको पुष्टि हुन्छ। वैदेशिक रोजगारी, नेपालीको इच्छाको विषय होइन। स्वदेशमा काम र दामको अभावका कारण परिवारको जीविकोपार्जनका निम्ति बाध्य भएर ऋण काढी परिश्रम गर्न जानुको महवलाई सरकारले मनन गर्न नसक्दा यस्ता विसङ्गतिहरूाङ्गिदैछन् र त्यसको दुष्परिणाम गरीब नेपालीका छोराछोरीले भोग्नु परिरहेको छ। यो स्थितिमा सुधार ल्याउन प्रथमतः स्वदेशमा नै श्रमशक्तिको उपयोग गर्ने वातावरण बनाउनुपछ। कोही वैदेशिक रोजगारीमा जान्छ भने पनि उसलाई सरकारी नीतिअनुरुप निश्चित मापदण्डका आधारमा पठाउनुपर्छ। यस्तो दलालीलाई पूर्णतः निर्मूल गरी जनतालाई सचेत बनाउँदै राज्यको पहलमा मात्र वैदेशिक रोजगारीमा पठाउने व्यवस्था गर्नु जरुरी छ।

भूमराज तिवारी
बेल्कोट'७, अमारे डेउडी, नुवाकोट


ममाथि अन्याय भयो

मानव तस्करीको जालो (दिल्लीमा बिचल्ली', विशेष रिपोर्ट, १'१५ माघ) मा म विमलराज क्षेत्रीको नाम मुछिएकोमा साह्रै दुःख लागेको छ। रिपोर्टमा उल्लिखित कुनै काममा मेरो संलग्नता छैन। म दैनिक श्रम गरेर जीविकोपार्जन गर्दै आएको मान्छे हुँ। वैदेशिक रोजगारीमा कहीँ कतै संलग्न छैन र विदेश पठाइदिने बहानामा मैले कसैसँग कुनै रकम लिएको छैन।रिपोर्टमा एलबी केसीसँग मेरो नाम जोडिएको रहेछ तर उनीसँग मेरो चिनजानसमेत छैन। मैले प्रति व्यक्ति रु.८ लाख लिई मलेसिया, सिङ्गापुर, दिल्लीमा बिचल्ली पारेर भागेको समाचार पनि सत्य होइन। म सिङ्गापुर त के, दिल्लीसम्म पुगेको छैन। मेरो राहदानी जाँच गर्न सक्नुहुन्छ। रिपोर्टमा उल्लिखित रोशन पुन, बुद्धि कुँवरलाई पनि म चिन्दिनँ।

यो समाचारले हालसालै सार्वजनिक भएको मेरो लोकदोहोरी अल्बम (कुशे औंसीको) को बजारमा ठूलो असर परेको जानकारी गराउन चाहन्छु। हिमाल मा प्रकाशित मसम्बद्ध समाचार सत्यतथ्य ठहरिएमा नेपालको प्रचलित कानुनअनुसार सजाय भोग्न तयार छु। तसर्थ, हिमाल ले सत्यतथ्यबारे पुनः छानबिन गरी यथार्थ सार्वजनिक
गरोस् भन्ने मेरो आग्रह छ।

विमलराज क्षेत्री,
काठमाडौँ


पीडामाथि पीडा

पहुँचका भरमा क्षतिपूर्ति' (खोज, १६'२९ मङ्सिर) मा उल्लिखित जुम्लाका प्रेमबहादुर हमालले १० लाख रुपैयाँ क्षतिपूर्ति दाबी गरेको समाचारमा मेरो आपत्ति छ। मेरो क्षति समाचारमा उल्लेख भएभन्दा धेरै छ। समाचारले मेरो पीडामाथि पीडा थप्ने काम गरेको छ। जुम्लामै पहुँचका भरमा रु.२ लाखदेखि रु.२० लाखसम्म पटकपटक रकम बुझ्ने व्यक्तिलाई दोषारोपण नगरी मजस्तो पीडितलाई दोषीजस्तो देखाएर समाचारमा उल्लेख गरिएछ। समाचारले पीडितलाई पीडा थपेकोमा दुःख लागेको छ। कृपया सत्यतथ्य खुलाइदिनुहोला।

प्रेमबहादुर हमाल,
जुम्ला

गृहमन्त्रालयमा यस्तो रकम माग दाबी गर्नेहरूको सूचीमा उहाँको नाम पनि भएकाले हामीले समाचारमा उल्लेख गरेका हौँ। 'सं.


खाँचो सद्भाव र समन्वयको

सीके लालले मधेशी मुद्दा (विश्लेषण/मधेश राजनीति, १'१५ पुस) लाई उठाएर राम्रो गर्नुभयो। बाह्र वर्षपछि शान्तिको अनुभूति गर्न
थालेको देशमा फेरि अर्को दुःखेसोको आभास दिइरहेको छ मधे शतिरबाट उठेको नयाँ आन्दोलनले। उब्जाउ भूमि अनि ण्डै आधा जनसङ्ख्या समेटेको मधेशका रैथाने बासिन्दामाथि सदियौँदेखि गरिँदै आएको उपहासलाई अै निरन्तरता दिने हो भने देशमा चाँडै नै विखण्डनको बादल मडारिन सक्छ। त्यतिखेर पहाडे वा मधेशी हैन, हार्ने नेपालीहरू नै हुनेछन्। यथार्थ के हो भने, राजनीतिक पार्टीका ठूला नेतामध्ये धेरैजसो तराईबाटै छन् र …मधेशी' भनिने समूहको पनि शासनसत्तामा महवपूर्ण उपस्थिति छ। हृदयेश त्रिपाठी, मातृका यादवजस्ता नामह रूले तराईको आन्दोलनलाई वैचारिक तहमा ल्याएर समन्वय गराउन सक्छन्।

तराईको समस्या समाधान गर्न निम्न विषयहरूमा तत्कालै सोच्नुपर्छः
• मधेशी र पहाडेबीच विस्तृत रूपमा समन्वयात्मक कार्यक्रम सञ्चालन गर्ने।
• सामाजिक र सांस्कृतिक समन्वयका निम्ति मधेशीलाई पनि पहाडतिर बस्न प्रोत्साहित गर्ने। त्यसमा पहाडेहरूको कुनै व्यवहारले
अवरोध गरेको छ भने त्यसलाई खुट्याएर तुरुन्तै सच्चिने, सच्याउने।
• भारतसँगको खुला सीमा बन्द गर्ने र आवत'जावतका नाकाह रूमा पासको व्यवस्था गर्ने। त्यसले अनावश्यक घूसपैठ घटाउँछ र
सामाजिक'सांस्कृतिक सम्बन्ध पनि कायम रहन्छ।
• विकासे कार्यक्रम मधेेशी र पहाडेलाई एकै तप्कामा राखी सञ्चालन गर्ने।
• दुवै क्षेत्रका तल्लो सामाजिक हैसियतका जनताका लागि संयुक्त कार्यक्रम बनाउने।
• सबै नेपालीलाई राष्ट्रप्रति गौरवान्वित हुने आधार तयार गर्ने।
•· विवाद, द्वन्द्व र हिंसाले समाधान ल्याउँदैन, बरु स्थिति बिगार्छ भन्ने कुरा सबैले बुझ्ने, बुाउने।

सागरमणि दाहाल, राजविराज, सप्तरी,
हालः नयाँबानेश्वर, काठमाडौँ


भूलसुधार

समाचार स्रोतको गलत सूचनाका आधारमा गायक क्षेत्रीको नाम उल्लिखित प्रसङ्गमा मुछिन गएकोमा हामीलाई खेद छ। यसबाट गायक क्षेत्रीलाई परेको मर्काप्रति हामी क्षमायाचना गर्छौं।

— संं.